[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जुलुस
[VIEWED 8923 TIMES]
SAVE! for ease of future access.
Posted on 03-11-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

उसले आज आँफै खाना बनाउनुपर्ने नत्र प्रायश उसको काम भएको ठाउँमा खाना खुवाउँछन् उसलाई । उसको खाट छेवैको स्टोभ को मट्टितेल हल्लायो । छचल्किएको आवाज आयो , आधा जति होला !स्टोभ पुरानै ठाउँमा राख्यो ,त्यहाँ बाट स्टोभ यताउति चलाउन मिल्दैन , उसले पत्रिका टाँसेको छ भित्तामा , नेपाली मोडल को साप्ताहिक को मध्यपृष्टमा आएको फोटो खुबै मन परेर धुवाँले भित्ता कालो पनि नदेखियोस् , र खाना बनाउन पनि रमाइलो भइराखोस् भनेर उसले टाँसेको , बिचरी दिन प्रतिदिन काली हुँदै गइरहेकी छे ।
चामल पनि सिद्दिन आटेको रहेछ ।आजको छाक टर्छ , भोली काम भयो भने उसले उतै खान पाउँछ । आफ्नो पर्स छाम्यो । पर्स उसको प्यान्ट को खल्तिमा यथावत थियो । अरु तिर जाओस् पनि किन र कसरी ? पर्स को बाहिर को प्लाष्टिकको पानबुट्टा उक्किन थालेको छ तर त्यसमा उसको ध्यान गएन । उसको ध्यान सिधा भित्र थियो , एक खापामा तिन वटा पचासका नोट र एउटा खापा मा चार वर्ष अघि गाउँकै घरमा खिचेर सदरमुकाममा धुलाएको उसकी राधा र छोरी दिपाको फोटो । चार महिना भएछ गाउँ जान नपाएको ।बुढिले फोन गरेर छोरी को किताब किनिदिनु पर्ने भनेर पैसा मागेकी थिइ । यो बिचमा उसले छ हजार रुपियाँ बैंकमा जम्मा गरेछ । अर्को महिना थोरै काम बढ्यो भने घरमा पैसा पठाइदिने सोच राखेको छ उसले !!!

........................ ...................... ........................ ............................. ...................
शंकर आउँछु भनेको छ उसकोमा , उसको काम मिलाउने उसको हर्ताकर्ता , सामान्यतय उसले फोन गरेरै बोलाउँछ , तर आज उसको यहि बाटो गरेर जानु छ रे । होला कुनै नेताको घर होला यहि बाटोमा ठूलो टोपि खस्ने , भित्र सींगमर्मर जडेको, खुट्टै भाँसिने कालिन बिछ्याएको । यो कोठा पनि त शंकरले नै मिलाइदिएको उसलाई खोज्न अन्त गइरहनु पर्दैन भनेर ! घरपेटी शंकरले चिनेको त्यहि भएर शंकरको फोन दिन्छ उसलाई अनि उसले शंकरलाई भनेर हफ्ताको एकचोटी घरको फोन पनि दिन लगाएको छ ।
 बुढि धेर जसो पैसाका कुरा गर्छे , उसलाई माथी गएर घरका कुरा अरुको कोठामा छताछुल्ल पार्न मन लाग्दैन । अब चाँडै नै मोबायल किन्ने सोचमा छ उ !अस्ती उसले सेकेण्डह्यांड मोबायल राम्रो खाले भेटेको पनि तर महंगो भन्यो मोवायलको धनीले !!

..................... ............................ ................................. .....................................
बाहिर मोटरसाइकिलको हर्न बज्यो । गल्लि साँघुरो हुनाले सामान्यतय मोटरसाइकिल छिर्न रुचाउँदैनन् यो गल्लीमा ! तिँ माथी माथि बाट कहिले काहिँ फोहोर हरु त्यहि गल्लिमा पनि घुइक्याउँछन् त्यहि भएर बाइक भएकाहरु पनि आउन डराउँछन् उ बसेको घरमा ! शंकर नै होला ,एक छिन पछि ढोका ढक ढक पनि गर्यो उसले ढोका खोल्यो , शंकर नै रहेछ । उसको अनुहार अचानक उज्यालो भएर आयो । शंकर आउनु एक मानेमा उसको भोलिको काम आउनु पनि त हो
“दाइ बस्नु न !” उसले आफ्नो ओछ्यान देखायो ! शंकर कान्छो होला उमेरले उ भन्दा , तर अन्नदातालाइ गरेको सम्बोधन भएर होला नाता उपल्लो दर्जाको लगाएको छ उसले शंकर सँग !
शंकर भित्र छिर्यो । मैलो कोठामा जुत्ता खोल्न शंकरले आवश्यक ठानेन !
उसले शंकरको अनुहार हेर्यो । चिल्लो , आजै दाह्रि काटेको होला , कपाल रंगाएर टाटेपाटे भएका छन् उसका !! कालो चश्मा उसले अँध्यारो मा पनि किन नखोलेको त्यो उसले बुझ्न सकेन । कालो जुत्ता पालिस गएको छैन शंकरले उ जति हिँड्नु पनि त पर्दैन !
“ चिया खाने दाइ ?” उसले चिनीको र रंगको डब्बा सोध्दासोध्दै हेर्न भ्यायो करिव हफ्ता दिनलाई नै पुने जति छ । उ ढुक्क भयो !
“ भो छोड्दे , अघि भख्खर नेताज्युको मा पुगेर आएको ! त्यहाँ खाजा सहित खाएर आएको !”
उ खिस्स पर्यो !
“बरु यसो गर न यो सल्का त !” शंकरले चुरोटको डब्बा निकाल्यो !
सलाईको काँटि कोरिदियो उसले !
“ला तँ पनि खा !” अर्को खिल्लि तेर्स्यायो शंकरले । दयालु छ उसको दाजु ! उसलाई पनि एकदिन उसको दाजु जत्तिको बन्ने रहर छ !सामान्यतय उ चुरोट खाँदैन , बुढीले मन नपराएर उसले सुल्फा छोडेको । उ सुक्दै गएकोमा बुढिको चिन्ता थियो । उसलाई त्यति खेर खाना रुच्दैनथ्यो । त्यो छोडेपछि बिस्तारी बिस्तारी उसको खुराकी बढेको छ ! तर यहाँ चुरोट नखाए उ भन्दा कान्छा उसको शंकर दाइले ननिको मान्ला कि भन्ने उसलाइ पिर छ !

कोठा एकैछिन मा धुवैँ धुवाँ भयो । शंकर जुरुक्क उठ्यो । शंकरलाई धेरै ठाउँमा जानु छ उसले बुझेको छ।

“ ल म गएँ , तँ तैयार भएर बस ल !” उसले आफ्नो च्यातिएको डिजाइन भएको जिन्स थोरै मिलायो । फलामको खप्पर भएको बेल्टलाई थोरै कस्यो !
“ अनि भेट भयो त दाइ ?”
“ अँ भयो , पर्सि को लागि , त्यो सामान झण्डा ब्यानर अस्तिकै ठाउँमा हुन्छ अरु ग्रुप पनि त्यहिँ अनि खाना त्यो माहिलो को होटलमा ! जुलुस चाहिँ सिंहदरबार मा भे हुन्छ ! पैसा जुलुस बाट फर्केपछि !”
“ बिहानै हैन दाइ ?”
“नौ बजे खाना खानु अनि उतै आउनु नि !”
“ साचि दाइ ,जुलुस चाहिँ कुन पार्टिको रे ?” उसको सँधै जस्तै आज पनि अन्तिम प्रश्न यहि थियो !
समाप्त !!!!


 
Posted on 03-11-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तम राजनैतीक ब्यङ्य !


लेख्दै गरम है फुच्चे  !


 
Posted on 12-26-12 1:56 PM     [Snapshot: 1586]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दामी राजनैतिक खोट्टा ..... तर अचेल त येसो गर्न पर्दैन होला जुलुस निकाल्न ... एउटा घर को ६ जना मिले जुलुस भैहाल्छ ... चक्का जाम हुन्छ ... सिसा झ्याम हुन्छ.... 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
ChatSansar.com Naya Nepal Chat
ए १ पनि पुगेनछ ?
Supporting issues on principle instead of blind brainwashed support
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Why Oli must go for the UML to survive?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
The RSP Convention
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters