[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 **चौतारी ६६**

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE


[VIEWED 194669 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 08-02-07 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ६६


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

       
  
-
-चौतारी - भाग ६६ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 65 editions.

Meet the world's finest school teacher, unbeatable students,
mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-
rays, all on the stage of Chautari of Sajhaland.


.गोताएँदाइकोब्लग

    * क्लोज-अप - चौतारी तारारामपम र कफि विथ कुम्ले प्रायोजकको अभावमा स्थगित
    * चौतारीमा बिभिन्न किसिमका समाचार प्रसारण सुरु
    * भउतेद्वारा सुध्रिने घोषणा, ट्याम ट्याममा बिर्सेर बिग्रिने, चिप्लिने क्रम जारी
    * हिजो राति रउसीको सूरमा चौतारीमा घमासान भिडन्त



दीप ज्योको धमाकादार कविता

आफ्नो पर्खाल उठाई सके पछी
अरुको पर्खाल भत्काई सके पछी
सीमा अब तोकेर के नतोकेर के?

अरुको हाटमा आफैंलाई बेचे पछी
आफ्नो हाटमा अरुलाई किने पछी
हिसाब अब गरेर के नगरेर के?

आफु निर्दोष र मरेका दोषि भनी सके पछी
अरुलाई मारेर आफु बाँचि सके पछी
मलामी अब गएर के नगएर के?

तिमिले गोडेका फुलहरु, छापेका ढुङ्गाहरु
छाहरी बनेका छाँयाहरु, पंखा बनेका बतासहरु
चौतारी यो बगैंचा मलाई त अलौकिक लाग्छ
एक्लिएर टाढा टाढा पुगे पनि सुसेलेर यस्ले बोलाए झैँ लाग्छ।











 
Posted on 08-03-07 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाक्दै छ, खान आउने हो ?
ठाम थाहा होला केरे, तेइ भत्के पुल तिर हो ।
 
Posted on 08-03-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ, अं त्यै भत्क्या पुल। मिठो मिठो बनाएर राख्नु।
अनि के गर्दै नि वीकेन्ड मा?
 
Posted on 08-03-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आलुको भुजुरी पकाएको के । त्यो मुगलिंगमा कस्तो मिठो ख्याउथ्यो , होम मेड फ्राइज के ?
विकेन्ड पौरेर बिताउने सुर छ । मटर नि मैलो भैछ, तेस्लाइ डल्ले साबुनले धुने बिचार छ। मेसो मिले फेवाताल तिर माछा मार्ने दाउ छ , नाउ त छैन डिलबाटै बल्छि थाप्नु पर्ला ।
 
Posted on 08-03-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, विकेन्ड पिलान त दामि रैछ। के गर्नु आफुलाइ पौडन आउंदैन, माछा मार्न नि आउंदैन। लौ बा तिम्रै रैछ विकेन्ड त। माछा मार्नु, अनि पोलेर खाम्ला। (माछा मार्ने नमे, पोलेर खाने नेप्चि?)
शुक्रबार् रातिको खाना खालि आलुको भुजुरी मात्रै? मलाई नि सारै मन पर्छ त्यो त। मैले कहिले नि राम्रो आलुको भुजुरी बनाउन सकिन
 
Posted on 08-03-07 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

दीपजी त हुदै हुनुन्तोनै अब अन्तरे पनि:)
। अन्तरेजी हउरको कबिता राम्रो लाग्यो है

नेप्चि सिस र नमे लाइ नमस्ते अरे है
तिराजी


 
Posted on 08-03-07 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुझुरी त मुख्य आकर्षण हो नि । रौसी बाहेक सप्पै छ । तिमीलाइ चौतारीमा पठाइदिउला ।
 
Posted on 08-03-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस सिस नमस्ते है। के हुदै छ? खाना खानुभो?
सबै परिवार लाइ आराम नै होला भन्ने मानेछु।

रौसि बाहेक सबै? लौ मार्यो, मलाई नभै नहुने चैं छैन, अब के आउनु र खानु

 
Posted on 08-03-07 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुख्यकुरो त छुटेछ पो :(

तिरु, मेरी बहिनी! जन्मदिनको शुअबसरमा मेरो तर्फबाट यि शब्दहरु तिम्रो लागि --

शुभ-कामना सागरको थोपा-थोपा पानी सरी
कदम कदम बढिरहेका अखण्ड त्यो पथभरी!
 
Posted on 08-03-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो म नि आम कि नमे भत्क्यापुल निर नेप्चि सिस को पछि ला'र :)

सब ठिक छ सिस हजुरको के छ नि ?:)
 
Posted on 08-03-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै ठिकै छ भन्नु परो मिस सिस।
बांचिएकै छु जस्तो लाग्छ।
 
Posted on 08-03-07 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँको श्रापले आफू त मरिसकियो जस्तो लाग्छ।

जदौ !
 
Posted on 08-03-07 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमर हो भौते, जिन्दगि पुरै बांकि छ
 
Posted on 08-03-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को पुरै बाँकी हुनि हो ? आधा गै सक्यो।
 
Posted on 08-03-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिहे नगरे सम्म पुरै बांकि भन्न पर्छ

 
Posted on 08-03-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सप्पै तितौरीको बिहे भोज खान गएछन् कि के हो? कोहि देखिदैनन् नि नेप्ची-भावी।

हजुरलाई निम्ता आएन ?
 
Posted on 08-03-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त भन्या, खै मलाइ त छैन आको निम्ता। बरु त्यो नमेले त्यो आलु खाने भए आउ भन्थ्यो, अब रौसि सौसि छैन भन्यो अनि गैन
 
Posted on 08-03-07 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ निन्द्रा लाग्यो, म गएं सुत्न, शुभ-रात्रि!!
 
Posted on 08-03-07 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्तिको गालि लागेन भउते हजुरलाइ? :)
मलाइ नि आएन नि निम्ता दाजु चैको ड्युटि हो नि निम्ता पठाउने
सिस हजुरलाइ रौसि चाहिने ? यता तिर पाल्नु न त
 
Posted on 08-03-07 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



झिँगाको श्रापले डिँगा के मर्थ्यो र मिस-भावी।

दाजुलाई नि आएन हौ निम्तो त।
 
Posted on 08-03-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
निम्ता आएन ? हे हे हे खुच्चिगं देवरजी !!!
मेरो सास नै रोकिसकेको थियो देवरजी ? मेरो दाजुले मेरै देवरलाइ त्यत्रो श्राप दिदा म कति रोइहुम्ला ?:(

ईस्वर तिमी धन्य छौ ।
अब फेरि पनि भावी भन्न छोड्यो भने पानी बाराबार
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Susta Susta Degree Maile REMIXED version
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Is this a progressive step?
1974 AD Pinjadako Suga Remixed
Trasiting through Istanbul, Turkey
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters