[Show all top banners]

pundit
Replies to this thread:

More by pundit
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 arko pani pundit ra saru - narayan pokhrel
[VIEWED 2639 TIMES]
SAVE! for ease of future access.
Posted on 05-15-05 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हो यो किन पण्डित र सरु यहाँ पनि छन् नि । म त मेरो मात्रै कथा भनेको त । विख्यात पण्डित पोखरेल को पनि लप स्टोरि रैछ कि क्या हो सरू सँग .

यसैबेला जर्मनीमा बस्ने मकवानपुरका एक कार्कीकी श्रीमती सरु सुवेदीसँग पण्डितको सम्बन्धको कुरा पत्रपत्रिकामार्फत सार्वजनिक भयो, जुन मुद्दा हाल अदालतमा विचाराधीन छ । सरु भने आफू पण्डितको श्रीमती भएको दाबी गर्दै अहिले पशुपतिमा किरिया बसेकी छन् । नाताले सरु थीरबाबुकी मामाकी छोरी हुन् ।

साभार नेपाल पत्रिका
 
Posted on 05-15-05 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau pundit ba kya bhanna khojya ho
 
Posted on 05-15-05 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ya talking bout NARAYAN POKHREL
 
Posted on 05-15-05 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या नारायण पोखरेल को जिवनि मा पनि सरु थिइन् रे

 
Posted on 05-15-05 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायणप्रसाद पोखरेल ०५७ वैशाख २८ गते विश्व हिन्दू महासङ्घ, राष्ट्रिय समितिको अध्यक्षमा निर्वाचित भएका थिए । भारतको हिन्दूवादी सङ्गठन 'विश्व हिन्दू परिषद्' -विहिप) का अध्यक्ष अशोक सिङ्घलको निर्देशनमा नचलेका कारण अच्युतराज रेग्मीविरुद्ध उभ्याइएका थिए पोखरेल । र, उनीहरूकै समर्थनमा जिते तर पनि भारतीयहरूको स्वार्थअनुरूप काम नगरेपछि उनलाई नयाँदिल्ली झिकाइयो । "मलाई अशोक सिङ्घलको आश्रममा बोलाइयो, गएँ । ऊबाट परिचालित हुनुपर्छ भन्ने किसिमका निर्देशन पाएपछि राष्ट्रियताको सवालमा बिलकुल सम्झौता हुनसक्दैन भन्ने निर्णय गरी फर्कें," पोखरेलले गत भदौमा नेपाल सँग भनेका थिए । त्यसपछि विश्व हिन्दू परिषद् र त्यसैको निर्देशनमा चल्ने विश्व हिन्दू परिषद् -अन्तर्राष्ट्रिय समिति) को नेतृत्वसँग पोखरेलको सम्बन्ध चिसिँदै गयो ।
०५९ फागुन ३ गते भारतको गोरखपुरमा सम्पन्न विश्व हिन्दू महासङ्घ -अन्तर्राष्ट्रिय) को सातौँ अधिवेशनपछि मानार्थ शाही पाश्र्ववर्ती भरतकेशर सिंह निर्विरोध अध्यक्ष चुनिए । "साे सम्मेलनमा हामीले शङ्करलाल केडियालाई उठ्न भनेका थियौँ । कि गोरखपुर छाड, नत्र हाम्रो समर्थन गर भनेपछि पण्डितजी बीचैमा हिँड्नुभएछ," पण्डितले नेतृत्व गरेको विश्व हिन्दू महासङ्घका महासचिव बलराम थापा भन्छन्, "शङ्करलाल केडियाले ज्यानको खतराका कारण उम्मेदवारी दिएनन् । अशोक सिङ्घल र अभेद्यनाथले जयप्रकाश र मलाई कोठामा लगेर उठाउनुभयो भने नराम्रो हुन्छ भने ।" उनीहरूसँग असहमत भएकै कारण नेपालका राष्ट्रिय अध्यक्ष नारायणप्रसाद पोखरेललाई मञ्चमा आसनग्रहणसम्म गराइएको थिएन । आफूहरूले चुनावमा भाग लिने आँट गर्न नसकेको र पोखरेल पनि भारतपरस्त हैनन् भनेर चिनिएको उनी बताउँछन्
 
Posted on 05-15-05 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hare siva siva..k sunnu parcha ajakalko jamanama ;)
 
Posted on 05-15-05 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्मेलनपछि भरतकेशर सिंह निर्विरोध अध्यक्ष भए, ०५९ फागुन ३ गते । वरिष्ठ उपाध्यक्षमा सेवानिवृत्त कर्णेल हेमबहादुर कार्की नियुक्त गरिए, जो राष्ट्रियसभामा राजाबाट मनोनीत पूर्वसांसद पनि हुन् । महासचिव थीरबाबु घिमिरे भए । नयाँ नेतृत्वले विधानविपरीत काम नगरेको भन्दै पोखरेलसँग स्पष्टीकरण माग्यो । यसैबेला जर्मनीमा बस्ने मकवानपुरका एक कार्कीकी श्रीमती सरु सुवेदीसँग पण्डितको सम्बन्धको कुरा पत्रपत्रिकामार्फत सार्वजनिक भयो, जुन मुद्दा हाल अदालतमा विचाराधीन छ । सरु भने आफू पण्डितको श्रीमती भएको दाबी गर्दै अहिले पशुपतिमा किरिया बसेकी छन् । नाताले सरु थीरबाबुकी मामाकी छोरी हुन् ।

शक्तिशालीहरूबाट सताइएपछि नारायणप्रसाद पोखरेल, बलराम थापा, जयप्रकाश, रेवतीरमण खनाललगायतले असोज १२ गते नै विश्वहिन्दू महासङ्घ, राष्ट्रिय समिति दर्ता गरिसकेका थिए । भरतकेशर सिंहले त्यसविरुद्ध कदम चाले । र, उनले तीन दिनपछि नै गृहसचिवलाई लेखेको पत्रमा भनिएको छ, "...विधान र नियमविपरीत काम गरेको, आर्थिक हिनामिना भएको..., अनुशासनहीन, अमर्यादित र गैरजिम्म्ेवारीपूर्ण काम गर्दै रहेको र निजको चरित्रसम्बन्धी सूचनाले यस संस्थालाई बदनाम गर्ने र महासङ्घप्रति नकारात्मक धारणको विकास गरेकाले... नारायणप्रसाद पोखरेललाई पदबाट हटाई निजको अध्यक्षतामा गठित समिति भङ्ग गरेको छु ।" संयोग के छ भने त्यसबेला पोखरेलमाथि जे-जस्ता चारित्रिक आरोप लागेको थियो, हत्याको जिम्मेवारी लिँदै 'माओवादीका अनुप' ले टेलिफोनबाट लगाएको आरोप पनि त्यससँगै मिल्दोजुल्दो छ ।

१२ गते दर्ता गरेको प्रमाणपत्र बुझेको भनेर सही गराइसकेपछि काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी वामनप्रसाद न्यौपानेले "प्रमाणपत्र पाऊँ त हजुर" भन्दै फिर्ता लगे । "ठूलो आपत पर्?यो, दिन मिल्दैन भन्दै," न्यौपानेले दिएनन् । थापा सम्झन्छन्, "बलरामजी, तपाईं जस्तो मान्छे त्यता बस्न मिल्दैन भनेर गृहसचिव अनन्तराम पाण्डे स्वयम्ले फोन गरे ।" अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सहयोगमा एक महिना लगाएर सो प्रमाणपत्र लिन सफल भएका थिए ।

आफ्नै नेतृत्वमा विश्व हिन्दू महासङ्घ दर्ता गरेपछि आरोपसहित हटाइएको भनिएका पोखरेलको लोकपि्रयता घट्नुको सट्टा अझै बढ्यो । उनी यति व्यस्त र लोकपि्रय पुराणवाचक भए कि जहाँ जान्थे, हजारौँ स्रोता जम्मा हुन्थे । लाखौँ रुपियाँ जम्मा हुन्थ्यो । अहिले देशभरि उनले पुराण भनेर जम्मा गरिदिएको कोषबाट बाटोघाटो, खानेपानी, स्कुल-कलेज र मन्दिरहरू कति बनेर सञ्चालन भइरहेका छन् भने कयौँ निर्माणाधीन छन् ।

विशेषतः भारतीय स्वार्थअनुसार चल्ने 'धार्मिक अतिवादी' र हिन्दू राजा सक्रिय हुनुपर्छ, संवैधानिक हैन भन्नेहरूको निम्ति ठूलो चुनौती बनेका थिए, पोखरेल । हिन्दू धर्मलाई अतिवादी ढर्राबाट मुक्त गरेर समसामयिक समतामूलक समाजको निर्माण गर्ने बताउने पोखरेलले नेपाल सँग भनेका थिए, "संवैधानिक राजतन्त्र, प्रजातन्त्र, आध्यात्मिक चिन्तनबाट भौतिक विकास हाम्रो लक्ष्य हो । हिन्दूहरूबीच भाइचारा बढाए पनि राष्ट्रियताको मामिलामा हामी सचेत छौँ ।"
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters