SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 118659 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 12-25-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी र मास्टर्नी-भावी, :-) धन्यबाद।

निश पाट, बिपनाका सबै कुरा खोक्न थाल्यो भने त चौपट हुन्छन्त हउ सोम !:P

राहुलदाई, धन्यबाद। यो त अझ मुख नधोइकन लेख्या हो। :p :p ........रे क्या। :-)

बिर्खे जी, सुरुमा त त्यस्तै मनमा आ'को हो। एकछिन पछि हरायो। :-), धन्यबाद।

पुन्टेदाइ, भाले हैन पोथी खोज्नुस। अनि त भालेमात्र हैन खशीको टाउकै खाम्ला नि :p

गौतम-जी, साझामा छिर्न थालेपछि जे भे' पनि लेखम लेखम हुने। लेखे पछि फेरि टाँसीहाल्न मन लाग्ने। यो अलिक अल्लारे अल्लारे छ। मन पराउनु भे'छ। धन्यबाद।


MadDoGG , मेरो तर्फ बाट एउटा शेर थपम न त।

म बत्ती हुँ भने तिमी पाला
म चाबी हुँ भने तिमी ताला, wah wah wah wah wah :p :p :-)

vivashme जी, :-) (बरु कता फर्केर हाँस्या हो कुन्नि ! :P )

vaseline जी, धन्यबाद। मेरो कारकुर हेरिदिनुहुँदो रे'छ खुशी लाग्यो।


यो अर्को, क्रिश्मसको सर्बतको उपज। :p

 
Posted on 12-26-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह, गुरु क्या मारा, छप्पर फाड्के मारा ।
हन कति आउने ओ तेस्ता गुरुमन्त्र पुनि। जुन पढे नि धितै नमर्ने। अब बुडेस कालाँ जवानि ला'र नि हुन्छ कैं? पिरेम त उमेराँ पो गर्नु पर्छ गाँठे। जे होस् बिस भन्दा उन्निस मुन पर्यो मुलाई त, भुत्रै सिति।

;-> ईश्वर
 
Posted on 12-26-06 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजीको दर्हो गजल गयो यो पल्टपनि।

पहिलो र दोस्रो शेर त दामी छ प्रभु!! तर तेस्रो शेरमा किन "आडम्बरी सोंच" भनिएको कुरो चाहि बुझिएन। त्यो त रियालिटी हो नि, हैन र? उनले आटिन् भने एकै क्षण त हो नि, कि कसो?? चौथो शेर नि बबाल छ। अन्तिम शेरपनि बुझिन मैले, आँशुलाई सपोर्ट गर्ने खाले शेर त अरु कुनै छैन नि। यदि यो रचना कुनै महिलाको भए माथीका सबै शेरहरुमा प्रस्तुत भएका भावनाहरुले उनको आँखामा आँशु ल्याएको हुनसक्छ भन्न सकिन्थ्यो, महिला बर्गको आँशुले धेरै अर्थ दिन्छ नि जस्तै पिडा, चाहना, माया आदि।

उत्तम गजल छ। कठाङ्रिने जाडोमा यस्ता गजल फुर्नु नि राम्रो हो ;-)

सर्बतको उपज रे!! नेपाली साहित्यलाई सर्बतले निकै गुण लगाएको छ, हे हे हे!!

लेख्न नछोड्नुस है, हामी छौँ पढ्नलाई पर्खेर बसेकाहरु।

जदौ!!

:-)
 
Posted on 12-26-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शर्बत आखिर शर्बत रहेछ!
गजब छ भाउते प्रभु!
:)
 
Posted on 12-26-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-26-06 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद मीत्रहरु,

आफूले जन्माएको भने पछि उत्तिकै मायाँ लाग्ने के। त्यै भ'र मात्र टाँस्या। एक घुड्की लाउँदा एउटा शेर, अर्को घुड्कीमा अर्को शेर। त्यसैले भाषा अष्पष्ट र शब्द संयोजन अपरिपक्क पक्कै छन। खासै नयाँ सृजनात्मक भाव पनि छैन।

क्यामो ब्रो, त्यै "रियालिटी" लाई स्विकार र जीवन रङ्गिन बनाउ भन्न खोज्या के। उनको सोँचाईले पहिलो हरफलाई नस्विकारेको ले। अलि कन्फ्युजिङ भो जस्तो छ। :-)

:-)
-भउते
 
Posted on 12-27-06 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको कविताहरुमा बेजोड गीतात्मकता (lyricism) भेट्छु म । भाषामाथिको राम्रो पकड, अगाध विश्वास र भरोसापूर्ण एवं साहसिक क्रिडात्मकता (playfulness) को फल मानिचु यसलाई ।

भउतेका पछिल्ला दुबै गजल उत्तिकै गीतात्मकता-समृद्ध भएपनि मलाई बेसी मन परेको चै २० औं हो ।

१९ औं गजल आख्यानवादी भयो । गजल आख्यानको लागि [ सुविधाजनक विधा ] होईन । शेर भनेको घटनाको आख्यानको लागि होईन बरु त्यस [ घटना ] माथि सुक्ष्म टिप्पणीको लागि हो । यसो भनुम, १९ औं गजलको सबै शेरहरु एउटै शेरमा अटाउने गरी लेखिएको भए त्यो एक शेर घागडान शेर हुन्थ्यो ।

शेर शेर भयो कि भएन भनेर जाँच्ने कसी हो- स्वाधिनता । अन्य शेरहरु बेगर अर्थ पूर्ण नहुने शेर शेर होईन । यो गजलको आधारभूत सिद्धान्त हो । यो कसीमा २० औं गजल खरो उत्रन्छ । त्यसबाहेक, भावको त के बयान गरिरहन प-यो र ?

Nepe
 
Posted on 12-27-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउतेजि चाहि गजबको लेख्नु हुन्छ बा।कसरि प्रस्फुटित हुन सक्या हो तेस्तो मिलेको भाव।।।
 
Posted on 12-27-06 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुटुक्क त्यो मन-मन्दिर भित्र पस्न पाए हुन्थ्यो
निस्ठुरीले कि त्यतै बास बसेका लाइ निकाल्दीए हुन्थ्यो

बुझि दिन्या घृणा भन्दा मागी लिन्या दया मीठो
दीने निस्चित हुँदो हो त मोरीको माया माग्न हुन्थ्यो

आफ्नो चैं यस्तो राग छ, भौते प्रभो।
 
Posted on 12-27-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जी को भावमा गहराही छ, मीठास् छ, त्यसैले बधाई छ ।
 
Posted on 12-27-06 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saru Bhakta dai,

tapai original ho ki duplicate. Coz original Saru dai ta last year " Malati Mangale" giti natak liyera aunu bhayeko thiyo.
He is from Pokhara. What about you? Whats secret behind your name "saru bhakta"

:)

Happy new year saru dailai
 
Posted on 12-27-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त यो देउडा गजल(शेर) साह्रै मुन प-यो.

मागी लिन्या दया भन्दा बुझी दिन्या घृणा मीठो
तिर्खालुको प्यास बुझी, खाली आफै धाए हुन्थ्यो

 
Posted on 12-27-06 7:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे-गुरु, धेरै धेरै धन्यबाद। प्रशंसा अलिक बढी भो कि ? कहिलेकाहिँ त सम्मान पाउन भन्दा नि पाएको सम्मानको इज्ज्यत राख्न धौ धौ हुनि के। :-) मेरो गजल यात्राले सुरुवात देखिनै तपाइँ गुरुहरुको सहारा पाएको छ, यसमा नै मलाई गर्व छ। गजल-१९ म आफैलाई नि लघुकथा जस्तो लागेको हो। तपाईँले मेरो धङधङी सोचाइलाई स्पष्ट पारिदिनु भो, धन्यबाद।

नानु-जी स्वागत छ यो धागोमा। तपाईहरुको प्रतिकृया नै यस धागोको मुटु हो।

दिप-जी, :-), पाल्नु भएकोमा धन्यबाद।

gal1 , म सरुभक्तदाइ होइन। हुँ त केवल भउते र मात्र भउते। :-) साझा छिर्ने बेला म सरुभक्तदाइको साह्रै फ्यान थिएँ र छु पनि। यो मेरो नाम "भउते" पनि उहाँकै उपन्यास "पागल बस्ती" को एउटा लघु तर महत्वपूर्ण पात्रबाट आएको हो। म पनि पोखरा बाट नै हो। पोखरा हुँदा सरुभक्तदाईलाई महेन्द्रपुलको पब्लिकलाइब्रेरीमा सधैँ देख्थेँ। उहाँको ब्यक्तित्व बाट त्यहीँ देखि नै प्रभावित थिएँ। नो थिङ सेक्रेट बिहायन्ड माइ नेम है। :-)

तपाइँलाई पनि नयाँबर्षको शुभकामना।

साथमा यो एउटा "मदिरा-महात्म्य"। :-) काफियाको अभावले केही प्राविधिक त्रुटी देखिए पनि सुन्दा त्यति अप्ठेरो नलागेकोले जस्ताको तस्तै पस्किएँ।

:-)
-भउते

 
Posted on 12-27-06 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यात्तेरी दादालाई देखिएनछ। धन्यबाद दादा !

:-)
-भउते
 
Posted on 12-27-06 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कांडा फुलेन किन हो कुन्नी,
असुरक्षित मेरो गुलाब भो
मुस्कुराउंदा आँखा मोड्यौ,
अपरिचित मेरो गुलाब भो।

कुनै रङ्ग छैन, कसै दङ्ग छैनौ
अपहरित मेरो गुलाब भो।
भित्र भित्रै कति ब्यथा लुकाउंछ्यौ
अकथित मेरो गुलाब भो।

 
Posted on 01-21-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैँ कसैको प्रतिक्षामा :-)

:-)
-भउते

 
Posted on 01-21-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेटाउन सकिन्छ र भन्या पूरानो कहानी ? त्यस्तो ईरेजर पाम् न हाम्लाई पनि !

जे होस् गजब छ !
 
Posted on 01-21-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-21-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो र दोश्रो शेर त 'क्या बात!'


अहम्! हे हे हे भाउते! :P
अब धेरै बाँकि छैन साथि छैन!
शुभकामना छ! :):)
 
Posted on 01-21-07 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते,

काफियाको मामलामा मलाई ज्ञान नभएको एउटा बडो सुविधाजनक अपवाद रहेछ, यसले तपाईको माथिको गजल "खपत तति तति" लाई परिमार्जन गर्न मद्धत गर्ला ।

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=13466#327197

अनि पछिल्लो गजल क्या खतरा गयो ।

हरेक रात आउछौ कि सपनीमा भनी
फैलाई सुत्छु हातको सिरानी तिम्रै लागि

झुल्के घामको साथमा आयौ कि तिमी भनी
घुरुक्क दैलो खोल्छु हर् बिहानी तिम्रै लागि


What a dedication ! What a yearning !

गजल शिल्पको कुशलता त के भनिरहन प-यो र । परन्तु मेरो एउटा सानो टिप्पणी के भने पहिलो दुई शेरहरु दार्शनिक हिसाबले virginity, chasteness जस्ता पुरातन मूल्य नजिक छन् है ।

Nepe
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters