[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बर्नी स्यान्डर्स: अबको बाटो कता ?

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE: <<  1 2  
[VIEWED 32159 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-20-16 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मे २०१५ मा बर्नी स्यान्डर्सले डेमोक्र्याटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतीय निर्वाचनको उम्मेद्वार हुन प्रतिस्पर्धा गर्ने कुराको घोषणा गर्दा धेरै थोरैले मात्र उनलाई चिन्थे । तर २०१६ को जून १४ मा भएको डेमोक्र्याटिकको अन्तिम प्रारम्भिक निर्वाचनसम्म आइपुग्दा उनले डेमोक्र्याटिक पार्टीको प्रारम्भिक चरणमा खसेको कूल मतको ४२.९ प्रतिशत प्राप्त गरेका छन् भने २३ अमेरिकी राज्यमा आफ्नो प्रतिद्वन्दी हिलारी क्लिन्टनमाथि विजय प्राप्त गरेका छन् । उम्मेद्वारले विभिन्न राज्यहरुमा प्राप्त गरेको मतको आधारमा डेलिगेट्स( प्रतिनिधि )को निश्चित संख्या प्राप्त गर्ने र तिनै डेलिगेट्सहरुको संख्याको आधारमा राष्ट्रपतीय उम्मेद्वार छनौट गरिने यस प्रारम्भिक निर्वाचन पद्दतिमा बर्नी स्यान्डर्सले जम्माजम्मी १८२९ डेलिगेट्सलाई आफ्नो पक्षमा पारे भने उनको प्रतिद्वन्दी हिलारी क्लिन्टनले २२०२ डेलेगेट्सलाई आफ्नो पक्षमा पारिन् । यो दुवै संख्या डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेद्वार बन्न साथमा हुनुपर्ने डेलेगेट्सको संख्या २३८३ भन्दा कम हो । तर डेमोक्र्याटिक पार्टीमा प्रत्यक्ष निर्वाचनबाट प्राप्त गरिने डेलिगेट्स बाहेक पनि पार्टीको बिभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरु जसलाई सुपरडेलिगेट्स भनिन्छ, उनीहरुलाई पनि राष्ट्रपतीय उम्मेद्वार चुन्न पाउने अधिकार हुन्छ । तर यस्ता सुपरडेलिगेट्सले पार्टिगत चुनावी प्रकृयाको अन्तमा हुने सम्मेलनमा मात्र आफ्नो मत हाल्छन् । बर्नी स्यान्डर्सको पक्षमा ४७ सुपरडेलिगेट्स छन् भने हिलारी क्लिन्टनको पक्षमा ५९४ सुपरडेलिगेट्स छन् । आउदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा हिलारी क्लिन्टन नै डेमोक्राटिक पार्टीको तर्फबाट हुने निश्चित छ । तर यसको आधिकारिकता प्राप्त गर्न उनले जुलाई अन्तमा हुने डेमोक्र्याटिक पार्टीको सम्मेलन पर्खनै पर्ने हुन्छ । हिलारी क्लिन्टन नै डेमोक्र्याटिक पार्टीको उम्मेद्वार हुने पक्का भएपछि बर्नी स्यान्डर्सले आफ्नो राजनैतीक अभियानको अवतरण कसरी गर्छन् भन्ने चासो बर्नी स्यान्डर्सको समर्थकहरुलाई मात्र नभएर हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीको संस्थापन पक्षलाई पनि उत्तिकै छ ।

आफ्नो चुनावी अभियानको क्रममा ठूला व्यपारीहरु र कम्पनीहरुसँग चन्दा नलिएर पनि चुनावी खर्च पुर्याउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका बर्नी स्यान्डर्सले युवायुवती र स्वतन्त्र मतदाताहरुमाझमा एउटा राजनैतीक तरङ नै ल्याएका थिए । अमेरिकी राजनीतिमा युवापुस्ताले विरलै देखाउने चासो र सहभागिता यो पटकको प्रारम्भिक चरणमा चुनावमा देखाएका थिए । बर्नी स्यान्डर्सका राजनैतीक मुद्दाहरु बिशेष गरेर माथिल्लो १ प्रतिशत धनाड्य र ठूला कम्पनीहरुलाई बढी कर लगाउने, विद्यार्थीहरुको कलेजको ट्युसन हटाउने, सरकारद्वारा सबैको निमित्त स्वास्थ्य बिमा प्रदान गरिने, सोशल सिक्युरिटीको थप बिस्तार गरिने आदीलाई धेरैले मनपराए पनि आशा गरे झै मत प्राप्त गर्न उनी असफल रहे । उनका समर्थकहरुले आरोप लगाए जस्तै केही हदसम्म ठूला मिडियाले बर्नी स्यान्डर्सलाई आफ्नो प्रसारणमा उचित स्थान नदिएको पक्कै हो । तर बर्नी स्यान्डर्सको सबैभन्दा ठूलो असफलता अफ्रिकन अमेरिकी समुदायको समर्थन पाउन नसक्नुरह्यो । अफ्रिकी अमेरिकनहरुको जनघनत्व रहेको थुप्रै दक्षिणी राज्यहरुमा बर्नी स्यान्डर्स हिलारी क्लिन्टन भन्दा धेरै पछि परे । मार्टिन लुथर किङको राजनैतीक अभियानमा सँगै हिंडेका र अफ्रिकन अमेरिकन समुदायको मुद्दाको लागि लडेका बर्नी त्यो समुदायसँग घुलमिल हुन असफल रहे । त्यो बाहेक पनि थुप्रै राज्यहरुमा स्वतन्त्र मतदाताहरुले बर्नीलाई भोट हाल्न नपाउनु र मतदाता दर्ता गर्ने समय धेरै अगाडि नै सकिनुले पनि हिलारीलाई भन्दा बर्नीलाई नै बढी बेफाईदा गर्यो ।

प्राम्भिक चरणको शुरुका केही निर्वाचनहरुमा पछि परे लगत्तै आफ्नो चुनावी अभियानको अन्त्य गर्न र डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय उम्मेद्वारको रुपमा हिलारी किलिन्टनको समर्थन गर्न बर्नी स्यान्डर्सलाई लगातर दवाब पर्दै आएको थियो । यसै बिच मार्च र अप्रिल महिनामा भएका केही प्रतिस्पर्धाहरुमा बर्नी स्यान्डर्सले पाएको सफलताहरुबाट यस्तो दवाब दिनेहरु हच्किएनन् मात्र बरु हिलारी क्लिन्टन पक्ष पनि केही दवाबमा परेको थियो । तर क्यालिफोर्निया राज्यमा भएको प्रारम्भिक चरणको अन्तिम ठूलो प्रतिस्पर्थामा पनि बर्नी स्यान्डर्सले हिलारी क्लिन्टनलाई पछि पार्न सकेनन् । त्यसपछि धेरैले अब बर्नी स्यान्डर्सले आफ्नो चुनावी अभियान टुङयाउने छन् र हिलारी क्लिन्टनलाई समर्थन गर्नेछन् भन्ने आशा गरेका थिए । तर त्यसको विपरित आफ्नो पछिल्लो प्रत्यक्ष भिडियो प्रसारण मार्फत उनले रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदमा विजयी हुन नदिन हिलारी क्लिन्टनसँग सहकार्य गर्न इच्छुक रहेको बताए पनि आफ्नो राजनैतीक अभियानको अन्त्य नभैसकेको र जुलाईको अन्त्यमा हुने डेमोक्र्याटिक पार्टीको सम्मेलनमा आफ्ना एजेन्डाहरुलाई स्थापित गराउन संघर्ष गरिरहने बताए । उनले हिलारी क्लिन्टनसँगको आफ्नो सहकार्य हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीले कसरी सम्बोधन गर्छन् भन्ने कुरामा निर्भर रहनेछ पनि भनेका छन् । डोल्यान्ड ट्रुम्पको उदयसँगै अनुदारवादी रिपब्लिकन पार्टी सैद्दान्तिक रुपमा धराशायी भएको मान्नेहरु हिलारी क्लिन्टनलाई आधुनिक रिपब्लिकन भन्न पछि पर्दैनन् । यस्तोमा बर्नी स्यान्डर्सका प्रगतिशील मुद्दाहरुलाई हिलारी क्लिन्टनले सम्बोधन कसरी गर्छिन् त्यसले ठूलो महत्व राख्छ । हिलारी क्लिन्टन र डेमोक्र्याटिक पार्टीको अहिलेको ठूलो टाउको दु:खाइ कसरी बर्नी स्यान्डर्सलाई हिलारी क्लिन्टनको समर्थन गर्नमा सहमत गराउने र राष्ट्रपतीय चुनावमा उनको करोडौ समर्थकहरुको भोट प्राप्त गर्ने भन्ने नै हो । अर्को तर्फ बर्नी स्यान्डर्सले पनि हिलारी क्लिन्टनलाई सजिलै समर्थन गर्ने अवस्था छैन । प्रारम्भिक चरणमा उनलाई मत दिएका १ करोड २० लाख मतदाताहरु मध्ये थुप्रैले धेरै अघि देखि 'बर्नी अर बस्ट' अर्थात बर्नी उम्मेद्वार भएनन् भने निर्वाचनमा भागै नलिने भन्ने अभियान शुरुदेखि नै चलाऊदै आएका छन् र कतिपयले यदि बर्नीले हिलारीलाई समर्थन गरेमा त्यो आफूहरुमाथि विश्वासघात हुने भन्दै आएका छन् । उनका समर्थकहरुमा युवा युवतीहरु र स्वतन्त्र मतदाताहरुको संख्या अधिक रहेकोले पनि उनीहरुले तत्कालै हिलारीलाई समर्थन गरिहाल्न गार्हो छ ।

प्रारम्भिक चरणको अन्तिम निर्वाचनको परिणाम आइसक्दा पनि बर्नी स्यान्डर्सले हिलारी क्लिन्टनलाई खुलेर समर्थन नगर्नुले उनी स्वतन्त्र उम्मेद्वारको रुपमा उठ्ने संभावना पनि बाँकी नै छ । उनका धेरै समर्थकहरु पनि यही चाहन्छन् । हुन पनि आफ्नो अढाइ दशक लामो राजनैतीक जीवनकालको पछिल्लो र छोटो समय अवधि मात्र बर्नी स्यान्डर्स डेमोक्र्याटिक पार्टीसँग आवद्द भएका हुन् । त्यसैले उनका थुप्रै समर्थकहरु डेमोक्र्याटिक पार्टी संस्थापन पक्षले उनलाई उचित न्याय नगरेकोले उनले पनि पार्टीप्रति इमान्दार हुनुनपर्ने तर्क गर्छन् । यदि साँच्चै बर्नी स्यान्डर्सले स्वतन्त्र उम्मेद्वारको रुपमा राष्ट्रपतीय निर्वाचनमा भाग लिए भने हिलारी क्लिन्टनको प्रथम अमेरिकी महिला राष्ट्रपति हुने सपना पूरा नहुन पनि सक्छ । अधिकांश युवा र स्वतन्त्र मतदाताहरुले हिलारीको तुलनामा बर्नीलाई नै रोज्नेछन् । अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा पार्टीमा आवद्द र पार्टीप्रति इमान्दार रहेका मतदाताहरुबाट भन्दा पनि स्वतन्त्र मतदाताहरुको मतबाट निर्णित हुने परम्परा रहदै आएको छ । जातीय, धार्मिक र लैङिक रुपमा अत्यन्त असहिष्णु देखिए पनि बर्नी स्यान्डर्स जस्तै डोनाल्ड ट्रम्पले पनि स्वतन्त्र मतदाताहरु बिशेष गरेर राजनैतीक पार्टी र नेत्रित्वसँग रुष्ट भएकाहरुमाथि राम्रो प्रभाव जमाएका छन् । डोनाल्ड ट्रुम्पले हिलारी क्लिन्टन विरुद्द उनको ती सबै कमजोर पक्षहरुमा प्रहार गर्नेछन् जुन बर्नी स्यान्डर्सले प्रारम्भिक निर्वाचनको दौरानमा देखाएका थिए । यस्तो अवस्थामा हिलारी क्लिन्टनलाई 'महिला'को कार्डले मात्र चुनाव जिताउन सक्दैन, बर्नी स्यान्डर्सको सद्भाव र सहयोग अनिवार्य छ । डेमोक्र्याटिक पार्टी र हिलारी क्लिन्टनले कसरी बर्नी स्यान्डर्सलाई आफ्नो चुनावी अभियानमा समाहित गर्छन् त्यो हेर्न केही समय कुर्नै पर्ने हुन्छ । तर बर्नी स्यान्डर्सको विकल्प यतिमा मात्र सिमित छैन । बर्नी स्यान्डर्सलाई आफ्नो पार्टीको उम्मेद्वारको रुपमा उठाउन कतिपय साना पार्टीहरुले पनि त्यतिकै प्रयास गरिरहेका छन् । बर्नी स्यान्डर्सले देखाएको बाटोमा र उनले गरेको आव्हानको फलस्वरुप यो चुनावी दौड भन्दा एक कदम पर समग्ररुपमा राजनैतीक व्यवस्थामा सुधार ल्याउन चाहने युवाहरुबाट ग्रासरूट मुभमेन्ट शुरु भइसकेको छ ।

http://brtnepal.com/literatures.php?pid=12480#sthash.ULeF0UHx.dpbs
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-22-16 2:43 PM     [Snapshot: 809]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बर्नीलै भोट दिएको थिए, तर हार्यो. उ बुढा पाका भए पनि, बिचार त दरो छ उसको. अर्को पटक फेरि उठ्यो भने जित्ने छ. हिलारी बिचारी राम्ररि उठ बस नै गर्न सक्दैन, के रास्ट्रपति बन्ने भन्ने. यसो घुम्न जाँदा जापानको प्रधान मन्त्रीको पोल्टा मा जोर्ज बुश सहारा लिन गएको याद औंछा. हिलारी चाईना जाँदा ब्लो गर्न तिर लाग्ला.

रास्ट्रपति बन्न त अलि सारीरिक तन्दुरुस्ती पनि चाहिन्छा क्या.
 
Posted on 06-23-16 7:08 AM     [Snapshot: 960]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नास ब्रो ले बर्नीलाई मन पराउने सबैलाई कम्युनिस्टको बिल्ला भिडौन लागे! मलाई हिलारीलाई भोट दिन मन छैन किन कि उसमा कुनै सक्षमता देख्दिन र जीउ सारै खस्कि सकेको छ उनको. हिलारीको काम त देखिसक्यौ हामीले. अब डोनाल्ड त्रुम्प्लाई भोट दियो भने आफैलाई नेपाल पठाई देला भन्ने पीर छ. तर अब मेरो चॉइस पनि कम हुन थाल्यो. हेरौ, त्रम्पको चर्तिकला त्यसपछी बिचार गर्छु.
 
Posted on 06-23-16 6:25 PM     [Snapshot: 1098]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हाम्रो नास ब्रो पनि टाइम टाइममा अति हसाउने क्या ... ट्रंपले यस्तो भन्नुभएको छ र उस्तो भन्नुभएको छ रे ... ब्रो यो त नेपालमा बाइबल पढाउनेहरु प्रभु येशुले यस्तो भन्नुभएको छ र र उस्तो भन्नुभएको छ भने जस्तो भाका भयो नि ... फेरि ट्रंपको महाबानी रे ... ये बाबा कति हास्नु ... ट्रंप भन्ने यस्तो गोरु हो जसलाई राम राम नभनी सिधै भिरबाट गुल्टाइदिए हुन्छ ... हैन ब्रो प्रियंकाको पछि लागे पो बास्ना आउछ ... त्यो ट्रंपको पछि लागे गनाउने मात्र हो ...
 
Posted on 06-23-16 7:57 PM     [Snapshot: 1146]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Old man trapped on ten years old boy's brain. After election he should strat a comedy show.

 
Posted on 06-24-16 8:39 AM     [Snapshot: 1241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GT bro, tapai ko bernie sanders ko article ma 'aba ko baato kata' hoina?

ee yeta herum, bernie sanders ko baato aba HILLARY tira ..

He's not endorsing her but he is going to VOTE for Hillary.

If you folks are still in denial, no words.

 
Posted on 06-24-16 8:42 AM     [Snapshot: 1246]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिक्ने बुडो खुस्क्यो कि क्या हो? :)

फेरी यो चिक्ने नासे दाजु मुजी त्यो चोर साले कन म्यान को किन सप्पोर्ट गर्छ? नासे दाजु नि खुस्किन लग्यो कि क्या हो? :)

 
Posted on 06-24-16 6:22 PM     [Snapshot: 1348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oye ch.a.kk.a nas..maathi padh m..uj.i...i like trumpey at his personal life bhanera. Lekhya chu....mu.j.i..go and keep scking trumps dck if u r done licking his boots. Jun gaagri bharya hunna tehi khan khan garcha, [Disallowed String for - use not allowed] jasko g.u.lo chaina..nana bhaati keti photo sajha ma raakhera thhan thhan garcha. Thuikka mu.j.i cha.k.ka chamling. :)
 
Posted on 06-24-16 10:13 PM     [Snapshot: 1392]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब य़ो बाटो मेरो हो कि



 
Posted on 06-25-16 8:43 AM     [Snapshot: 1468]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ha ha ha... Did u really think I mean it? Nasey boro. At the end of all that cussing, I dunno if u saw that smily emoticon..very much big time pun intended.

Euta prank show herya thiye..marney taal ma gaali gaarney, ani reaction herni

Sochya jasto reaction nai aayena.. :p
 
Posted on 06-25-16 10:40 AM     [Snapshot: 1497]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्नीको अबको बाटो कता भनेर त उनले भनेकै छन् नि : जसरि भए पनि त्यो साइको ट्रंप लाइ वाईटहाउस छिर्न नदिने भनेर | त्येसको अर्थ हिलरीलाइ जिताउनु बाहेक अरु केहि पनि हुन्छ र ?

यो एउटा लेख एकदम राम्रो लागेर share गरेको, बिशेष गरेर ट्रंप का सपोर्टरहरु र BernieOrBust movement का सपोर्टर हरुको लागि http://www.nytimes.com/2016/06/26/opinion/sunday/aziz-ansari-why-trump-makes-me-scared-for-my-family.html?ref=opinion&_r=0
 
Posted on 06-25-16 12:40 PM     [Snapshot: 1528]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

While talking about all these campaigns, one thing that surprises me the most is that Hillary's supporters completely fail or ignore the fact that Bernie's supporters didn't vote Bernie because he was running for the Democratic nomination. They voted him because he is Bernie. Nowhere in Democratic establishment or in Hillary's list I can see a single agenda that match up with what Bernie wanted to deliver. Now, seeing there is no possibility of Bernie getting nominated Bernie's supporters will eventually weigh who is less evil, between Trump and Hillary and vote for him or her, or even a third party candidate. Or they can simply decide not to vote. It's their choice and they have their own perspective. Hillary's supporters can bang their head on the wall all night long and yell at Bernie's supporter all day long but that will only annoy Bernie's supporters and worsen their hatred towards Hillary.
 
Posted on 06-25-16 3:07 PM     [Snapshot: 1573]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It is so funny to see Hillary supporters mocking and teasing Bernie supporters by saying "Now that Bernie cannot get the nomination, who are you going to vote for?" LOL. Don't be so cocky because now, Trump can actually win the whole thing. Hillary doesn't have a strong lead in nationwide polls against Trump. You do know that almost half of the US citizens don't want to elect Hillary, don't you? However, it will be a tight race and both Hillary and Trump supporters should keep their feet on the ground because nothing is for sure now (especially after what happened in Europe few days ago).

I voted for Bernie in the primaries knowing that it would be hard for him to win against Clinton campaign which is one of the most strong and powerful political campaign in the world. As for the general election, I am leaning towards not voting for anyone because I honestly don't see the point.
 
Posted on 06-26-16 11:36 AM     [Snapshot: 1679]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

गोर्खे को बुद्धि बुझी नसक्नु को छ |

Trump खैरांते को xenophobia लाइ जय जयकार गर्दै बस अब | नात्सी ले जू लाइ एकै चोटी भट्टी मा हालेको थिएन | पहिले ब्यापार गर्न रोक लाउने, अनि सहर बाट अलि टाडा सर्ने, अनि कर बढी लाउने, अनि सम्पति जफत गर्ने, तेस पछि उनीहरु बस्ने छिमेक मा पुरै काँडे तार लाएर भित्र बाहिर आउन रोक्ने, तेस पछि सम्पति लूटने जफत गर्ने, कुट पिट गर्ने पाउने, तेस पछि जू लाइ मारे पनि कानून नलाग्ने र लास्ट मा समातेर बाछा, आमा, बाउ, बाजे सबैलाई एकै चोटी येउतै ग्यास चाम्बर मा हाल्ने भाको हो |

तेती खेर पनि २-४ जू अरु जू लै ब्यापार गर्न दिनु हुन्न भन्ने हरु थिए अनि १-२ जू चै सहर बाहिर लानु पर्छ भन्ने पनि थिए | तिनीहरुको होस् तहिले मात्रै खुल्यो जब जब तिनीहरु को सम्पति पनि जफत भयो अनि छोरा छोरी पनि मारिए |

तेस्तै हाम्रा गोर्खे पनि, trump कति जाति भन्दै पछि लाग्या छन् | मलाइ बिस्वास छैन कि trump आफै racist छ भनेर, तेस्ले त खाली गोराहरु मध्हे को ३०% जति vocal racist र बाकी ३०% silent तर racist समर्थक को vote cash गर्न मात्रै racist भाको जस्तो acting गरेको हो | जसले २-३ स्वास्नी विदेश बाट मगाउछ अनि आफ्नो बेपार मा low poverty wage कामदार लिन्छ त्यो racist हुन सक्दैन.

६०% रेसिस्त खैरे ले किन trump लै vote हाल्छ त्यो बुझियो तर सरनार्थी गोर्खे ले किन trump बाजा बजाउञ्छ बुझिएन | इल्लेगल लै धपाए पछि तिमीहरु लीगल भनाउदा हरु को नै पालो हो |

History is the proof


 
Posted on 06-26-16 6:17 PM     [Snapshot: 1782]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिदस्टर ब्रोको लेख पढे ! सार्है रमाइलो लाग्यो अनि मज्जाले नि हाँसे ! सिद्स्तर ब्रोलाइ अलिक बेसी नै लेफ्टिस्ट मिडियाको मात लागेछ !

नास - ट्रंप ले तिमीहरु जस्ता लै चै बेवकूफ बनाउदै छ | ३ फेरी सरकारी टाट पल्टाई (bankruptcy ) सहयेता हसुर्ने ले सोसिअलिस्ट होइन भन्दा भेडा पछि लागे जस्तै हिडेका छौ तिमीहरु |

मलाई थाहा छ तिमि धेरै थेओरी हरु पढ्छौ, तर यो trump हिलारी को थेओरी चै क हो भने, हिलारी को फमिली फ्रेन्ड trump ले republican पार्टी उम्मेदवारी हाइजाक गर्ने अनि लास्ट मा पक्का भएपछि हिलारी लै सुम्पिने हो, |तेत्रो bankruptcy साहेता को ऋण तिर्न पर्यो नि trump ले हिलारी र बेंकर साथि हरुलाइ |

तिमीले बुझेको हिलारी फटाइ छ भन्ने कुरो सहि हो तर US का ६०% racist र तिमि जस्ता बिचरा immigrant हरु छक्क पर्ने दिन चाडै आउदै छ |

तिमि चौरी मा खेल हेर्दै छौ र दुइटा टीम देख्छौ, मा माथि प्यारफीत बाट हेर्दै छु र एउटा मात्रै टीम देख्छु |

Republican ले जित्ने पक्का भाको ले येत्रो सदएँत्र गर्नु परेको हो तर तिमि बिचरा र अरु १-२ गोर्खे एसको घान मा पर्ने भए |


 
Posted on 06-26-16 6:19 PM     [Snapshot: 1786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 26-Jun-16 06:22 PM

 
Posted on 06-26-16 7:11 PM     [Snapshot: 1814]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुडा रोन पल को फान हामी पनि हो, तर यौ ट्रंप चै हिलारी को कुत्ता नै हो, हिलारी ठाउँ मा नपुगे सम्म भुक्छ पछि ठाउँ मा पुगे पछि पुछार हल्लाउन थाल्छ | अथवा उमेदवारी पक्का भए पछि बहुलाको नाटक गर्छ अनि बाकी सद्धे नोन racist ४०% गोरा लै पनि हिलारी लै भोट हाल्ने बनौछा |

यौ दीजाइन चाइ फेरी, हिलारी र ट्रंप दुइतै क बाउ हरु international बैंकर्स र साशक हरुको हो | संसार को बेन्कर्स ले धेरै लगानी गरेको छ मोनी प्रिन्तिंग मा १० वर्ष देखि, यौ तेसै फिनिस हुने वाला छैन |
 
Posted on 06-27-16 12:21 PM     [Snapshot: 1933]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

the dude who successfully filed bankruptcy and stole tax payers money as a bailout 3-4 times in a casino industry dont not sound like a establishment camp guy to you?? Time to wake up...he is only saying things to hijack the republican nomination. Media is helping him getting more racist/angry white votes. Republican party is held by its nuts by the bankers. It has no room to move but to accept Trump named dick in their arsh. Tv and social media is busy portraying repubs as degenerate, bigots, racists, ignorant, intolerant, and sexist. Most ppl are not comfortable calling themselves repubs in public because of this. If you still dont get the game i feel bad for you.

BTW i dont feel bad for Trump or the repubs. Repubs have played the same game for 10s of years. There was no way for Dems to win this time without the Trump. Two things can happen once Trump secures the nomination. He will ACT more crazy where it will be impossible for 20%-30% of repubs to vote him or there will be a parallel rebup running the election. This election is as important as the Gore/bush election. They will do anything to win.
 
Posted on 06-27-16 5:59 PM     [Snapshot: 2015]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes and voting against trump will be the most democratic thing you'll ever do in your entire life.
 
Posted on 06-29-16 7:56 PM     [Snapshot: 2218]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fellow Bernie supporters ... let's support Victoria Bard, a badass Bernie babe and Colorado national delegate for Bernie Sanders at the DNC 2016.

https://www.facebook.com/VictoriaForBernie/?fref=ts

http://www.fundberniedelegates.com/delegates-by-state/colorado/
 
Posted on 06-29-16 9:17 PM     [Snapshot: 2237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास ब्रो...तिमीलाई थाहा छ सबै काला हरुलाई जाल हानेर छोपेर ल्याको थिएन अफ्रीका बाट, लगभग सबै लै जाल हानेर बाँधेर ल्याको थियो तर एक दुइ काला हरु चाइ अरु नै काला बाट बेचिएर अथवा आफै युरोप आउने जहाज कुरेर चडेर आको थिए, अब तेस्को मतलब यो होइन कि दासत्वो एक दुइ काला आफै आको भएर गोरे को गल्ति नभाको होइन|

Trump आफै capitalist पिग हो तर racist चाइ होइन| Trump भनेको पोपुलिस्ट wave हो तर हेर्न पर्ने कुरा मा चाइ कसको wave हो भन्ने मात्रै हो| यो wave चाइ अमेरिका मा गोरा मात्रै हुन पर्छ, काले हरु गोरा को लागि काम गर्नु पर्छ, अनि Native मारेर लुटेको जमीन मा केहि रेग्रेट छैन भन्ने हरु को wave हो | अब तिमि र तिमि जस्तै ध्वाँसे अनुहार परेका हरु आफ्नो पार्टी भनेर लागेको मैले नबुझेको हो | Trump जमात को लागि तिम्रो भिसा भए पनि नभए पनि तिमीहरु ध्वाँसे नै हौ, तिमि गहु गोरो भए पनि नेपाली कालो भए पनि तिमि ध्वाँसे नै हौ | अब तेस्ता लाइ आफ्नो पार्टी भनेर पछि लाग्या छौ तिमीहरु | अंग्रेजी सब्द मा Oxymoron भन्छन क्यार तेस्ता लै |

Bankruptcy भनेको लागेको रीन छैन भनेर ङ्गॆच दांत देखाउनु अनि नतिर्नु हो | नेपाल मा भए तेही दात मा दौरा ले हान्थे अमेरिका मा चै सरकार ले सुरक्षा दिन्छ | मैले तिमीलाई $१००० लोन दिए | तिमीले ङ्गॆच दांत देखयेउ भने मा त्यो $१००० लोस भनेर कर भर्चु, अनि मेरो कर ब्रच्केट ४०% छ भने $४०० सरकार लाइ तिर्दिना. आखिर मा त्यो देश र सरकार को नै पैसा हो | तर मैन कुरा चाइ यो फताह...३-४ फेरी रीन नतिरिकन बिल्लिओनैर भै खाने हो| अब एस्लाई तिमीले एस्ताब्लिस्मेंट होइन भने सम्पूर्ण साझा बासि ले तिमि माथि दया गर्न पर्छ |

लेफ्ट र राइट तिमि जस्ता गरिब लाइ मात्रै हो | बन्केर्स र हाइ ईन्द बिल्लिओनर लाइ लेफ्ट भए पनि राइट भए पनि केहि खुल्किन्दैन |




 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters