[Show all top banners]

mampaka
Replies to this thread:

More by mampaka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BISE NAGARCHI (ONCE MORE)
[VIEWED 5486 TIMES]
SAVE! for ease of future access.
Posted on 07-24-05 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकछिन कविता पढेर ३० हजार


फूलमान वल

काठमाडौं, - श्रवण मुकारुङलाई चिन्नुपर्दा धेरैको दिमागमा कविता फलाक्दै हिँड््ने बेरोजगारको तस्वीर आउँछ । कविता, गीत र नाटक गरी चार-चारवटा कृति निकाली सक्दा पनि उनीसँग जम्माजम्मी १० हजार गोेजीमा परेको अनुभूति छ । तर शनिबार तिनै श्रवणको हातमा कविता सुनाएबापत ३० हजार रुपैयाँभन्दा बढी हात पर्?यो ।
'नसोचिएको भयो,' आरोहण गुरुकुल थिएटरबाट बाहिरिँदै गर्दा शुभचिन्तकमाझ घेरिएका श्रवणले भने- 'म यसलाई जीवनकै अविस्मरणीय घटना मान्छु ।'

अविस्मरणीय नहुनु पनि किन ? आफैंले प्रकाशित गरेको कृति 'देश खोज्दै जाँदा,' 'हिउँको दरबार' र 'यलम्बर' बाट उनले कमाएको जम्मा ७ हजार हो । गत वर्ष साझा प्रकाशनबाट प्रकाशित 'जीवनको लय' कविता संग्रहबाट करिब ३ हजार रोयल्टी पाए । कविता कृति भन्नासाथ मुस्किलले बिक्री हुने र सित्तैमा वितरण गर्नुपर्ने साझा समस्याबीच गुरुकुल थिएटरमा आयोजित श्रवणको 'एकल कविता वाचन' ले सबैलाई चकित तुल्याइदियो ।

'हामी यति खुसी छौं कि भुइँमा खुट्टा छैन भने पनि हुन्छ,' आयोजकमध्ये एक हिमाल एसोसिएसनका केदार शर्माले भने- 'टिकट किनेर कविता सुन्ने गुणी दर्शक पनि हुँदा रहेछन् ।' शर्माका अनुसार कविता वाचनका लागि एसोसिएसनसँगै नेपाल कविता डटकम र गुरुकुलले जम्माजम्मी एकहप्ते तयारी गरेको हो । 'कृति किनेर पढ्ने संस्कार नबसेको हाम्रो समाजमा' कवि विक्रम सुब्बाले भने- 'यो नौलो घटना हो ।'

त्यसो त धेरैले साहित्यलाई अन्य आयमूलक काम या रोजगारी भ्याएर गरिने फुर्सदको विषय बनाउँछन् । तर लेखेरै जीवन गुजारा गर्न खोज्ने श्रवणजस्ता स्रष्टाका लागि यो सामान्य होइन । 'मेरो त कविता सुनाउँदैमा उमेर बित्न लागिसक्योे,' हौसिँदै उनले कान्तिपुरसँग भने- 'आउने पीढीका लागि उत्साहको ढोका खुलेको छ ।'

भोजपुरको पहाडबाट दुई दशकअघि काठमाडौं पसेका श्रवण पछिल्लोचोटि 'बिसे नगर्चीको बयान' कविताबाट चर्चामा आएका हुन् । नेपाल एकीकरणको इतिहाससँग गाँसिएको पात्र बिसे नगर्चीलाई बहुलाएको मनोदशामा प्रस्तुत गरिएको कविताले कार्यक्रममा 'वान्स मोर' पायो । विभिन्न सात खण्डको वाचनमा उनले प्रेम, संवेदना, पहाड र जीवनका कविता मात्रै सुनाएनन् । प्रजातन्त्र र पसिनाका सन्दर्भ उठाउँदै फेरि भने-

यी दरबारका भव्य झ््याल-ढोकाहरूमा

कस-कसका हातका रेखाहरू छन्् ?

यी मन्दिरका मूर्ति र गुम्बाका गजुरहरूमा

कस-कसका औंठाका शंख-चक्रहरू छन्् ?

एक-एक खुट््याउनु छ, इतिहासको खुनी अनुहार

चिन्नु छ-

को हो असली निर्माता ?

 
Posted on 07-24-05 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Does any body has
वैरागी काइँला's poem 'मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित'

I heard its awfully similar to Bise Nagrchi's Bayan.
 
Posted on 07-24-05 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मातेको मान्छेको भाषण: माध्यरातपछिको सडकसित
बैरागी काँईला

आधारातपछि
सक्सी दोकानबाट म के निस्किएको छु:
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेट फट्फटाउँदै विद्रोहको

कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् ।

यहाँको बातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति
यहाँको व्यवस्थाको निम्ति
मेरो सक्सीको गन्धले भिजेको निश्वास पनि
आज, ठुलो आँधीसरह भइसकेको छ
सडकका दुवैतिर लाम लागेका यी आलिशान भवनहरु
आफ्नो जगसहित आफ्नो कमजोरि माटोमुनि गाडिदिनु
अब, अब, अब लड्नलाई तयार छ ।

आज मेरो प्रत्येक पाइलामा यौटा-यौटा भूकम्प छ ।
आज मेरो प्रत्येक अनुभवमा यौटा-यौटा ज्वालामुखी पड्कन
तैयार छ ।

कसरी बसेछु यो उमेरसम्म
यौटा पाइलासम्म पनि नअटाउने
ढल्न लागेका यी साँगुरा घरहरुमा ?

मलाई दुःख लाग्छ:
अझै सुत्छन् गनेउलाझै गुजुल्टिएर
आत्म-पराजित मानिसहरु
धरतीको अस्वस्थ्यकर घरहरुमा,
अनि यति अबेरसम्म ?

आज मेरो विशालता पृथ्वीमाथि अटाउदैन
यो सडकभरिको देशमाथि सास थुन्छ ।
अनि मैले सडकभरि खाँदाखाँद गरेर हिड्दा
मानिस भन्छन्- यो मातेको छ ।
छेउ लागेर बाँयापट्ट हिंड्नु पर्छ,
हो हामीले छेउ लागेर हिंडनु पर्छ ।
धेरैले सडकमाथि अटाएर हिंड्नु पर्छ ।

गगनचुम्बी भवन र धरहराका
सिरान-सिरानका कोठाभित्र
रात-रातभरि बल्दछन्.......नीलो-नीलो गुलुप:
लाटकोकोसेराका आँखाहरु,
यहाँ रातभरि लाटकोसेराले आँखा देख्दछन,

यहाँ रातभारि लाटकोसेराले कसकसको बाटो ढुक्छ ?

टाउकोभरि अफिसको कागजपत्रका अक्षर,
छातिभरि अफिसको दिवाल घडीका काँटाहरु
फेरिनै आटेका पुर्जाजस्ता जिन्दगी
काँधमाथि टाउको लतारेर यो सडकमाथि हिंडदछन्,
यिनलाई घिसारेर हिंडदछन्
अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर
रात-रातभरि यो सडकमाथि !
फलतः आजकाल सडक घटेको छ ।

कसले चोर्दछ सडकका छेउकुनाहरु ?
किन घट्दछन यो सडक प्रत्येक रातको आगमनसित ?

यो सडकलाई उधारेर फेरि ठुलो पार ............
जब म भन्छु, छेउको मुर्ख पुलिस
मलाई पक्रन तयार छ किनकी म मातेको छु !
अनि रक्सीले छात्ति भरेपछि

मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,
कि यो सडकको संकिर्णतामा अब नअटाउने भइसकेको छु !

 
Posted on 07-24-05 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इन्जिनियरले सुनुन्
नेता, प्रध्यापक र कविहरुले सुनुन्
इतिहासको प्रत्येक आन्दोलनले सुनुस्

यर्सथ, पोष्ट अफिसको पेटीबाट
म वक्तव्य प्रसारित गर्दछु:

ए सडक हो !
यौटा मानिस तिमीमाथि हिंडदै छ,
म अटाइनँ तिम्रो फैलावटमा
थर्सथ, म हुकुम गर्दछु .....
अझै तिमीहरु-फाट्टिदेऊ, च्यात्तिदेऊ, फैलिदेऊ......
तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला बिल्डिङका पेटीहरु
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका इतिहासका इतिहास नाङ्गा पन्ना जस्ता

यी पेटीहरुलाई
मुटुदेखि मस्तिष्कसम्म निरिने गरेर
तिमीले च्यात्तिदेऊ........फाट्टिदेऊ......

कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनु पर्छ ।
यौटा विद्रोहले यहाँ शिर उचालेर हिंड्न पाउनु पर्छ ।

यर्सथ, म हुकुम गर्दछु:
ए सडक हो !
अझै च्यात्तिदेऊ.......अझै फाट्टिदेऊ....

जति खडल बन्दछ त्यत्ति नै
रक्सीको तरलताले भिजाएर
म, मेरो सद्भावनाले रसाइदिन्छु
म मेरो विशालताले ढाकिदिन्छु

नत्र ता म यहाँ अटाउनै सकिनँ,
नत्र ता बिहान नौ बजे स्कूलको बखत
सानो बालकलाई
उसको आमा र मैले कसरी स्कूल पुर्?याउनु यहाँबाट
जहाँ अटाउदैन यौटा खुट्टाको पनि पैतालाको फैलावट !

सयौ बूटले प्रतिक्षण किच्चिएर
मोटरका चक्काले प्रतिक्षण पिल्सिएर
लम्पसार र उत्तानो परिसकेका ए जिन्दागी हो !

निष्क्रियताको हुस्सुले थुनिएर
साइनबोर्डका खम्बाले सीमित
घुम्तिघुम्तिले टुक्राटुक्रा खण्डित
चक्रवर्तीको चोइटिएका पराक्रमको सहस्र चोइटा......

ए सडक हो !
अश्वमेध यज्ञका घोडा खेदेर विश्वविजयमा बढेका
सगरका ए शापित सहस्रदश पुत्र हो !
आकाशबाट बोतलको स्वर्गङ्गाको जल
भगीरथको आस्थाले छर्किरहेछु तिमीमाथि,

तिम्रो निधारमाथि, आँखामाथि, छात्तिमाथि !
यो जो बगाइरहेछु बोतलका बोतल....
सक्सी सडकमाथि,
थोपाथोपा पिएर
उठ, उठ बोरिएर ए मेरा पिताहरु हो !
ए सगरका शापित सहस्रदश पुत्र हो !

अनि एस पल्ट हिमालजत्रो मुठीले
क्षितिजका गहबाट कचेराको कुइरो पुछेर
मसित हेरिदेऊ.......प्रथमपल्ट:
आँखाले भ्याउञ्जेलसम्म
हामी हाम्रो चारैतिर
विजयका निम्ति युद्धभूमी र
जिन्दगीका निम्ति उज्यालै उज्यालोमात्र देख्दछौं !

- http://www.nepalikavita.com/utkrista-kavita/MatekoManchhekoBhashanbyBairagiKainla.pdf

 
Posted on 07-24-05 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

manchinte hola justo cha...

Je chitayo tyo hazir !

Thank you nepe..
 
Posted on 07-24-05 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केको मनचिन्ते झोला हुन्थ्यो, नेपाली कविता डट कम नि ?
 
Posted on 07-24-05 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भानुभक्त, गोरखा र बिसे नगर्ची



असार २९ गतेको कुरा । म गोरखा हिँडेँ । सन्दर्भ थियो भानु जयन्ती । निम्ता गरिपठाउने आयोजक गोरखाली साहित्य सङ्गम । मनमा सदाझैँ उन्मुक्तिको उमङ्गमय भावना जागेर आयो । सम्झेँ, म काठमाडौँको साँघुरो कैदबाट थानकोटबाहिरको विशाल फाँटमा निस्कँदैछु । तर, सँगसँगै मनमा अत्यासको निसास टनाटन भरिएको थियो । बाटामा ठाउँठाउँमा कालले थापेका धरापहरू यथावत् होलान् । पैह्रो जाने पहाडमुन्तिर एउटा धराप । दोहोरो गोलाबारीबीचको जोखिमपूर्ण चेपमा अर्को धराप । सडकमुनि छद्मभेषमा अर्को बिजुली धराप । सामाजिक मानचित्रभरि नै धरापको व्याप्ति छ । हामी पलपल पाइला-पाइलामा क्रूर कालले पछ्याइरहने समयमा बाँच्न श्रापित छौँ । कालका स्रष्टाहरूको भोक मेटिने कहिले हो केही थाहा छैन ।

सहयात्रीको हाम्रो टोली सप्तरङ्गी इन्द्रेणीजस्तो थियो, विविध र रोचक बान्कीको । साथमा मेरा पुराना आन्दोलनकारी मास्टर मित्र मोहननारायण श्रेष्ठ थिए । वाहनमा सबभन्दा अगाडि जोई दीक्षा पोखरेल, सबभन्दा पछाडि पोइ सलील देवकोटा । बीचमा अखण्डै रसिक प्रकाश सायमी, आगामी सुन्दरी मेलाकी संयोजक सिर्जना जोशी र म । सत्कारको मुद्रामा हामीलाई गोरखातिर डोर्?याउने साहित्य सङ्गमका सचिव सुरेश देवकोटा पनि पछाडि नै थिए ।

वाहन हाम्रा सांसदहरूलाई खूबै मनपर्ने जातको थियो, भरपर्दो र आरामदायी । त्यो इन्जिनियर सलीलजीको सहृदयताको फल थियो । सर्पको चालमा डोलायमान हुँदै वाहन गड्दो छ, म मनमा अनेक कुरा खेलाउँदो छु । गोरखा मूलतः कसको पुख्र्यौली थलो हो ? एकल पात्र पृथ्वीनारायण शाहको कि अगणित धरतीपुत्र बिसे नगर्चीहरूको ? इतिहासभरि विशालकाय यी राजा छाइरहे, लघुकाय नगर्चीको नाम इतिहासको पादटिप्पणी मात्र भइरह्यो । थाहा छ, पादटिप्पणी जोकोहीले पढ्दैन । र नै यतिका दिनसम्म नगर्चीको नाम पढिएन ।
तर, चेतनाका पङ्ख फिँजाउँदै समय गाढा तन्द्राबाट ब्यूँझिन खोजिरहेको म देख्छु । र, त अहिले बिसे नगर्चीको चर्चा छ । श्रवण मुकारुङको कवितामा नगर्ची गर्जिरहेछन्, 'मालिक ! दुई सय वर्षपछि म बौलाएँ ।' यही गर्जन मैले वैरागी काइँलाको कविता 'मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित' मा सुनेको थिएँ । वैरागीको कवितामा मातेको मान्छेको भाकामा दमित र निषिद्ध सत्य बोलिएथ्यो, यी आलिशान महलहरू, फगत शासन गर्ने खलकका, यस्तैयस्तै । लाग्छ, श्रवणका नगर्ची काइँलाको मातेको मान्छेकै अर्को संस्करण हुन् । मातेको मान्छे काइँला आफैँ हुन् र नगर्ची श्रवण आफैँ हुन् । कविताको कलेवरमा यो अपहेलित र वञ्चितहरूको विद्रोहको सिर्जनशील आवाज हो । यो आवाज भयानक छ ।
वाहन गुडिरहेछ । मनमा उनै बिसे नगर्ची नाचिरहेछन् । वाहन हठात् रोकियो । देखेँ, अगाडि बाटामा फौजी चेक छ । आङमा त्यसैत्यसै काँडा उमि्रए । चेकले बन्दुकको छायाँमुनि मानिसलाई पशुत्वमा गिराउँछ । बसबाट ओराल्छ । डोरीको बीचमा लुखुर-लुखुर हिँडाउँछ । टुकुचाको डिलमा खसी किन्नेले खसीका चाउरी परेका जाइफल छामेझैँ गरी यसो झोला छाम्छ । अभिनय अचम्म छ । न ध्यानले चेक गरिन्छ, न कहिल्यै केही फेला पर्छ । तर, यातनाकारी चेकेको नाटक भने अटुट छ । यो सार्वत्रिक सैनिकीकरणको सुनियोजित अभ्यास हो । यो नागरिक स्वतन्त्रताविरोधी एउटा दीर्घ रोग हो । लाग्छ, जनआन्दोलनको अदम्य आँधीबाहेक केहीले पनि यो रोगको उपचार गर्न सक्दैन ।

चेकपछि चेक छिचोल्दै हाम्रो लघु टोली गोरखा पुग्यो । विनयशील गोरखाले मुस्कानमय अभिवादनले पाहुनागणको स्वागत गर्?यो । मृदु मुस्कान झुन्डिएका भावुक ओठ रुद्र पोखरेल, शिव अपि्रय, जयराम श्रेष्ठहरूका थिए । टन्न भात खाइयो र खुत्रुक्क तल जिविस हलमा गइयो । हल सुरुमा अर्ध-नग्न थियो, पछि त्यो खचाखच भरियो ।
सिलोकमा र वचनमा भानुभक्तको सम्झना गरियो । कुरा प्रायसः उनै पुराना थिए । नेपालीमाझ भावनात्मक एकीकरण गरिदिने भानुभक्त । जनजनका मनमा रामराज्यको आदर्श फिँजाइदिने भानुभक्त, आदि । त्यो सुन्दा मलाई कुनै जर्जर टेपको कर्कश स्वर सुनेझैँ लाग्यो । असमान र अन्यायपूर्ण सम्बन्धमा जेलिएको समाजका विविध पक्षलाई भाषाले एकीकरण गर्छ ? नारी अस्मिता र स्वतन्त्रताको बागी चेतनाले भानुभक्तीय नारी-विम्बलाई सकार्छ ? सामन्ती रामराज्य एक्काइसौँ शताब्दीको शासनको आदर्श हुनसक्छ ? भाषणमा मैले भनेँ, भानुभक्त बाजेले एउटा असल काम गरे । तिनले संस्कृतबाज कर्मकाण्डी पुरेतहरूका एकाधिकारी पन्जाबाट थुतेर काव्यलाई नेपाली भाषामा जनसाधारणको समीपमा पुर्?याए । बस् ।

गोरखामा केही कुरा मलाई बिर्सिनसक्नु लागे । त्यहाँ लुते राजनीति मस्तसँग घुरिरहेको छ । तथापि विद्यार्थी र कविहरूले जसोतसो चेतनाको घिडघिडो थामेका छन् । कविता वाचन गर्नेहरूको लाममा किशोरीहरूको ताँती दृष्टिगोचर भयो । नारी जागरणको एउटा आसलाग्दो दसी हो त्यो । गोरखामा नागरिक समाज र नागरिक प्रशासनको नाता निकै राम्रो देखेँ । प्रजिअ तारानाथ गौतम, स्थानीय विकास अधिकारी केदार बोगटी र प्रहरी नायक उपरीक्षक ईश्वरीबाबु कार्की तीनै जना साहित्यनुरागी । मञ्चमा तीनै जना हुनुहुन्थ्यो । त्यो पनि फगत लोकाचार पूरा गर्न हैन, नागरिक भेषमा विनयशील कवि भएर । शाही शासनमा मैले अन्त त्यस्तो विरलै देखेको छु । शान्त र सौम्य साहित्यिक कार्यक्रमहरूमा व्यवधान पैदा गर्ने ठालु हाकिमहरू भने मैले कति देखेको छु, कति !

पाँच घण्टा लामो कार्यक्रम डाँडाको घामसँगै तुरियो । तर, सहभागीहरूमा थकानरहित उमङ्ग भने जीवितै रह्यो । आतिथेय मित्रहरूको प्रबल आग्रह थियो- मित्र, आखिर नआउनु आइहालियो, तैतै डाँडामाथिको प्राचीन शाही दरबार हेर्न किन नजाऊँ ? मलाई भने बिसे नगर्चीको गाउँ हेर्न जाने रहर थियो । तर, त्यहाँ नगर्चीको नाम कसैले पनि लिएन । मन खिसि्रक्क भयो । नगर्ची उनको जन्मथलो गोरखामा अझै इतिहासको पादटिप्पणीमै विस्मृत छन् । मुकारुङको कविता गोरखामा पुगेकै छैन । जब त्यो पुग्छ, गोरखाले शनैशनै आँखा खोल्नेछ । र, महाराज पृथ्वीनारायण शाहको दरबार हेर्न झुत्तिनेहरूको लस्कर नागरिक बिसे नगर्चीको बस्तीतिर माडिने छ । जब त्यो दिन आउँछ, गोरखामा नागरिक इतिहासको नयाँ बिहानीको सूर्योदय हुनेछ ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
whats wrong living with your parents ?
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters