[Show all top banners]

Smriti-malla
Replies to this thread:

More by Smriti-malla
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जाडो, बा र म……
[VIEWED 12924 TIMES]
SAVE! for ease of future access.
Posted on 04-16-24 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बा झिसमिसेमै उठेर टोललाई सेलरोटीझैँ एक फन्को मारेर घर आइपुग्नुहुन्छ । म दुईदुईवटा सिरक खापेर मस्त सुतिरहेको हुन्छु । बा दोस्रो चिया पिउँदै गर्दा म आँखा मिच्दै ब्रसमा टुथपेष्ट हालेर ‘आच्छु’ भन्दै बाथरुम पस्छु । मलाई धाराको पानी चिसो लाग्छ । बालाई हाँसो लाग्छ । मसँग जाडोको बहाना छ । बासँग जीवनमा अझै धेरै थोक गर्नुछ भन्ने चाहना छ । म भरखरको, तन्नेरी, आफ्नै आँखामा कमजोर लाग्छु । बा साठी नाघिसकेका बृद्ध हरेक काममा जोर लगाउनुहुन्छ ।
त्यसो त बा अर्कै जमानाको, म अर्कै जमानाको । बा जीवनभर काम गरेर रिटार्यड हुनुभएको नागरिक । म जवानीमै केही नगरी टार्यड भएको नालायक । बा रिटार्यड जीवनमा झन् बेफुर्सदी हुनुहुन्छ । म भरी जवानीमा फुर्सदको जीवन बाँचिरहेछु ।
बा भत्किएका चीजहरु बनाउनुहुन्छ । भान्साको ढोकाको चुकुलको उक्किएको पेज कस्नुहन्छ । बिग्रिएको धाराको टुटी फेर्नुहुन्छ । भित्ते घडीको सुइ चल्नै छाड्यो, तुरुन्त ब्याट्री किनेर ल्याउन जानुहुन्छ । टोल सुधार समितिको मिटिङ्गमा आफ्ना राय प्रकट गर्न जाने पनि बा नै हो । फूलहरुमा पानी हाल्नेपनि बा नै हो । कतै केही चुहिए टाल्नेपनि बा नै हो । बा बिजुलीको बिल तिर्न प्राधिकरण पनि जानुहुन्छ । घरको तिरो तिर्न हिन्नेपनि वहाँ नै हो । एक महिनादेखि नधोइएको मेरो धुले मोटरबाइक मलाई थाहै नदिइ सुटुक्क धोएर टिलिक्क पार्दिनुहुन्छ बा । बा भत्किएका चीज देख्नै सक्नुहुन्न । त्यसैले छोराछोरीका रहरहरुपनि भत्किन दिनुहुन्न । छोराछोरीका सपनाको पेजकिल्ला उक्किन दिनुहुन्न । म सधैँ बाका अघिल्तिर ङिच्च परिरहन्छु । म बाजस्तो यताउता कहीँ जान्न । म आफैँमा बढी सीमित भइरहन्छु ।
बा हरेक दिन बिहानै उठेर चिसो पानीले नुहाउनुहुन्छ । म उही जाडोकै बहाना गर्दै हप्तौँ बितिसक्दा पनि फोहोरीको फोहोरी नै बसिरहेको हुन्छु । बा हरेक दिन दाह्री काट्नुहुन्छ । मलाई मानौँ ब्लेडसित एलर्जी छ । त्यसैले म मैलो कट्कटाउँदो देखिन्छु । बा भरखरको भरभराउँदो देखिनुहुन्छ ।
अँहँ, बालाई पटक्कै जाडो हुन्न । बा खाना खाएपछि एकघण्टा घाम तापेर बस्नुहुन्छ । म दिउँसो पनि कोठाभित्र सिरक खापेर बस्छु ।
बा भन्नुहुन्छ, ‘जाडो त त्यस्ता व्यक्तिलाई हुन्छ, जो हरदम सिरकमै गुट्मुटिएर बसिरहन्छ । त्यस्तो व्यक्तिलाई हुन्छ जाडो, जो जाडो भो भन्दै धेरै भुट्भुटिएर बसिरहन्छ । जाडो तिनैलाई बढी हुन्छ जो जाडोसँग बढी भाग्छ । जो जाडोसँग डराउँछ । जो न जाडोको छेउमा जाने आँट गर्न सक्छ, न जाडोलाई आफ्नो छेउमा आउन दिने हिम्मत गर्न सक्छ ।’
बा अक्सर भनिरहनुहुन्छ, ‘छोरा, जाडो त मान्छेको शरीरमा भन्दापनि बढी मनमा हुन्छ ।’
भन्नलाई मात्र म बाभन्दा एक पुस्ता अगाडी, साँचो अर्थमा म बाभन्दा धेरै युग पछाडी ! बाको कपालमात्र सेतो हौसला साउनजस्तै हरियो छ । बाको आँखामात्र कमजोर हो, इच्छाशक्ति कुनै पर्वतभन्दा होचो छैन । बाको हड्डीमात्र बूढो, जाँगर तन्नेरीको भन्दा कैयौँ गुना बढी छ ।
यहि छ बा र मबीचको फरक । म अक्सर सिरकमा, बा अक्सर काममा । म सधैँको निकम्मा । बा केही भन्नुहुन्न धन्न !
मान्छेहरु भन्छन् मेरा आँखा बाको जस्तै छ रे । मेरो हिँडाइ बाको जस्तै हिँडाइ छ रे । मेरो हात खुट्टा बाको हात खुट्टा जस्तै छ रे । तर मेरो जाँगर, बाको एक चौथाइजति पनि छैन । कठै, बाको जतिको हौसला र हिम्मत ममा कहाँ होला ? बाजस्तो म कैले हुने होला ?

Subin bhattarai .
Last edited: 16-Apr-24 01:25 AM

 
Posted on 04-20-24 12:41 PM     [Snapshot: 499]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि यस्तो लठेब्रो छोरो लाइ केहि नभन्ने कस्तो बा, जिन्दाजी मा इलम गर्न नसिकाउने कस्तो बा, छोरोलाई अनुसासन मा रहन र आफ्नो कर्म गर्न नसिकाउने कस्तो बा, छोरो को मोटरबाइक थाहै नदिइ सुटुक्क धोएर टिलिक्क पर्दिने कस्तो बा,, यहा बा को तारिफ हुदै छ कि काम को लागि घरमा मा राखेको मान्छे को ,,, सन्तान थरि थरि ....
 
Posted on 04-21-24 10:25 AM     [Snapshot: 669]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली उपन्यास आमा बनेर त हेर पढ्न भ्याउनु भएको छ कि छैन ? सायद त्यो उपन्यासले मातृत्व बारे केहि बोध गराउला जस्तो लाग्छ |
एक्लोपन को कुरा पनि ठिकै हो एक द्रिस्टिकोण बाट हेर्दा , तर कथाकार ले पिताजीको माया र ममताको कुरा गर्नु भएको जस्तो लाग्छ |
बाउ बन्नु र बाउ हुनु फरक कुरा हुन् | तेसैले "बाउ बनेर र त हेर" भन्नु पर्ला ?
 
Posted on 04-21-24 8:45 PM     [Snapshot: 779]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logan, bro, thank you for the clarification. I don't have a habit of reading books, especially those that are fiction. As per your suggestion, I will definitely read "आमा बनेर त हेर" if I can find this book somewhere."
 
Posted on 04-21-24 10:36 PM     [Snapshot: 841]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thaaha xhaina bhani kina ra k ko lagi bakbak garchas??
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
ChatSansar.com Naya Nepal Chat
ए १ पनि पुगेनछ ?
Kamala Devi Harris chosen as Biden Running Mate
Supporting issues on principle instead of blind brainwashed support
Trump is a winner
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
Leftist mobs and gangster harrasing
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Why Oli must go for the UML to survive?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters