Rudramati
Replies to this thread:
More by Rudramati
What people are reading
Subscribers
Please log in to subscribe to Rudramati's postings.
:: Subscribe
|
|
[VIEWED 4846
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rudramati
Please log in to subscribe to Rudramati's postings.
Posted on 05-23-13 12:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लेखक : सुबिन भट्टराई
source: www.ekantipur.com/kantipur/news/news-detail.php
बूढीका आँखा त्यसैकी बुहारीले सधैँ बुनिरहने सुइटरको काँटाले रोपिदिनू जस्तो लाग्छ । हेर्न पनि सधैँ एकनाशले आफ्ना आँखाका नानीसमेत नहल्लाई सुइरोले झैँ हेर्छे । बर्षौदेखि आफ्नो घरको बार्दलीबाट मेरो आँगनमै एकनाशले हेरिरहनु नै उसको दिनचर्या बनेको छ । म कलेज जाने बेलामा हेर्छे । कलेजबाट फर्केर आएपछि पनि हेर्छे । भित्र पस्दा हेरिरहेकी हुन्छे । बाहिर निस्किँदा हेरिरहेकी हुन्छे । बूढीको घर र मेरो घर ठ्याक्कै आमनेसामने छ ।
'टाढै बाबू ?' देखेसम्म हरेकपल्ट बूढी मलाई जानेबेलामा एकपल्ट यो सोधेरै छाड्छे ।
त्यसैले मलाई भरसक बूढी नभएको मौकामा मात्र घरबाट बाहिर निस्किन मन लाग्छ । तर बूढीको स्वभाव कस्तो भने ऊ घरी घरी मात्र आफ्नो बार्दली छाड्छे । चिया र फलफूलसम्म त ऊ बार्दलीमै बसेर खान्छेे । त्योभन्दा माथ्लो स्तरको खानेकुरामात्र भित्र पसेर खान्छे । मलाई लाग्छ, बुहारीले बाहिरै ल्याइदिए ऊ खुसीखुसी मेरै घरतिरै हेर्दै हसुर्दी हो ।
अतः प्रत्येकपल्ट आफ्नो घरबाट बाहिर निस्कने बेला बूढीले गर्ने प्रश्न सुनेर मेरो रगत उम्लिन्छ ।' घरमा कोही आउनै हुँदैन । 'को आ'को बाबु ?' भनेर सोध्छे । एकपल्ट 'तलाइँ के चासो बूढी ?' भन्ने जवाफ फर्काउन मन लाग्छ । तर म सामाजिक हुनुको ढोङ्ग गर्दै लुत्रुक्क परेर नाटकीय आवाजमा सही सही जवाफ दिन्छु । अनि एकपल्ट आफैँले आफैँलाई कायर भनेर उक्साउँछु । तर त्यो स्व-उक्साहट मेरो सामाजिक हुनुको अभिनयसँग पराजित अनुभव गर्छ । र म बूढीलाई एउटा तिरस्कारको हेराइ हेरेर काम चलाउँछु ।
लाग्छ, उसलाई मेरो आँगनमा म कतिबेला निस्किन्छु भनेर प्रतीक्षा नै रहेको हुन्छ । दाँत मोल्ने बेलामा मलाई आँगनमा निस्केर टहल्दै दाँत मोल्नुपर्छ । बूढी, त्यतिबेला पनि आफ्नो बार्दलीमा भएको कुर्सीमा बसेर मैले दाँत मोल्दै गरेको एकटकले हेरिरहन्छे । मुखभरि थुपि्रएको मञ्जनले बूढीको मुखैमा थुकिदिउँ पनि लाग्छ ।
मलाई कुनै कोणबाट मन पर्दैन बूढी । बूढीको त्यस्तो बानी देखेर होला मलाई समस्त बूढाबूढीको जातप्रति नै घृणा लाग्न थालेको छ । कस्तो चासो राख्नुपरेको अर्काको कुरामा ?
एकदिन त बूढीले हद नै गरी । सधैँ कलेज जाँदा गेटबाट बाहिर निस्केर म पश्चिमतर्फको बाटो लाग्थेँ । त्यो दिन पूर्वपट्टकिो बाटोमा घर भएको एकजना परिचितलाई भेटेरै जानुपर्ने काम थियो । निस्कने बेलामा बूढी मलाई हेरिरहेकी थिई । सधैँझैँ 'टाढै बाबू ?' भन्ने प्रश्न सोधी । मैले आंशिक झर्किँदै सीधा जवाफ दिएँ । तर म पूर्वतिर किन लागेँ, यो बूढीले सोधिन । यस्तो पनि भएको थियो, बूढीले त्यो प्रश्न सोध्न नभ्याओस् भनेर हतार हतार म त्यो बाटोतर्फ दौडिसकेको थिएँ ।
धन्न ! यो कुराको स्पष्टीकरण बूढीलाई दिनुपरेन । मन ढुक्क थियो ।
तर बेलुकी र्फकँदा बूढी उस्तै पोजमा बार्दलीमा बसिरहेको फेला परी ।
'आज किन यताबाट नगएर उताबाट बाबु ?' सोध्न भ्याइहाली । कन्सिरी तात्यो । दिनभरि यै सोध्न पर्खेर बसेजस्तो गरेर बूढीले मलाई यो सोधी । एकपल्ट गएर बूढीको जगल्टा उखेल्नुजस्तै लाग्यो । तर रिसले म नसुन्याझैँ गरेर छिटोछिटो आफ्नो घरभित्र छिरेँ ।
अब बूढीले गाउँ हल्लाउँदी हो । 'फलानाको छोरो आजकाल बोल्दा पनि नबोली हिँड्छ ।'
एकपल्ट त्यस्तै भएको थियो । बूढीको हरेक प्रश्नको उत्तर दिँदादिँदा हैरान भइसकेको म, एक दिन नबोली हिँडिँदिएको थिएँ । भोलि, पर्सिपल्ट गाउँमा फलानाको छोरो ठूलो भो रे भन्ने हल्ला व्याप्त । घरका सदस्यले मलाई गाली गरेपछि पो थाहा पाएँ ।
'कसैसँग बोल्दिँदा तँ ठूलो हुन्छस् ?'
म के भनूँ ? त्यो बूढीसँग अरू बेला बोलेकै छु नि ! एकैपल्ट नबोलेको त हुँ !
घरी घरी त्यो बार्दलीमा बूढी नहँुदा मलाई विछट्ट आनन्द लाग्छ । आँगनमा गएर खेलूँ खेलूँ लाग्छ । कुटायममा भए पनि ब्रस गर्न मन लाग्छ । हावाको स्वाद लिन मन लाग्छ ।
तर हतपत बूढी मलाई त्यो सुख दिन कहाँ तयार देखिन्छे ?
उसलाई त आफ्नो बार्दलीमा तैनाथ रहेर मेरो सम्पूर्ण गतिविधिमाथि चियो राख्नु छ । म कहाँ जान्छु ? कुन बाटो जान्छु ? किन जान्छु ? उसलाई सब चाहिन्छ । ऊ आफ्नी बुहारीसँग बाझ्दा 'म कान नसुन्नेलाई...,' वा 'म आँखा नदेख्नेलाई...' भनेको म आफ्नो आँगनबाट सुनिरहेको हुन्छु । तर उसका आँखा चुस्त छन् मेरो गतिविधि नियाल्न । उसका कान सधैँ सुनिरहन्छन् मेरो घरको गेट बजेको । मेरो घरमा कोको किन आउँछन् बूढी सब जानकारी बरोबर पाई नै रहेकी हुन्छे ।
हो, यसैले त म घृणा गर्छु त्यो बूढीलाई । म मनमनै बूढीलाई निकै सराप्ने गर्छु । 'मर्न नसकेकी बूढी,' 'अलच्छिने...' आदि आदि । साँच्चै म बेला बेलामा बूढी मरेको कल्पना गर्छु । कति आनन्द आउँदो हो ! कति हलुको हुँदो हुँ म त्यस दिन ! वर्षौँदेखि बूढीले भन्दै आएकी छे, 'अब कति नै बाँच्छु र ? डाँडामाथिको घाम ।' हो डाँडामाथिको घाम । तर यस्तो लाग्छ, पश्चिमको डाँडामाथिको घाम नभई पूर्वको डाँडामाथिको घाम हो बूढी । लाग्छ बूढीलाई अझै धेरै बाँच्नु छ । मेरा धेरै गतिविधिहरूको चियो नराखी बूढीलाई मर्नु छैन ।
र बूढी कहिल्यै मर्दिन । न मभित्रको बूढीप्रतिको घृणा नै मर्छ । मर्छ त केवल बूढी मरोस् भन्ने मभित्रको आस ।
बूढीले मेरो अर्थोक केही बिगारिदिएकी छैन जसका लागि म बूढीलाई यतिविधि घृणा गरूँ । मलाई आफूभित्र भएको घृणाको परिमाणदेखि डर लाग्छ कहिलेकाहीं । यो यतिविधि घृणा केको द्योतक हो ? कोही कसैलाई यतिविधि घृणा गर्छ र ? आफैँ पहिल्याउन असमर्थ छु । यसर्थ मेरो मनको एउटा कुनोमा बूढीप्रति भएको यो भावप्रति म कहिलेकाहीं स्वयम् क्षुब्ध हुन्छु । यो के ? कतै म ठूलो पाप त गरिरहेको छैन ? बूढाबूढीलाई कत्रो सम्मान दिने गर्छ यो समाज ? देशले नै ज्येष्ठ नागरिक भत्ता दिने गरेको छ । गाडीमा यात्रा गर्दा बूढाबूढी उभिएका छन् भने, जवानहरू जुरुक्क उठेर उनीहरूलाई सिट छाडिदिन्छन् । जता पनि सहुलित, सम्मान र सहयोग पाउँछन् उनीहरू, केवल उनीहरूको उमेरकै कारण । तर म ? म त केवल एकोहोरो घृणा मात्र गरिरहेछु ।
Last edited: 23-May-13 12:30 PM
|
| |
|
|
|
|
Rudramati
Please log in to subscribe to Rudramati's postings.
Posted on 05-23-13 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यो सब सोचिसकेपछि पनि ममा त्यो बूढीप्रतिको धारणामा कुनै परिवर्तन आउँदैन । बूढाबूढीको बुद्धि नष्ट हुँदै जान्छ रे । बुझेको छु । तर पनि मलाई त्यो सत्य बुझेर त्यस बूढीप्रतिको व्यवहारमा कुनै परिवर्तन ल्याउन मन लाग्दैन । 'बूढी चाँडोभन्दा चाँडो मरोस्,' मनमा यही भाव निरन्तर विद्यमान छ ।
बूढी दिन बिराएर मेरो घरमा पनि आउँछे । नआओस् पनि किन ? गुलियो चिया खान पाउँछे । पाक्दै गरेको तरकारी र अचार चाख्न पाउँछे । बूढीकै भाषामा भन्दा 'उसकी बुहारीले बनाएको भन्दा मीठो' खान पाउँछे । तर सबभन्दा ठूलो कुरा बुहारीका बद्ख्वाइँ गर्न पाउँछे । खूब दोस्ती छ बूढीको मेरा घरका महिला सदस्यसँग । दोस्ती नहोस् पनि किन ? बूढीले आफ्नी बुहारीलाई तथानाम गर्दा आगोमा घ्यू थप्ने काम गर्न जो पाइन्छ !
तर पुरुष सदस्य कोही पनि बूढीलाई फुटेका आँखाले देख्न सक्तैनन् । भाउजूहरू बूढीलाई मज्जैले उकासिदिन्छन्, 'हजुर त साख्यै हाम्रै आमाजस्तै लाग्छ । एकदिन आउनुभएन भने पनि कस्तो शून्य लाग्छ !'
अनि निस्कने बेलामा सबैजनाजसोको कोठा कोठामा पस्दै 'गएँ है बाबु,' वा 'गएँ है नानू' भन्दै चियो गर्ने निहुँले संस्कारी हुनुको ढोङ्ग गर्छे । म सकेसम्म बूढीलाई मेरो कोठामा नपसोस् र चियो गर्ने अवसर ननिक्लोस् भन्ने हेतुले बूढी आफ्नो कोठामा आउँदै गरेको भेउ पाउनासाथ ट्वाइलेटतिर लस्किहाल्छु ।
lll
.....र एकदिन बूढी मर्छे । यता धेरैदिनदेखि बूढी अस्वस्थ थिई । बूढीलाई दम थियो रे । गाउँघरतिरको हल्ला । बूढीलाई वीर हस्पिटलमा आईसीयू मा भर्नै गरिएको थियो । टोलछिमेकका सबैजसो बूढीलाई हेर्न गइरहेको चर्चा भने म निरन्तर सुनिरहेको थिएँ । मलाई लागिरहेथ्यो, बूढीले चाहिने भन्दा बढ्तै सहानुभूति पाइरहेकी छे । मेरा घरका पनि सबै सदस्य लावालस्कर लागेर फलफूल, हर्लिक्स आदि बोकेर गएको म जानकारी पाइरहेको थिएँ ।
'तँ पनि जा एकपल्ट, अब अन्तिमैजस्तो छ । फेरि देख्न नपाउलास् !' एकपल्ट मलाई पनि यसो भनियो । म भने यता नभएको एक्जाम तेस्र्याएर आफू बेफुर्सदी भएको बताइरहेको थिएँ ।
'फेरि देख्न नपाउलास् ।' आहा ! यो सुनेर चैँ मनमनै रमाएँ । कति आनन्द हुन्थ्यो होला बूढीलाई फेरि देख्न नपाए । उसै पनि बूढी हस्पिटलाइज भएदेखि मलाई मेरो घरको आँगन १९४७ पछिको भारतको भूमिझैँ लागिरहेथ्यो ।
'एक्जाम छ' भन्ने कुरा सुनेर चैँ सबै चुप ।
अनि एकदिनमध्ये दिउँसो १२ बजे बूढी खसेको जानकारी घरमा आइपुगेछ ।
मलामी जानुपर्ने भो ।
मलामीचैँ खुरुक्क गइदिएँ । कुनै बहाना बनाइनँ । अबउप्रान्त बूढीको चियो र चासोको झन्झटमा फस्नुपर्नेछैन । अन्तिमै हो ।
सिधै आर्यघाट गएँ । बूढीको दाहसंस्कारको अन्तिम तयारी हुँदै रै'छ । मनमा उमङ्ग थियो । त्यो बाहिर पनि प्रकट होला कि भन्नेमा धेरै नै चनाखो भइरहेँ । अनुहारमा जबरजस्ती गाम्भीर्य सोहोरेर आफूलाई त्यो माहोलमा बस्नयोग्य तुल्याउने प्रत्यत्न गर्दै थिएँ । 'मैले दुःखी हुनैपर्छ, यो दुःखको क्षण हो ।' भनेर आफूलाई भित्रैदेखि दुःखी तुल्याउने चेष्टा गरिरहेको थिएँ ।
केही छिनमा म भित्रैदेखि साँच्चै दुःखी नै पो हुन थालेँ ।
'ज्या ! बूढी मरी त ! कठैबरी च्व च्व !' एकाएक बूढीप्रति सहानुभूति पो आयो है !
म मलामी आएका एक एक मान्छेलाई नियालिरहेको थिएँ । सब दुई वा तीनजनाको समूहमा एकदमै नर्मल भएर कुराकानी गरिरहेका थिए । कोही कोही हाँसिरहेका पनि थिए । बूढीकै छोरा बुहारी पनि आमा/सासू मरेको पीरभन्दा पनि 'काम' सक्नुपर्ने चटारोको पीर बढी लिइरहेका थिए ।
मैले मेरो विगत नियाल्न लागें । यसो सोचिहेर्दा पत्तो लगाएँ, म जीवनमा पहिलोपल्ट मलामी आइरहेको रै'छु । मलाम आउँदा के गर्छन् ? रुनुपर्ने हो कि ! मृतकका नजिकका आफन्तसित कस्तो व्यवहार गर्नुपर्छ ? केही पत्तो थिएन । त्यसैले एक किसिमले रनभुल्लमा परेको थिएँ । एक्लै कुनामा बसिरहेको थिएँ । यसो हेर्दा सब विनोदमा देखिन्थे । मचैं बित्थामा किन नचाहिँदो भावुकता सोहोरेर त्यसलाई मरेको बिरालोझैं काखी च्यापिरहेछु ?
बूढीलाई जलाउन लागियो । दागबत्ती दिइसकेपछि बूढी तिहारमा केटाकेटीले पड्काउने बारुदझैं पट् पट् पडि्कन लागी । कति मीठो आवाज त्यो ।
म 'बूढी मरे पनि हुन्थ्यो,' भनेर सराप्थें । आज साँच्चै बूढी मरी नै । अब बार्दलीमा सुइटर बुन्ने काँटाझैं तीखो दृष्टिले हेर्दै 'टाढै बाबु ?' भनेर सोध्ने आवाजले मलाई हरेक दिन घोच्नेछैन । दिन बिराएर मेरो घरमा गुलियो चिया र पाक्दै/बन्दै गरेको तरकाली/अचार चाख्न र त्योभन्दा बढ्ता चासो राख्ने निहुँले मेरो कोठामा बूढी आउन पाउनेछैन ।
म फेरि फुरुक्क परें । अनि तुरुन्तै आफैंलाई धिक्कारेँ । दुःखी हुनुपर्ने ठाउँमा म किन फुर्केको ? मान्छे मर्या ठाउँ आएर पनि कोही फुर्किन्छ । कसैले नोटिस गर्यो भने ? मलाई गाउँभरि 'पापी, मान्छे मर्दा खुसी हुने' भनेर हल्ला फिजाइनेछ ।
फेरि मनको तर्कनाले कोल्टो फेर्छ । मर्ने बेला भएकी बूढिया मरिन् त के ? मैले मार्या हो र ? भित्रभित्रै खुसी हुन पनि नपाउनु ?
मन यस्तै यस्तै तर्कना गर्दै थियो । बूढीको लास जल्दै थियो । एकपल्ट त्यहाँ भावुक माहोल बन्यो । बुहारीचैं रोइदिइन् । छोरो पनि आँखा पुछ्दै थियो । स्थिति ह्वात्तै मोडियो । अघि विनोदमा भएका सब मलामीहरू नाटकीय पारामा भावुक हुन लागे । म पनि सतर्क भएँ । आँसु ल्याउन सके सायद रोइदिन्थे नै हुँला । तैपनि सक्दो कनी कनी भावुक हुन खोजिरहेको थिएँ । र केहीबेरमै मनस्थितिलाई सन्तुलनमा ल्याउन सफल भएँ पनि । बस्, आँखामा आँसु थिएन । अनुहारमा हुनुपर्ने भाव भने आइसकेको थियो ।
काम सकियो । अब त्यहाँ 'मलामी ख्वाउने' भन्ने चर्चा सुनिन लाग्यो । लौ ! मलाम आएकालाई पनि ख्वाउनुपर्ने अरे ! मान्छे मरेको ठाउँमा पनि कोही खान्छ ? मलामीहरू पनि खान नपाएका झैं गरी ताँती लागेर खान गए ।
'खाइदिनैपर्छ ।' भित्रभित्र खान पाइँदै छ भन्दै फुर्कदै गइरहेका हुँदा हन् । तर मचैं फुत्त एकातिरबाट भागें । त्यस्तो किसिमको माहोलमा मुखमा केही हाल्नै मन लागेन ।
घर आइपुगें । गेट खोलेर भित्र छिर्ने बेलामा बूढीको बार्दलीमा आँखा परिहाल्यो ।
'कता गएर बाबु ?' बूढीले मलाई यो प्रश्न गरेको जस्तो लाग्यो ।
'तपाईंको मलामी गएर आएको ।' मनभित्र यस्तो कुरा फुरेछ । ताज्जुब ! एक्लै हाँसें ।
घरभित्र छिरें । जनै फेरें । नुहाएँ । बाहिर आँगनमा निस्कें । किन किन निस्किउँ निस्किउँ लाग्यो । आँखा बूढीकै बार्दलीमा गएर ठोक्कियो । रित्तो बार्दली । किन किन बूढीको घरको त्यो रित्तो बार्दली देखेर पहिलोपल्ट मजा आएन । शून्य लाग्यो ।
बाहिर निस्केर ब्रस गर्न थालें । हावाको स्वाद अघाउँन्जेल लिन थालें । कति निस्किनु बाहिर ? कसैले भित्र जा भन्दिए हुन्थ्योजस्तो लाग्न थाल्यो ।
अनि निकै दिनपछि मस्तिष्कमा एउटा चेत आयो । बूढीलाई म धेरै घृणा गर्थें । चरम घृणा । त्यसमा पनि एउटा मजा रै'छ । फेरि जीवनको उही थोत्रो दर्शनको आत्मबोध हुन्छ । बूढी थिई । घृणा थियो । मजा थिएन । आज बूढी छैन । घृणा पनि छैन । र मजा पनि छैन । मेरो जीवनबाट मैले धेरै घृणा गर्ने एउटा मान्छे यस धरतीबाट शून्यमा विलीन भएको छ । प्रेम गर्नलाई मात्र कोही चाहिन्छ र ? घृणा गर्ने कोही भएन भने पनि त जीवन खल्लो हुँदो रहेछ ।
र आजकाल साँच्चै म बूढीलाई खूब मिस गर्न थालेको छु ।
प्रकाशित मिति: २०६९ आश्विन २७ १०:५३
|
| |
|
|
Rudramati
Please log in to subscribe to Rudramati's postings.
Posted on 05-23-13 12:29
PM [Snapshot: 3]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
अनि निकै दिनपछि मस्तिष्कमा एउटा चेत आयो । बूढीलाई म धेरै घृणा गर्थें । चरम घृणा । त्यसमा पनि एउटा मजा रै'छ । फेरि जीवनको उही थोत्रो दर्शनको आत्मबोध हुन्छ । बूढी थिई । घृणा थियो । मजा थिएन । आज बूढी छैन । घृणा पनि छैन । र मजा पनि छैन । मेरो जीवनबाट मैले धेरै घृणा गर्ने एउटा मान्छे यस धरतीबाट शून्यमा विलीन भएको छ । प्रेम गर्नलाई मात्र कोही चाहिन्छ र ? घृणा गर्ने कोही भएन भने पनि त जीवन खल्लो हुँदो रहेछ ।
र आजकाल साँच्चै म बूढीलाई खूब मिस गर्न थालेको छु ।
प्रकाशित मिति: २०६९ आश्विन २७ १०:५३
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| TRUMP 2016!!! Here is why? |
| Conservative discussions |
| Ushering in new era of communism ... |
| Kamala Devi Harris chosen as Biden Running Mate |
| Supporting issues on principle instead of blind brainwashed support |
| Trump is a winner |
| BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!! |
| Leftist mobs and gangster harrasing |
| Michael Kobold's expose on Nimsdai Purja |
| Example of how media controls the sheeps |
| Democrats cannot think for themselves |
| If you are mad at Elon and DOGE.. |
| Dufferent types of people who hate Trump |
| Follow and obey the news you see on TV 100% |
|
| ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA |
| TRUMP 2016!!! Here is why? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|