← Back to Kurakani

मधेस नेपाल होइन ?!

Original Post

नेपालको संविधान दिवस असोज ३ गतेको दिन जनकपुरलगायत केही स्थानमा आफूलाई मधेसको मुक्तिदाता दाबी गर्नेहरूले नेपालको भू–अखण्डताविरूद्ध नै गतिविधि गरे । उनीहरूले ‘मधेस नेपाल होइन’ र ‘मधेस एसियाको नयाँ देश’ भनी व्यानर प्रदर्शन गरे । स्वार्थ र आक्रोशको राजनीति गर्नेहरूको बोलीको ठेगान नहुने कुरा यसले पुष्टि पनि ग¥यो । देश टुक्र्याउने अभिव्यक्तिसहित प्रदर्शनमा उत्रेकाहरूमध्ये प्रायः हिजो पञ्चायतकालदेखि नै दरवार र सत्ताको वरपर रहेर लाभ लिएका परिवारका हुन् । केही मानिस भने नेपाली नागरिकता प्राप्त गर्न नसकेका भारतीयहरू र नेपाली नागरिकता लिएर पनि सोचेको जस्तो पदमा पुग्न नसकेका असन्तुष्टहरू थिए । तीनै मानिसले हिजो संविधानसभा हुँदा नेपालको तराईका २२ जिल्लालाई मधेस भन्नुपर्छ र एक मधेश एक प्रदेश हुनुपर्छ भनी सडक तताएका थिए । एक मधेस एक प्रदेश त सम्भव पनि थिएन र उपयुक्त पनि होइन । मधेस भनेको नेपालको सिमानापारि भारतको उत्तरी भागलाई भन्ने गरिन्थ्यो । हिजो–आज भारतमै मधेस र मधेसी भन्ने कुरा हराइसक्यो तर विडम्बना केही स्वार्थी र विदेशी शक्तिद्वारा सञ्चालित तत्वहरू मधेसको नाममा नेपालको विखण्डन गर्ने दिवास्वप्न देखिरहेका छन् । देशको विखण्डन र त्यस अगाडि – पछाडिका परिणतिबारे तराईका जनता सचेत छन् । केही स्वार्थी राजनीतिकर्मीहरू आफ्नो स्वार्थको रोटी सेक्न त्यस आगोलाई प्रयोग गर्ने मूर्खता गर्दै छन् । सरकारको कमी–कमजोरीको आलोचना र गलत कुराको विरोध गर्दा आफ्ना कार्यकर्तालाई अरिङ्गाल बनेर आक्रमण गर्न निर्देशन दिने प्रधानमन्त्री केपी ओलीको सरकार देश विखण्डन गर्ने नारा लगाइरहँदा किन किंकर्तव्यविमूढ भयो ? राष्ट्रवादीको मुकुन्दो लगाएर नेपाली जनतालाई झुक्याएर मत प्राप्त गर्नु सजिलो थियो होला तर विदेशी मालिकका आशीर्वाद प्राप्त गरी आएका आफ्ना धर्मभाइहरूलाई पक्राउ गर्न सायद ओली, प्रचण्ड र बादललाई पनि सकस भएको हुनुपर्छ । जुन थालमा खायो त्यही थाल प्वाल पार्ने विखण्डनकारी र भाडाका टट्टुहरूले भनेझैं के तराई–मधेश नेपालको होइन ? पृथकतावादीहरूलाई खुलमखुला छुट र भारतीय सुरक्षाकर्मीहरू दिनदहाडै नेपालमा आएर नेपाली नागरिक हत्या गर्दा पनि सरकार किन मौन ? ओली सरकारले कतै त्यही धारणा बनाएको त होइन ? तराईका नेपाली जनता आज प्रश्न गर्दै छन् ।

huippa
Sep 21, 2018 10:46 PM · 14,807 views
Replies
No replies yet.
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant