Posted by: happy days March 6, 2007
राजधानीमा माओवादीहरु घर भत्काए
Login in to Rate this Post:     0       ?        
नेकपा माओवादीको भातृ संगठन युथ कम्युनिष्ट लिग वाईसीएलले आजबाट राजधानीको कलंकीदेखि सोल्टीमोडसम्म सडक मिचेर बनाएका भवनहरु भत्काउन सुरु गरेको छ । वाईसीएलको सो कार्यलाई काठमाडौ महानगरपालिकाले स्रोत साधनसहित सहयोग पुर्‍याएको छ भने सम्बन्धित घर धनीले पनि लिखित सहमति जनाएका छन् । आज पहिलो दिन महानगरको १४ नम्बर वडा कार्यालय सँगैको उत्थान मित्र संस्था रहेको भवन भत्काइएको छ । कलंकीदेखि सोल्टीमोडसम्मको २ किलोमिटर क्षेत्रमा सडक क्षेत्रभित्र पर्ने ८ वटा भवन भत्काइने वाईसीएलका उपत्यका संयोजक चन्द्रबहादुर थापा सागरले जानकारी दिनुभयो । उहाँका अनुसार भवन हटाउने र सडक विस्तार गर्ने काम एकै साथ अघि बढाइने छ । ती क्षेत्रका घर टहराहरु हटाउन वाईसीएलका करिब ४ सय र महानगरपालिकाका डोजर, ट्रक गरी ९ वटा गाडी प्रयोग गरिएको छ । पहिलो चरणको सो काम २ साताभित्र सकिएपछि दोस्रो चरणमा उपत्यकामा हरियाली अभियान थाल्ने वाईसीएलको योजना छ । राजधानीमा अपराधिक गतिविधि नियन्त्रण गर्न गस्ती थाल्ने गरेको वाईसीएलले सडक विस्तार ट्राफिक जाम व्यवस्थापन हरियाली अभियान पनि सँगसँगै लैजाने बताएको छ । यद्यपि यसको बैधानिकतामाथि पनि विभिन्न निकाय र व्यक्तिहरुले आपत्ति जनाएका छन् । माओवादीले सरकारलाई सघाउन यस्तो योजना ल्याएको बताएको छ भने कतिपयले शान्ति सम्झौता विपरीत भनी टिप्पणी गरेका छन् । श्रोत नमस्ते यूरोप डट कम
Read Full Discussion Thread for this article