[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चर्चमा बन्धक बनाइएका १३ बालकको उद्दार
[VIEWED 1939 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-14 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चर्चमा बन्धक बनाइएका १३ बालकको उद्दार

२०७१ जेठ ३० गते १८:४६ मा प्रकाशित

ध्रुब भट्टराई

३० जेठ, मोरङ । चर्चमा बन्धक बनाएको अवस्थामा मोरङको कशेनी-३ चोराभाराबाट १३ जना बालकको उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त टोलीले ३ वर्षदेखि १३ वर्षसम्मका बालकहरुलाई चर्चबाट  जुम्ला ३ सहित  १३ जना बालकको उद्दार गरिएको हो ।

उद्दार गरिएका ती बालकहरु जुम्लाका रहेको मोरङका सहायक प्रमुअ जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए । ‘चर्चमा भोकभोकै राखेको अवस्थामा बालकहरुको उद्दार गरिएको हो’, सहायक प्रजिअ लुइँटेलले भने, ‘चर्चका सञ्चालकले उनीहरुको स्वास्थ्यमा खेलबाड गर्दै थुनेर राखेको अवस्थामा पाइयो, बालकहरुको स्वास्थ्य विग्रेको पाइएको छ ।’

बन्धक बनाइएका बालकहरुसहित चर्चका धर्मगुरु जोसफ मेरन्डीलाई पनि गिरफ्तार गरिएको छ । ‘बालकहरुलाई बन्धक बनाउने मेरन्डीमाथि शरीर बन्धक बनाएको अभियोगमा मुद्दाप्रक्रिया अघि बढाउनेछौं’, लुइँटेलले भने, ‘बालकहरुलाई चर्चमा बन्धक बनाइएको कारणबारे अनुसन्धान भइरहेको छ ।’

प्रारम्भिक अनुसन्धानबाट ती बालकहरुलाई कर्णालीबाट अभिभावकको अनुमतिविनै ल्याएको प्रशासनले जनाएको छ । उद्दार गरिएका बालकहरुलाई मानवअधिकारबादी संस्थाहरुको जिम्मा लगाउने तयारी प्रशासनले गरेको छ ।

- See more at: http://www.onlinekhabar.com/2014/06/210586/#sthash.9M8cgL1n.dpuf
 
Posted on 06-13-14 8:32 AM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुम्लाबाट ल्याएर कलिला बालबालिका चर्चभित्र बन्धक


धर्म परिवर्तन गराउन ल्याएको आशंका
मोरङ सोराभाग–३ स्थित इमान्युएल चर्चबाट शुक्रबार १३ जना कलिला बालबालिका उद्दार गरिएको छ। चर्चभित्र बन्धक बनाएर राखिएका ती बालबालिकालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी र मानवअधिकार उच्चायोगको क्षेत्रीय कार्यालय विराटनगरले उद्दार गरेको हो। 
 
उद्दार गरिएका बालबालिकामध्ये २ जना मोरङ खोर्सानेका र बाँकी सबै हुम्ला जिल्लाका रहेको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए। लुतो, कुपोषणले दुब्लाएका र शरीरभरि घाउखटिरा भएका बालबालिकाको अवस्था अत्यन्तै दयनीय रहेको प्रशासनले जनाएको छ।
 
उद्दार गरिएका बालबालिकालाई शुक्रबारै स्वास्थ्य परीक्षण गराउन लगिएको छ। 'कुपोषण लागेको र शरीरभरि घाउखटिरा निस्केर स्थिति नाजुक देखिएको छ,' अधिकारी कार्कीले सेतोपाटीसँग भने, 'उहाँ हुम्लादेखि के कारण ल्याइयो भन्ने कुरा अनुसन्धान गर्दैछौं।' प्रारम्भिक अनुसन्धान अनुसार धर्म परिवर्तनका लागि ल्याइएको आशंका गरिएको छ। 
 
चारदेखि १२ वर्ष उमेर समूहका ती बालबालिका कतिका आमा छैनन्, कतिका बाबु छैनन्। प्रचलित कानुनअनुसार बालबालिका रेखदेख गर्नका निम्ति बालगृह सञ्चालन गर्न कतै दर्ता नभएको चर्चका सञ्चालक जोसेफ मरण्डी र उनकी श्रीमती लौलमा मरण्डीलाई प्रहरीले हिरासत लिएको छ। 
 
जोसेफले हुम्ला–जुम्लामा चर्च सञ्चालन गर्ने किरण बुढाको सम्पर्कबाट ती बालबालिका यहाँ ल्याएको बताएका छन्। उनले बालबालिकालाई शिक्षादिक्षाका लागि यहाँ ल्याएको दाबी गरे पनि ती बालबालिकालाई थुनेर भोकभोकै राखिएको अवस्थामा फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताएका छन्।
 
'कोठाभित्र थुनेर, बाहिर निस्किन नदिइकन राखेको अवस्थामा हामीले उद्दार गरेका हौं,' लुइँटेलले भने, 'एक महिनादेखि यहाँ ल्याएर थुनेको बुझिएको छ।' हुम्ला स्याडा गाविस–७ घर भएका कैलाश बुढाले आफूहरू एक महिनाअघि चर्चमा आइपुगेको बताए। 'पढ्न स्कुल पठाउने भनेको थियो, स्कुल गको छैन,' कैलाशले भने, 'भुजा–चिउरा दिएर राखेको थियो।'
 
प्रचलित कानुनअनुसार तीन वटा मुद्दामा चर्च सञ्चालकमाथि कारबाही गर्न सकिने प्रहरीले जनाएको छ। अहिले अनुसन्धानमा रहेकाले के कसरी, परिवारको सहमति वा त्यतिकै ल्याएको भन्ने नखुलेकाले कुन मुद्दामा कारबाही गर्नेभन्ने टुंगोमा पुग्न नसकेको मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए। उनका अनुसार मानव बेचविखन, अपहरण तथा शरीर बन्धक मुद्दा आकर्षित हुनसक्छन्। 
 
'कतै दर्ताबिना बालबालिका राख्नु सरासर गैरकानुनी हो,' प्रमुख जिल्ला अधिकारी कार्कीले भने, 'अनुसन्धान थालिएकाले सबै कुरा विस्तारै खुल्दै जानेछ।' उद्दार गरिएका बालबालिकालाई अहिले सिविन हेल्पलाइनको बालगृहमा राख्ने प्रशासनले जनाएको छ। 
तस्बिर क्याप्सन :  उद्दार गरिएका बालबालिका। तस्बिर :  खिलानाथ/सेतोपाटी

 
Posted on 06-13-14 11:28 AM     [Snapshot: 107]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गरिबी र प्रलोभनमा जे गरे पनि हुने ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters