Posted by: gwajyo March 3, 2006
inspiration
Login in to Rate this Post:     0       ?        
दाजुहरूको विवाह भैसकेकाले घरबाट विवाह गर्न दबाब आउन थाल्यो । आफ्नो स्थिति अझै श्रीमती पाल्न सक्ने भैनसके पनि मैले विवाह गर्नुपर्‍यो । विवाहको वर्ष दिन नबित्दै छोरा पनि भयो । फेरि कठिन आर्थिक जीवन सुरु भयो । विभिन्न काम गर्दा पनि खान नपुग्ने देखेपछि एकपल्ट विदेश नगई केही गर्न नसकिने रहेछ भन्ने लाग्यो र विदेश जाने निहुँमा अलिअलि कमाएको पैसा सक्न थालंे । प्रोसेस गर्दागर्दै पाँच वर्ष बित्यो र अर्को छोरा पनि जन्मियो । यसले मलाई थप आर्थिक भार पर्‍यो । एकपल्ट विदेश गएर फर्किएँ तर त्यो संघर्षको खासै उपलब्धि भएन । एकपल्ट अन्नपूर्ण होटलमा काम गर्दागर्दै हङकङमा ५ नेपाली सेफ र सहयोगीहरू चाहिएको कुरा थाहा पाएँ । १ सय ५० जनाले र्फम भरे । मैले पनि र्फम भरें । विदेशमा काम गर्दा दुःख भए पनि पैसा राम्राे हुने भएकाले घर बनाउन सकिन्छ भन्ने विश्वास थियो । नभन्दै म छनौट भएँ । त्यहाँ पुग्दा थाहा भयो, मेरो तलब ३० हजार रहेछ । मेरो कामले बि्रटिसहरू खुसी भए । नेपालमा भएको ऋण तिरेर घर उकासें । त्यसबाहेक अरू २ लाख हङकङ डलर जम्मा गरें । एक दिन म नेपालीहरूको पि्रय ठाउँ चुङ्ची मेन्सन पुगें । त्यहाँ 'हङकङ नेप्लिज एसोसिएन' लेखिएको बोर्ड देखें । विदेशमा पनि नेपालीहरूको संस्था रहेछ भनेर नजिक गएको त त्यो एक जना पञ्जाबीले चलाएको रेस्टुराँ पो रहेछ । नेपालीहरू पनि नेपालको नाम देखेपछि भावुक हुँदै त्यहाँ खाँदा रहेछन् र ऊ मालामाल भैरहेको रहेछ । मलाई चित्त दुख्यो । त्यतिखेरै मैले उसलाई त्यो रेस्टुराँ बेच्न कर गरें । झोकैझोकमा मैले १ लाख ५० हजार हङकङ डलर हालेर त्यसलाई किनंे । उक्त रेस्टुराँमा मैले नेपाली परिकार उपलब्ध गराउने व्यवस्था मिलाएँ । म जहाँ काम गर्थें त्यसका निर्देशक एवं अन्य पदाधिकारीहरूलाई नेपाली परिकार चखाएँ । त्यसमध्ये एक जनाले नेपाली परिकार साह्रै मन पराए । उनले राम्रो ठाउँमा यस्तो रेस्टुराँ खोल्ने हो भने राम्रो चल्ने सुझाव दिए । यो कुरा उनले आफूसँग मिल्ने साथीहरूलाई पनि भने । मैले राम्राे ठाउँ हेरें । यसरी हामीले हङकङका सेलिब्रेटीहरूको आवतजावत हुने ठाउँमा नेपाली रेस्टुराँ खोल्ने भयौं । रेस्टुराँका लागि झ्याल, खुकुरीलगायत अन्य सामान लिन नेपाल आउँदा मसँग रेस्टुराँमा लगानी गर्ने पैसा थिएन । बानेश्वरमा बनाएको घरलाई बैंकमा धितो राखेर अलिकति पैसा झिकें । साथी-भाइसँग पैसा ऋण लिंदा पनि मसँग भनेजति पैसा भएन । त्यही भएर मैले जम्मा २० प्रतिशत मात्र सेयर लिन सकें । पैसा नभएका कारण ८० प्रतिशत सेयर अरूलाई नै दिनुपर्‍यो । तर, रेस्टुराँ यति राम्रोसँग चल्यो कि त्यो ठाउँ सानो हुन थाल्यो । कस्टमरले नै अर्को रेस्टुराँ खोल्ने सुझाव दिन थाले । त्यसपछि त्यसकै छेउमा अर्को नेपाली रेस्टुराँ खोल्यौं । त्यसले पनि मार्केट लिएपछि थाई रेस्टुराँ खोल्यौं । त्यो पनि चल्न थाल्यो । एकपछि अर्को गर्दै रेस्टुराँ खोलियो । पाँच वर्षभित्रै हामीले १० वटा रेस्टुराँ खोलिसकेका थियौं भने वाषिर्क ५ करोडभन्दा बढीको कारोबार गर्न थालिसकेका थियौं । हङकङमा सार्स र बर्डफ्लुका कारण तीनवटा रेस्टुराँ बेच्नुपर्‍यो तर पनि अहिले म वाषिर्क करिब १ करोड रुपैयाँ कमाउँछु । छोराहरूलाई बेलायत र स्वीजरल्यान्डका कलेजमा पढाउँछु । मासिक १५ हजार डलर तिरेर फ्लाटमा बसेको छु । कुनै बेला खाजाका लागि दूध र पाउरोटी वा स्वारी एवं जेरी खान मनलाग्दा पनि नपुग्ने म अहिले संसारको जस्तोसुकै महँगो कुरा पनि खान सक्ने हैसियतमा पुगेको छु, तर पनि स्वारी एवं जेरीको तिर्सना मेटिएकोे छैन । शिव भन्छन्— यदि भगवान्ले भिसा पठाउन अलि ढिला गरे नेपालमा पनि हङकङमा जस्तै रेस्टुराँ टाइकुन बन्ने सपना छ ।
Read Full Discussion Thread for this article