serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 313770 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-09-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ सुन्तले अनी रिठ्ठे?
अघिको समाचार त चौतारी मन्त्रिपरिशद ले सेन्सर गरेर हटाइदियो नि रिठ्ठे, अब फेरी लहरे संपर्कमा आएपछी टासौला
 
Posted on 06-09-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल के के लेखेको थियो बिस्टुरामा ले र हटाइयो।

ल रिठ्ठे ले अगी अलेकी पढ्या जस्तो छ, राख्नु परो। उत्सुकता भो।


 
Posted on 06-09-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया बाबा, कुन पातकिको आँखा लागेछ। पेटै कटक्क भयो। अब देखी केही पकाउन मन लाग्यो भने सुटुक्क पत्राचार गर्छु, चौतारीमा खुलेयाम भन्दिन। ऐया , लागे मत फेरी १० मिनटको लागि।

सप्पै चौतारीका औतारिहरुलाई जाँदा जाँदै सलाम छ है।


 
Posted on 06-09-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कपी गरेर राख्या छु सुन्तले ! चाहिन्छ भने इमेल गरेर पठाइदिन्छु !
१ प्रती को $१ र $५ मा ६ प्रती (फेमिली प्याक)

लौ पर्बते त्यो लहरे लाई भनेर त्यो सेन्सर नगरि टास्नु पर्‍यो होइन भन्देखिन म आफ्नै कपी टास्दिन्छु !


 
Posted on 06-09-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ यो नेत्रे, हाम्ले जस्तो गर्नु पर्छ कैले पेट दुख्दैन नि
भन्नि बेला मा राम्युन पका'र खानि भन्नि तर खादा चाँही रावण (बुङुरको फराइ) खानि ! नेत्र्या घैटाँ घाम लाग्ला नि अब
Last edited: 09-Jun-08 01:03 PM

 
Posted on 06-09-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुचना:

परिक्षा, परीक्षा सम्बन्धी कुनै पनि प्रश्न, नतिजा चित्त बुझेको नबुझेको, नतिजाबाट संतुष्ट असंतुष्ट, परिक्षक माथि रिस राग माया प्रेम जे सुकै परेता पनि अस्ति शुक्रबार नियुक्त परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष राहुलभाई रायमाझि संग पत्राचार, सम्पर्क तथा वादविवाद गर्नुहुन अनुरोध छ! लोल!!

Last edited: 09-Jun-08 01:04 PM

 
Posted on 06-09-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या नि जिम्माल बा'  "परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष" कता बेपत्ता हो?
अब ५ मिनेट भित्र देखा पर्नु भएन भने "परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष" को रजिनामा माग्न नि पछी पर्दैन यो पीडित परीछ्यार्थी !

(यो 'परीछ्यार्थी' र 'परिक्ष्या' शुद्ध लेख्न कैले आएन तेसै १ नम्बर आउछ तेरो रिट्ठे )


 
Posted on 06-09-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै लाई ११ को २ तथा ४।

श्री परिक्षा नियन्त्रण कार्यालय तथा चिट चोर् अनुसन्धान आयोगको कार्यालय को सूचना।

सक्कली पारीक्षा फल प्रकाशित गरिएको बारे।

 

यसपाली को परिक्षा गणतान्त्रिक नेपाल मा लिएको हुंदा पारीक्षाफल पनि गणतान्त्रिक नै रहेको स्वयंहर्ष जानकारी गराइन्छ।


श्री रिठाराम रायमाझी -  १०० ३३ अंक - नक्कल नगरीकन आफ्नो ओरिजिनल अक्कल लागाइ २ वटा बोनस प्रश्न को मात्रा उत्तर दिएको हुंदा, इमान नम्बर ९० थप् गरी पुरसक्रित गरिएको। पूर्णङ्क १०० भन्दा बढी भएको चानचुन लाई आलङ्कारीक अंकको रुपमा गनना गरिने छ।
 
 

श्री सुन्तलमान स्थापीत- १००-१०=९० बोनस प्रश्न लाई हेलां गरेकोले।


श्रीमती चेलीमाया चाम्लिङ्- ९०.००  अंक- ५० % -महिला सहभागिताको माग बमोजिम ५० थप् गरिएको।

श्रीमती/सुश्री  बसन्ती बाँसकोटा- ९०. ३३ अंक- ५० % -महिला सहभागिताको माग बमोजिम ५० थप् गरिएको।

श्रीमती सान्नानी सापकोटा-  ८७+५०-५०+१०=९७ कूल अंकमा ५०% महिला थप अंक जोडी अक्कल न लगाओ नक्कल गरेको घटाइएको र बाल बालिका भात्ता १० समेत्  कूल जम्मा।

सुश्री दीपीका दवाडी - १००+५०-५०-१०+५=९५ अंक- कूल प्राप्ताङ्कमा ५० महिला भात्ता जोडी ५० नक्कल बमोजिम सक्कल न देखिएको र विवाह नागरिकन पुरै महिला अंक दिन न मिल्ने प्राकृतिक नियमानुसार १० घटाइ ५ दाईजो समेत जोडी कूल जम्मा ९५ ।
 

सुश्री ठुल्नानी ठकुरानी- ८७+५०-५०+१०=९७ अंक- कूल प्राप्ताङ्कमा ५० महिला भात्ता जोडी ५० नक्कल बमोजिम सक्कल न देखिएको र विवाह नागरिकन पुरै महिला अंक दिन न मिल्ने प्राकृतिक नियमानुसार १० घटाइ ५ दाईजो समेत जोडी कूल जम्मा ९५ ।

 

नोट्: यस नतिजा उपर कुनै किसिम को उजुरी लिन वा दिन पाइने छैन।

 

प्रमुख

 

Last edited: 09-Jun-08 01:12 PM

 
Posted on 06-09-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल नेत्रे
त्यो पर्बतेले लेख्या मैले नि पढेर हास्या हो, अती राम्रो छ ल म नि टांस्दिउला रिठ्ठेले भन्दा सस्तो दिन्छु ल म कल्लाई चाहियो?
 
Posted on 06-09-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""िवाह नागरिकन पुरै महिला अंक दिन न मिल्ने प्राकृतिक नियमानुसार १० घटाइ ५ दाईजो समेत जोडी कूल जम्मा ९५ ।"""

लोल ठुल्दाई!!! हाहाहाहा

 
Posted on 06-09-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन रिठ्ठे फस भा हो ठुल्दाइको रिजल्ट मा? भएन यो त पिटेरै फस हुने भे त हाम्पनी निशेलाई बोलाम्छम नि।
 
Posted on 06-09-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देशको हालत देखेर दीप प्रभो यसो भन्दै चौतारीमा स्वस्ती गर्छन---

आगोको नशा लाग्यो झरीको बेला
दशा लागेको भन्या खै यस्तै होला

दाप किनियो खुकुरी हरायो यै बेला
अब यो खोल खै के गर्ने होला

सुकुम्बासी भैयो आज आफ्नै घरमा
बास माग्न अब खै कहाँ जाने होला

च्याँखे थापियो दाउ तर सबै दुश्मनका
अब कसरी खै यो बाजी जित्ने होला

स्वस्ती गरेँ।

 
Posted on 06-09-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सम्माननीय परिक्षा नियन्त्रक तथा चिट चोरी कार्यालयका अध्यक्ष
श्री राहुलभाई रायमाझि कसैको दबाब तथा लोभ लालचमा नपरी
निस्पक्ष नतिजा निकाल्न सफल हुनु भएकोले निज
श्री राहुलभाई रायमाझिलाई
हार्दिक बधाई !

Last edited: 09-Jun-08 01:44 PM

 
Posted on 06-09-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कपी गरेर राख्या छु सुन्तले ! चाहिन्छ भने इमेल गरेर पठाइदिन्छु !
१ प्रती को $१ र $५ मा ६ प्रती (फेमिली प्याक)


ल हुन्छ रिठ्ठे, मलाई फेमिली प्याक फोटोकपी पठाइ दिनु। मैले $५ क्ओ फोटोकपी ठीक्क परेर राख्याछु।


 
Posted on 06-09-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम!
सबैले केही न केही भात्ता पाएछन।   आफ्नो भने केही मिलेनछ। सुत्केरी भात्त भा नि दिनु पर्ने नि ठुल्दाइले।
बिर्खे दाई ले दामी देछन दीप ज्यु लाई।

अनी सानानीको भाउ कसरी हो नि, या नि तो पर्बतेको सुचनाको भाउ।  


 
Posted on 06-09-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>च्याँखे थापियो दाउ तर सबै दुश्मनका
अब कसरी खै यो बाजी जित्ने होला<<<

 

वाह दीप जी वाह


 
Posted on 06-09-08 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>श्रीमती सान्नानी सापकोटा-  ८७+५०-५०+१०=९७ कूल अंकमा ५०% महिला थप अंक जोडी अक्कल न लगाओ नक्कल गरेको घटाइएको र बाल बालिका भात्ता १० समेत्  कूल जम्मा। <<<

१ लोल   २ लोल ३लोल 


 
Posted on 06-09-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूटबाल को ट्याम भयो,
हल्याण्ड मा  पढियो, त्यती ढल्कियो ।  तारेमाम।
 
Posted on 06-09-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिय जान्की,

जे राम जि कि!!

यो हाम्रो पहिलो पिरेम पत्र छ। कोनो गल्ती भेँटेछौ त उस्को मिलाइके पढ्नु। त बात यो छ कि, पहेली

बार जो तिमीलाई हामीले बुधहाटमे देख्यो, त सला हाम्रो होस् उड्के पतङ बनिगयो। त उ होसवाको

हामीले कन्नी डालेर सिँधा कर्दै तिम्रो तरफ आउँदे जो थियो, सला कहाँसे फटाक से एक खयाल आयो

यो दिल मा। " तुम को देखा तो ए खयाल आया" गना जो गाउँनु भएको छ हाम्रो जग्जित कक्काले,

उही गनाके पुँरा बोल जो छ याद कर्दे थियो हामी तिम्रो आगे आइके गावन। जब पुँरा गना हाम्रो

खोपडियामे घुसेन त सरम के मारे हामी उहाँसे सिधे राम बिलास्के पान दुकान गियो। इनटरेस्टिङ

बात यो छ कि, राम बिलासके यहाँ उही गना बज्दे थियो। हामी गना भि सुन्दे थियो, ओर सोँच्दे थियो,

"अरे सला यि तो कोही मामुली बात भएन, हामी करोडो गना मे से एक गना सिलेँक्ट करेछु तिम्रो

खातिर, उही गना बजेछ राम बिलासके यहाँ। जरुर भोले बाबा हाम्रो सिग्नाँल दिनुभएछ।" गना भि

खतम, हाम्रो काँन्फिडेन्स भि बढ्यो। खेँ खेँ खेँ

तिमीलाई बहुते ढुँड्यो हामी हाट्मा तर तिमी मिलेन। बहुते दुख लाग्यो हाम्रो त सोच्यो हामी कि सला

एक लड्की मिल्यो वो भि गैल भँइस पानी मे। हामी बुर्बक भि लिँखदा लिँखदे बहुते लम्बा पत्र

लिखेछु। त बाँटम लाइन यो छ कि "आइ लाँब यू"। तिम्रो पत्रके इन्तजार मे ...................

डाँ मदनवा

स्वास्थ चोकी  


 
Posted on 06-09-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल नेत्रे लोल

>>>जरुर भोले बाबा हाम्रो सिग्नाँल दिनुभएछ।" गना भि खतम, हाम्रो काँन्फिडेन्स भि बढ्यो। खेँ खेँ खेँ <<<


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
Drawback for applying NRN card
nrn citizenship
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters