[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 खाली पानाबाट.....

[Please view other pages to see the rest of the postings. Total posts: 129]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 45577 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-08 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रात निलुलाइ निद्रा पटक्कै लागेन। लागोस् पनि कसरी? भोलि उ येतिखेर सजलको घरमा भित्रिसकेकी हुन्छे उसको दुलही बनेर। तल माथि सबैतिर मान्छेहरुको खैलाबैला छ। घरभित्र, घरबाहिर। कोहि के गर्दैछन् कोहि के। उसलाइ यो मान्छेहरुको हुलदेखि झिंजो लागिसक्यो। दुइ जनाको बिहेमा कति धेरै मानिसहरुको संलग्नता। नयाँ सम्बन्धको सुरुवात, नयाँ परिबेश र नयाँ जिवन। सजलको प्रभावशाली ब्यक्तिव र उसको आर्थिक सम्पन्नताको कारण निलुको बुबाले सजलको मुमा आफैले लिएर आउनु भएको बिहेको प्रस्ताब नकार्न सक्नु भएन।


निलु २२, सजल २८ बर्सको थ्यो। ६ बर्सको फरक सामान्य नै थ्यो। अरु भन्दापनि सजलले पढाइ सकेर स्वदेश र बिदेशको ब्यापर आफै हेरिरहेको थ्यो। शालीन स्वभाव र मिलनसार सजललाइ कसैले मन नपराउने कारण थिएन। उ सङ बाहिर जाँदा निलुले अरु युबतीहरुको नजर सजललाइ टाढाबाट नियालिरहेको पाँउथी। उसलाइ अलि अलि डाहा लाग्थ्यो अनि अलिकति गर्ब। सुन्दर, आकर्स्क र सम्पन्न पति पाउनु उसको भाग्यको कुरा थ्यो। घरमा उसको सानो बुबाको छोरीहरु त्यसै भन्थे। निलु प्रति इर्स्या पनि देखाँउथे। बिहे अघि उ सजलसङ बाहिर जाँदा बैनीहरुलाइ पनि सङै लग्थी। एक्लै जाने मन भए पनि बैनिहरु पछि लागि हाल्थे। उनिहरु सजललाइ "ह्यान्ड्सम भिनाजु" भन्थे। सजल उ भन्दा बैनीहरुको प्रस्नको उत्तर दिदाँ ब्यस्त हुन्थ्यो। आधा समय त उसको मोबाइलमा बित्थ्यो, आधा बैनीहरुसङ र केहि औपचारिक कुरा उ सङ। निलु सजलसङ कुरा गर्नु भन्दा पनि उसलाइ हेरेर बस्थी। कहिं केइ खोट थिएन उसको रुपमा। अभिनय गरेमा पक्कै पनि नायक हुने मान्छे जस्तो। अग्लो, गोरो र हसिंलो उसको अनुहार देखेर बाटो हिड्ने कुन केटी एकछिन नरोकिदो हो उसलाइ अघाउन्जेल हेर्नलाइ। निलु सजलको नजरलाइ पनि पछ्याँउथी, तर कुनै केटीप्रति पनि रुचि नदेखाएको कारण मनमनै ढुक्क पनि हुन्थी।


बिहेको कुरा चलेको एक बर्स भएपनि तयारी चाही केही महिना अघि मात्र शुरु भएको थ्यो निलुको घरमा, ४ महिना कति छिटो बितेर बिहेको दिन पनि आइसकेछ। उसलाइ हिजोसम्म यही घरमा भाइबैनीहरुसङ लुकामारी खेलेको जस्तो लाग्थ्यो। आधा दर्जन केटाकेटीहरुको हुलमा उ नै नेत्रीत्व गर्थी। उ जेठो छोरोकी जेठी छोरी थी, उसकी एक बैनी, त्यसपछि, माइलो बुबाको २ छोरा र कान्छो बुबाको चाही १ छोरा १ छोरी थिए। उनिहरु सबै संयुक्त परिबारमा बस्थे। अरुको घरको आरु चोर्ने काम होस् वा आफ्नै बङैचाको काँचो अम्बा। बुबाले था पाउनासाथ नराम्रो सजाँय पाँउथी। तर भाइबैनीहरु पनि उ सङै सजाँय बाँडेर खान्थे। उसको  बचपना त कति छिटो सकिएछ निलुले सोचि।


"मेहेन्दि धुने बेला भयो होला", सानो मुमा कोठा भित्र छिर्नु भयो। भित्ते घडीमा भर्खर ११ बजेको रहेछ। कत्रो लामो रात जस्तो लाग्यो निलुलाइ। उसले हातमा सुकिसकेको मेहेन्दिको बुटा हेरि अनि धुन गै। ढोका बाहिर उसकै उमेरकी सानी उसलाइ हेर्दै अर्थपुर्ण हाँसो हाँस्दै थी। सानी धेरै पहिलेदेखि घर धन्दामा मामुलाइ सघाउने गर्थी। परिवारकै एक सदस्य जस्तै थी उ।

"के हेरेकी त्यसरी?" निलुले रिसाएर सोधी।


"भोली हजुरले था पाइसेला नि।" झन् खित्का छोडेर हाँसी सानी।


"लाज लाग्दैन जे पायो तेइ कुरा गर्न?" ऐनामा केश नियाल्दै निलुले भनी।


"हजुरलाइ डर लाग्या छैन?" सानी हाँस्दै तल लागी।


निलु झस्की। उसभित्र थरि थरि कल्पनाहरु आउन थाले। भोली आफु जन्मेको घर छोडेर जानुको  पीडा त छ्दैछ। अरुको घरमा गयेर अरुको सन्तानलाइ आफ्नो झैं माया देखाउनु छ। हिन्दु धर्म अनुसार उ सजलको आधा अङ्ग बन्छे। सजल उसको कोठामा, रातमा, दिनमा संधै सङै हुनेछ। भोली उसको पहिलो रात अर्थात सुहाग रात। निलुले हिन्दी सिनेमाको सुहागरात सम्झी। उसको मुटु फुल्यो, हात खुट्टाहरु तात्तिन थाले, पसिना आउला जस्तो भयो। सानीले जिस्काएको सम्झी। १ बर्स अघि सानीको बिहे भैसकेको थ्यो। उसलाइ सानीलाइ बोलाएर सोध्न मन लाग्यो। सानीसङ कुरा गर्दा झन् के के डर देखाउली भन्ने पनि पर्‍यो। यस्तो बिषयमा  मामुलाइ सोध्ने कुरा नेपाली समाजमा हुँदैनथ्यो। साथीहरुको कसैको बिहे भएको थिएन। धेरै प्रश्नहरु मनमा भएपनि निलु चुप लागेर सुत्ने प्रयास गर्न लागि।

भोली यति खेर शायद उ सजलको घरमा हुन्छे। उ सजलसङ एक्लै हुन्छे। उनिहरुको बिचमा कोहि हुँदैनन्। सजलको स्पर्शको सुखद अनुभुति महसुस गर्छे। उ सजलको आँखा हेरिरहन चाहन्छे। उसलाइ नबोलेर नै प्रेम गर्न चाहन्छे। संकोचले उ लज्जाउछे वा प्रथम रातमा उ डराँउछे पनि। सजलसङ प्रेमपुर्बक समर्पित हुन्छे उ। उस्को अनुहारमा मिठो मुस्कान फैलियो, आफै सङ लाज मान्दै निलु फेरि निदाउने तर्खर गर्न लागी।

क्रमश:..........

 

 

Last edited: 11-May-08 05:10 PM
Last edited: 11-May-08 05:55 PM

 
Posted on 05-13-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 गजबको प्रस्तुती!

 सबै भाग आजै पढे एकैपटक! अर्को भागको व्यग्र प्रतिक्षामा!

राम्रो कोसेली पस्केकोमा धन्यवाद, र अरु भागहरुको लागि शुभकामना!!

Crazy kasto gayab ho?


 
Posted on 05-13-08 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good goin. Waiting for another part.
 
Posted on 05-13-08 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Crazylove,

My entry to Sajha is not so long. Had heard a lot about you in some threads but got chance to read your spectacular presentation for the first time. It is marvelous. Keep going and I am eagerly waiting for your next posting.

 

Hariyo


 
Posted on 05-13-08 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good job, CL. The plot is flowing smoothly so far. Keep the spirit up. Waiting anxiously to read rest of the story.
 
Posted on 05-13-08 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-14-08 5:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Best from u अहिले सम्मको .............I loved it ,सानो सानो कुरा केलाएर लेखेको सबै भन्दा मन पर्यो u r the master of it  ,समग्रमा म यो कथाले बाँधिएको छु ,अन्त्य के हुने हो सोच्दै।
 
Posted on 05-14-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow crazy रत्नपार्कको झिल्के बाट शुरु गरेर यहाँसम्म पुगेउ साथी तिमी... झन झन परिस्क्रित हुँदैछ साथी तिम्रो लेखाइ.

next part को प्रतिछ्या म।


 
Posted on 05-14-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow! smooth flow. Waiting to read more.
 
Posted on 05-14-08 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखैमा घाम टलक्क परेपछि निलु ब्युँझि, ९ बजिसकेकोथ्यो। पहिले त उसलाइ यो कस्को कोठा हो जस्तो लाग्यो। त्यो उसको माइतीको जस्तो थिएन।  नौलो कोठामा आफुलाइ पाएर पहिले त सपना हो कि बिपना उसलाइ छुट्याउन गार्हो भयो। तर भारी गहना र रातो सारीले फेरि उ सजलको बिहे गरेकि नयाँ दुलही भनेर झस्की। खाटको छेउमा सजल थिएन। शायद बिहानै उठेको हुनु पर्छ। कोठाको सामानहरु, भित्ता र सजावट यथावत थिए। हिजो जस्तै, उसको कुमारी रात जस्तै। बिहेको भोलिपल्ट नैं उ उठ्न अबेर भएकी थी। मनमा सासु र अरुले के भन्ला भन्ने डर पनि लाग्यो र सुट्केसबाट बाथरोब झिकेर उ बाथरुममा नुहाउन गइ। चिसो पानीले शरीरलाइ छुँदा उ आनन्दित भइ। उ पानीको फोहोरामा हिजोको थकाइ बिसाएर ताजा महसुस गर्न थाली। उसले एक्छिनलाइ बिहे भइसकेको कुरा पनि बिर्सी।

चिसो कपाललाइ रुमालले बेरेर बाथरोब लाएर उ कोठामा आइ। सजल दराजमा केहि खोजिरहेकोथ्यो। उसलाइ देखनासाथ एकछिन टक्क अडियो र हेरिरह्यो। निलुलाइ कहाँ हेर्ने कहाँ हेर्ने भयो। सजलको आँखामा केहि थिएन, न त आफन्तको न्यानोपन न त परायाको चिसो भाव। शुन्य थियो केबल शुन्य भाव। निलु बाथरोबभित्र निर्बस्त्र थी। घुँडा भन्दा मुनि सजलले हेरेकोथ्यो। सजल लोग्ने, उ स्वास्नी। खै त्यस्तो चुम्बकिय  आकर्षन जुन जवान नारी र पुरुषमा हुन्छ। उनिहरु कोठामा त्यो
एक्लै थिए। एकछिन पछि केहि सम्झे झैं गरी सजलले सोध्यो।


"तिमीले चिया खायौ?" कस्तो प्रस्न हो उसको लोग्नेको। निलुलाइ मनमनै हाँस्न मन लाग्यो।


"छैन।" सजललाइ हेर्दै उसले सोधी।"हजुरले नि?"


"मलाइ हजुर भनेको मन पर्दैन। "तिमी" भने पुग्छ। मैले बिहानै "बेड टी" खाइसके। गीताको हातको बेड टी नखाइकन म बिहान उठ्नै सक्दिन। एक्दम मिठो चिया बनाँउछे गीता।"


निलुको मनमा चिसो पस्यो। एकाबिहानै उसको लोग्ने "गीता"को तारीफ गर्दैछ। चिया पकाउन जान्दैमा के भो त? सजलको स्वास्नी त निलु नैं हो नि।


"म गीतालाइ तिम्रो लागी चिया बनाउ भन्छु।" सजल कोठाबाट बाहिर निस्क्यो।


त्यति हो उसको लोग्नेसङको कुराकानि निलुको। त्यो पनि बिहेको भोलीपल्ट। कपाल सुकाउन भनेर निलु "ड्रायर" खोज्दै थी। गीता चिया लिएर आइ।


"दर्शन! महारानी।" अलि धेरै झुकी गीता।


"किचेनमा को को छ?" निलुलाइ गीताको मुख हेर्नै मन परेन।


"किन र हजुर?" गीता छक्क परी।


"मलाइ अरुले पकाको चिया मन पर्दैन। आफै पकाएर खाने बानी छ।" फेरि सोचेर निलुले भनी।"भैगो आजलाइ। म तिमीले ल्याएको चिया खान्छु।"


गीता गएपछि सासु आउनुभयो र त्यो दिनभरीको कार्यक्रमको सुची बताउनु भयो। पुजाको लागि मन्दिर जानु पर्ने रैछ बिहेको भोलिपल्ट। त्यहि साँझ होटेलमा बिहेको पार्टी पनि। त्यो दिन पनि निलु सासु र बाहुनले जे भन्यो त्यही गर्दै बसी। बिहान ११ बजे सुरु भएको पुजा दिँउसो २ बजे सकियो। त्यसपछि खाना खाएर निलुलाइ आराम गर्न लगाइयो। सजल कोठामा आएन। निलु धेरै थाकेकी थी। रातको निद्रा पनि पुर्याउनु थ्यो र ४ बजेदेखी फेरि उसको साज श्रीङार गर्न ब्युटिसिअनहरु आँउदैथे।
सजल ५ बजे कोठाभित्र हतार हतार आयो र दराजबाट के के लुगा लाउने भनेर झिकेर लग्यो। त्यतिखेर निलु फेरि पार्टीको लागी सज्जिदैंथी। कुरा गर्ने समय पनि थिएन। सबै तयार भएपछि घरका सबै सदस्यहरु निलु र सजलसङ होटेल पुगेर पाहुनाहरुको स्वागत सत्कार गर्न थाले। सजल अलि तनाबमा देखिन्थ्यो। घरि घरि उसको मोबाइल भाइब्रेट भइरहेको निलुले सुन्थी। त्यो ब्यस्ततामा सजलले मोबाइल उठाएन, तर उसको अनुहार अरु चिन्तित देखिन थालेकोथ्यो। पार्टीमा निलुको परिवारहरु पनि आउनुभयो। मामुले "कस्ती राम्री देखिएकी" भनेर अङाल्नु भयो। बैनीहरुले सजललाइ जिस्काए। सजल उनिहरुसङ उस्तै तरिकाले कुरा गर्दै थ्यो। जस्तो उ बिहे अघी गर्थ्यो। पार्टी सकेर घर पुग्दा रातको १२ बजिसकेको थ्यो। त्यसैले सासुले अब तिमीहरु सुत्न जाउ भनेर पठाउनु भयो। सजल तल उसको अफिस कोठामा गयो। निलु सुत्ने तर्खरमा लागी। दोस्रो रात पहिलो रात जस्तो धेरै उत्सुक रहिन निलु। तन्ना कस्दै गर्दा सजल भित्र आयो। कोठाअगाडिको कौसीमा गयो उ। अनि एकछिनपछि फेरि आएर भन्यो।


"निलु, म धेरै टेन्सनमा छु।"


निलु टुलुटुलु सजलको अनुहार हेरि रही। मनभित्र अनेक शंका आशंकाहरुले घेर्न थाले। सजल केहि भन्न लाग्दैछ। उसको शंका सत्य हुन लागेको हो? यो उसको बिहे पछिको दोस्रो रात मात्र हो। स्वास रोकेर बसी निलु। डरले निलुको मुटु काँप्यो। भित्र भित्र भगवानको नाम जप्न लागी।

क्रमश:

 

Last edited: 14-May-08 01:20 PM

 
Posted on 05-14-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika, k cha yaar timro khabar? I was taking a break for a while k.

Waiyat, here's another part.

Hariyo kagaj, welcome to crazy world. ha ha ha.

NKC, thanks for your support.

Sindoor, swagat cha.

Fucheketo, ending kasto huncha bhanera ma pani sochiraheki chu.

Pretty, how r u dear? I don't see u that often. was missing u.

Sujata, thank u very much.

Last edited: 14-May-08 01:16 PM

 
Posted on 05-14-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Black Mail huna lage justo cha !!

Drugs khojeko ho ?

Business justo bhanthyo, testo haina justo cha !!

Gita sita la katai las-pas chaina ?

 

Crazy-love

Don't change the plot of the story just to prove me wrong. After reading the nicely written plots, I am forced to think in this way. 

Chitto chitto lekhnu paryo.

 


 
Posted on 05-14-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 उसोभा क्रेजीले खालि पाना भर्दै हो ? :)  

हजुरको कथाहरु पढ्न निकै मनपर्छ मलाई --

--त्यसपछि के भयो?  

 


 
Posted on 05-14-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

निलु, म धेरै टेन्सनमा छु।"


निलु टुलुटुलु सजलको अनुहार हेरि रही। मनभित्र अनेक शंका आशंकाहरुले घेर्न थाले। सजल केहि भन्न लाग्दैछ। उसको शंका सत्य हुन लागेको हो? यो उसको बिहे पछिको दोस्रो रात मात्र हो। स्वास रोकेर बसी निलु। डरले निलुको मुटु काँप्यो। भित्र भित्र भगवानको नाम जप्न लागी।

"मेरो बैंककको बिजिनेसमा ठुलो समस्या आएको छ।" सजलको भनाइमा गम्भिरता देखियो।

निलुको आँखा रसाए। बेकारमा पाप सोच्छे, यो सबै त्यो हिन्दी सिरिअलहरुको हेरेको परिणाम हो। मन ढुक्क भएपछि सजलप्रति अझ धेरै माया पलायो उसको।

"तिमी चिन्ता नगर। ब्यापारमा यस्तो भैरहन्छ। मैले अलि बढी समय मेरो कामलाइ दिनु पर्छ। तल अफिसमा थुप्रै रिपोर्टहरु तयार गर्नु छ। शायद बैंककको मेनेजरसङ फोनमा कुरा पनि गर्नु पर्छ होला। तिमी सुते हुन्छ।" सजल निलुले केहि भन्न नपाँउदै कोठाबाट बाहिरियो। कस्तो मान्छे रैछ, त्यस्तो समस्या भाको बेलामा किन बिहे गर्‍या होला। अलिक पछि बिहे सारे पनि त हुन्थ्यो नि। घरमा सबै कुरा मिलिसकेकोथ्यो। सजल स्वार्थी पनि लाग्यो उसलाइ। आफ्नो कुरा चाहिँ सुनाउने, उ के भन्न चाहन्छे, त्यो चाहि नसुन्ने। हुन त निलुले आफैलाइ दोष दी। किन बोलिन उ सजलको सामु? उसको शब्दहरु कहाँ अडके त? केहि भन्नु पर्थ्यो निलुले सजललाइ? तर के भन्नु पर्थ्यो उसले सोच्न सकिन। दोस्रो रात पहिलो रात जस्तो नकारात्मक कुराहरु आएन उसको मनमा। उसले कारण थाहा पाइसकि, सजलको काममा ठुलो टेन्सन छ। उसले सुनेकी थी बैंककमा सजलको ठुलो गहना शोरुम छ। त्यो रात उसले भोली माइत जाने कुरा कल्पिदैं एक्लै सुती।
बिहेको तेस्रो बिहान पनि निलु कुमारी ब्युँझी र जन्मघर जाने खुशीमा सबेरै उठी। सजल कोठामा थिएन, शायद कामको टेन्सनमा उ तल सुत्यो। त्यस दिन आफै किचेनमा गएर चिया पकाइ। सासुले उसलाइ माइती जाँदा कुन गहना र सारी लाउने भनेर सुझाब दिनु भयो। त्यो एक रात निलु माइतीमा बस्ने र अर्को साँझ घर फर्किने भन्ने कुरा भयो। उ बिहानभरी मन पर्ने गीत गुनगुनाइ। सजल उनिहरु निस्कनु भन्दा १५ मिनेट अघि मात्र कोठामा आयो, नुहाउन गयो र ११ बजेतिर सजल र उ कुपोन्डल पुगे। त्यति थोरै समयभित्र निलुले सजललाइ केहि भन्न रुचाइन। सजलले पनि केहि सोधेन अथवा भनेन पनि। माइती जाँदा उ दुखी देख्न चाहन्नथी। बाटोमा सजलको मोबाइल बजिरह्यो। सजलले खाली "यस" र " नो" मात्र भनेको सुनी उसले।
कुपोन्डलमा पुग्नासाथ भाइ बैनीहरु सजलसङ झ्याम्मिन थाले। उ हाँसी हाँसी सबैसङ कुरा गर्न थाल्यो। बुबा मामुलाइ पनि अति नै नरम मिजासले सम्मान दिन्थ्यो। घरको सबै मान्छेहरु उसङ धेरै नजिक भए झैं देखिन्थे। निलु जो उसको सबभन्दा नजिकको मान्छे, उसकी स्वास्नी, बिहे गरेको तेस्रो दिनसम्म पनि उसङ सामान्य कुराकानी गर्ने हिम्मत राख्न सक्दिनथी। टाढाबाट निलुले सजलको ब्यबहार नियाली रही र आफैलाइ सोधी। उ किन सजल सङ नजिकिन सक्दिन?

खानपिन भयो, सजलले मोबाइलमा बेला बेलामा चेक पनि गर्दैथ्यो। २ घन्टापछि सजलले उसको एउटा पुतलीसडकमा उसको नयाँ क्लाइन्टसङ जरुरी मिटिङ छ भनेर उठ्यो। बुबाले ब्यापारमा यस्तै हुन्छ भनेर उसलाइ बिदा गर्नु भयो। जाने बेलामा निलुले सजलको अनुहारमा उसको लागी केहि कुरा खोजीरही। उसले  केही पाइन। ढोकाबाट निस्किदाँ पनि सजलले एकचोटि उसलाइ फर्केर हेरेन। मानौं निलु उसको स्वास्नी होइन, उसले निलुलाइ चिनेकै छैन। निलुलाइ चसक्क छाती पोल्यो। के सजल उसलाइ सधैको लागी छोडेर गएको हो? जाने बेला त एकचोटी उसलाइ हेर्नु पर्थ्यो। केही भन्नु पर्थ्यो। उ सजल गएको बाटो हेर्दै थी, उ फर्केर उसलाइ लिन आँउछ कि आँउदैन भनेर सोच्दै थी.......

"निलु मैयाँ, हजुर त बिहे पछि पनि उस्तै।" सानीले झस्काइ उसलाइ।

"हो त नि सानी, म अहिले पनि उस्तै छु, जस्तो बिहे नगर्दा थिएँ।"

"खोइ हजुरको निधारको रातो टिका?" सानीले आफ्नै टिका झिकेर उसलाइ लगाइदी।

साँच्चै उसको टिका कहिँ खसी सकेको थियो।

क्रमश:

Last edited: 14-May-08 02:24 PM

 
Posted on 05-14-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This store is going great guns...aru pani..
 
Posted on 05-14-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>बिहेको तेस्रो बिहान पनि निलु कुमारी ब्युँझी र जन्मघर जाने खुशीमा सबेरै उठी। <<<

च्व च्व च्व -- कस्तो माया लाग्यो मलाई त निलु को !

त्यो सजलको चाल ठीक छैन जती जे भने पनि ! जती सुकै बिज्नेस प्रब्लम भये पनि जाने बेलामा निलुको  अनुहार त हेर्न सक्थ्यो !

क्रेजी, एकदम राम्रो प्रस्तुती ! धारावाहिक हेरेको जस्तो लाग्ने ! अर्को भाग चाडै राख्नुपर्‍यो !

 


 
Posted on 05-15-08 4:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dherai pachhi sajha kholeko, yeti ramro katha padhna paiyo. Carry on Crazy.

 
Posted on 05-15-08 4:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

u r going at ur best

मलाइ अरुले पकाको चिया मन पर्दैन। आफै पकाएर खाने बानी छ।" फेरि सोचेर निलुले भनी।"भैगो आजलाइ। म तिमीले ल्याएको चिया खान्छु।"

यो लाइन सारै मन पर्यो ,दोहोर्याएर पढेँ कारण जे होस् दुइ बिचको सम्बन्धको चिसोपनको ब्याख्याले पढ्नेलाई बाँधिराखेको छ ,ल ल चाँडो चाँडो हाम्रो शङ्का निवारण होस् प्रभु!!!!!!!!!!!!!!


 
Posted on 05-15-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

 

Last edited: 15-May-08 10:38 AM

 
Posted on 05-15-08 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निलुलाइ टिका निधारमा हुनु र नहुनुमा केहि फरक लागेन। बिहे भएको र नभएकोमा पनि केहि फरक लागेन। उ त उही छे। अबोध, अन्जान र सरल केटी, जस्तो उ पहिला थी। त्यो साँझ भाइबैनीहरुले बिशेस कार्यक्रम बनाए निलुको लागि। सबैजना मिलेर निलुको मनपर्ने फिलिम हेर्ने। त्यो सङै उनिहरुले निलुलाइ "सरप्राइज" दिने योजना बनाए। निलुको मन सजललाइ खोजिरहेको हुन्थ्यो। अहिले उ के गर्दै होला? कहाँ होला? निलुलाइ सम्झिदैं होला वा नहोला? आदी, इत्यादी।

बेलुकीको खाना खाएर भाइबैनी सबै निलुको कोठामा जम्मा भए। उनिहरुको उमेर धेरै भनेको १ बर्सको फरक थियो। सबैभन्दा कान्छी बैनी १९ भैसकेकी थी, त्यसैले उनिहरु निलुको साथी जस्तै थे। सानी पनि उनिहरुको कार्यक्रममा सधैं सरिक हुन्थी। उ त्यहीँ क्वार्टरमा बस्थी। उसको लोग्ने नेपाली सेनामा सुबेदार थ्यो। कहिलेकहिं सानी लोग्ने बाहिर हुँदा निलुकै कोठामा सुत्थी।

ठुलो भाइले सुनिल दत्तको पुरानो "पडोसन" भन्ने फिलिम डेकमा सुरु गर्यो। सबैजना पहिलो चोटि हेर्न बस्या जस्तै गरेर चुपचाप भए। निलुको मनको फिलिममा सजल नाच्न थाल्यो, र सङसङै अर्को धुमिल छाँया पनि देखियो। चिन्या चिन्या जस्तो कोहि केटी। गीता आइ सजल सङै अनि उनिहरु त्यही खाटमा बसेर कुरा गर्न थाले। सजल हाँस्न थाल्यो, गीता मस्किन थाली। सजलले गीताको हात समातेर तान्यो। गीत लाज माने झैं गरी। निलु सुत्ने खाटमा सजल र गीता प्रेमालाप सुरु गर्न थाले। कोठामा ठुलो हाँसोको फोहरा छुट्यो, निलु झसङ भइ। सबै जना फिलिम हेरेर हाँसेका थे।
निलु नहाँसेको सुनेर सबै छक्क परे र निलुको अनुहारमा हेर्न थाले। निलु अकमक्क परी।


"दिज्यु, तिमीलाइ के भयो?" सानो भाइले सोध्यो।


"किन? के भयो र?" निलुले उल्टो सोधी।


"यो तिम्रो मनपर्ने द्रिश्य होइन?" ठुलो भाइले फिलिम "पज" गर्‍यो।


"तिमी मुर्छा पर्थ्यौ हाँसेर, यो सीन हेर्दा जहिले पनि।" ठुली बैनीले भनी।


"कुन सीन?" निलु झनै अल्मल्लि।


"सुनिल दत्तलाइ गीत गाउन सिकाँउदा, ढोकामा गधा आएर "ढेँचु, ढेँचु" गर्ने सिन के त?" सानीले स्पस्ट पारी।


"हो त" बल्ल सम्झी निलुले।


निलुको मन फिलिममा नभएको देखेपछि सबैले अर्को पार्टी सुरु गरे। सानीले उसको लोग्नेले शान्ति सेनामा जाँदा लेबनानबाट ल्याएको "बैली" भन्ने आइरिश् रक्सी ल्याइ। आलु चिप्स्, बदम र काँक्रा काटेर ल्याए भाइ र बैनीले।


"निलु मैंयाँको लागि यो है?" सानीले अरुलाइ सचेत गराइ।


"हामी त साथ दिने मात्र त हो नि।" ठुली बैनी पनि खुशी भइ। सबैले निलुको खुशीको  लागि 'चियर्स' गरे र निलुले पहिलो घुट्को मुखमा राख्नासाथ 'आइसक्रिम'को स्वाद महसुस गरी। घाँटीबाट पेटमा जाँदा पोलेको अनुभव भयो। तर यो पोलाइ सजलको ब्यबहार भन्दा त्यती पोल्ने थिएन। १ पेग सकिन लाग्दा, निलुको गाला तात्तिएर खुट्टाहरुमा रम रम गर्दैथ्यो। निलुको बोली फुट्न थाल्यो। उसले बैलीको स्वादको प्रसंशा गरी। सानीको प्रशंशा गरी र भाइ बैनीहरुको मायाको लागि धन्यबाद दी। निलु खुशी भएको देखेर सबै रमाए।


"निलु दिज्यु, हजुरलाइ राजेश हमालले किन बिहे नगरेको थाहा छ?" कान्छी बैनीले सोधी।


"अँह..!" बैनीलाइ हेरि उसले।"किन रे?"


"राजेश हमालको त्यो छैन रे नि क्या।" बैनीले भनी।


"हो र???" आशर्यचकित स्वरमा सोधी निलुले।


"सबै त्यस्तै भन्छन् राजेश हमालको त्यो छैन रे।" बैनीले फेरि दोहोर्‍याइ।


"अँ होला खुब। कसले थाहा पाको नि त्यस्तो कुरा?" निलुलाइ बिस्वास लागेन।


"हो क्या दिज्यु, राजेश हमालको बिहे गर्ने मन छैन रे।"


निलुको हाँसो फुट्यो। तीन पेग त सकिसक्या थ्यो चौथो पेगमा उसलाइ हाँसो बिना अरु केहि आँउदैनथ्यो। निलु "राजेश हमालको त्यो छैन।" भन्दै सोफाबाट लडिबुडि गर्दै हाँसेर भुइँमा खसी। एक्छिन चुप लागी अनि फेरि "राजेश हमालको ....।" भन्दै हाँस्न थाली। भाइ बैनीहरु एक अर्काको मुख हेर्न थाले।


सानीले सानो स्वरमा भनी।  "निलु मैंयालाइ लागेछ।"


"अब के गर्ने?" सानो भाइ डरायो।


"तिमी त हो नि दादा, आज निलुको मुड अफ छ आज ड्रिन्क नगरौं भन्दा नमान्ने।" ठुलो बहिनिले ठुलो भाइलाइ भनी।


"मलाइ मात्र के दोश? हामी सबैले आज निलुलाइ खुशी बनाउने भन्या होइन? ठुलो भाइ पनि रिसायो।


"चुप लाग तिमीहरु।" निलुले लागेको सुरमा बोली।

"मलाइ रक्सी खाएर लाग्या होइन।" स्पस्टिकरन दी।


"ए, तेसो भए कसरी लाग्या त?" सानीले जिस्काइ।


"रक्सी खानु भन्दा पहिले नै लागेको।" निलुको कुरा सुनेर सबैजना मरुन्जेल हाँस्न थाले।

तुरुन्त किचेनमा गएर कोहि दही लिएर आए। कोहि कागति लिएर आए निलुको नशा उतार्न। निलु लगातार "राजेश हमालको......" भनी रहन्थी। अचानक उसले "सजलको त्यो छैन" भन्न थाली। लौ भएन भनेर  भाइहरु आफ्नो कोठातिर लागे। सानी क्वार्टरमा गइ। दुइ बैनीहरुले निलुलाइ मुख् धोइ दिए, दहि खुवाए अनि १ घन्टा पछि निलु आफै सुती।

बिहान फोनको घन्टी बज्दा निलुको टाउको फुट्ला जस्तो भएर दुखिरहेकोथ्यो। मनमनै अब कहिले पिउदिन भनेर कसम खाइ र फोन उठाइ।


"हेल्लो,"


"निलु म बोलेको।" सजलको स्वर सजिलै चिनि उसले।


"भन,"


"मेरो अर्जेन्ट मीटिङ पर्‍यो बैंककमा म आज दिंउसोको फ्लाइटमा जाँदैछु।" ह्याङओवर हरायो निलुको।


"कहिले फर्किने?" हतार हतार सोधी निलुले।


"म सकेसम्म छिट्टै आँउछु।" सजलले सामान्य तवरमा बतायो। निलु मौन रही। सजलले पछि फोन गर्छु भनेर राखिदियो।

क्रमश:

 


 
Posted on 05-15-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sheetalb, here is the next part.

ritthe, kasto maya lagyo niluko malai pani.

Jagatadhari, khoi ta arko blast padhna kaile paune hamile?

fucheketo, thanks for ur interest.

Sumansuman, thanks for ur edited comment.


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters