Posted by: crazy_love May 15, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

निलुलाइ टिका निधारमा हुनु र नहुनुमा केहि फरक लागेन। बिहे भएको र नभएकोमा पनि केहि फरक लागेन। उ त उही छे। अबोध, अन्जान र सरल केटी, जस्तो उ पहिला थी। त्यो साँझ भाइबैनीहरुले बिशेस कार्यक्रम बनाए निलुको लागि। सबैजना मिलेर निलुको मनपर्ने फिलिम हेर्ने। त्यो सङै उनिहरुले निलुलाइ "सरप्राइज" दिने योजना बनाए। निलुको मन सजललाइ खोजिरहेको हुन्थ्यो। अहिले उ के गर्दै होला? कहाँ होला? निलुलाइ सम्झिदैं होला वा नहोला? आदी, इत्यादी।

बेलुकीको खाना खाएर भाइबैनी सबै निलुको कोठामा जम्मा भए। उनिहरुको उमेर धेरै भनेको १ बर्सको फरक थियो। सबैभन्दा कान्छी बैनी १९ भैसकेकी थी, त्यसैले उनिहरु निलुको साथी जस्तै थे। सानी पनि उनिहरुको कार्यक्रममा सधैं सरिक हुन्थी। उ त्यहीँ क्वार्टरमा बस्थी। उसको लोग्ने नेपाली सेनामा सुबेदार थ्यो। कहिलेकहिं सानी लोग्ने बाहिर हुँदा निलुकै कोठामा सुत्थी।

ठुलो भाइले सुनिल दत्तको पुरानो "पडोसन" भन्ने फिलिम डेकमा सुरु गर्यो। सबैजना पहिलो चोटि हेर्न बस्या जस्तै गरेर चुपचाप भए। निलुको मनको फिलिममा सजल नाच्न थाल्यो, र सङसङै अर्को धुमिल छाँया पनि देखियो। चिन्या चिन्या जस्तो कोहि केटी। गीता आइ सजल सङै अनि उनिहरु त्यही खाटमा बसेर कुरा गर्न थाले। सजल हाँस्न थाल्यो, गीता मस्किन थाली। सजलले गीताको हात समातेर तान्यो। गीत लाज माने झैं गरी। निलु सुत्ने खाटमा सजल र गीता प्रेमालाप सुरु गर्न थाले। कोठामा ठुलो हाँसोको फोहरा छुट्यो, निलु झसङ भइ। सबै जना फिलिम हेरेर हाँसेका थे।
निलु नहाँसेको सुनेर सबै छक्क परे र निलुको अनुहारमा हेर्न थाले। निलु अकमक्क परी।


"दिज्यु, तिमीलाइ के भयो?" सानो भाइले सोध्यो।


"किन? के भयो र?" निलुले उल्टो सोधी।


"यो तिम्रो मनपर्ने द्रिश्य होइन?" ठुलो भाइले फिलिम "पज" गर्‍यो।


"तिमी मुर्छा पर्थ्यौ हाँसेर, यो सीन हेर्दा जहिले पनि।" ठुली बैनीले भनी।


"कुन सीन?" निलु झनै अल्मल्लि।


"सुनिल दत्तलाइ गीत गाउन सिकाँउदा, ढोकामा गधा आएर "ढेँचु, ढेँचु" गर्ने सिन के त?" सानीले स्पस्ट पारी।


"हो त" बल्ल सम्झी निलुले।


निलुको मन फिलिममा नभएको देखेपछि सबैले अर्को पार्टी सुरु गरे। सानीले उसको लोग्नेले शान्ति सेनामा जाँदा लेबनानबाट ल्याएको "बैली" भन्ने आइरिश् रक्सी ल्याइ। आलु चिप्स्, बदम र काँक्रा काटेर ल्याए भाइ र बैनीले।


"निलु मैंयाँको लागि यो है?" सानीले अरुलाइ सचेत गराइ।


"हामी त साथ दिने मात्र त हो नि।" ठुली बैनी पनि खुशी भइ। सबैले निलुको खुशीको  लागि 'चियर्स' गरे र निलुले पहिलो घुट्को मुखमा राख्नासाथ 'आइसक्रिम'को स्वाद महसुस गरी। घाँटीबाट पेटमा जाँदा पोलेको अनुभव भयो। तर यो पोलाइ सजलको ब्यबहार भन्दा त्यती पोल्ने थिएन। १ पेग सकिन लाग्दा, निलुको गाला तात्तिएर खुट्टाहरुमा रम रम गर्दैथ्यो। निलुको बोली फुट्न थाल्यो। उसले बैलीको स्वादको प्रसंशा गरी। सानीको प्रशंशा गरी र भाइ बैनीहरुको मायाको लागि धन्यबाद दी। निलु खुशी भएको देखेर सबै रमाए।


"निलु दिज्यु, हजुरलाइ राजेश हमालले किन बिहे नगरेको थाहा छ?" कान्छी बैनीले सोधी।


"अँह..!" बैनीलाइ हेरि उसले।"किन रे?"


"राजेश हमालको त्यो छैन रे नि क्या।" बैनीले भनी।


"हो र???" आशर्यचकित स्वरमा सोधी निलुले।


"सबै त्यस्तै भन्छन् राजेश हमालको त्यो छैन रे।" बैनीले फेरि दोहोर्‍याइ।


"अँ होला खुब। कसले थाहा पाको नि त्यस्तो कुरा?" निलुलाइ बिस्वास लागेन।


"हो क्या दिज्यु, राजेश हमालको बिहे गर्ने मन छैन रे।"


निलुको हाँसो फुट्यो। तीन पेग त सकिसक्या थ्यो चौथो पेगमा उसलाइ हाँसो बिना अरु केहि आँउदैनथ्यो। निलु "राजेश हमालको त्यो छैन।" भन्दै सोफाबाट लडिबुडि गर्दै हाँसेर भुइँमा खसी। एक्छिन चुप लागी अनि फेरि "राजेश हमालको ....।" भन्दै हाँस्न थाली। भाइ बैनीहरु एक अर्काको मुख हेर्न थाले।


सानीले सानो स्वरमा भनी।  "निलु मैंयालाइ लागेछ।"


"अब के गर्ने?" सानो भाइ डरायो।


"तिमी त हो नि दादा, आज निलुको मुड अफ छ आज ड्रिन्क नगरौं भन्दा नमान्ने।" ठुलो बहिनिले ठुलो भाइलाइ भनी।


"मलाइ मात्र के दोश? हामी सबैले आज निलुलाइ खुशी बनाउने भन्या होइन? ठुलो भाइ पनि रिसायो।


"चुप लाग तिमीहरु।" निलुले लागेको सुरमा बोली।

"मलाइ रक्सी खाएर लाग्या होइन।" स्पस्टिकरन दी।


"ए, तेसो भए कसरी लाग्या त?" सानीले जिस्काइ।


"रक्सी खानु भन्दा पहिले नै लागेको।" निलुको कुरा सुनेर सबैजना मरुन्जेल हाँस्न थाले।

तुरुन्त किचेनमा गएर कोहि दही लिएर आए। कोहि कागति लिएर आए निलुको नशा उतार्न। निलु लगातार "राजेश हमालको......" भनी रहन्थी। अचानक उसले "सजलको त्यो छैन" भन्न थाली। लौ भएन भनेर  भाइहरु आफ्नो कोठातिर लागे। सानी क्वार्टरमा गइ। दुइ बैनीहरुले निलुलाइ मुख् धोइ दिए, दहि खुवाए अनि १ घन्टा पछि निलु आफै सुती।

बिहान फोनको घन्टी बज्दा निलुको टाउको फुट्ला जस्तो भएर दुखिरहेकोथ्यो। मनमनै अब कहिले पिउदिन भनेर कसम खाइ र फोन उठाइ।


"हेल्लो,"


"निलु म बोलेको।" सजलको स्वर सजिलै चिनि उसले।


"भन,"


"मेरो अर्जेन्ट मीटिङ पर्‍यो बैंककमा म आज दिंउसोको फ्लाइटमा जाँदैछु।" ह्याङओवर हरायो निलुको।


"कहिले फर्किने?" हतार हतार सोधी निलुले।


"म सकेसम्म छिट्टै आँउछु।" सजलले सामान्य तवरमा बतायो। निलु मौन रही। सजलले पछि फोन गर्छु भनेर राखिदियो।

क्रमश:

 

Read Full Discussion Thread for this article