[Show all top banners]

happy days
Replies to this thread:

More by happy days
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 राजधानीमा माओवादीहरु घर भत्काए
[VIEWED 4443 TIMES]
SAVE! for ease of future access.
Posted on 03-06-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेकपा माओवादीको भातृ संगठन युथ कम्युनिष्ट लिग वाईसीएलले आजबाट राजधानीको कलंकीदेखि सोल्टीमोडसम्म सडक मिचेर बनाएका भवनहरु भत्काउन सुरु गरेको छ ।

वाईसीएलको सो कार्यलाई काठमाडौ महानगरपालिकाले स्रोत साधनसहित सहयोग पुर्‍याएको छ भने सम्बन्धित घर धनीले पनि लिखित सहमति जनाएका छन् । आज पहिलो दिन महानगरको १४ नम्बर वडा कार्यालय सँगैको उत्थान मित्र संस्था रहेको भवन भत्काइएको छ । कलंकीदेखि सोल्टीमोडसम्मको २ किलोमिटर क्षेत्रमा सडक क्षेत्रभित्र पर्ने ८ वटा भवन भत्काइने वाईसीएलका उपत्यका संयोजक चन्द्रबहादुर थापा सागरले जानकारी दिनुभयो ।

उहाँका अनुसार भवन हटाउने र सडक विस्तार गर्ने काम एकै साथ अघि बढाइने छ । ती क्षेत्रका घर टहराहरु हटाउन वाईसीएलका करिब ४ सय र महानगरपालिकाका डोजर, ट्रक गरी ९ वटा गाडी प्रयोग गरिएको छ ।

पहिलो चरणको सो काम २ साताभित्र सकिएपछि दोस्रो चरणमा उपत्यकामा हरियाली अभियान थाल्ने वाईसीएलको योजना छ । राजधानीमा अपराधिक गतिविधि नियन्त्रण गर्न गस्ती थाल्ने गरेको वाईसीएलले सडक विस्तार ट्राफिक जाम व्यवस्थापन हरियाली अभियान पनि सँगसँगै लैजाने बताएको छ ।

यद्यपि यसको बैधानिकतामाथि पनि विभिन्न निकाय र व्यक्तिहरुले आपत्ति जनाएका छन् । माओवादीले सरकारलाई सघाउन यस्तो योजना ल्याएको बताएको छ भने कतिपयले शान्ति सम्झौता विपरीत भनी टिप्पणी गरेका छन् ।

श्रोत नमस्ते यूरोप डट कम

 
Posted on 03-09-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भत्काए, भत्काए , नपत्याए भिडियो हेर्न www.nepaldiary.wordpress.com हेर्नु होस ।

 
Posted on 03-09-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

goood...

They must disable home inside New road, Ason and inside kathmandu.

They have to seize illegal properties form people.
 
Posted on 03-09-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maobadi le hasauchaa kahile kahi. Aba keshav stahpit le yahi kaam 5-6 barsa agadi garna lagda tharkaera rajina ma dina lagayo. Ahile chahi keshav stahpit sanga milera hero banna khoji ra chaa.
 
Posted on 03-09-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि भत्काउने त हो नी बनाउन त के जान्या छ र मओबादीले।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
Why Americans reverse park?
Now Trump is a convicted criminal .
Nims- एक उन्मत्त साँढे
Driver license help ASAP sathiharu
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters