Posted by: Amazing November 26, 2006
Hami sabai Nepali
Login in to Rate this Post:     0       ?        
मिर्गौला रोगी कार्कीको कतारबाट सहयोगको याचना नेपाल जापान डट् कम् सम्वाददाता कतार नोभेम्बर, २६ मोरङको शनिश्चरे घर भई कतारमा कार्यरत राजेन्द्र कुमार कार्की दुवै मिर्गौला काम नलाग्ने भएपछि आर्थिक अभावमा उपचार गराउन सकिरहेका छैनन् । उनले आफ्नो ज्यान बचाउन आर्थिक सहयोगका लागि अपिल समेत गरेका छन् । बैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका कार्की विगत दुई वर्षदेखि दोहास्थित टेडमुर कम्पनीमा कार्यरत रहेका छन् । घरको कमजोर आर्थिक अवस्थाका कारण कार्कीको उपचारमा समस्या आएपछि उनले सहयोगका लागि अपिल गरेका छन् । जीवन-मरणको दोसाँधमा रहेका श्रीमतिसहित २ छोरी र एक छोरा रहेका पीडित राजेन्द्रकुमार कार्कीले उनका कतारमा कार्यरत मोरङ सुनसरीवासीहरुको साझा संस्था मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारलाई दिएको निवेदनमा आफ्ना परिवारहरु आफ्नै भरमा बाँचिरहेको र आफूलाई केहि भइहाले आफ्नो परिवारको बिचल्ली हुने उल्लेख गरेका छन् । हमाद हस्पिटलको रिपोर्ट अनुसार कार्कीको दुवै मिर्गौला काम नलाग्ने भएको जानकारी दिएको कुरा निजका आफन्त कृष्ण सिटौलाले जानकारी दिएका छन् । गत १६ अक्टोवरमा हस्पिटल भर्ना भएका कार्की अझै पनि हस्पिटलमा नै उपचार गराइरहेका छन् । कार्कीले मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारमार्फत सहयोगको याचना गरेका हुन । मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारका सचिव कुमार कार्कीका अनुसार संस्थाका तर्फबाट निज कार्कीका लागि सहयोग संकलन गर्नलाई विभिन्न समाजसेवी, सामाजिक संघ-संस्था र कतारमा कार्यरत नेपालीहरुबाट सहयोग संकलन गर्ने र सहयोग चाँडो भन्दा चाँडो निज कार्कीलाई उपलव्ध गराई उपचारमा सहयोग पु-याउने जानकारी दिनु भएको छ । साथै मोरङ-सुनसरी प्रवासी युवा सेवा समाज दोहा कतारले निज कार्कीको उपचार सहयोगका लागि सबैमा हार्दिक अनुरोध गरेको छ । ---------- from NepalJapan.com http://www.nepaljapan.com/read.php?section=headlines&topic=headlines&id=1886
Read Full Discussion Thread for this article