[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 महत्तोकाङ्क्षा

[Please view other pages to see the rest of the postings. Total posts: 48]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 19722 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 11-03-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो घरमा बाबा, आमा, सानु भाई र म थियौ। बाबा सरकारी कार्यालयमा सचिब को ओहोदामा हुनुहुन्थ्यो। घुश खाने र लिने लाई घ्रिणा को रूप ले हेर्नु हुन्थ्यो तेसैले बाबा को साथी हरुको सामु हामिहरु मद्दम बर्गमै गणिन्थ्यौ। बाबा बिश्वोबिध्यलमा स्तनाकोउत्तरलाई पढाउनु पनि हुन्थ्यो। बाबा सर समाज र नातागोता को अगाडि प्रतिष्ठित हुनुहुन्थो र सबैजसो बाबा को आगडि इज्जतिलो ब्यक्तित्यो मै प्रस्तुत हुन्थे।

म घरको जेठि छोरी, पछी भबिष्य मा गएर ईन्जिनियर हुने सपना बोकेर बाह्र कक्षा मा पढ्दै थिए। हेर्दा हेर्दै बाह्र पनि सिधियो नतिजा पनि निश्कियो र पहिलो डिविजन्मानै पास भयँ। साथीहरु सबै बिदेश तिर धमाधम लाग्न थाले अनी आफु लाई  पनि बिदेसमानै गएर बाँकी पढाई सिद्द्याउने कौतुहलत मनमा जाग्यो। एकदिन बाबा सँग आफ्नु इक्ष्या प्रकट गँरे। बाबा ले बिरोध जनाउनु भयो र तिमी एकजना केटी मान्छे त्यो अन्जान ठाउँ मा बस्न गाह्रो हुन्छ, फेरी हामी ले देख्न पनि पाउदैनौ, यहाँ पनि राम्रो कलेज हरु छन, पुल्चोक मा  अथवा काठमाडौं युनिभर्सिटी मा प्रयास गर भन्नु भयो। आमाले पनि छोरी तिमी एही भयोउ भने मलाई पनि साथी हुन्छ फेरी तिम्रो सन्चो बिसन्चो को खयाल पनि कस्ले गर्छ त्यो बिरानो ठाउमा भन्नु भयो। तर बिदेश जाने धुनमा कसैको कुरा पनि शही लागेन। दुई महिना सम्म लगातार् बाबा लाई त्यही कुरमा जोड दियी रहे, अन्तमा बाबाले हार खाएर मनले नमानी नमानी हुन्छ भन्नु भयो। बाबाको स्विक्रिती पाएपछी मैले धमाधम आफ्नु  अमेरिका जाने तयारि सुरु गरे, टोफेल दिये र हेर्दा हेर्दै पसपोर्ट मा भिशा को स्टाम्प पनि लाग्यो र जाने दिन को तयारी पनि भयो। समय धेरैनै छिटो बितिरहेको थियो।

हिंड्ने अघिल्लो रात बाबा मेरो कोठामा तिन् घन्टा बस्नु भयो र मलाई मान, मर्यादा र  प्रतिस्ठाको पाठ पढाउनु भयो। उँहा को शब्दहरु ले मलाई एही एहेसास दिलायो कि बाबाको जिन्दगीभर को कमाइ, मेहनत र प्रतिस्ठा भनेको म र मेरो भाई हो, म जेठि छोरी घरको इज्जत हो र कदै कदाचित केही बिग्रियो अथवा महिले बाटो बिराये भने उहाको जिन्दगी भरको मेहनत बेर्थ हुनेछ। उहाको शब्दहरु मेरो कान मा त गुन्झिरहेको थियो तर म एकनाश ले उहाको आँखामा टल्बलिरहेको आशुलाई घोरिएर हेरिरहेको थिए। बाबा भन्दै हुनुहुन्थ्यो छोरी जे जस्तो भएपनी आफ्नु कर्तब्य कहिले नबिर्सिनु र पढाई मा चाँही सदैब ध्यान दिनु, पैसा को गाह्रो पर्‍यो भने तिमी पिर नगर्नु म घर बेचेर भये पनि तिमीलाई पढाउछु। बाबा को कुर सुनेर मेरो आँखा रशायो र बाबाले आफ्नु आशु झर्लाकी भनेर ल तिमी सुत भोली छिटो उठ्नु पर्छ भनेर कोठाबाट बाहिर निस्किनु भयो र ढोका लगाइदिनु भयो। म लुगा मिलाउदै थिएँ , सात बर्ष को मेरो सनु भाई कोठामा आयो। मैले के भयो बाबु तिमी एती खेर सम्म किन नसुतेको भनेर सोधे उस्ले मेरो सुट्केस मा एक्टक ले हेरिरह्यो र तेसै भन्यो। उ मेरो खाट मा बसेर मिलायेर राखेका सुटकेसका लुगाहरु हेरिरह्यो। म ति लुगाहरु मिलाउनमा बेस्त थिये उ तेही कती खेर निदाएछ थाहै भएन।

भोली पल्ट बिमानस्थल मा बाबा, भाई र साथीहरु बिदायिकोलागी आएका थिए । आमा सँग घर मा नै रातो टिका र माला लगाएर बिदा भयिसकेको थिएँ। बाबा मलाई बारम्बार टिकेट कता राखेको छौ, पास्पोर्ट कता राखेको छौ फेरी हराउला भनेर सोधिरहनु भएको थियो, आँफैमा अल्मलियिरहनु भएको थियो। मैले चिन्तित बाबा लाई सन्तोना दिदै बाबा हजुर डराउनु पर्दैन, म आफ्नु हेर बिचार  गर्न सक्छु अब हजुर घर जानुस् भने, साथीहरु सँग  बिदा लिये र आफ्नु मातृभूमी सँग पनि बिदा लिएर प्लेनको भर्याङ उक्लिएँ।

प्लेन को लामो यात्रा पछी अमेरिका आयिपुँगे। सानु कलेज भएको ले मेरो इन्टरन्यासनल एड्वाइजर आँफै लिन आउनु भएको थियो। उहाले मलाई मेरो डोर्म मा लगिदिनु भयो, मेरो कोठा देखाइदिनु भयो। मेरो रूम्मेट् फोनमा गफ गरिरहेकी थियी, उस्लाई उ तिम्रो रूम्मेटा ज्यासमिन भनेर चीनाउनु भयो, उसले फोन राखी र मलाई कस्तोभयो सफर भनी, मैले राम्रो भयो मात्रा भने। तेस्पछी मैले एड्वाइजरलाइ मलाई नेपाल फोन गर्नु छ भने उहाले सिकाइदिनु भयो र जानु भयो। मैले ज्यासमिन फेरी फोनमा कुरा गर्न थालि, मैले चारै तिर कोठालाई हेरेँ,   आफ्नु कोठा को याद आयो किन हो किन नरमाइलो लाग्यो। तेस्पछी आफ्नु सामान मिलाउनु पर्‍यो भनेर लागे। मिलाउदै थिए ज्यासमिन ले डिनर खाने बेला भयो भनी, म उस्को पछी लागेर गए। उस्ले मलाई खानाहरु राखेको ठुलो कोठामा लागि र मेरो आज साथी को जन्मदिन छ म जान्छु भनेर हिडि। प्लेन मा केही रुचेन तेसैले भोक पनि लगिरहेको थियो। खानाहरु हजार पारीकार का थिए तर मन केसैमा पनि लागेन, जे हेर्दा पनि सुक्खा लाग्यो र श्रद्धा पनि लागेन, तेस्पची एउटा मा चिकेन लेखेको देखेर आफ्नु प्लेट मा हाले तर सुक्खा न सुक्खा, उसिनेको जस्तो, केही मसला नहालेको, घाटी बाट नै छिरेन। टाढा फल्फुल राखेको देखेँ र एउटा  स्याउ बोकेर आफ्नु कोठा तिर लागे। पेट खाली थियो र आमाले पकाएको काउली को तरकारी, जिम्बु झानेको कालो दाल, भात र खादेको मुला को अचार सम्झेर खुब आमा को याद आयो। कोठामा पुगे, कस्तो अनौठो लाग्यो, खाली खाली भित्ता, दुइटा सानु खाट आफ्नु जस्तो पनि नलाग्ने, अस्पातल मा बिरामी कुर्न लागेको जस्तो। भोक लगिरहेको थियो, आमाले मलाई  निउरोड को पुषट्कारी मन पर्ने भएर हालिदिनु भएको थियो तेही निकाले र टोक्न थाँले। आमा बाबा र भाई को याद आयो आँखाबाट आशुको धारा बग्नेथाले। घरमा फोन गरे एक्घन्टी मै फोन उठ्यो अनी बाबाले केही नसोचिकन  छोरी भन्नु भयो, मैले हजुर भने। उहाहरु मेरो फोन कुरेर तेस्को नजिक एक्डक नचली बसिरहनु भएको रहेछ। बाबाले राम्रै सँग पुग्योउ छोरी  भनेर सोध्नु भयो मैले अँ पुगे भने, बाबाको सोर सुनेर मुटुमा गाठो पर्‍यो र बोल्नै सकिन, बाबा पनि बोल्न सक्नु भएन र आमालाई फोन दिनु भयो, आमा ले छोरी त्यहाँ कती बज्यो भनेर सोध्नु भयो मैले राती को ९ भने अनी खाना खायोउ भन्नु भयो, खाए भने। मेरो छोटो जवाफ ले होला उहालै विश्वाश भएन र फेरी राम्ररी त खायोउ भनेर सोध्नु भयो। मैले खाए भने।  आँसुको बलिन्द्र धारा बगिरहेको थियो तैपनी आफुलाई समाली समाली बोलिरहेको थिए। अनी फेरी आमा रुन थालनु हुन्छ भनेर भाई खोइ  भनेर सोधे, उँहाले एही छ, केही नगरेर  तिम्रो फोन कुरेर कतै हल्लेको पनि छैन फोन को नजिकै बसिरहेको छ। मैले दिदिको फोन आयो भने बोलाउला गएर खेल्दै गर भन्दा पनि नमानेर बसिरहेको छ भन्नु भयो र फोन दिनु भयो। मैले भाई भने, उसले मेरो स्वोर सुन्नेबित्तिकै फुरुङ भएरए एक्कैसासमा दिदी हजुर कहिले आउने भनेर सोध्यो, उस्को त्यो प्रश्नले म स्तब्ब्द भए, अनी चिसो मन ले आयीहल्छु नि तिमी राम्रो सँग पढ अनी बाबा र आमा को हेर बिचार राम्रो सँग गर है भने र उस्को जवाफ नै नसुनी कन फोन राखिदिए।

त्यो रात मेरो आँखा बाट आशु को भेल बग्न छोडेनन। आफु कती स्वर्थी भएको अनुभव भयो। कती सरल र सहज तरिकाले म आफ्नु कर्तब्य बाट पंक्षिएर त्यो सानु सात बर्ष को भाईलाई बाबा आमाको हेर बिचार  गर भने, आमा ले रात दिन हामीलाई के मन पर्छ, के खान रुचाउछन भनेर हेर्दा हेर्दा आफ्नु रुची नै बिर्सी सक्नु भएको थियो र आज मलाई छोरी तिमी मेरै नजिक बस मलाई साथी हुन्छ भन्दा उहाको कुरालाई एक्पल्ट पनि दोहरएर सोचिन। कस्तो रहेछ यो बिदेसिने महत्तोकाङ्क्षा बाबा को इस्नेह भरिएको शब्दहरुको मतलब नहुने, आमको खाना को मिठास छोड्न सक्ने, त्यो सानु भाई को निस्वार्थ प्रेम र मिठो बोली छोड्न सक्ने, साथी भाई नातागोता घर आगन छोडेर यो अर्काको मुलुक लाई आफ्नु भबिस्सेको धरोहर देख्ने। त्यो रात म निदाउन सकिन र त्यो ठुलो महत्तोकाङ्क्षा आफ्नु भूमिका खोजिरहे।

Last edited: 03-Nov-07 01:32 PM
Last edited: 03-Nov-07 01:37 PM

 
Posted on 11-05-07 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखाई राम्रो छ। तर नेपाली शुद्द्ध भएन। म बुझ्छु कि टाईप गर्न अफ्ठ्यारो छ भनेर। त्यस्ले पढ्न अलि मजा आएन। यो सुधार्नुभो भने सुन्मा सुगन्ध हुन्छ।
 
Posted on 11-05-07 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखाई राम्रो छ। तर नेपाली शुद्द्ध भएन। म बुझ्छु कि टाईप गर्न अफ्ठ्यारो छ भनेर। त्यस्ले पढ्न अलि मजा आएन। यो सुधार्नुभो भने सुन्मा सुगन्ध हुन्छ।
 
Posted on 11-06-07 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Paban ji....thank you for your feedback, yes nepal huda bidesh pyaro, bidesh huda nepal pyaro

ritthe ji... thank you for the comment!!!!!

kishnekale ji...धन्यवाद यो ढुखिद कथामा अलिकती हाँसो फुटाइ दिनु भएकोमा, and about the care from family,no matter what they will always be worried about you which is true other way around too, no matter what you will always be worried about your family.

Atit ji...thank you for the feedback, I agree with you, the most we can do is give back the best.

pops ji...thank you very much for your honesty. When I posted it and read I found so many mistakes. It was too many to go back and edit. This is my first time typing in nepali. I will try my best to do better next time.

thanks!!!!

Dipika

 
Posted on 11-06-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! यस्तो भावना छुटिरा रेछ!

के गर्नु हजूर, सफलता र सन्तुष्टीको खोजीमा आइन्छ अनेक दुख गरि गरि, र आउना साथ जिन्दगीले सफलता र सन्तुष्टीको परिभाषा नै परिवर्तन गरिदिन्छ! यो किनारबाट हेर्दा अर्को किनारमा खुसि देखिन्छ, बल्ल बल्ल पौडेर उता पुगेपछि लाग्छ खुसि त उतै छुटेछ!

 अरु नि साटौँ न है दुख सुखहरु?


 
Posted on 11-09-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Very touching. I did feel like crying. Do keep writing.

Though I am not good writer nor have extensive knowledge about writing, but I guess
first paragraph could have been better.

Nevertheless, a very good writing. Do keep writing. waiting for your next one.

 

 
Posted on 11-09-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice writeup dipika, shuruko hostel ko kurale malai ni afna ti dinharu yaad aae.


 
Posted on 11-09-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved the write up. I hope you are up to your father's expectations and values.

Thanks


 
Posted on 11-13-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice work Dipika ji...although the story seems to be common among most nepalese living abroad I like the way you presented and took your time to unicode it.....had it been in English I don't think it would be such realistic...so keep it up.....

Write more about present.....

Jai Nepal......


 
Posted on 11-14-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै बल बुदा मा बाँच्ने र आमा  बाबाको काँधबाट अलिकती भएपनी बोझ हटाउने सपना बोकेर अमेरिका त आयिपुगे तर यहाँको दुनियाँ त बिल्कुल्लै अलग रहेछ। बाहिर जती रङिन  छ नियालेर हेर्दा  त्यो रङिन् दुनियाँ त तनाब र भागदौडमा ग्रशित दुनियाँलाई छोपेको पातलो एक पत्रको घुम्टो मात्र रहेछ।

 पहिलो सेमेस्टेर् लाई खान, बस्न र पढ्न मात्रा पुग्ने पैसा लिएर आएको थिएँ। पढाई  महँगो थियो र पैसा सुरुमै तिर्नु पर्‍यो तेस्पछी बाँकिले अलिअली गर्दै पुराइ रहेको थिएँ। अर्को सेमेस्टेर् के गर्ने थाहा थिएन। बाबालाई दु:ख बिसाउन त सोचेको पनि थिईन। अर्को सेमेस्टेर् को पैसा पठाउनु भनेको बाबालाई ठुलो कुरा  थियो फेरी भाई पनि पढ्दै थियो उस्को लागि पनि त सोच्नु पर्यो। आएको १५ दिन देखिनै काम खोज्न थालेँ। दिन्भर यो डिपार्टमेन्ट बाट त्यो डिपार्टमेन्ट अनी क्याफेटेरिआ  को यो ठाउँ बाट त्यो ठाउँ धाउथेँ अनी लखतरान भएर कोठामा फर्किन्थेँ। तर त्यो थकाई भन्दा पनि पैसा को चिन्ता ठुलो थियो तेसैले निन्द्रा पर्न गाह्रो हुन्थ्यो।

हरेक शनिबार घरमा फोन गर्थेँ, बाबा आमा अनी भाई सँग कुर गर्थेँ। बाबाले जहिले पनि पढाई सोध्नु हुन्थ्यो अनी पैसा को के छ भन्नुहुन्थ्यो। आफु त पिरै पिर मा डुबेको थिएँ तर बाबालाई चाहिँ पुगिरहेको छ त्यस्तो गाह्रो छैन अब अर्को हप्ता तिर त काम पनि मिन्छ होला भनिदिन्थेँ। यता कलेज मा धाउदा धाउदा दुई महिना बिती सकेको थियो। पैसा ले च्याप्न थालिसकेको थियो, अब त फ्रोन्ट डेस्कका मान्छे हुरुले चिनेर टाडै बाट काम खुलेको छैन भनेर पठाउन थालिसकेका थिए। हरेक हप्ता बाबालाई ढाट्दा ढाट्दा आफुप्रती धिक्कार लाग्न थालिसकेको थियो। सधैं झै एक शनिबार फोन गरेँ भाई ले फोन उठायो। मैले के गरिरा बाबु भनेर सोधे उस्ले बाबाले दिदिको फोन आउन सक्छ तेसैले कत्तै नजाउ है भन्नु भएको ले कुरेर बसिरा भन्यो। मैले बाबा आमा खोइ भनेर सोधे उस्ले बारी को जग्गा किन्ने मान्छे सँग कुरा गर्दै हुनुहुन्छ भन्यो, मैले आँतिएर कुन जग्गा भनेर सोधे उस्ले हाम्रो बारी बेच्ने रे हजुर सँग पैसा छैन रे भन्यो, म तेही मुर्छित जस्तो भएँ , उस्ले फेरी दिदी  मेरो खुत्रुकेमा कत्ती धेरै पैसा भैसक्यो म हजुरलाई पठाइदिन्छु है भन्यो,  यो पालि त आफुलाइ बलियो बनाउछु केहि भएपनि आँशु झार्दिन भनेर फोन गरेको थिँये भाइको मोठो बोलिले मुटुनै चुडियेको जस्तो भयो अंशु बल्बलाउन थाल्यो मलाई आफु माथि आकाश गर्ल्याम्गुर्लुम खसेको जस्तो लाग्यो। बाबु  बाबालाई छिट्टो बोलाइदेउ भने, उस्ले बोलाइदियो र बाबा अउनुभयो। बाबालाइ सोधेँ उहाँले छोरि त्यो जग्गा तेत्तिकै बसिरहेको छ फेरि तिम्रो पढाइ भन्दा  ठुलो छैन त्यो जग्गा, अहिले पैसा दिन आयेको छ बरु बेचिदिन्छु भन्नु भयो। त्यो जग्गा मेरो बाबाको अंशमा आयेको हजुरबुवाको जग्गा थियो, बाबालाइ आफ्नु बुवा को निशानि अत्ति नै प्यारो थियो। जहिले पनि मेरो बुवा को सपना हो त्यो जग्गा कस्तो पैसा को गारो परेको बेलामा किन्नु भयेको भनेर सुनाउनुहुन्थ्यो। मैले बाबालाइ बिन्ति गरेँ त्यो जग्गा नबेच्न को लागि, अलि समय कुर्नु केहि भयेन भने म भन्छु हजुर्लाइ भने, पहिले त मान्नै भयेन तर म सुक्ख सुक्ख गरेर रुन थलेपछि हुन्छ भन्नु भयो र म बाचुन्जेल् तिमिले पैसा को पिर् गर्नु पर्दैन भन्नुभयो। अनि आमालाइ फोने दिदैहुनुहुन्थ्यो फोनेनै काटियो। मलाइ झन् छट्पटि हुन थल्यो। अनि तुरुन्तै क्याफेटेरिआ  पुगेँ, त्यो दिन् त सिधै सुपर्भाइजर् भयेको ठाँउमै पुगे अनि मलाइ जसरि भयेपनि काम् दिनुस् मलाइ एक्दम् पैसा को गारो छ भने। उहा सङ कुरागर्दै थिये आशु उर्लियेर आँखलाइ टम्मै ढाक्यो , ओठ काँप्न थल्यो र आफ्नु बाक्य पुरा गर्नै सकिन। उहाले आफ्नु अफिस मा लानु भयो र म प्रयाश् गर्छु भन्नुभयो। मन् मा येति पिर् भरियेको रहेछ आफुलाइ रोक्नै सकिन धेरै बेर् सम्म घुक्क घुक्क गर्दै रोँये। उहाले भोलि बिहान आउन मिल्छ भनेर सोध्नु भयो मैले अँ मिल्छ भने तेसो भये भोलि आठ बजे आ उ म हेर्छु कति घटा सम्म मिल्छ म मिलाइदिन्छु भन्नु भयो मैले हुन्छ भनेर फर्किये। पिरहरु आँशु सङै बगेर हो या काममा आशा को किरण देखा परेर हो त्यो थाहा छैन तर मन धेरै नै हलुको भयो।

भोली पल्ट देखिनै काम सुरु गरेँ। हप्ता को १५ घन्टा काम मिल्यो हिसाब गर्दा अर्को सेमेस्टेर् खान र बस्न त पुग्ने रहेछ तर पढाइ के गर्ने सोचेको थिन। दुइ हप्ता पछि पहिलो चेक् आयो। तेस्लाइ ओल्टाइ पल्टाइ गरेर हेरिरँहे। खुसि को सिमिना नै थिएन। जिन्दगि को पहिलो कमाइ कस्तो महत्तोपुर्ण हुँदो रहेछ, खुसि ले मन नचिरहेको थियो। तेस्लाइ  जम्मा गरेँ बैन्कमा अनि बस् चढेर लागेँ मल तिर। त्यो पैसाले बाबा आमा र भाइ लाइ केहि किनिदिन मन लग्यो। अनि बाबालाइ जुत्ता र स्वेटेर्, आमालाइ हात मा बोक्ने ब्यग अनि स्वेटेर् र भाइलाइ खेलौना मोटोर् साइकल् अनि ज्याकेट किनिदिँये र जसरि भएपनि पठाइदिन्छु भनेर राखेँ।पैसा धेरै थिएन तेसैले आफुलाई केही किँनिन।

मल बाट फर्किए पछी कोठा मा आएर घरिघरि त्यो समानहरु हेरिरहेँ। आफ्नु कमाइले पहिलो चोटि केहि किनिदिएको थियेँ धेरै पछि मन् खुलेर रमायो। सोचेँ बाबा कति खुशि हुनुहुन्छ होला, आमाले त झन् सबैलाइ देखाउनु हुन्छ होला छोरिले पठाइदिएकि भनेर अनि भाइ कति रमाउछ होला। आएको पैसा सबै सिद्याउदा एक्थोपा पनि पिर् लागेन उल्टो धेरै पछि अनौठो आनन्द को अनुभब गरेँ।

Last edited: 14-Nov-07 08:50 PM
Last edited: 14-Nov-07 09:21 PM

 
Posted on 11-14-07 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great work Dipikaji, truly heart touching! You've put this up in such an excellent way, the usage of proper Nepali words has made it more interesting for readers. Well written and nicely presented, please keep on writing, look forward to reading more. Thanks for taking your time to post this.
 
Posted on 11-14-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika ji ko harek sentence  bhari nai aansu bagera paddnai sakina .  sarai roiyo.
 
Posted on 11-14-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good going Dipika,

अमेरिका, सपना यी नै सबै कुराले मलाई पनि अमेरिका डोर्यायो। सबै आफ्नो आफ्नो कर्म भुमी को खोजिमा  हुन्छन। तपाईं म र यी सबै साझा बासिहरु कर्म को खोजिमै छन।


 
Posted on 11-14-07 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

you have written a very sensible article and i liked the way u presented it.


 
Posted on 11-14-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepika ji , dami cha.................\
yo ustad lai tapai ko harek sabda ma , tapai ko dukha dard dekhinu ko sathai, baba ama, ra bhai prati ko prem le dherai choyo................

maile afno tarfa bata tapailai dine euta samarthan ho tapai ko lekhai lai,tapailai............

 
Posted on 11-15-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good samsmaran style presentation, Dipika. Hope to read more.
 
Posted on 11-15-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika Ji, all I can say is, it was worth waiting eagerly for your second post. I appreciate the time you’ve taken to write it in Nepali. You’re an honest and true writer. If your time permits, please don’t make us wait another 2 weeks for your next post.

Punte

 


 
Posted on 11-16-07 8:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिपिका, 

कस्तो मन छुने भावहरु लेखेको, प्लिज अब फेरी अर्को दुई हप्ता नकुराउहै। छिट्टै लेख अरु पनि.......

कलेजो


 
Posted on 11-17-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe Maila ji, Maverick ji, Pretty ji, A/X ji and Psychosit ji,

I am so sorry I couldn't get back to u guys earlier...and thanx for the comments.

Birkhe Maila ji: मलाई साह्रैनै घत पर्‍यो तपाईंको कमेन्टले,  हुन पनि हो जती सफलताको शिखरमा पुगे पनि खुशीहरु त अर्को छेउमा नै छोडेँ जस्तो लाग्छ।

Maverick ji: thank you for you suggestions, I will obviously keep that in mind from next time....

Pretty: I think this is a common story, most of us who are in US went thru that phase....I am very happy atleast I succeeded to remind you the past. thank you!!!!

A/X ji: I am still trying to meet my father's expectation...like all of us...

Psychosit ji: thanx for the comments...it really took me so much time to unicode.

Last edited: 17-Nov-07 11:47 AM

 
Posted on 11-17-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ashma ji, aish ji, hyperthread, alltheway, ustadamirkhan ji, Deep, puntedamai ji and kalejo,

thanx for the comments and support u guys have provided to me....

Last edited: 18-Nov-07 10:44 AM

 
Posted on 11-17-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am not sure how much of it relates to your life but it definitely has some sort of connection with many other nepalese who come to the united states. We should make people realize the real situation out here,  but at the same time we should also encourage people to pursue their dreams. One has to learn to face the challenges of life and I believe many Nepalese students have faced that during their student years at USA.
Having seen so many people going through it, it is definitely not something I feel like talking about, but the fact is that many of these students don't have options.

Something I hate is that these very people show a different color when they go back to Nepal. I wish everyone could live in their real world.

Last but not the least, good luck in all your endeavors. I am sure you will succeed in life.

 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters