Posted by: Birkhe_Maila June 9, 2008
~चौतारी ११८~
Login in to Rate this Post:     0       ?        
देशको हालत देखेर दीप प्रभो यसो भन्दै चौतारीमा स्वस्ती गर्छन---

आगोको नशा लाग्यो झरीको बेला
दशा लागेको भन्या खै यस्तै होला

दाप किनियो खुकुरी हरायो यै बेला
अब यो खोल खै के गर्ने होला

सुकुम्बासी भैयो आज आफ्नै घरमा
बास माग्न अब खै कहाँ जाने होला

च्याँखे थापियो दाउ तर सबै दुश्मनका
अब कसरी खै यो बाजी जित्ने होला

स्वस्ती गरेँ।
Read Full Discussion Thread for this article