[Show all top banners]

gwajyo
Replies to this thread:

More by gwajyo
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 inspiration
[VIEWED 1090 TIMES]
SAVE! for ease of future access.
Posted on 03-03-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saptahik

टाइपिस्टदेखि टाइकुनसम्म

अश्विनी कोइराला

सन् १९९९ जुन ९ तारिख । हङकङको एयरपोर्ट बाहिर निस्केर शिवबहादुर केसीले एउटा ट्याक्सी समाते । हङकङ पुग्दा पनि उनी नेपाललाई सम्भिmरहेका थिए । मुखमा नेपाली गीत झुन्डिरहेको थियो । ट्याक्सी ड्राइभरले अंग्रेजीमा भन्यो, 'म तपाईंलाई चिन्छु, तपाईं हङकङ सोहो, सिभ होइन ?' उनले गुन्गुनाइरहेको नेपाली गीत बन्द भयो । उनले ट्याक्सी ड्राइभरलाई हेरे । चिनियाँ मूलको ड्राइभर सम्मानपूर्वक बोलिरहेको थियो, 'मैले टेलिभिजनमा तपाईंको आधाघन्टाको कार्यक्रम हेरें । तपाईं महान् हुनुहुन्छ ।'

दोलखाको दुर्गम गाउँमा जन्मिएका शिवलाई हङकङको एउटा ट्याक्सी ड्राइभरले चिन्नु त्यसै पनि अचम्मको कुरा हो । त्यसमाथि त्यहाँको राष्ट्रिय टेलिभिजन च्यानलले उनका बारेमा आधा घन्टाको कार्यक्रम बनाउनु कल्पनाबाहिरको कुरा थियो । शिव भन्छन्, 'जीवनको कथा अजीव हुन्छ । तपाईं कल्पना पनि गर्न सक्नुहुन्न, जीवन कहाँबाट सुरु हुन्छ र कहाँ प्रसिद्धि पाइन्छ ?' उनी फ्लासब्याकमा पुग्छन् । होचो शरीर, मोटो ज्यानका ५० वषर्ीय शिव आफ्नो कुरा सुरु गर्दा लामो सुस्केरा प\mयाँक्छन् । शरीरलाई खुला पारेर सोफामा ढल्कनुअघि भन्छन्, 'केही लिनुहुन्छ कि ?'

'म २०१३ सालमा जन्मिएको हुँ । बुबा किसान हुनुहुन्थ्यो, मेरा दुई दाजु बेरोजगार थिए । ८ कक्षा पढ्दापढ्दै मलाई घरमा बसेर केही हुँदैन, यो गरिबीबाट पार पाउन काठमाडौं जानैपर्छ भन्ने लाग्यो । त्यसपछि १५ वर्षको उमेरमा म काठमाडांै आएँ । मेरा एक जना काका दूरसञ्चारमा काम गर्नुहुन्थ्यो । उहाँले मलाई टाइप सिके भविष्य राम्रो हुन्छ भन्ने सल्लाह दिनुभयो । त्यतिखेर प्रशासन व्यवस्था विभागले ८ कक्षा पास गरेकाहरूलाई प्रतिस्पर्धाका आधारमा टाइप सिक्ने अवसर दिन्थ्यो । मैले टाइप सिक्ने क्रममा प्रथम स्थान ल्याएँ । एक वर्षसम्म कुनै काम पाइनँ ।

कहिले काकाकहाँ, कहिले दाजु पर्नेहरूकहाँ गएर रात बिताउँथें । कसैगरी पनि पढ्नुपर्छ भन्ने भावनाले गर्दा काकाको सहयोगमा दरबार हाईस्कुलमा रात्रि कक्षामा भर्ना भएँ । कापी-किताब किन्ने पैसा नहुँदा कुनै न कुनै काम गर्नु मेरो बाध्यता थियो । भाग्यले शिक्षण अस्पतालमा अस्थायी टाइपिस्टको भ्याकेन्सी खुल्यो । प्रमाणपत्र र टाइप स्पिडका कारणले मैले १ सय ३५ रुपैयाँ प्रतिमहिनाको जागिर पाएँ । २०२९ सालमा खाएको त्यो जागिर मेरो जीवनको पहिलो उपलब्धि थियो । म साह्रै खुसी थिएँ । जागिर भएकाले डेरा लिन सकेको थिएँ । त्यसभन्दा पहिलेसम्म कसले खान देला भन्ने लाग्थ्यो, जागिरपछि घरमै पकाउन थालेको थिएँ । एउटै तरकारीमा टन्न झोल हालेर आफ्नै कमाइले पेटभरि खानुको आनन्द कस्तो हुन्छ ? त्यो मलाई मात्र थाहा थियो ।

म दिनभरि काम गथर्ंे । राति स्कुल जान्थें । केही पैसा घर पठाउनुपर्ने हुनाले खान मन लागेका कुरा खान सक्दिनथंे । बिहानीको खाजामा दूध र पाउरोटी खानु त्यतिखेरका युवाहरूको सौखको कुरा थियो, आजको पिज्जा र मःमजस्तै, तर मलाई पुग्दैनथ्यो । दिउँसो जेरी र स्वारी खानेलाई पैसावाल मानिन्थ्यो । म जेरी र स्वारी खाने स्तरमा पुग्छु भन्ने मलाई कहिल्यै लागेन ।

एक दिन एक्सरेको टेक्निसियन हरिशरण जोशीले मेरो इमान्दारिता देखेर उनको व्यवसायमा सघाउने अनुरोध गरे । उनको घरमा पेइङ गेस्ट राख्ने चलन रहेछ । एकपल्टमा ४-५ जना विदेशी बस्दा रहेछन् । राति उनीहरूका लागि खाना पकाइदिने, खान दिने एवं अन्य कामका लागि पनि एकजना सहयोगी चाहिएको रहेछ । उनले मलाई त्यहीं बस्न दिने भए । यसो गर्दा मेरो डेराभाडा र खाने खर्च जोगिन्थ्यो । यो प्रस्ताव मेरा लागि आकर्षक थियो । मैले यसलाई ठूलो अवसरका रूपमा लिएँ । यसले मेरो जीवनमा नयाँ सम्भावनाको ढोका खोल्यो ।

पर्यटकको संगतका कारण मैले अंग्रेजी सिक्ने मौका पाएँ । क्याम्पस पढ्न थालेपछि जीवनमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पलायो । त्यसपछि मैले जागिर छाडें । पुरानो बसपार्क र एयरपोर्टमा गएर राजधानी होटलका लागि पर्यटक ल्याउने काम पनि गर्न थालें । राजधानी होटलले मलाई महिनाको ३ सय दिन्थ्यो । जोशीजीको होटलमा पर्यटकहरूको संगतले मैले पर्यटकहरू कसरी खुसी हुन्छन् भन्ने कुरा थाहा पाइसकेको थिएँ । नरम र सरल भाषाका कारण धेरैजसो पर्यटक मेरो कुराबाट प्रभावित हुन्थे र मैले काम गर्ने होटलमा बस्न राजी हुन्थे । यो देखेर न्यूरोडमा खुलेको कोजी होटलले ५ सय रुपैयाँ दिएर मलाई हायर गर्‍यो । यो होटलमा पनि मैले मेहनतपूर्वक काम गरें । ठीक त्यतिखेरै सोल्टी होटलको भ्याकेन्सी विज्ञापन आयो । म त्यसमा सेलेक्ट भएँ र ५ सय ७५ रुपैयाँ तलब पाउन थालें ।
 
Posted on 03-03-06 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजुहरूको विवाह भैसकेकाले घरबाट विवाह गर्न दबाब आउन थाल्यो । आफ्नो स्थिति अझै श्रीमती पाल्न सक्ने भैनसके पनि मैले विवाह गर्नुपर्‍यो । विवाहको वर्ष दिन नबित्दै छोरा पनि भयो । फेरि कठिन आर्थिक जीवन सुरु भयो । विभिन्न काम गर्दा पनि खान नपुग्ने देखेपछि एकपल्ट विदेश नगई केही गर्न नसकिने रहेछ भन्ने लाग्यो र विदेश जाने निहुँमा अलिअलि कमाएको पैसा सक्न थालंे । प्रोसेस गर्दागर्दै पाँच वर्ष बित्यो र अर्को छोरा पनि जन्मियो । यसले मलाई थप आर्थिक भार पर्‍यो ।

एकपल्ट विदेश गएर फर्किएँ तर त्यो संघर्षको खासै उपलब्धि भएन । एकपल्ट अन्नपूर्ण होटलमा काम गर्दागर्दै हङकङमा ५ नेपाली सेफ र सहयोगीहरू चाहिएको कुरा थाहा पाएँ । १ सय ५० जनाले र्फम भरे । मैले पनि र्फम भरें । विदेशमा काम गर्दा दुःख भए पनि पैसा राम्राे हुने भएकाले घर बनाउन सकिन्छ भन्ने विश्वास थियो । नभन्दै म छनौट भएँ । त्यहाँ पुग्दा थाहा भयो, मेरो तलब ३० हजार रहेछ । मेरो कामले बि्रटिसहरू खुसी भए । नेपालमा भएको ऋण तिरेर घर उकासें । त्यसबाहेक अरू २ लाख हङकङ डलर जम्मा गरें ।

एक दिन म नेपालीहरूको पि्रय ठाउँ चुङ्ची मेन्सन पुगें । त्यहाँ 'हङकङ नेप्लिज एसोसिएन' लेखिएको बोर्ड देखें । विदेशमा पनि नेपालीहरूको संस्था रहेछ भनेर नजिक गएको त त्यो एक जना पञ्जाबीले चलाएको रेस्टुराँ पो रहेछ । नेपालीहरू पनि नेपालको नाम देखेपछि भावुक हुँदै त्यहाँ खाँदा रहेछन् र ऊ मालामाल भैरहेको रहेछ । मलाई चित्त दुख्यो । त्यतिखेरै मैले उसलाई त्यो रेस्टुराँ बेच्न कर गरें । झोकैझोकमा मैले १ लाख ५० हजार हङकङ डलर हालेर त्यसलाई किनंे । उक्त रेस्टुराँमा मैले नेपाली परिकार उपलब्ध गराउने व्यवस्था मिलाएँ । म जहाँ काम गर्थें त्यसका निर्देशक एवं अन्य पदाधिकारीहरूलाई नेपाली परिकार चखाएँ । त्यसमध्ये एक जनाले नेपाली परिकार साह्रै मन पराए । उनले राम्रो ठाउँमा यस्तो रेस्टुराँ खोल्ने हो भने राम्रो चल्ने सुझाव दिए । यो कुरा उनले आफूसँग मिल्ने साथीहरूलाई पनि भने । मैले राम्राे ठाउँ हेरें । यसरी हामीले हङकङका सेलिब्रेटीहरूको आवतजावत हुने ठाउँमा नेपाली रेस्टुराँ खोल्ने भयौं ।

रेस्टुराँका लागि झ्याल, खुकुरीलगायत अन्य सामान लिन नेपाल आउँदा मसँग रेस्टुराँमा लगानी गर्ने पैसा थिएन । बानेश्वरमा बनाएको घरलाई बैंकमा धितो राखेर अलिकति पैसा झिकें । साथी-भाइसँग पैसा ऋण लिंदा पनि मसँग भनेजति पैसा भएन । त्यही भएर मैले जम्मा २० प्रतिशत मात्र सेयर लिन सकें । पैसा नभएका कारण ८० प्रतिशत सेयर अरूलाई नै दिनुपर्‍यो । तर, रेस्टुराँ यति राम्रोसँग चल्यो कि त्यो ठाउँ सानो हुन थाल्यो । कस्टमरले नै अर्को रेस्टुराँ खोल्ने सुझाव दिन थाले ।

त्यसपछि त्यसकै छेउमा अर्को नेपाली रेस्टुराँ खोल्यौं । त्यसले पनि मार्केट लिएपछि थाई रेस्टुराँ खोल्यौं । त्यो पनि चल्न थाल्यो । एकपछि अर्को गर्दै रेस्टुराँ खोलियो । पाँच वर्षभित्रै हामीले १० वटा रेस्टुराँ खोलिसकेका थियौं भने वाषिर्क ५ करोडभन्दा बढीको कारोबार गर्न थालिसकेका थियौं । हङकङमा सार्स र बर्डफ्लुका कारण तीनवटा रेस्टुराँ बेच्नुपर्‍यो तर पनि अहिले म वाषिर्क करिब १ करोड रुपैयाँ कमाउँछु । छोराहरूलाई बेलायत र स्वीजरल्यान्डका कलेजमा पढाउँछु । मासिक १५ हजार डलर तिरेर फ्लाटमा बसेको छु । कुनै बेला खाजाका लागि दूध र पाउरोटी वा स्वारी एवं जेरी खान मनलाग्दा पनि नपुग्ने म अहिले संसारको जस्तोसुकै महँगो कुरा पनि खान सक्ने हैसियतमा पुगेको छु, तर पनि स्वारी एवं जेरीको तिर्सना मेटिएकोे छैन । शिव भन्छन्— यदि भगवान्ले भिसा पठाउन अलि ढिला गरे नेपालमा पनि हङकङमा जस्तै रेस्टुराँ टाइकुन बन्ने सपना छ ।
 
Posted on 03-03-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good inspiration indeed. If I am not mistaken, Shiva uncle is the father of a sajhaite who did his hospitality management course in Switzerland, used to write regularly from HK before, and now doing business in Nepal. Congrats Shiva uncle!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters