अधुरो प्रेम
आज दशैँको दिन | मनमा आक्रोश थियो | म किन एक्लै छु ? मेरो निधार किन रितो छ? मेरो जिन्दगीमा मैले सोचे अनुसार सफलता हासिल गरे पनि म किन खुशी छैन ? यी प्रस्नहरुले आज अचानक मनमा उठ्यो | शायद परिवारसंगको दूरी ले होला भने, जीवन साथी को कमि ले होला भनी आफ्नो मनलाई शान्त पारे | आजको दिन फेसबुक नखोली बिताई दिने अठोट गरे | दशैँ भनेर तर कर्मभूमिमा कसले बिदा दिन्छ र ? एउटा मशिन सरह बिहान उठेर फेरी त्यही काम तिर लागे | बेलुकी चाही एउटा नेपाली संगठनले आयोजना गरेको कार्यक्रममा गए | त्यहाँ टिका, जल पान र नाच गानका कार्यक्रमहरु थियो | सब नेपालीहरु रमाएको देखेर मन अलि हल्का भयो | तर खोइ मनले के खोजेको हो मैले चित्त बुझाउन सकिन | त्यतिकै मेरो आँखा अचानक एउटा स्त्री माथि पर्यो | उनि अरु कोइ हैन मेरो पुरानो मित्र निशा थिई |
निशा र म बिच निकै गहिरो सम्बन्ध थियो | हामीहरु जिन्दगीको एस्तो मोडमा भेट भएको थियो जब हामी दुवै जना आफ्नो पहिचान बनाउन लागि रहेको थियो | कक्षामा दुवै जनाको बिच प्रतिस्पर्धा जति भए पनि हामीहरु बाहिर एक अर्का प्रति सम्मानको भावाना साथ हेर्ने गर्थियौ | इन्ज़िनेरिंग पढ्नेमा केटी मान्छे हुन त कलेजमा धेरै थिएन तर भएका मध्ये मलाई उनी सब भन्दा राम्री लागथियो | म उनको आत्म विश्वास र लगनसिलता देखि निकै प्रभाववित थिए | शायद उनको यही विशेषताका कारण कलेजका केटा साथीहरुले उनलाई प्रेम प्रस्ताब राख्न हिम्मत गरेको थिएन |
मलाई हाम्रो मित्रता प्रति गौरव थियो | संसारका जुन सुकै चिजको पनि हामी लामो गफ गर्न सक्थियो र अन्त्यमा त्यो गफको निस्कर्षमा केही उपलब्दी हासिल हुन्थियो | यीनै गफहरु बिच मलाई डुब्न रमाइलो लाग्थियो | कहिलेकाही घन्टौ हाम्रो गफ फोनमा चल्थियो | तर हाम्रो मित्रता मित्रतामै सिमित रह्यो | हामी मध्ये कसैले पनि यो सिमाना नाग्न कोसिश गरेन | शायद यो मित्रता प्रतिको माया ले होला | अर्को जात को नि कुरा आयो | आफु पर्यो नेवार र उनि बाहुन | हुन त मलाई यो चिज ले केहि फरक परदैन थियो | तर मैले बुझे अनुसार उनको परीवार अलि पुरानो विचार धाराकै थिए |
एक चोटी प्रेम र बिवाहको विषयमा गफ हुदा उनले भने म त्यही केटासंग बिवाह गर्छु जो तिमीले मलाई रोजी दिन्छौ | म यो कुरा सुनेर हर्सोलास भए | मलाई लाग्थियो उनि मेरै लागि बनेको थिई | एक दिन आयो र उनले भने वासुदेव मेरो घरमा दुईटा रिस्ता को कुरा चली रहेको छ | यी मध्ये तिमी जो संग भन्छौ म उहीसंग जान्छु | यो कुरा सुनेर म निकै दुखित भए | उनले आफ्नो लिस्टमा मेरो नाम राखेको रहेन छ | मैले जसले तिमीलाई खुसि राखछ जस्तो लाग्छ उही रोज्नु भने उत्तर दिए | म यो उत्तर को लागि आज नि आफुलाई दोषी मान्छु |
मलाई यो वेदना खपी नसक्नु थियो | मैले उनको बिवाहमा कुनै प्रकारको सहभाग्यता जनाएन | मेरो सब साथीहरु उनको यो नया सफरमा सामिल भए तर म भने सधाको लागि एक्लिए | म मन मनै धेरै रोए | त्यति खेरै हाम्रो पढाई नि समाप्त भयो | उनले मलाई एक दुइ चोटी फोन पनि गरेको थियो | तर मैले त्यो उठाउने साहास गरेन | छ महिना पछि उनि अमेरिका गएको खबर पाए | म भने खोसिएको साथी को तलाशमा अझै अल्झी बसे |