[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 187976 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-24-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ख्वाक्क.... ख्वाक्क....ऐया!

लु सपैलाई जदौ अरेँ ! सपै बेसै होलाऊ केरे! जिम्दै होलाऊ भन्ने मानिछु! अस्तिनखेरुन, भउते बज्जेलाई देख्या थेँ दोभानेको पुल निर, "ए भउते कता अन्मरियौ?" भनेर मुख के फुका थेँ बज्जे रन्केर " म अस्ति मरेँ बुडा, अइले घाटमा छोराले पिन्ड चढा छ भोक लागेर तेई खान जान ला" पो भन्छ असत्ति मोरो तेसको सत्तेनास हुने! क्यार्न लान्थो कालले अइलेई तेस्तो जेमराजको नि झाँको झार्ला अस्तो लाठेलाई! भिमसेने बोको अस्तो भ र ढुन्मुनिँदै हिँडिराछ कइले एताहुँदि चौतारीआँ अन्मरिने हो उइ जानोस!

गोडा दुएक दिन पइले एकाब्यानै खोल्सातिर बिस्टा अर्न गइराथेँ, घाम भर्खर झुल्क्या थो के रे, टिलिलिललिsssल्ल खोल्सापारिबाट टल्केर आँखो बल्ला अस्तो भओ गाम्लेहो मेरो। हेरि यो बुडेसकाल सम्म ब्यान खाओ बेल्का टाट बेल्का हसुरो ब्यान टाटको गरिप परियो के रे आफू, हो न हो दैवले जुरा'र हिरा नै भेटाइदे अस्तो लाओ के आफूलाई! अन्खेरुन, "लु बिर्खे तिम्रा नि दिन आएछन" भन्दै हिरा टिप्न यो मक्केको नलिखुट्टो उचाल्दै खोल्सा पारि के पुया थेँ, " लौ न भन्या बिर्खे बुडोको आँखो फुटेर एतै आयो, देखे भने गाम हल्लाम्छन्" भन्दै हाउँरि धोबिनि धोबिनि जस्ति लाग्ने एउटि नखरमाउली फुत्त आँखाले देख्न नभ्याम्ने अरि उकालो लागिन के रे बित्तातोडले! पछि एसो आँखो मिचेर हेर्दा त हाउँरा पुन्टे बुडा सर्याकसुरुक अर्दै कन्डाँ लाग्या धुलो टक्टक्याम्दै थे के रे, हिरा भन्या त बुडाको तालु टल्क्या रेछ ब्याना घामले! " क्यार्न ला हो ब्यान ब्यान पुन्टे बुडा?" भनेर सोध्या त "पिँडालु खन्न आ" भनेर लुसुक्क हिने नारन त्याटि मलाई एक पालि नि नहेरि!

सपैले चइन्जो हेलाँ अरे जस्तो लाओ के रे, त्याँसि हेरि अब बेबार नि परो गाम्ले हो मलाई! रिनले छोप्या छ के रे, रिन क्यारि तिर्ने हो भन्दै ब्यान बित्छ, दिनले घेर्या छ के रे मलाई दसा कसरि कटाम्ने भनेर दिन बित्छ, रोगले छोप्या छ के रे मलाई रोग क्यारि काट्ने हो भनेर रात बित्छ। तमाखु गुडुगुडु पार्दा नि मुटु गुड्गुडाम्छ, दाउरा चिरेर दुइ फक्लेँटा पार्दा नि आफ्नै नलिखुट्टो चिरा पर्या अस्तो मान्छु, क्यार्नु बुडेसकालको रमाई धोति समाइ समाई अस्तो भा छ मलाई!

हरिशरणम्!


 
Posted on 04-24-08 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ मेलो जिम्माल? घरमै बातानुकुल भएसी चौतारीमा बतास पर्खेर को बस्छ रे?

:)


 
Posted on 04-24-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-24-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु दीप चाइन्जो घर के जाति बातानुकुलित त भओ के रे, तेइ नि बुडेसकालाँ चिसोले छाति घ्यार घ्यार अर्ने के। बरु एसो घाम ला बेलाँ चौतारीहुँदि आओ ज्यान तातेर सन्चो हुन्छ। बरु क्यारिँदै छ, धेरैमा भेटघाट भओ के रे, सन्चो बिसन्चो त के सोधाई भो र हेर्दै चइन्जो खाइलाउदो देखिया बेलाँ!

हन ए एक्ले क्यार्न तेस्तो थुतुनो बना हो?? भा आठआना बारि नि पैरोले लग्या अस्तो!


 
Posted on 04-24-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हाँ त्याँ, वोहो जिम्बाल पो राइछ, अझै जिम्दै छ भन्या
हाम्ले त माथि पुगिसक्यो भन्थान्या, अस्ती चौतारीमा पनि
चन्द्रमा गाथ्यो भन्ने हल्ला थ्यो। चैन्जो चिन्नै गार्हो भो मैले त
के बिधी दुब्लाको हो, जिम्बाल्नी ले खान दिएनन कि के हो,
 
Posted on 04-24-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछि एसो आँखो मिचेर हेर्दा त हाउँरा पुन्टे बुडा सर्याकसुरुक अर्दै कन्डाँ लाग्या धुलो टक्टक्याम्दै थे के रे, हिरा भन्या त बुडाको तालु टल्क्या रेछ ब्याना घामले! "

जदौ सम्धी ज्यु,
धेरै पछी पाल्नु भो,घुँडा कस्तो छ् नि अहिले?
दिप पर्भो लाई नि दर्शन टक्र्याए है।
बज्जे लहरे हाउरो नाम किन निकाल्योउ ए त्यो लिस्टाड
रिट्ठे ले त्यस्तो बिस्तार लार बताको सान्नानी भने सुन्दै नसुनी गाम चार्न पुगिसकिच।

Last edited: 24-Apr-08 11:17 AM

 
Posted on 04-24-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे प्रभो,

भरे मैजुबाल तिर लाग्ने होईन त?


 
Posted on 04-24-08 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बिस्टे किन करा हाँ
निकाल्न मन लाग्यो निकाल्दिये लौ जा त भनेर
हिजै भन्या होइन हाम्रो एकल अध्यक्ष र सदस्य मा गठित आयोग ले सबै
निर्णय गर्छ भनेर, अनी के खार करा नि आज फेरी
धेरै नकराउ तिम्रो नाउ waiting list मा हाल्दिउला
 
Posted on 04-24-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओ लहरे हर्के मेजरलाई कहाँ हवल्दार बनाको भन्या, लौ त्यो हवाल्दार हटार मेजर बनयिदेउत।

खोला वारी उ आउँदै नआउने
खोला पारी म जादै नजाने
एउटी ठुल्नानी एउटी सान्नानी।

 
Posted on 04-24-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेजर हुन त नाम पनि हर्के को सट्टा मर्के हुनु पर्‍यो
मर्के मेजर
हर्के भएछी
हर्के हवल्दार
चौतारी नियम अनुसार 
 
Posted on 04-24-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने पर्भो जाने,मैजुबाल तिर अचेल निकै हरियाली छा छ् रे भन्ने सुनेर को रचन त ति हरियाली भनेर सोध्पुच गर्दा त
जमाना म सिगान तान्दै हिन्ने भुरी हरुको पो हाङा बिङा पलार लटरम्म पर्या रचन,के काम हाम्लाई, हाम्रा पाला हरु त सप्पै अचेल
डोरयाउदै आउछन १,२ वोटा, अंकल भनेर चिनाउछन गाठें बुढो भईएछ।
चाहिन्न चाहिन्न लहरे हाम्लाई हामी तेसै पुरुष छौ क्यार।
तिमी बन र बनाउ पुरुष अरुलाई ... (ठट्टा गर्या नि फेरी, कस्तो मुर्मुर्या )
 
Posted on 04-24-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>हन ए एक्ले क्यार्न तेस्तो थुतुनो बना हो?? भा आठआना बारि नि पैरोले लग्या अस्तो<<

क्यारनु जिम्मालबा आफ्नु त एक आना पनि छैन र पो त्यस्तो मुख बना त । सुकुम्बासी भईया छ ।


 
Posted on 04-24-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा लालेमाम !


हसुर्‍याइको ट्याम भए छ। ड्कार्दै होला कोइ टन्न खाएर, हकार्दै होला कोइ खान न पाएर।
बिर्खे बाको आगमन ले चौतारीमा वसन्त लाग्यो। फुलै फूल मगमगायो।


 
Posted on 04-24-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सबैलाई।

अरु भन्दा पनि अध्यक्ष लहरे लाई कारबाही नगरि नहुने भाईसक्यो। त्यो रस्रङ्जली हो कि गीतन्जली हो, जुनसुकै अन्जली होस्, चलाऊन उु ढिलो भयो भनेर सुरु गरिदिएको त, साथी त आएर पनि सुचना टाँसेर टाप दिएछ। फेरी अन्तरे दाई त एक मुट्ठै गीतहरु लिएर पो आउनु भयो, यो यो बजाइदिनु पर्‍यो भनेर। एक एक वोटा त बजाउन आँखै दुखिसकेको थ्यो, त्यस्मा पनि एक्कै चोटि ५ वोटा, बल्ल बल्ल सबै गीतहरु सुनाएर फुर्सद भयो भनेको त रिट्ठे साथी त अर्को यो गीत सुन्नु पर्‍यो भन्दै लाइन मा रहेछ। सुरुमा त पर्बत्या ज्यु पनि म पनि छु कार्यक्रम चलाऊन भन्दै हुनु हुन्थ्यो, दुइटा गीत बजे पछी त लौ म त हिंडे शुभ रात्री रे। झन लहरेलाई हेल्प गरेको त उु त उल्टो कार्यरम नै सिद्धेपछी ल दिपिका म पनि फर्माइस गर्छु है गीत भन्दै पो आउदो रहेछ। अनी उस्लाई कारबाही नगरे कस्लाई गर्ने? त्यो चौतारी महिला बाट मेरो नाम चै हटाउ है। त्यो पद त म पाए पनि रजिनामा दिने भईसके।

अनी एउटा गीत त माइला दाई र माइली भाउजु को लागि भनेर पनि बजाइदेको थे, खोइ रेडियो नै चलेन जस्तो छ, कुराको आइनो गर्नु भएन


 
Posted on 04-24-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                       अत्यन्त जरुरी सुचना

आज २०६५ साल बैशाख महिनको आजकै दिन बाट सुस्री दिपिका दवादी ज्यु लाई गीती लहर कार्यक्रम को सह संचालक पद दिने घोषणा गर्दछु। हिजो को दिन जस्तै हाम्रा रस्रङ प्रधान श्री लहरे लाल लकौल लाई गीत टाँसटुस कार्यक्रममा सहयोग हुन्छ भन्ने हामीले आसा लिएको छु। आफ्नो कार्यभार आज पनि हिजो जस्तै गरी गर्नु होला। धन्यवाद।

                                                                                         लहरे लाल लाकौल
                                                                                                   अध्यक्ष
                                                                                    चौतारी गीत टाँस्टुस समिती


 
Posted on 04-24-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त गीतान्जली को कि के अन्जली ( अन्जली भन्ने केटी त बडा च्वाँककी थिई , आइ एस्सी पढ्दा ) मेरो कुनै सरोकार छैन। सुन्न त नारायण दाई को गीत सुनुं सुनु लाग्छ नि। तर साँझ ढले पछी कम्पुटर गृह मन्त्रालयमा सरुवा हुन्छ, आफु टीभी कुरुवा।

एउटो गतिलो टीभी कार्यक्रम आउने होइन। यसो तीतो सत्य, जिरे खुर्सानी, कल कान्तिपुर, आदी इत्यादी हेर्न पाए पो।
तै पनि लहरेले बडा मेहेनत गरिरहेको छ रे भन्ने सुन्छु, दीपिका नानीले यसो सघाइ दिए त बेशै हुन्छ क्या रे। आखिर गाना सुन्नु छ,मन  मनै   गुन्नु छ।  अब केही भन्नु छ?


 
Posted on 04-24-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के कुरो अर्छ लहरे, यो काँ दुब्ला हो र यो त चाइन्जो आचकलको ठिटा ठिटिले भन्या अस्तो के जाति सिलिम भा पो त!

नमस्ते सम्धिज्यू, खै कुरा अरो कुरैको दुख, यो अल्छिना घुँडाको के कुरो अर्नु, घुँडाको गेडि छामो खोपिल्टो दुख्छ खोपिल्टाँ हाल हुलो गेडि दुख्छ, सारै चाइन्जो दुख पाइया छ! अनि सम्धिज्यूलाई आरामै?

क्यार्दै हो हर्के? तो कैले बाजेको पसलाँ बँदेल भाग ला'र बेच्दै छ रे भन्ने सुन्या हो, एक बिशौली जति ल्याम्छौ कि?

तारेमाम् ठूल्दाई, अचेल तपाइँको नि भ्याई नभ्याई हो कि??

कठै! दीपीका नानु! बरा तो ब्यान हेर्दा अगाडि भा कुरो पढ्न तिर लाइएछ बाबै, पुराना गित हेरिएनछ बरबादै भएछ नि। अइले हेरि तिउँरो पोस्ट पडेसि बल्ल आँखा पुओ! यस्तरि सम्झेर गित राख्या नि नहेरि बसिएछ नारन। लु अब चित्त नदुखाऊ, बरु आज बिहिबारे हाट लाउदैछ के रे, त्याँटि एउटा रातो धागो, टल्कने किलिप र एउटा मजेत्रो किन्दिम्ला मुसुक्क हाँस त!

 


 
Posted on 04-24-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल धेरै उदारबादी नहुम है --- उता घरको प्रकासे जस्तो भैएला र फेरी ----
 
Posted on 04-24-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-24-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेला म कुबेला के थुतुनो देखाएर बस्छौ ए रिट्ठे स्वाँठ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters