Posted by: CaMoFLaGeD December 26, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउते काजीको दर्हो गजल गयो यो पल्टपनि। पहिलो र दोस्रो शेर त दामी छ प्रभु!! तर तेस्रो शेरमा किन "आडम्बरी सोंच" भनिएको कुरो चाहि बुझिएन। त्यो त रियालिटी हो नि, हैन र? उनले आटिन् भने एकै क्षण त हो नि, कि कसो?? चौथो शेर नि बबाल छ। अन्तिम शेरपनि बुझिन मैले, आँशुलाई सपोर्ट गर्ने खाले शेर त अरु कुनै छैन नि। यदि यो रचना कुनै महिलाको भए माथीका सबै शेरहरुमा प्रस्तुत भएका भावनाहरुले उनको आँखामा आँशु ल्याएको हुनसक्छ भन्न सकिन्थ्यो, महिला बर्गको आँशुले धेरै अर्थ दिन्छ नि जस्तै पिडा, चाहना, माया आदि। उत्तम गजल छ। कठाङ्रिने जाडोमा यस्ता गजल फुर्नु नि राम्रो हो ;-) सर्बतको उपज रे!! नेपाली साहित्यलाई सर्बतले निकै गुण लगाएको छ, हे हे हे!! लेख्न नछोड्नुस है, हामी छौँ पढ्नलाई पर्खेर बसेकाहरु। जदौ!! :-)
Read Full Discussion Thread for this article