Geology Tiger
Replies to this thread:
More by Geology Tiger
What people are reading
Subscribers
Please log in to subscribe to Geology Tiger's postings.
:: Subscribe
|
फेरि पनि कुरा भूकम्पकै ...
[VIEWED 6515
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 08-31-13 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भूकम्पीय जोखिमको दृष्टिले अत्यन्त खतरापूर्ण अवस्थामा रहेको भनिएको हाम्रो देशमा भूकम्पीय क्षति न्यूनिकरण गर्नको लागि गर्नुपर्ने आवश्यक व्यवस्थापन र तयारी कति लथालिङ हालतमा छ भन्ने कुरा हालै आएको एउटा मध्यम स्तरको भूकम्पले उदाङो पारिदिएको छ । भूकम्प गएको पुरै एक दिन बितिसक्दा पनि भूकम्पको केन्द्रबिन्दु र त्यसको मापन सम्बन्धमा फरक फरक सूचनाहरु प्राप्त भयो र वास्तविकता के हो त्यो थाहा हुनसकेन । जव कुन ठाउँमा र कत्रो भूकम्प गएको छ भन्ने कुरै यकिन हुनसक्दैन भने त्यसपछि गर्नुपर्ने उद्दारको कार्यक्रमहरु कसरी र केको आधारमा तयार गर्न सकिन्छ ? पत्रपत्रिका र संचारका अन्य माध्यमहरु मार्फत मात्रै सूचना प्रवाहित गर्दा कसरी गलत सूचना प्रवाहित हुनसक्छ भन्ने कुरा यो चोटि राम्रैसँग देखियो । भूकम्पमापन केन्द्र आँफैले कुनै पनि भूकम्प जाने बित्तिक्कै आफ्नो वेबसाइट मार्फत आम नागरिक र सरोकारवाला संस्थाहरुलाई त्यसको जानकारी उपलब्ध गराउनुपर्ने हो कि होइन ? तर दुर्भाग्य भूकम्पमापन केन्द्रको वेबसाइट बन्द छ । नेपालमा बेलाबखतमा भूकम्पीय क्षति कसरी न्यूनीकरण गर्ने भनेर सेमिनार, गोष्ठी आदी भइरहेको कुरा त पढ्न पाइरहेकै हो । तर यसको लागि चाहिने आधारभूत सूचना नै पाइदैन अथवा गलत सूचना पाइन्छ भने त्यस्ता गोष्ठी र सेमिनारको अर्थ् नै के रह्यो र ? राष्ट्रिय भूकम्पमापन केन्द्रले संकलन गरेको तंथ्याक केवल शोधपत्र तयार गर्नलाई मात्र त होइन होला ? नेपालीहरुको भाग्य नै भन्नुपर्ला यो चोटिको भूकम्प मध्यम स्तरको थियो । आशा गरौ भूकम्पमापन केन्द्रले चाडै नै आफ्नो वेबसाइट चालू हालतमा राख्नेछ र समयमै यस्ता भूकम्पहरुको यथार्थ जानकारी पाइनेछ ।
|
|
|
|
grgDai
Please log in to subscribe to grgDai's postings.
Posted on 08-31-13 12:58
PM [Snapshot: 20]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रचण्ड र बाबुराम को जमीन मुनिनै भूकम्पको केन्द्र बिन्दु भएपनि केहि हुने वाला छैन | एस्तो भयाबह छ देशको अवस्था|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 7 days
Recommended Popular Threads |
Controvertial Threads |
#MAGA#FAFO is delicious |
A legit Non-Profit organization "United For TPS Nepal " |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|