← Back to Kurakani

मन नलागेको गजल

Original Post

निर्माणाधीन गजल --- नआउने तिमीलाई लाख बोलाउन मन लागेन ! आंगनमा रातभरि पर्खेको जून छुन मन लागेन ! जांदै नजाने भनेका कति पक्की रङ्ग पखालें तिम्रो स्पर्श पाएका यी हात धुन मन लागेन ! नंया तिम्रा ज्यादती नंया तरीका सिकेर सहें तिम्रो आनन्दमा घात होला भनि रुन मन लागेन ! तिमी आउने र म जाने साईत जुरेछ एकै बेला बिछोडको समय झल्को ल्याउने सगुन मन लागेन ! कल्पनामा अनुभव गर्न सक्छन् तिम्रो सुबास म फुले पनि आंखै नलाग्ने फूल हुन मन लागेन !

shirish
Dec 10, 2007 6:54 PM · 59,742 views
33 Replies · Showing 21 - 33
Page 2 of 2
भउते Dec 19, 2007 1:00 PM
तिम्रा स्पर्श पाएका यी हात धुन मन लागेन ! गजबको मिसरा छ। ए गुरु ! मेरो सम्झनामा हजुरको नाम सँग एउटा शेर गाँसिएर रहने भो। बेरी सिङ्गै निल्नु भन्दा बरु डस्नु घरी घरी बिष कै भए पनि स्वाद पाउँथेँ अलि अलि यो शेर आफ्नो क्षत्रमा दु:खीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दु:ख दे अनि, उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र को हारा-हारी छ। गुरुको अनुमति पाए त्यो शेरलाई ठुला ठूला अक्षरमा प्रिन्ट गरेर कोठाको भित्तामा टाँसेरै राख्ने थिएँ। अँ साच्ची, मिलेछ भने नयाँबर्षमा गुरुको गामतिर नि झुलुक्क छिर्ने कार्यक्रम छ। दर्शन पाउन पाए आभारी हुने थिएँ के रे।
aman Dec 20, 2007 12:27 PM
Prem jodee lai ghat garna mana lagena yo Raat lai Bihan huna mana lagena
muntali Dec 20, 2007 2:32 PM
priya timro sor malai juneli raat ma jhayau kiri karawayako jasto lagacha
aparichit Dec 20, 2007 6:43 PM
बस स्टेशनमा सधैं देख्दथे तिमीलाई आज पाँच-छ वोटा बस आउँदापनी उक्लन मन लागेन ।
aman Dec 22, 2007 2:59 PM
जाडोमा हिउं बन्न मन लागेन गर्मीमा घाम बन्न मन लागेन तिमीलाई मन नलाग्ने कुनै चीज बन्न मन लागेन
parikalpana Dec 25, 2007 12:46 PM
दुई लाइन अरु थप्ने दुस्प्रयास गरें शिरिश जी लाई साथ न दि बस्न मन लागेन ----------------------------------------------------- पोखियको जून जीन्दगी बिहानी पर्खि जिएं मिर्मिरे को किरण हत्केला ले छोप्न् मन लागेन तोड्दै तोड्दिन भनी तिमीले खायका कसम सम्झिंरहें किन तोडेउ भनी सोध्न् पट्कै मन लागेन
shirish Dec 27, 2007 7:21 PM
धप्धप्ति बलेको तिमीलाई हेरेर म अध्यारो कुर्छु कागजले बनेको मेरो घरमा बोलाउन मन लागेन !
parikalpana Dec 27, 2007 8:09 PM
बल्नु निभ्नु जीन्दगी हो, भाग्य लाई दोष दिन मन लागेन नबोलाउने तिम्रो घर मा मलाई पनि पाहुना बन्न मन लागेन। Last edited: 27-Dec-07 08:16 PM
Birkhe_Maila Dec 28, 2007 10:49 AM
""धप्धप्ति बलेको तिमीलाई हेरेर म अध्यारो कुर्छु कागजले बनेको मेरो घरमा बोलाउन मन लागेन !"" वाह!! अस्ति भउते र नेपे दाईले भन्दै थिए, यहि हो क्यारे उक्ती-वैचित्र्य!! गजब! 'धपधप्ती' हो कि 'धपधपी' हो?
dipika02 Dec 28, 2007 10:59 AM
Last edited: 28-Dec-07 11:27 AM
fucheketo Jan 5, 2008 12:06 AM
तिम्रो यादमाँ दुई चार शब्द मात्र फुरेका .... माया हो मेरो ग़ज़ल होइन , गज़ले हुन मन लागेन तिम्रा स्पर्श पाएका यी हात धुन मन लागेन ! great job done.............
somewhereondearth Jan 5, 2008 12:15 AM
तिम्रा स्पर्श पाएका यी हात धुन मन लागेन । के भनौं यि पंत्ति ळेख्ने लाई , आज दिनभरि झुम्म हुने भईयो ।।।। Last edited: 05-Jan-08 12:16 AM
ThahaChaena Mar 30, 2017 12:00 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant