महेश्वर पन्त (source ) मैले नेपाल छोड्नु पर्ने नै थिएन । जति बढ्दै गएं त्यती नै पढ्दै गएं । गाउंका सारा स्कुल पढेर सकें । एक दिन कलेजकालागि खानेकुराको पोको बोकेर गाउंबाट टाढा दिन भरि हिडेर फेरि बस चढें र शहर आइपुगें । केहि चहल पहल, नयां ठाउं, ठुला अग्ला घर, मोटर बाटो, ठुला साना गाडी ट्यार ट्यार टुर टुर, जता ततै आवाज कोलाहल । थोरै समयको लागि मग्न भएं । संसारै भुलें । पृथ्वीको सबैभन्दा राम्रो ठाउं त्यही हो जस्तो लाग्यो । नयां साथी भाइहरु बनाएं । ति केही दिनमा समाप्त भए । फेरि गाउंको याद आयो । मनमा जुन नयां पन थियो बिस्तारै बिस्तारै घट्न थाल्यो । रमाइला आवाजहरु अब हल्ला लाग्न थाले । मान्छेको भिड कोलाहल, ब्यस्त मान्छेहरु स्वार्थी मेला जस्तो लाग्न थाले । गाउंको यादले सताउन थाल्यो । आफुले दौडेका ति फांटहरु, पौडेका खोलाहरु, साथिभाइहरु संगको जमघट, धुलो मैलो भएर खेतबारीमा लडिबुडी खेलेका ती दिनहरु, क्षितिजमा घाम अस्ताउने बेला सम्म साथि संगिनीहरुसंग कोलाहल मच्याउदै उफ्रेका ती दिनहरु फेरि यो मन मस्तिस्कमा घुम्न थाले । दशैंका चर्खे र लिंगे पिङहरु, तिहारमा रात रात भर खेलिने भैलोहरु, फागुपुणिमाको रंगी बिरंगी रङहरुको छेपाछेप आंखा अगाडी घुम्न थाले । घरबाट भागेर बसेका ती रोदी घरहरु, रोदी सकेर विहानी पख विस्तारामा गरेका सुत्ने प्रयास, बिहानै आमाले उठाउंदा रातभरी घरमै सुतेको थिएं भन्ने देखाउन जबरजस्ती च्यातेका ति आंखा सम्झेर हास्न थालें । लामा ती कल्पनाका दुइ बर्ष ब्यतित भए । त्यतिले पनि पुगेन । उच्च शिक्षको कुरो चल्यो । म दंग भएं । फुर्तिले मेरा कांधहरु फुले, छाति चौडा भएजस्तो भयो । ग्ाउंघर इष्ट मित्र सबैले आर्शिवाद दिए । ”ठुलो मान्छे भएस, गाउको देशको सेवा गरेस । वाबु आमाले दुख गरेर तलाई पढन पठाएका छन । खोले, फापर, साग र सिस्नो खाएर भए पनि, रातलाई रात नभनेर ... दिनलाई दिन नभनेर केहि बचाएर तँ घरको जेठो बाठो छोरालाई पढाएका छन । कहिल्यै ती आमा बुवालाई दुख नदिएस ।” मेरो थाप्लोमा एउटा सानो बोझ थपिएको भान भयो । गर्वले नाकका टोटा फुर्रर फुले । म फेरि पुरै जिम्मेवारी र महत्वाकांक्षा ले लादिएको सरिर बोकेर अझै ठुलो शहरमा आइपुगें, उच्च शिक्षा हासिल गर्न । फेरि नयां शहर । अझै ठुलो शहर । त्यो भन्दा पनि धेरै मान्छेहरुको भिड । अझै ठुला घरहरु । म फेरि एक पटक अचम्ममा परंे । संसारमा यस्तो पनि ठाउं रहेछ । मलाई अव चाहिं शत प्रतिशत लाग्यो यो त संसारको सब भन्दा ठुलो र राम्रो शहर हो । तिनै भविष्यका महत्वाकांक्षी सपनाहरुलाई संझेर साकार पार्ने मनमा अठोट गरेर आफ्नो प्यारो गाउं, आफ्ना आमा वुवा, भाइ बैनी, इष्ट मित्र, साथिभाइ सबैलाई भुलेर केहि बर्षमा उच्च शिक्षा पनि हासिल भयो । एक प्रकारले सपना नै पुरा भए जस्तो लाग्यो खुसिले गद गद हुदै गाउं पुगें । सबैलाई खुशी पारें । सबैको बधाइ पाएं । सबैले स्याबास भने । ”फर्केर आइस् अव गाउंको सेवा गर” । मैले केहि बुझ्न सकिन । कसरी गाउंको सेवा गरिन्छ जवकि गाउंमा उच्च शिक्षाको कदर गर्ने जागिर छैन । केहि दिन त्यसै भौंतारिएं । सबै साथि भाइ हुर्के, विवाह वारी भै परिवार सहित साना तिना काममा लागे । कति त बिदेश तिर जागिर खान लागे रे । म एक्लो भएं काम बिनाको मान्छे । म शिक्षित मान्छे । गांउले मलाई मेरो नाम अनुसारको काम दिन सकेन । बुवा आमाको कमाईमा कति दिन बाच्नु । फेरि मैले पढदा लागेको ऋण पनि तिर्नु छ । मैले शहरै गएर जागिर खाने प्रस्ताब गरें । घरबाट स्विकृति आयो । निराश अनुहार, केहि खोजि रहेका आंखा, थाके जस्तो शरीर लिएर फेरि शहर पसें । सानातिना अस्थायी जागिर जीबिकोपार्जनको ब्यावस्था बाहेका शहरले पनि केहि दिन सकेन । आमा बुवा, भाइ बैनीको रेखदेख र पर्ढाई, आफुले पढदाको ऋण तिर्न पनि सक्ने सम्भाबना रहेन । त्यसै भौतारिदै हरेक दिन नयां केहि पाउने आस बोकेर एक ठाउंबाट अर्को ठांउ, एकटा मन्त्रालयबाट अर्को मन्त्रालय धाउन थाले । तर हातमा सुन्य मात्र पर्यो । कहिले काहीं त्यसै एक्लै गुन गु्नाउथे ”केहि नहुने भए यतिका धेरै पढेर के काम, किन पढें मैले” । सरकार पनि यस विषमा सचेत छैन किन ? आफैं प्रश्न गर्छु तर उत्तर दिने कोही छैन । संसार कै चलन चल्ती अनुसार जीवन चलाउनु पर्ने रहेछ । विवाह भयो । मगि विवाह । प्रेम गर्ने फुर्सद पनि भएन । कहिल्यै मनग्य पैसा पकेटमा भएन, घुम्नलाई माया प्रेम गर्नलाई । विवाहपछि सन्तानको आर्शिवाद पाएँ । त्यो पनि पुरा भयो । तर आर्थिक उन्नती भएन । स्वास्निको कच-कच, आमा-बुवा भाइ-बैनिको आश, गाउंलेको आर्शिवाद कहिल्यै पुरा गर्न सकिन । कति नै प्रयास गर्दा पनि पैसाले मलाई साथ दिएन । आफु भन्दा पछिका साथि भाइहरु मोटर साइकल, गाडि, घर, घन सम्पत्ती सुख सयलका भोगि भए । रिस र इर्ष्याले जल्न थाले । तर चोर्न सकिन । कसैलाई ठग्न सकिन । घुस खाने ठाउंमा कहिल्यै परिएन । साह्रै भए पछि मान्छे मन्दिरमा ढोग्न पुग्छन भने जस्तै मनमा कत्ती विश्वास नहुंदा पनि स्वास्नीको पछि लागेर हात हेराउन, ज्योतिस कहां पुगे । अरु के के भन्यो मनमा कुनै वाक्याले घर गरेन । तर ”नेपाल त्रि्रो कर्म घर हैन, यो त मात्र जन्म घर, तिमी विदेश जान्छौ, विदेश नै ति म्रो कर्म घर हो । थुप्रो पैशा कमाउने योग छ ।” मेरि स्वास्नीको अनुहारमा हेरे मैले । चहकिलो मुस्कान थियो । मानौ यतिखेर नै उस्ले ठुलो बिजय हासिल गरी । म तिर हेरि हास्दै भनि ”देख्नु् भो त” । कत्तिन उसैले जान्या जस्तो । हरेक नेपाली युवा जो हात हेराउन आउछन तिनीहरु दुखमा हुन्छन र हरेकलाई ति ज्योतिषले एउटै कुरा भन्छन् । किनकी नेपालमा बसेर केहि गर्ने सम्भावना धैरै कम छ । धेरै बाठा हुन्छन ति ज्योतिषहरु । मेरो मनको कुनै छेउमा सानो टुकि बलेको भान भयो मलाई, जब म त्यो ज्योतिषकोमा बाट फर्कें । रात भर सुत्न सकिन । यता उता कोल्टे फेरेर रात काटें । जन्मेको थलो, आफ्नो बाल्यकाल, गाउमा भए घटेका रमाइला नरमाइला घटना, आमा बुवा, आफ्नो खेतिपाती, पाखा पखेरा, खोला नाला, साथि संगिनी, सबै यो मानसपटलमा एक पटक प्रवेश गरे निस्कदै गए । अन्तरआत्मामा पनि भित्रिए क्यारे आंशुको एक थोपा हातमा टप्केर सिरानीमा पुग्यो । मुन्टो उठाएर ति स्याना अबोध छोरा छोरीलाई हेरें । कसैले सम्पूर्ण सुरक्षा दिए जस्तै निर्धक्क सुतेका । मलाई मारे पनि पाले पनि तिमी नै हौ । म यो जिन्दगी त के अर्को सात जिन्दगी भए पनि तिमी नै मेरो सम्पूर्ण भन्दै आफ्नो एउटा हात मेरो छातिमा फालेर सुडोल शरीरलाई लमतन्न पार्दै जीबनकै सबै भन्दा मिठो न्रि्रामा आजै परे जस्तरी सुतेकी ती मेरी संगिनीलाई पुलुक्क हेरें । फेरि निदाउने प्रयासतिर लागें । महत्वाकांक्षा र जिम्मेवारीको पोको ठुलो हुंदै जांदा मान्छेमा हुने समान्य प्रकृया मै छु म । म मात्रै त्यस्तो बहादुर हैन जस्ले आफ्ना बाल बच्चा पाल्न आफ्नो मातृभुमीमा नसकेर विदेशको शरण लिन पुगेको होस् । सवैले गर्वका साथ यो सत्यतालाई अंगालेकै हुन् । आफुलाई संसारकै भाग्यामानी पुरुष संझेकै हुन् । बाटोमा कसैले आफुलाई उछिन्दाएं विदेशबाट कैले ? ”... तंपाई त त्यती हिड्न सक्नु हुन्न होला .... विस्तारै आउदै गर्नुस है” भन्दा जुंगामा ताउ दिदै हस नभन्ने को चै नेपाली छ र । म पनि तिनै भित्रको एउटा बहादुर गोर्खाली न परें । आखिर मेरो पनि विदेश जाने ढ्याङ्ग्रो पिटियो । गाउंमा, शहरमा सबैजनालाई थाहा भयो । ससुराली, मावली, बुढा मावली, इष्ट मित्र, फुपू फुपाजु सबैबाट बधाई पाइयो । सबै दंग भए । कसैले मेरो आसय सोधेन । मलाई कस्तो लागेको छ । म कति खुशी छु । ससुराली, घर सबैतिरबाट ऋण धन गरी पैसा जम्मा गरेर टिकट र खर्चको ब्यावस्था भयो । सासू ससुरा आइ पुगे- खुसी मुद्रामा । छोरी संग गफ दिन थाले । बहादुर ज्वाइंको उदांगै बखान गरे । मेरी स्वास्नी पनि दंग । घरमा पनि ठुलै चाढ आए जस्तो । बुवा-आमा आइपुगे । मलिनो झिनो अनुहार लाएर । हाम्रो सरिरको टुक्रा जेठो छोरा । कहां बस्ला ? के खाला ? दुख पाउलाकी ? बिरामि होला की ? यसलाई धेरै चिसोले दुख दिन्छ, खोक्छ । आदि आदि । भाइ-बैनी आइपुगे । दाजुको सहयोग सल्लाह पाउने समयमा दाजु नै विदेश जादै छ । बुवा आमाको रेखदेख, हाम्रो पढाइको खर्च पानी समाल्ने बेलामा । जस्ता अभिब्यक्ती सकारात्मक नकारात्मक प्रश्नहरु र उत्तरहरुको दोधारे अनुहार लिएर भाइ-बैनी आएका थिए । बिहानै बिदा-वादीकालागि टिकाटाला तयार भइसकेको थियो । बुवाले मन्दिर ढोग्ने र तिन पुस्ताको फोटो खिच्ने प्रस्ताव गर्नुभयो । मैले प्रस्ताव स्वीकार गरे । म, मेरो छोरा र बुवाको ठुलो पोजमा फोटा खिच्यौं । आमाले विदाइका अक्षता लगाई दिनु भो । मेरी आमाका आंखाबाट बगेका बलिन्धारा आंशु संगै टिका थापें । त्यो कांपेको स्वरबाट निस्केका अष्पस्ट शब्दमा मैले बुझेका दुइ सब्द ”हामि बुढा बुढीलाई नर्बिसेस, देशको माया नमारेस (हामी रहुम नरहुम)” । दुबै शब्दले कलेजो सम्म छोयो । भक्कानो छोडेर रुन मन लाग्यो । तर आफ्नो बहादुर पुस्तालाई विर्शन सकिन । जुगाको महत्वलाई कम गर्न पनि सकिन । कठोर बन्न बाध्य भएं । स्वास्नीको मलिन अनुहार । टाढा उभिएर हेरेका भाइ-बैनीको सुक्क सुक्क । रुञ्चे आवाजमा आंखा भरि आंसु जमाउदै आमालाई सम्झाएका बुवाका ती स्वरहरुले म पनि धेरै बेर बच्न सकिन । बुवा आमालाई खुट्टामा बिदायी ढोग गर्दा आंसुले भिजाएको थिएं । यो भावविव्हल स्थिति एक पटक मात्र हैन एयरपोर्टमा पनि आयो । आमा टाढा बसेर रोइरहनु भयो । टाढाबाट मलाई अन्तिम नजरले हेर्नुभयो । टाढैबाट आर्शिवाद दिनुभयो । बुवाले फोन गर्नु, स्वास्थ्यको ख्याल गर्नु भन्नु भयो । छोरा छोरीलाई काखमा लिएं । दुबैले वाई वाई बावा भने । भाइ-बैनीलाई सुम्सुम्याएं । प्रेयसीलाई आंखा लगाएं । कुममा ढाप लगाएं । उनका नसालु आंखाबाट झरेका ति आंशुले मुटुलाई ति ब्र बनायो । अंगालोमा बेरेर रुन मन लाग्यो तर मिलेन । ”पैसा कमाएर चांढै आउनु है” भनि मैले हुन्छ भने । अन्तिममा टाढा उभिएकी मेरी आमालाई रुञ्चे स्वरमा सम्बोधन गरें ”आमा जान्छु है” । आमा केबल रुनु भयो मात्र । केहि बोल्न सक्नु भएन । म अगाडि बढें । माथि जहाज बाट धमिलो देखिने मातृभूमिलाई नियालेर हेर्ने प्रयास गरें । एकै छिनमा सारा संसार ओझेल पर्यो । क्रमश. . . . .
Rudramati · Jan 21, 2014 4:33 PM · 12,711 views
हवाई जहाजले केहिबेर निकै उफारो । मनमा अनेक थरि डर त्राशले घर गरे । आफ्नो सपनको शुरुआतमै................................ लामो सास फेर्नु र वरपर सबैलाई हेर्नु बाहेक केहि उपाए थिएन। कोहि मस्त निदाएका थिए त कोहि म मजस्तै छटपटायेका थिए । एकदुई घण्टा को सास्ती र छट्पट पछी जहाज फुत्त बाहिर उज्यालोमा निस्कियो । मानौ कुनै ठुलो अन्धायारो चेपबाट बल जफ्ती बाहिर निस्किएको होस् । सरिर अलि हल्का भयो। बाहिर हेरें । जता ततै पानी नै पानी थियो । अचम्म लाग्यो । नेपालमा बसेका मान्छे ले यति धेरै पानी एकै ठाउँमा देखेका हुँदैनन् । मनमा झट्ट आयो ”समुन्द्र होला”। सबै यात्रुहरु पूर्ण आराम गरे म आराम गर्न सकिन । मनमा अनेक चाहिने नचाहिने कुराहरु खेली रहे । गाउँबाट सहर आउन डराउने म आज पहिलो पटक आफ्नो गाउँ देशबाट यति टाढा, संसारकै पल्लो कुना मा जाँदै छु । मेरो र परिवार को एकमुस्ट सपना बोकेर । म घुम्न जान लागेको अन्तर्ररास्ट्रिय यात्री पनि त थिइन आराम संग निधाउनालाई । बिरानो ठाउँ जांहा एक दुइ जना साथी बाहेक कसैलाई चिनेको छैन । आफ्नो देश भेश भूसा संस्कृती भन्दा अती फरक जहाँ आफ्नो मान्छे जसले आफु लाई मायाँ गरोस सुख दुखमा साथ देओस कोहिछैन । यस्तै मनका आस्थिर गन्थन खेलाउंदा खेलाउंदै जहाजले ओरालो लागेको भान भयो । अब केहि बेरमा कतारको दोहा बिमान स्थलमा बिमान उत्रिन्छ भन्ने उदघोषण भयो । रात पनि परि सकेको थियो । चारै तिर बत्तिहरुले सजिएको दोहा मानौ एउटा चित्रकारले बनाएको पुतली जस्तै चंकी रहेको थियो । अझ छेउमा रहेको समुन्द्र र समुन्द्रमा सहरको बत्ति ले परेको उज्जालोले त मन तेसै तानेर लान्थ्यो । ”यती राम्रो दृश्य जीवनमा पहिलो पटक देखेको थिंए मैल” दोहाको छोटो बसाई पछी हामीलाइ आर्को जहाजमा उडाए । कति पुरानै यात्रु त कतिपय नंया यात्रुले खचा खच भरिएको जहाज लन्डनतर्फ उड्यो । यो यात्राको सबै भन्दा लामो उडाई थियो । तर बिचमा पन्द्र मिनेट जति पेरिसमा रोकिएर लन्डन तिर लागियो । पेरिस पनि देख्न पाइयो । धेरै खुसि लाग्यो । तर पेरिसको रमणीयता त्यो साँझको बेलामा बयान गर्ने आँट गर्न सकिन । मसंग त्यति सब्द हरु नै थिएनन । लन्डनको झन् कुरै नगर्दा बेश होला । जुन देसका मानिसहरुले धेरै सताब्दी पहिलानै संसार खाएका थिए । लगभग संसार भरीनै आफ्नो प्रभुत्तो जमाएका थिए तेस्ता मानिस बस्ने सहरको बयान गर्न म के सक्छुर । मलाई लागेको अर्को अचम्म के थियो भने समय । जति अगाडी बढ्दै गएपनि समय तेतिनै बस्थ्यो । लन्डन अमेरिका यात्रा सबै भन्दा थकाई लाग्ने भयो । मैले सोचे भन्दा धेरै फरक खालको सुबिधा थियो । मैले सोचे को थिए कि अमेरिकाका जहाज हरु धेरै सुबिधा जनक होलान मिठो खाना खुवाउलान तर तेस्तो भएन । सरिर पनि अलि थाकी सकेको थियो । खाना पनि खानै नसक्ने खल्लो मात्र थियो । मिठो दाल भात तरकारी को त्रिस्ना लाग्यो । फेरी मागेर पाउने पनि होइन, चुप्प लगेर सिटमा लम्पसार पर्नु बाहेक कुनै उपाए थिएन । मनले चाहेर पनि केही गर्न नसके पछि सिट मा लम्पसार पर्नु र यात्रा को आन्तिम गन्तब्य स्थानको प्रतिक्छा गर्नु मात्र फाइदा थियो । छ घण्टा लामो अटपट लाग्दो नरमाइलो यात्रा पछी म अमेरिका आइपुगें । मेरो आन्तिम थलो । न्युयोर्क सहर । मेरो सपनाको मेरो परिवार को सपनाको तर साँची भन्दा मेरो आबस्यकताको शहर । ठुलो र बिल्कुलै नयाँ शहर । शरिरमा धेरै हलचल मचिएको थियो । नयाँ ठाउंको र नयाँ जिन्दगीको । जिन्दगी मा कतिवटा नयाँ जिन्दगी बाच्ने मैले । कस्तो अचम्म! म एउटा गरिब देश मा जन्मेको गरिब मान्छे हुनको अभिसाप बोकिरहेको छु । हाम्रा दैनिक आबस्यकताले हामीलाई हरेक केही बर्समा एउटा नयाँ जिन्दगी थपी दिन्छन । कस्तो बिडम्बना । म पनि त्यसै भित्रको एउटा मान्छे । मनले नचाहेर पनि बाध्य भएर गर्नु पर्ने रहेछ । एअरपोर्ट मा नै साथीहरु लिन आएका रहेछन । सामान हरु मोटर मा खाँजेर न्युयोर्क सहर तर्फ लागियो । मेरो अब को नयाँ बासस्थान । ठुला ठुला गगन चुम्बी घर हरुको शहर । मैले नेपाल र मेरो गाउँसंग तुलना गर्ने कोसिस गरे यो शहर लाई तर कुनी तरिकाले पनि नजिक पुग्न सकिन । संसारकै सबैभन्दा अगला घरभएको शहर यो । बिकसित देश को अती बिकसित शहर, नेपालसंग तुलना गर्न खोज्नु या कोसिस मात्र गर्नु पनि बेकार नै हुन्छ । मलाई एसको तेती ठुलो मतलब पनि थिएन। म खाली पैसा कमायेर आफ्ना दैनिक आबस्यकता पुरागरने मान्छे । केही पैसा कमायेर नेपाल फर्कने मान्छे । मलाई यहाँको बिकाश संस्कृती लगाई खुवाई बोलीचाली मेलमिलाप आदि संग तेती चासो पनि थिएन । यहाँ जेसुकई होस मलाई मतलब छैन । एस्तैमा साथीले घर आइपुग्यो झरौं भनेपछि म जस्कियें । मैले बाहिर नियालें । ठुलो शहरको बिचमा एउटा आगलो र चाक्लो भवन जसमा मानु एउटा सहर्नै अटाउछ । देखेरै आचाम्म लाग्यो । सामान बोकेर माथि तीर लम्कियो । भवन को सुरक्छा सिस्टम पनि अचम्म को रहेछ । पासवर्ड पञ्च गरेर ढोका खोल्नु पर्ने । फेरी एलेभेटर बाट माथी नौ तला सम्म पुग्नु पर्ने रहेछ । मेरो बस्ने ब्यबस्था लिविंग रूम को एउटा कुनामा भयो । लिविंग रुममा अरु चार जना साथी पनि छन् रे । तर सबै जना नेपाली भन्दा खुसी भएँ म । भित्र एउटा बेडरूम मा भने दुई नेपाली केटी बस्छन रे । यो डेरा तिनिहरुको नाममा छ रे । मैले मेरो साथी बाहेक कसैलाई पनि देखिन किनकि सबैजना काममा । कति संगै बस्ने साथीलाई त कति हप्ता सम्म पनि देखिन । जागिरको कुरा चल्यो । आएको दुई दिनमै काममा लागे म । छिटै कम पाएकोले म भाग्येमानी ठहरियें । कतिले त महिना दिनसम्म पनि कामनपाउने रहेछन । काममा जान आउन बिस्तारै सिंके । दुईओटा ट्रेन चढेर दैनिक जानु हप्ताको छ दिन १२ घण्टा काम गर्नु बेलुका फर्किनु मेरो अब रेगुलर कार्य तालिका भयो । थाहा छैन कति लामो कार्यतालिका हो । हप्तामा बिदाको दिन भात पकाउनु, कपडा धुनु आफ्नु सुत्ने बिस्तार ओरिपरी सफागर्नु आदि काम पर्थे । सुत्ने बिस्तारा नै मेरो कोठामा हक जनाउने एउटा चिनो थियो । त्यो बिस्ताराले म त्यस घरमा बस्छु भन्ने जनाउथ्यो । अरु मेरा केहि समान थिएनन् । फेरी जिबनको पुरानै कुरा दोहोरिन थाल्यो । केहि दिनको झिनो खुसियाली रमाइलो पछि जिबनमा फेरी वाक्क दिक्क लाग्ने दिन आए । फेरी घर परिवार सम्झेर टोलाउने दिन आउन थाले । अब त झन् एती टाढा, हजारौ कोष टाढा । प्रेयसी र छोरा छोरी बाट हुने टाढा को फेरी बेग्लै किसिमको पिडा हुने रहेछ । दिनमा १२ घण्टा बाहेक तेस्तो पल आएन जतिबेला मैले तिनीहरुलाई बिर्से होला । पुराना गाउँ बाट टाढा हुँदा का र आफन्त बाट छुटिदाका दिन भन्दा पनि यी अझै कठोर र जीवन कै उपलब्धि मा प्रस्न चिन्ह लगाउने खालका भए । हरेक दिन केहि पल हरेस खान्थे र सोच्थे म यो सब्छोडेर देश फर्किन्छु! किन र केकालागी गर्दैछु ? आफ्ना माया गर्ने मान्छे बाट टाढा बसेर? हरेक बिकसित देसका मान्छे जस्तै हामी किन आफ्नो देशमा, आफ्नै परिवारका नजिक आफै जन्मेको ठाउँमा बसेर जिबन बिताउन नसक्ने ? किन हामी मात्र आफ्ना माया गर्ने भन्दा टाढा यो बिरानो मुलुक मा बसेर कस्ट र पिडा सहेर दिन बिताउनु पर्ने ? यस्तै अनगिन्ति उत्तर नभएका प्रस्नहरु मनमा उठाउदै दिन चर्या काट्दै गएँ । स्वास्नीसंग चारपाँच बर्षको मिठो मिलन पछि एका एक अनिश्चित कालको लागि बिछोड हुँदा धेरै गाह्रो हुँदो रहेछ । कुनै निश्चित समय भएपनि कम्मर कसेर कुर्नु हुन्थियो । म पनि मानिस नै हुँ । मलाई पनि पिडा हुन्छ । मलाई पनि काम बाट घर फर्किंदा आफ्ना छोरा छोरीले बाबा भन्दै काखामा बसेको मन पर्थो । स्वास्नीले मुसुक्क मुस्कुराउदै भोकलागेको छ ? भन्ने प्रस्न विभिन्न अर्थ मिसाएर सुधेको मन पर्थो । एस्तै मेरा बूढा आमा बुवाले घर भित्र बाहिर गर्दै नाती नातिना खेलाएको हेरन मन पर्थो । यी सबै जिबनमा जम्मा एकपटक आउने अविस्मरणीय छेन हरु हुन । फेरी फर्केर आउदैनन । येस्ता पलहरुलाई भुलेर बिदेशमा पैसा कमाउन बस्नु पर्ने पिडा बोक्ने कम् मात्र नेपाली होलान । यो पिडा भन्दा अर्को कुन ठुलो पिडा हुन्छ र? हरेक दिन नेपालमा फोन गर्नु । परिवार संग कुराकानी गर्नु । बिस्तारामा लम्पसार पर्नु भन्दा अगाडिका दैनिक कार्य जस्तै भए । फेरी फोन लाग्न गाह्रो । फोन नलागेको दिनमा निदाउन गाह्रो । फोन मा कुरागर्ने बिषय हरेकदिन एउतै । खाली केटा केटि को हालखबर के छ ?, तिम्रो हालखबर के छ , आमा बुवाको हालखबर, गाउँ को हालखबर आदी इत्तादी । एकान्त पर्दा लोग्ने स्वास्नेका गोप्य कुराले ठाउँ पाऊनु र तेस्ता कुराको रश बेग्लै थियो । गीतमा धेरै चासो नराख्ने मेरी स्वास्नी को मनपर्ने गीत ”भिज्यो सिरानी रातमा तिम्रो यादमा.....” भन्ने गीत भयो । विचार गंरे पिडामा मान्छे ले भगवान को साहारा त लिन्छ नै पिडा अभिब्यक्त गर्न गीत को पनि साहारा लिँदो रहेछ! नेपाल फर्कने सम्भावना पनि छैन किनकि पैसाले पनि पुगेको छैन । आर्कोकुरा कागज पनि भएको छैन । सबै कामनसकी फर्कने कुरा पनि आएन । चुपचाप पिडा सहेर कागज कुर्नु र पैसा कमाउदै जानुबाहेक अर्को उपाए पनि थिएन । अमेरिका बाट पैसा कमाएर नेपाल फर्किन्छु भन्ने पनि हरेक नेपालीको मुखमा छ तर पुराहुन सम्भब छैन । फर्किने सकेपनि फेरी केटा केटी को भविस्यको कुरा आउँछ । नेपाल मा केटाकेटी पढाएर के गर्ने आफूजस्तै बेरोजगार बनाउनु बाहेक के छ र? फेरी पढेर पनि कहिले सकिनेहो? सधै नेपाल बन्द हड्ताल बाहेक के नै छ र । आदी ईतादी कुरा मात्र मनमा खेल्न थाले । देश फर्कने परिवार संग बस्ने संभवाना देख्न सकिन । आमा बुवाको विचार फरक छ । छोरा देश फर्कोस । देश मै बसोस । तर प्रसस्त आर्थिक उन्नति बिना त्यो पनि सम्भव थिएन । कतै बाट पनि हामीजस्ता गरिब को जिन्दगीमा सुख थिएन । छोराको सर सन्तान नै देश बाट पलाएन हुने भयो भन्ने थाहा हुँदा हुदै पनि आमा बुवाले छुरा छोरी ल्याउने स्वीकृति दिनु भो । किनकी म अमेरिकामा एक्लै भएकोले । छोरा पछी नाती नातिना लाई बिदा गर्ने पिडा पनि सहनु पर्ने भो आमा बुवाले । उनीहरुलाई यो पिडा धेरै कठिन हुन्छ भन्ने मलाई थाहा थियो । छोरा ले केहि पाउँछ । नाती नातिनाको भबिस्य उज्वल हुन्छ भनेर यो निर्णय पनि गर्नु भयो । अमेरिका मा हरेक चिज मा लाईन छ हामी आतिएर के गर्ने । कागज आउन पनि धेरै समय लाग्यो । सोचे को भन्दा धेरै बढी । पर्खेर बस्दा बस्दा आँखा पनि धमिला भैसके । यो मनलाई पत्यार लाग्न पनि छोड्न थाल्यो । बिछोड पनि अतिनै कठोर हुदै जान थाल्यो । न म नेपाल जान नै पाउछु न परिवार ल्याउन पाउँछु? न त पैसाले नै पुग्छ र सबै छोडेर नेपाल जान सक्छु ? बसाई झन् कठोर बन्दै गयो । धेरै दशैं तिहार चाडपर्व काम गरेरै बिते । चाड पर्वमा फोन गर्नु आफुले मन दुखाउनु परिवारको रुन्चे आवाज सुन्नु मात्र कति बर्ष सम्म ? यो जिन्दगी को परिभाषा पनि बेग्लै हुनथाल्यो । कति आफन्तका बिवाह, ब्रतबन्ध, नुवारण जस्ता खुसीका अबसरमा सम्लंग्न हुनसकिन । कसैको दुख मा सहयोग गर्न सकिन । कति आफ्नालाई भेट्ने रहर हुदा हुदै संसारै छोडेर गए । येस्ता हजारौं पीडाहरु बोकेर पनि मान्छे ले पैसाको आश छोड्न सक्दो रहेनछ। म जस्ता मान्छे को जुनी भन्दा अमेरिकामा जनावरको जुनी राम्रो लाग्न थाल्यो मलाई । तिनलाई जन्म थलो र आफन्त बाट छुटेर त बस्न पर्दैन । यस्तै पर्खाइका ती पीडादायक पल पलहरु काट्दै जिबन काट्न बाध्य छु पर्खनु बाहेक कुनै अर्को उपाए मनमा आउन सकेन । सोमबार मन नलाग्दा नलाग्दै पनि मेल बक्स खोलें । यु. येस. इमिग्रेसंको चिठी देख्दा जस्किये । अचम्म को कुरा भयो । क्रमस....
Rudramati · Jan 21, 2014 4:34 PM
.
KaliKoPoi · Jan 23, 2014 1:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion