[Show all top banners]

Amazing

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Hami sabai Nepali
[VIEWED 721 TIMES]
SAVE! for ease of future access.
Posted on 11-26-06 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिर्गौला रोगी कार्कीको कतारबाट सहयोगको याचना

नेपाल जापान डट् कम् सम्वाददाता
कतार नोभेम्बर, २६
मोरङको शनिश्चरे घर भई कतारमा कार्यरत राजेन्द्र कुमार कार्की दुवै मिर्गौला काम नलाग्ने भएपछि आर्थिक अभावमा उपचार गराउन सकिरहेका छैनन् । उनले आफ्नो ज्यान बचाउन आर्थिक सहयोगका लागि अपिल समेत गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका कार्की विगत दुई वर्षदेखि दोहास्थित टेडमुर कम्पनीमा कार्यरत रहेका छन् । घरको कमजोर आर्थिक अवस्थाका कारण कार्कीको उपचारमा समस्या आएपछि उनले सहयोगका लागि अपिल गरेका छन् ।

जीवन-मरणको दोसाँधमा रहेका श्रीमतिसहित २ छोरी र एक छोरा रहेका पीडित राजेन्द्रकुमार कार्कीले उनका कतारमा कार्यरत मोरङ सुनसरीवासीहरुको साझा संस्था मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारलाई दिएको निवेदनमा आफ्ना परिवारहरु आफ्नै भरमा बाँचिरहेको र आफूलाई केहि भइहाले आफ्नो परिवारको बिचल्ली हुने उल्लेख गरेका छन् । हमाद हस्पिटलको रिपोर्ट अनुसार कार्कीको दुवै मिर्गौला काम नलाग्ने भएको जानकारी दिएको कुरा निजका आफन्त कृष्ण सिटौलाले जानकारी दिएका छन् ।

गत १६ अक्टोवरमा हस्पिटल भर्ना भएका कार्की अझै पनि हस्पिटलमा नै उपचार गराइरहेका छन् । कार्कीले मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारमार्फत सहयोगको याचना गरेका हुन । मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारका सचिव कुमार कार्कीका अनुसार संस्थाका तर्फबाट निज कार्कीका लागि सहयोग संकलन गर्नलाई विभिन्न समाजसेवी, सामाजिक संघ-संस्था र कतारमा कार्यरत नेपालीहरुबाट सहयोग संकलन गर्ने र सहयोग चाँडो भन्दा चाँडो निज कार्कीलाई उपलव्ध गराई उपचारमा सहयोग पु-याउने जानकारी दिनु भएको छ । साथै मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले निज कार्कीको उपचार सहयोगका लागि सबैमा हार्दिक अनुरोध गरेको छ ।

----------
from NepalJapan.com

http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=1886
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
TPS EAD auto extended to June 2025 or just TPS?
Why Americans reverse park?
मैले नबुझेका केहि गीत का lyrics हरु
TPS Renewal Reregistration
Now Trump is a convicted criminal .
Shot Dead
Does the 180 day auto extension apply for TPS?
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Biden said he will issue new Employment visa for someone with college degree and job offers
" अनि ग्रिन कार्ड बन्यो त ?"
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
cannot accept Visa candidates
Nims- एक उन्मत्त साँढे
Facts showing how US is worse than Russia
Nepali Passport Renew
Cut paste nazi hypocrites
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters