[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 युरोपीयन लगानीमा जातीय संघीयता, भारतीय लगानीमा एक मधेश प्रदेश
[VIEWED 1804 TIMES]
SAVE! for ease of future access.
Posted on 05-20-12 6:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युरोपीयन लगानीमा जातीय संघीयता, भारतीय लगानीमा एक मधेश प्रदेश


काठमाडौ, जेठ ७ । जातीय संघीयताका लागि केही युरोपीयन देशहरुले माओवादी र केही जनजाति तथा एक मधेश प्रदेशका लागि भारतले नेकां, एमाले र मधेशी दलहरुमार्फत लगानी गरेको चर्चा पनि हुनथालेको छ। नेपाललाई संघीयतामा लाने नाममा कुन नेताले के कति आर्जन गरे त्यसको लेखाजोखा हुन बाँकी छ। नेपाललाई संघीयताका नाममा बिभाजन गर्न/गराउन बिदेशीहरुले विगत चारबर्षभित्रमा माओवादी र मधेशी दलमार्फत करोडौ डलर खर्च गरिसकेका छन्। संयुक्त राष्ट्रसंघ लगायत नेपालमा रहेका दातृ निकायहरुलाई जातीय साम्प्रदायीकता भड्काउन परिचालन गरिएको भन्ने आवाज उठ्न थालेको छ। माओवादीले आफ्ना शीर्ष नेताहरुको बैठकमा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादलाई पनि उपस्थित गराएको भनी आलोचना भैरहेकै बेला वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहेत्ताले स्थानीय एक होटलमा पर्सा र बारा जिल्लाका काँग्रेस, एमाले र मधेशी फोरमका नेताहरुसँग अनौपचारीक रात्रिभोजको आयोजना गरी एक मधेश प्रदेशका लागि लडन आग्रह गरेको समाचार सार्बजनिक भएको छ। जेठ १४ अघिनै मधेशमा आन्दोलनको आँधी बेहरी ल्याउनुपर्छ भन्दै निजले मधेशलाई टुक्रयाउन आफूले सक्दो सहयोग गर्ने बचन दिएको भोजमा सहभागिहरुले बताएका छन्।
निजले काँग्रेस, एमाले फरकजस्तो देखिए पनि मधेशका मुख्य मुद्धामा सबै एक हुन्छन् भन्ने खुलासा गरेको पनि बताइएको छ।  सो समाचार सार्बजनिक भए लगत्तै माओवादीका अध्यक्ष प्रचण्डले नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादलाई आफ्नै निबासमा बोलाएर छलफल गर्नु भएको थियो। उहाँले के कुरा गर्नु भयो त्यो खुल्न सकेको छैन तर सो अवसरमा राजदूत जयन्तले महावाणिज्य दूतावासका कर्मचारीले के भनेका हुन् सो बारेमा बुझेर जानकारी गराउने बताउनुभएको माओवादीको भनाई छ। मेहेताले नेपाल विरोधी तथा गैर जिम्मेवार अभिव्यक्ति दिएको ठहर गर्दै तीन दलको बैठकले निजलाई भारत फिर्ता पठाउने प्रक्रिया शुरु गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको बताइन्छ। शीर्ष बैठकले पनि नेपालको राजनीतीमा भारतीय कुटनितीज्ञले सोझै हस्तक्षेप गरेको ठहर गरेको छ। माओवादी, नेपाली काँग्रेस र एमालेका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्यसबारे शीर्ष नेताहरूको हस्ताक्षरसहितको संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको थियो तर त्यस्तो बक्तब्य यो समाचार तयार पार्दासम्म सार्बजनिक भएको छैन।
त्यसैगरी माओवादी र मधेशी दलको बर्चस्व रहेको सरकारले मेहेतालाई देश निकाला गर्ने निर्णय गर्न पनि सकेको छैन। एक मधेस प्रदेश हुनपर्छ भन्दै मधेस प्रदेशको सन्दर्भमा आन्दोलनको आह्वान गरे आफ्नो पूरै सहयोग हुने अभिव्यक्ति दिएकोमा अन्य पक्षहरुले पनि आपत्ति प्रकट गर्नेक्रम जारी छ। राष्ट्रिय जनशक्ति पार्टी संसदीय दलका नेता डा प्रकाशचन्द्र लोहनीले वीरगन्जमा रहेका भारतीय कूटनीतिज्ञले विभिन्न राजनीतिक दललाई बोलाई 'आन्दोलनको हुरी' ल्याउन र राजनीतिक दलहरूको सहमति भताभुङ्ग पार्न दिएको निर्देशन नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेपको रुपमा देखापरेको भन्दै त्यसको भर्त्सना गर्नुभएको छ। राजपा संसदीय दलका तर्फबाट उहाँले जारी गर्नुभएको विज्ञप्तिमा 'नेपालमा परिवर्तनको यो ऐतिहासिक घडीमा हामी मित्रराष्ट्रहरूबाट सद्भावको अपेक्षा गर्दछौँ तर नेपालभित्रका राजनीतिक दलहरूबीच असमझदारी बढाउने र अराजकता तथा आन्दोलन उक्साउने प्रयास गरिएको हो भने त्यो भारत तथा नेपाल दुवै देश र जनताको अहितमा हुने स्पष्ट छ' भन्नुभएको छ। यसबारे भारतीय दूतावासले यथार्थता के हो स्पष्ट गर्नुपर्दछ भन्दै उहाँले यस घटनाबारे नेपाल सरकारले पनि आफ्नो दृष्टिकोण नेपाली जनतासमक्ष अविलम्ब पेश गरोस् भनी माग गर्नुभएको छ। यसैबीच परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराईले नेपालका लागि भारतका राजदूत जयन्तप्रसादसँग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलर एसडी मेहताले दिएको अभिव्यक्तिबारे जानकारी लिनुभएको छ। नेपाल–भारत सुमधुर सम्बन्धमा प्रतिकूल प्रभाव पर्ने किसिमले दिइएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सचिव भट्टराईले  वास्तविकताबारे भारतीय राजदूतसँग सोधपुछ गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
द्विपक्षीय सम्बन्ध, क्षेत्रीय अखण्डता एवं सामुदायिक सद्भावमा खलल पुग्नेतर्फ सचेत गराउँदै सचिव भट्टराईले छानबिन गरी कारबाही गर्न भारतीय राजदूत प्रसादसँग आग्रह गर्नुभएको बताइन्छ। विषयको गाम्भीर्य र संवेदनशीलतालाई बुझेर उपयुक्त कारबाही गरी त्यसको जानकारी नेपाल सरकारलाई गराउन परराष्ट्र सचिवले अनुरोध गर्नुभएको उहाँको कथन थियो। 'राजदूत प्रसादले आफू मातहतका कर्मचारीको भनाइबारे प्रारम्भिक अनुसन्धान गरेको जानकारी दिँदै नेपाली नेतृत्वले अघि बढाएको शान्तिप्रक्रियामा भारतको सधैँ सहयोग र सकारात्मक दृष्टिकोण रहेको बताउनुभएको थिय। यसैबीच, काठमाडौस्थित भारतीय राजदूतावासले एक वक्तव्य जारी गरी महावाणिज्य दूतावासका कर्मचारीलाई उद्धृत गर्दै सञ्चार माध्यममा आएका विवरणहरु आधारहीन भएको भनी मेहताको बचाउ गरेको छ। 'यस्ता उद्धरणको उद्देश्य भारत–नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध क्षय गर्नु हो,' वक्तव्यमा भनिएको छ। प्रजातान्त्रिक एवं समृद्ध नेपालको स्थापनाका लागि संविधान लेखनको प्रक्रियमा सघाउन भारत प्रतिबद्ध रहेको उल्लेख गर्दै वक्तव्यमा नेपाली जनता र यहाँको नेतृत्व वर्गले सोचेअनुरुपको विशेष सहायता गर्न भारत तयार रहेको जनाइएको छ। 'नेपालमा सकारात्मक परिणाम प्राप्ति नै भारतको चाहना हो जुन नेपालीले नेतृत्व गरेको र नेपालीले नै अघि बढाएको होस्,' वक्तव्यमा भनिएको छ।
अर्को एक समाचार अनुसार संयुक्त राष्ट्रसंघ लगायत नेपालमा रहेका दातृ निकायहरुलाई जातीय साम्प्रदायीकता नभडकाउन खवरदारी गदै गत हप्ता पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालयमा धर्ना पनि दिइएको थियो। साम्प्रदायिक सद्भाव बढाउने भन्दा पनि हिंसाका लागि सहयोग दिएको भन्दै त्यस्तो सहयोग बन्द गर्न उनीहरुले माग गरेका थिए। उपरोक्त दुई घटनाबाट नेपालमा लागु गर्न खोजिएको संघीय शासन पद्धति गंभिर षडयन्त्र भएको पुष्टि भएको छ। माओवादीको नेतृत्वमा नेपाली कांग्रेस, एमाले र मधेशी लगायतका दलहरुले संघीयताका नाममा राष्टघात गर्न लागेको भन्दै सर्बत्र आलोचना हुन थालेको छ।


 
Posted on 05-20-12 1:47 PM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक आपश मा झगडा गर्नी, अरुलाई लडाउने, फुटाउने त यूरोपिन  को बानी नै हो.
दोस्रो बिस्वो युध्हा र तेस्भंदा अगाडी  को युरोप को इतिहास झैँ झगडा मारकाट ले भरिपूर्ण छ.अमेरिका ऑस्ट्रालिया सम्म पुगेर त्या का आदिबासी लाई सखाप पारे. काला हरु लाई दास बनाए . यो सबै भएकै कुरा हो. इतिहास मा लेखेकै छ. नेपाल मा तथाकथित् जनजाती लाई उक्साउने एउरोपिईन् हरु अमेरिका मा पनि तेसो किन गर्दैनन्? अमेरिकी आदिबासी को भुमि उनीहरुलाई नै फर्काउन पर्छ भनेर, गोरा हरु लाई युरोप तिरै किन फिर्ता बोलाउदैनन . आफु चाहि  जेपायो तेही गर्नी, अनी नेपाल मा आएर आदिबासी जनाजाती रे के के हो के के

अनी नेपाली हरु पनि तेस्तै, कसैले काग ले तेरो कान लग्यो भन्यो भने काग को  पछाडी दौडने ? कि आफ्नो कान छाम्ने  पहिला

अब नेपाल का तथाकथित जनजाति हरुले अंग्रेजी बोल्दा, टाई शुट लगाउदा चाहि  केहि नहुने, क्रिस्टियन धर्म मान्यो भने केहि नहुने ( क्रिस्टियन धर्म नेपाली आदिबासी हरुको धर्म हो र?) हिन्दु भयो कि नेपाली बोल्यो कि नेपाल मा बस्ने आदिबासी को अधिकार हनन हुने ?
इस्वी सम्बत मान्दा केहि नहुने, बिक्रम सम्बत मान्यो कि अधिकार हनन?
अब ल हेरुम त बेलायेत मा बसेका गोर्खाली गुरुङ हरुले गोरा हरुको पार्टी मा जादा, सरकारी करायालाये मा जादा, औपचारिक कार्यक्रम मा जादा गुरुङ को परम्परागत पोशाक लगाउनु नि, औपचारिक कार्यक्रम मा गुरुङ को परम्परागत पोशाक  लगाएर गए के हुन्छ. एकताल दुइ ताल त "फन्नी" भन्लान तेस्पची त कानेखुसी सुरु भै हाल्छ.

आफ्नो पुर्खौली, स्थान छोडेर, अर्काको, भाषा, संस्कृति , र पेलाई खादा चाही गौरब, नेपाली  बोल्न पर्दा , दौरा सुरुवाल लगाउन पर्दा, दसैँ मनाउन पर्दा चाहि  कस्ट. अर्काको क्रिसमस मनाउन हुने, नेपाल को दसैँ चाहि  मनाउन नहुने . गोरा को देश मा गएर कनी कुथी त्यहा को भाषा बोल्दा गौरब गर्नी, नेपाल मा चाहि आफ्नै भाषा नभई नहुनी ? हेर बुध्ही.


गोरा हरु कस्ता  चलाख, नेपाल का तथाकथित आदिबासी ले आफ्नो परम्परागत भाषा छोडेर अंग्रेजी बोलेपनि, परम्परागत धर्म छोडेर क्रिस्टियन धर्म अपनायेपानी, परमपरागत खान छोडेर ह्याम्बर्गर खाएपनि उ आदिबासी नै हुने.
तर परम्परागत भाषा छोडेर नेपाली बोल्यो भने, परम्परागत धर्म छोडेर दसैँ मान्यो भने, दाल भात खान थाल्यो कि उसको अधिकार हनन हुने?
जाग जाग ये हरि लठाक  हो, कति अर्काको कुरा मा लाग्छौ, अब नेपाली बनेर नेपाल को बारेमा सोच्ने बेला आयो
नत्र तिमीहरु ले त गोरा को गुलामी गर्येउ गरेउ, तिम्र सन्तान दरसन्तान ले पनि तेही गर्न पर्ला. समय हुदै बुध्ही पुर्यावो


 
Posted on 05-21-12 10:10 AM     [Snapshot: 324]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's a controversial fact that european institutions have been involved in attempting to reduce the population of the world by using various population cleansing tactics. In some countries they have reduced fertility of women by performing alterations during childbirth or visits to doctors so they can't have any babies. In some middle eastern counries hundreds of thousands of population have been wiped out through NATO operations.

It would not be surprising to find that the same european institutions are also responsible for spreading ethnic hatred and consequent population cleansing in our part of the world.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Supporting issues on principle instead of blind brainwashed support
Cricketer Sandeep Lamichhane singing & playing guitar
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters