[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तीज बहिष्कार ?
[VIEWED 16216 TIMES]
SAVE! for ease of future access.
Posted on 09-19-12 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तीज बहिष्कार ?

 
(14 Votes)
सौरभ

१२

 
 
'अहिलेसम्म तीजलाई नेपाली महिलाले मात्र मनाउने पर्व मान्दै आएको थिएँ । बल्ल तत्त्वज्ञान भयो । म कुवाको भ्यागुतो रहेछु ।' २७ भदौको कान्तिपुरको अंकमा एक पाठकको पत्र पढेपछि केही लेख्नुपर्ने हुनगयो । त्यसमाथि 'राई' थर भएको पात्रले नै लेखेपछि अरू जरूरी भयो । नेपालमा हिन्दुकरण भयो र हिन्दुकरण भयो भनेर पश्चिमाहरूले आफ्नो स्वार्थपूर्ति गर्न अनावश्यक नारा उरालिरहेका बेला -१) यो कसरी करिब-करिब राईहरूको मात्रै परम्पराको रूपान्तरित चाड हो र (२) दशैं बहिष्कारको जवाफ तीज बहिष्कारले किन नदिने ? भन्ने यी दुइटा कुरा अगाडि राख्नु यस लेखको उद्देश्य हो ।

पहिलो

दर खानबाट तीज सुरू हुन्छ । दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो । दरको खास अर्थ यही हो । जसरी महमा बनाएको तिलको धूलोमात्र हलुवा हो, मूल अरेबिक हो । काँक्रो -कुकुमिस स्याटिभस) लाई भाभिलोभले चीनको मानेका छन्, भारतको होइन (र नेपालको सबैभन्दा पुरानो उल्लेख सन् १३८१ को हो, अमरकोशलाई नेपालकै मान्ने हो भने आठौं शताब्दीसम्ममा पुग्छ) ।

दोस्रो

९९ प्रतिशत क्यालेन्डरमा एक सय एक संस्कृतबाजहरूले हरितालिका लेख्दै आएका छन् । तर यो हरि -विष्णु) को नाममा हुने चाड होइन, हर -शिव) को नाममा हुने हो, जसलाई किराँतेश्वर भनिन्छ । यसैले हरहर महादेव भनिन्छ, हरिहरि महादेव होइन । भारतरत्न प्राप्त पीबी काणेले समेत मूर्तिमा हरिताल दलेर मनाउने भएकाले हरितालिका भएको हुनुपर्छ भनेका छन् । तर हरिताल -आर्सेनिक कम्पाउन्ड) मन्द विष हो । देवताको मूर्तिमा कसैले विष दल्ने प्रसंगै हुँदैन । न बृहत् नेपाली कोशकारले भनेजस्तो हरितालबाट हडताल आउँछ । तालिका -वरिपरि ताली बजाउँदै घुमेर नाच्नु) बाटै आउँछ । यो पाखुरामा पाखुरा बाँधेर पंक्तिबद्ध भई पहाडी इलाकामा हुने नृत्यशैलीकै रूपान्तरण हो ।

तेस्रो

त्यसको पर्सिपल्ट बिहानबाट स्पष्ट रूपमा किराँत मोड देखापर्छ । जब व्रत बस्नेले कर्कलो गुवा खान्छन् । नभन्दै चाम्लिङ राई परम्परा भन्छ- देउता पारूहाङले पृथ्वीमा खडेरी निम्त्याउनु अघि कर्कलोमा शुक्रकीट छोडे । पार्वती -नायिमा) ले तिर्खाले आकुल भएर त्यो पिइन्, गर्भवती भइन् र मानवको उत्पत्ति भयो । कुलुङ राई परम्परा भन्दछ- पारूहाङले खडेरी ल्याउनुपूर्व कर्कलोमा शुक्रकीट छोडे । निनामरिम्दुले पिइन् र यसरी मानवको सृष्टि सुरू भयो । त्यो बेलाका परिकल्पनाको कर्कलो पहाडी वन कर्कलो

-क्यालोक्यासिया एफिनिस) हो, जबसम्म सुदूर पूर्वेसिया, मलेसिया विशेषबाट अहिलेको खान सजिलो हुने कर्कलो -क्यालोक्यासिया एस्कोलेन्टा) भित्रिएन । -म्लेच्छ शब्द केही मेचेहरूले लेखेजस्तो उनीहरूका निम्ति होइन, मलायाका निम्ति प्रयोग हुन्छ, जसरी यवन गि्रसको आयोनियनहरूका निम्ति र असुर शब्द एसेरियन अर्थात् वर्तमान सिरियनहरूका निम्ति) । नभन्दै गुरूङ परम्परामा शिव-पार्वतीलाई 'हिउँ केरी कर्कले' भन्छन् नै । हायुहरूलाई कुलपूजामा कर्कलो नै चाहिन्छ ।

चौथो

बिहानै तिनले ३ सय ६५ वटा दतिवन/अपामार्ग -एसिरान्थेस आस्पेरा) ले दाँत माझ्छन् । जिनस एसिरान्थेस अन्तर्गतकै 'एसिरान्थेस आल्वा' चीनमा गर्भाशयको संकुचन गराउनका निम्ति प्रयोग गरिन्छ । अपामार्ग भारतको उत्तर प्रदेशमा गर्भपात गराउन र रक्तस्राव रोक्नका निम्ति प्रयोग हुन्छ । यसैले अपामार्गको अर्थ हो नै 'जन्ममार्ग व्यवस्थित

गर्ने ।' यो दाँत मझाइले ठ्याक्कै मानव सृष्टिसँग सम्बन्ध राख्छ ।

पाँचौं

त्यसपछि तिनले अघ्र्यको पानी -बीज) बगाइसकेपछि, चढाइएको केरामाथि त्यस अघ्र्यलाई घोप्टयाउनुपर्छ -प्रक्रिया) । त्यसो गर्दा दुइटै घुँडा टेकेको -बज्रासन) हुनुपर्छ । यसले पटक-पटक भनिए जस्तो लिंग सम्प्रदाय -फालिक कल्ट) दक्षिण भारतबाट भित्रिएको होइन भनेर स्पष्ट पार्छ । र अतिथि सत्कार गर्दा हुने लिम्बुहरूको आसनसँग ठ्याम्मै मिल्छ, जुन जापानसम्म पुग्छ । तर यसको परम्परागत प्रजाति वनकेरा -म्युसा बाल्बेसियाना) हो, जसमा बीज स्पष्टै छुट्टन्िछ । जुन रामेछापका मगरहरूलाई कुलपूजामा चाहिन्छ । राई, लेप्चा, दनुवार, आठपहरिया, याख्खा, गुरूङ, सुनुवार, थामी सबैलाई विवाह या कुलपूजामा चाहिन्छ, मेचेहरूलाई 'अँठिया'का नाममा विवाहमा

झनै चाहिन्छ, फेरि पारूहाङ र नायिमाकै

कथामा पुग्नेगरी ।

छैटौं

जुन ऋषि पञ्चमीको पूजा हुन्छ, त्यसका दुई स्पष्ट आयाम छन् । आज ऋग्वेदका सात ऋषिको नाम लिइने गरे पनि पञ्चमी पारिएको छ । यो पञ्चमीमा प्याङमा चामल भरेर, सुपारी राखेर पूजा गर्नुपथ्र्याे राणाकाल र त्यसको केही वर्षपछिसम्म पनि । यो प्याङ बन्थ्यो, पाटनको प्याङ गाउँमा । प्याङ शब्द बन्दछ, पर्‍याङ नाउँको मालिंगो -ड्रेपानोस्टासियम हुकेरियानम) बाट, जुन राईहरूको शब्द हो । यसैबाट बनाइन्छ पेरूंगो, जुन प्वाल परेको हुन्छ । तर चोया बाँस -बाम्बुसा बाम्बोज) बाट जुन भाँडा बन्न थाल्यो, त्यसलाई पनि नाम दिइयो पर्‍याङ, जो पछि प्याङ बन्न पुग्यो -जापानमा प्याङलाई भनिने फुगरो धेरै मिल्छ पेरूंगोसँग) । यसैले बरू प्याङ गाउँको गहिरो अध्ययनले त्यसलाई राईगाउँ देखाउन

पनि सक्छ ।

सातौं

अर्काे आयाम हो, सुपारी । हिजो सुपारीका ठाउँमा ओखरपाङ्ग्रो -इन्टाडा फासेलोइडस) हुन्थ्यो भन्ने बलियो संकेत मिल्छ । ओखरपाङ्ग्रोका दुवै प्रमुख जात -फासेलोइडस र पर्साइथा) दुवै पूर्वी नेपालमा मात्र पाइन्छन् । जिरेल र अरू धेरैमा पारपाचुके गर्न ओखरपाङ्ग्रो फुटाल्नुपर्छको अर्थ हो, यो परस्पर सम्बन्धको प्रतीक हो । पूर्वी हिमाली ग्रामदेव पाङ हुन् नै । र नै पाङ्ग्रो भएको हो । मेवाहाङ राईको निम्ति त सांस्कृतिक हो नै, थुलुङ राईले देउस्थानको रूपमा यसको बोटलाई मान्छन्, दुमी राईले चिहानमा राख्छन्, गुरूङले पनि अन्तिम संस्कारमा फुटाल्छन्, लिम्बुले चिहानबाट सातो फर्किनबाट रोक्नलाई प्रयोग गर्छन् ।

एसिया माइनरबाट भाङको प्रवेश हुनुअघि सम्भवतः यसको ठूलो अर्थ थियो । किनभने यो हल्का लाग्ने विषालु महादेव बुटी पनि हो । पञ्चमीमा सम्बन्ध प्रतीक पाङ्ग्रोको प्रयोग आदियुगको बहुपति प्रथा -आजको अर्थमा हिमालयन पलियान्ड्री) को संकेत हो । र हिमरेखाको ठीक तलमात्रै यो चलन थियो भन्ने होइन, महाभारतको पाञ्चाल -द्रौपदीको देश) ठीक हाम्रो पश्चिमी तराईको सीमापारि पर्छ, जुन 'पलियान्ड्री'को अन्तिम अवशेष देखिने डोल्पाको करिब-करिब अक्षांशमै छ ।

आठौं

पञ्चमीका महिलाहरू छोइनसक्नुका हुन्छन् भन्ने भनाइ नै छ । त्यसको अर्थ हो, त्यो दिन अश्लील बोल्न पनि उनीहरूलाई छुट हुन्छ । र अश्लीलताको हद नेवारहरूको गथामुगमा देखिन्छ, शेर्पाहरूको दुम्जी चाडमा देखिन्छ, थकालीहरूको फालयात्रा/चौंरीयात्राका बेला देखिन्छ, गुरूङहरूको टोंटेका बेला देखिन्छ । र यी पाँचवटै प्रथा जेठदेखि भदौसम्म पर्छन् । स्रोत एउटै हो, हिमाली हो भन्ने स्पष्टै छ । ओखरपाङ्ग्रोको फूल वैशाख-जेठमै फुल्छ । पाँच पत्र नै हुन्छन्, फूलका । चाड पर्ने बेलामा फूल नहुने भएपछि फल प्रयोग गर्नैपर्‍यो

-र त्यसको लगभग १० महिनापछिको फागुन

कुनै बेला धेरैजसो नेपाली शिशुहरू जन्मिने

महिना पनि हो) ।

नवौं

नेवारहरू फुली लाउँदैनन् र तीज मान्दैनन् भनेजस्तो ब्राऽमण-क्षत्रीहरू ठान्छन् । फुली पक्कै लगाउँदैनन् । किनभने त्यो मुगल प्रभाव हो । तर ऋषि पञ्चमीलाई नेवारीमा कोखजा बिये भन्छन् । र त्यो दिन उनीहरूलाई बुँसाकी -क्यालोक्यासिया एफिनिसको गानो) चाहिन्छ र बिहामा पनि

-स्वर्गीय कान्छा मालाकार) । यसको अर्थ

कोखपूजा हो । र कोखपूजामाथि लिम्बुहरूको

ठेली पुस्तक नै छ ।

र लिम्बु कोखपूजा 'साम्माक चोमेन' तीन दिन तीन रातको हुन्छ, जुन ठ्याक्कै तीजको खास समयावधि हो ।

अन्त्यमा,

माथिका हरफहरू पढेपछि केहीले तीज त एलम्बरहरूले चलाएका रहेछन्, नत्र कसरी उपत्यकामा राई-लिम्बु परम्परा ? भन्न सक्नेछन्, जुन यथार्थ होइन । इन्द्रकमल फूल -गार्डेनिया जास्मिनइडस) लाई नेवारीमा येलामखु स्वाँ

भन्छन् । झट्ट सुन्दा देशेमरू झ्या भनेजस्तो 'पाटनमा नभएको फूल' भन्ने मोटो अर्थ लाग्न जान्छ । तर यो मखु शब्द कोपिलाबोधक संस्कृत मुकुलको रूपान्तरण हो । अर्थात् नेवारीमा येलाको अर्थ इन्द्र नै हो । त्यसैगरी काठमाडौंलाई भनिने यें पनि इन्द्रबोधक नै हो । यङ्गलमा परेको ग्लको अर्थ देउता हो भन्ने मेरी स्लसरको भनाइ मान्ने हो भने यङ्गलको अर्थ इन्द्रदेवता नै हुन्छ । यम्बुको अर्थ इन्द्रको खेत भन्ने नै मोटो अर्थ हुन्छ ।

इन्द्रजात्रा जुन दिन सकिन्छ, त्यसलाई यँयापुन्ही नै भनिन्छ, नेवारीमा । पाटनमा मत्स्य+इन्द्रनाथ र काठमाडौंमा सेतो+इन्द्रनाथ छन् पनि, नकि भक्तपुरमा । र नभन्दै चिनियाँहरूले नेपाललाई दिएको पुरानो नाम चिपिनको अर्थ इन्द्रकिल हो । इन्द्रकिलको अर्थ हो, कमल । उपत्यका दह थियो । र त्यहाँ कमल फुल्थ्यो भन्ने कथामा यो आधारित छ, जुन विष्णु -इन्द्र) को नाइटोबाट निस्किएको कथाचाहिँ सनातन हो । र यसै कमलको उपस्थितिलाई बौद्ध परम्पराले पछिबाट आफ्नो कथामा रूपान्तरण गरेको मात्र हो । तर बौद्ध कमल निम्फ्या लोटस होइन । कनिष्कले २१ सय वर्षअघि लाहोरमा गरेको प्रथम बौद्ध सम्मेलनले सद्धर्म पुण्डरिक सूत्रको निर्माण गरेपछि अपनाइएको पुण्डरिक/सेतो कमल -निम्पिmया आल्वा) हो, नकि पलेस्वाँ । हामीले प्रयोग गर्ने गरेको प्राचीन, अर्वाचीन शब्दहरू मूलमा चीनकै निम्ति हुन् पनि, नकि भारत वा अन्य कुनै देशका निम्ति । यसर्थ आफूभन्दा पुरानोले दिएको सम्बोधनको पनि सार त हुन्छ नै ।

इन्द्र छोट्टएिर यें कसरी बन्न सक्छ ? भन्ने जिज्ञासा पनि हुनसक्छ । मानदेवको बेला -पाँचौं शताब्दी) मा प्रयुक्त उत्पलिनी फूल -नीरकमल) सत्रौं शताब्दीमा आइपुग्दा छोट्टएिर उफो हुन पुगेको छ । १२ सय वर्षमा साढे तीन अक्षर खिइएका छन् । आज तुण्डी -वाण) खेलिने -खेल) ठाउँबाट टुँडिखेल भएको देखी त्रिरत्नख्योलबाट भएको -धुस्वाँ) सम्मको अर्थ भएको छ । तर पूर्वी ढोका रहेको ठाउँमा कुनै बेला शाश्वत बज्र बज्राचार्यले बनाएको द्रोणी -धारा) को द्रो बदलिएर टुँ भएको हो, खेलको अर्थ त चौर हो नै । नभन्दै अहिले चक्रपथ बाहिर रहेका बीस-पचीसवटा मल्लकालीन लाग्ने रित्ता ढुंगे ट्यांकीहरूको नेवारी नाम हो नै 'जेटंु', जो संस्कृत जलद्रोणी शब्द खिइएर बन्दछ । यसैले जनजिब्रोमै अक्षर खिइने क्रमले देखाउँछ, त्यो कति पुरानो भाषा हो । इन्द्रलाई यलेे -यरुइन्द्र, लेरुदेउता) हुँदै यें बन्न हजार वर्ष लाग्यो होला । तर त्यसको शुद्ध रूपको थालनी त पानी जहिलेदेखि बगेर गयो, उहिल्यैदेखि भयो । नबग्नु अघिकै जस्तो लाग्ने चिनियाँ नामले यही संकेत गर्छ ।

फेरि अन्त्यमा,

शीर्षक र पहिलो हरफमा तीज बहिष्कार ? भन्ने वाक्यांश परेको भए पनि रमाइलोका निम्ति लेखिएको हो । कोही साम्प्रदायिकहरूले देशका चालचलन, परम्परा बहिष्कार गरे भनेर त्यही सिको गर्ने होइन । हामीले तिनलाई होइन, ध्यानबहादुर राई र बलबहादुर राईहरू जस्तालाई सम्झेर भारतको दक्षिणसम्म फैलिएको यो विशुद्ध नेपाली चाड मनाउने हो, अरू धुमधामसँग र अरू गौरवका साथ । पाठक राईले हीनताबोध गर्नु पर्दैन, गौरव गरे हुन्छ ।

 

 
Posted on 09-19-12 11:22 AM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 भ्रमित कुरा र कथ्यमा आधारित

सौरभको 'तीज बहिष्कार ?' सोमबार प्रकाशित लेख अनुसन्धानात्मकजस्तो भए पनि ७ औं र ९ औं बुँदामा लिम्बु समुदायसंग सम्बन्धित विषय गलत छ । ७ औं बँुदामा लिम्बुले चिहानबाट सातो -जिउँदो वा मृत्युपछिको आत्मा) फर्किनबाट रोक्नलाई ओखरपाङ्ग्रा प्रयोग गर्छन् भनिएको छ । लिम्बुले मृत्यु संस्कारमा चिहानबाट सातो रोक्ने चलन नभई सातोलाई सेतो कपडा र काँसको थालमा पाको उमेरका महिलालाई चिहानको विपरीत दिशामा उभ्याई पछाडिपट्टबिाट लास पुर्ने समयमा लासको विभिन्न अंग -काखी, कान, पैतला, हातका पञ्जा आदिबाट) खुकुरीले ती अंगहरूलाई छुँदै सातोलाई कपडामा थापिन्छ र पोको पारेर घरमा ल्याई सातो राख्ने स्थान -साम्दाकखोङ) तयार पारेर राखिन्छ । सातो पुर्‍याउने विधि -साम्सामा) नगरेसम्म मृत्यु हुनेको सातो राख्ने स्थानमै विभिन्न खाने परिकारहरू समय-समयमा चढाउने गरिन्छ । ओखरपाङ्ग्रा लिम्बु समुदायमा दैवीप्रकोप, प्राकृतिक विपति, नराम्रो वा प्रेतात्मा रोक्न संस्कारगत विधिमा प्रयोग भए तापनि सातो छेक्नलाई प्रयोग गरिंदैन ।

९ औं बँुदामा लिम्बुको कोख पूजा 'साम्माक चोमेन' नभई साप्पोक चोमेन हो । यो साप्पोक चोमेन तीन दिन तीन रातको हुन्छ, जुन ठयाक्कै तीजको समयावधि हो भनी तीज र लिम्बुको कोख पूजा एउटै हो भनेर भम्र पारिएको छ । लिम्बुको कोख पूजा भनेको विशेषतः छोरीचेली वा बुहारी गर्भधारण भइसकेपछि जन्म दिनुभन्दा अगाडि गर्भमा रहेको शिशुको रक्षा, आमाको शारीरिक सु-स्वास्थ्य र सहज रूपमा शिशुको जन्मका लागि गरिने पूजा अनुष्ठान हो । त्यो पूजा अनुष्ठान तीन दिन तीन रातसम्म गरिंदैन । लिम्बु पुरोहित (फेदाङ्मा) अनुसार मुन्धुम स्तुति गर्नेले केही लामो समय लगाए तापनि समयावधिको कुरा गर्दा तीनदेखि चार घन्टामा यो अनुष्ठान सकिन्छ । लिम्बुको कोख पूजा संस्कार हो भने तीज चार्डपर्व हो । मीठो परिकार खाने, नाच्ने, गाउने र मनोरञ्जनसंग सम्बन्धित भएकोले तीज संस्कृति हो । संस्कार र संस्कृति अलग विषय हुन् । तीज हिन्दु धर्मावलम्बी महिलाहरूको हो भने साप्पोक चोमेन लिम्बु महिलाहरूसंग सम्बन्धित छ । त्यसकारण साप्पोक चोमेन र तीज चाडसंग समयावधि मिल्छ भनेर जे पायो त्यही लेखिहाल्नु विद्धान लेखक सौरभज्यूको धर्म होइन ।

- आइत खजुम -माखक)

 
Posted on 09-19-12 11:46 AM     [Snapshot: 63]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-19-12 12:06 PM     [Snapshot: 108]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baifale  धर्के
 
Posted on 09-19-12 12:30 PM     [Snapshot: 134]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

when asked by foreigner friends about teej, nepalese ladies just know their husband will live longer.

दहीमा काँक्रोको टुक्रा मिसाएपछि जुन खानेकुरा बन्छ, त्यो दर हो । दरको खास अर्थ यही हो | do you know this ladies?

 
Posted on 09-19-12 9:16 PM     [Snapshot: 433]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सबै जना को अफ्नो मान्यता  छन् राई लिम्बु मगर तामांग बाहुन छेत्री नेवार जुसको पनि होस् हामी जुन ठाउँ मा छु तेस लै मान्ने गरेको छु 
के अमेरिका मा क्रिसमस हामी मनाउदै नौ र | तेस्तै हो सबै कुरा जानकारी प्राप्त भयो तेस्को लागि धन्यवाद | तर बहिष्कार भन्ने कुरा येह न गर्नुस संस्कृति कसै को राजनैतिक पेवा होइन टी हाम्रो संस्कृति र सभ्यता हो.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
Does he deserve Noble Peace prize??
Dufferent types of people who hate Trump
Love trumps Hate
Example of how media controls the sheeps
Trump is a winner
Michael Kobold's expose on Nimsdai Purja
Democrats cannot think for themselves
The delusion created by mainstream media is creating fake reality for biden supporters
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Supporting issues on principle instead of blind brainwashed support
The Battle of the Titans
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
If you are mad at Elon and DOGE..
Leftist mobs and gangster harrasing
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Follow and obey the news you see on TV 100%
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters