Posted by: _____ September 19, 2012
तीज बहिष्कार ?
Login in to Rate this Post:     0       ?        
 भ्रमित कुरा र कथ्यमा आधारित

सौरभको 'तीज बहिष्कार ?' सोमबार प्रकाशित लेख अनुसन्धानात्मकजस्तो भए पनि ७ औं र ९ औं बुँदामा लिम्बु समुदायसंग सम्बन्धित विषय गलत छ । ७ औं बँुदामा लिम्बुले चिहानबाट सातो -जिउँदो वा मृत्युपछिको आत्मा) फर्किनबाट रोक्नलाई ओखरपाङ्ग्रा प्रयोग गर्छन् भनिएको छ । लिम्बुले मृत्यु संस्कारमा चिहानबाट सातो रोक्ने चलन नभई सातोलाई सेतो कपडा र काँसको थालमा पाको उमेरका महिलालाई चिहानको विपरीत दिशामा उभ्याई पछाडिपट्टबिाट लास पुर्ने समयमा लासको विभिन्न अंग -काखी, कान, पैतला, हातका पञ्जा आदिबाट) खुकुरीले ती अंगहरूलाई छुँदै सातोलाई कपडामा थापिन्छ र पोको पारेर घरमा ल्याई सातो राख्ने स्थान -साम्दाकखोङ) तयार पारेर राखिन्छ । सातो पुर्‍याउने विधि -साम्सामा) नगरेसम्म मृत्यु हुनेको सातो राख्ने स्थानमै विभिन्न खाने परिकारहरू समय-समयमा चढाउने गरिन्छ । ओखरपाङ्ग्रा लिम्बु समुदायमा दैवीप्रकोप, प्राकृतिक विपति, नराम्रो वा प्रेतात्मा रोक्न संस्कारगत विधिमा प्रयोग भए तापनि सातो छेक्नलाई प्रयोग गरिंदैन ।

९ औं बँुदामा लिम्बुको कोख पूजा 'साम्माक चोमेन' नभई साप्पोक चोमेन हो । यो साप्पोक चोमेन तीन दिन तीन रातको हुन्छ, जुन ठयाक्कै तीजको समयावधि हो भनी तीज र लिम्बुको कोख पूजा एउटै हो भनेर भम्र पारिएको छ । लिम्बुको कोख पूजा भनेको विशेषतः छोरीचेली वा बुहारी गर्भधारण भइसकेपछि जन्म दिनुभन्दा अगाडि गर्भमा रहेको शिशुको रक्षा, आमाको शारीरिक सु-स्वास्थ्य र सहज रूपमा शिशुको जन्मका लागि गरिने पूजा अनुष्ठान हो । त्यो पूजा अनुष्ठान तीन दिन तीन रातसम्म गरिंदैन । लिम्बु पुरोहित (फेदाङ्मा) अनुसार मुन्धुम स्तुति गर्नेले केही लामो समय लगाए तापनि समयावधिको कुरा गर्दा तीनदेखि चार घन्टामा यो अनुष्ठान सकिन्छ । लिम्बुको कोख पूजा संस्कार हो भने तीज चार्डपर्व हो । मीठो परिकार खाने, नाच्ने, गाउने र मनोरञ्जनसंग सम्बन्धित भएकोले तीज संस्कृति हो । संस्कार र संस्कृति अलग विषय हुन् । तीज हिन्दु धर्मावलम्बी महिलाहरूको हो भने साप्पोक चोमेन लिम्बु महिलाहरूसंग सम्बन्धित छ । त्यसकारण साप्पोक चोमेन र तीज चाडसंग समयावधि मिल्छ भनेर जे पायो त्यही लेखिहाल्नु विद्धान लेखक सौरभज्यूको धर्म होइन ।

- आइत खजुम -माखक)
Read Full Discussion Thread for this article