[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७४

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-sleep.gif
[VIEWED 198504 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-22-10 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ चौतारी १७४ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal - रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 174 editions

Last edited: 22-Jan-10 02:37 PM

 
Posted on 01-28-10 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलवा से ससुरा, दुसरा राउण्डको जदौ के साथ मे तारेमाम।


हेल्लो हम बोले लल्लन को एक पार्ट हेरेको थिए, मदनवा झलझल्ती याद आयो।


 
Posted on 01-28-10 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ मदनवा हुन्छ ! हिरो ले भनेको त मान्नै पर्‍यो नि ! भनेसी निशान्त को धुलो पिठो गर्ने भये मदनवा ले सेनिमा मै भये नि हा हा
 
Posted on 01-28-10 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ऊ लास्ट फाइटवाको जो सिन हुन्छ ऊ मा हमि तपाइँसे सैलरी लिन्देन पर तपाइँ कम से कम बारह टैक करनेको बाइदमा मातर ओके कर्नुहोस। सरको बोझ सुसरा हलका करनेको छ।"

लोल मदनवा लोल .....
बिचरा निशान्त । 

 
Posted on 01-28-10 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kya scene hai!

 
Posted on 01-28-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के तिमी क्लोजअप गर्दछौ


दुनियासंग डर्दछौ


क्लोज अप किन गर्दछौँ


 


(टुङ्SSSSSS......)


"आज दिनको ठिक ३ बजे चौतारि क्लोज अप तारारम्पम रेडियो अन्तरवार्ता कार्यक्रम सुन्न नभुल्नुहोला। सधैँ झैँ यसपाली पनि हामि तपाइँको घरमा, अफिसमा, कारमा जताततै रेडियो सुनेर बस्नुहुने औतारीहरुमाझ आइपुग्ने छौँ। श्रोताहरु, आज हामिले एकजना हैन, दुईजना हैन, तीनजना हैन चार-चार जना अतिथीहरुलाई निम्त्याएका छौँ।"


 


के तिमी क्लोजअप गर्दछौ


दुनियासंग डर्दछौ


क्लोज अप किन गर्दछौँ


 


(टुङ्SSSSSS......)


"हजूर! यहाँहरुलाई थाहा नै छ, फिचर फिल्मको ईतिहासमा नै सबैभन्दा हिट र सबैभन्दा बढि मुनाफा आर्जन गर्ने फिल्मको रुपमा मदनवा चले लडकि ढुँढने फिल्म स्थापित भैसकेको छ। हामिले यस कार्यक्रममा निम्त्याएका छौँ, यहि फिल्मका प्रोड्युसर/डाइरेक्टर रिठाराम रायमाझी र कलाकारहरु; मदनवा महतो, खुसी नानी खतिवडा र निशान्त निरौला लाई! प्रतिक्षा गर्नुहोस। आज दिनको ठिक ३ बजे! केवल रेडियो चौतारीमा!"


 
Posted on 01-28-10 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल मदन्वा लोल

म त अड्डाको लागि सामान पनि किनेर आएँ, रामे तिम्ले भन्या जस्तो हिउ त पर्या छैन तर बाइर उभिन पनि सकिन्न, गाडीबाट स्तोर सम्म पुगुन्जेल पनि हात्-मुख नै झर्ला जस्तो

अनी त्यो हुसुर्ने बार साइदकोले कसरी भन्छे कस्तो कुरो गरी ल्याको होला, रामेको सुद्धी हरायो जस्तो छ। खै के भन्नु र

 
Posted on 01-28-10 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो चाइनी इन्तेरेस्तिङ होला जस्तो छ है। ल म त ठीक ३ बजे कुरेर बस्छु, काँ'को ३ हो फेरी, मध्य अनी खै के के छ नि, त्यो नि स्पस्त पार्न पर्‍यो बाजे 

 
Posted on 01-28-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

radio interview bhae ta beauty parlour nagae ni hunchha hola hai? khe khe khe

 
Posted on 01-28-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


टेलिभिजन पुगेको ठाउँमा टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने छ।


यो संवाददाताले जति जतिबेला अतिथीहरुको सम्झनछन् तिनिहरुको तल राखेको जस्तो फेसियल एक्सप्रेसन जतिबेला पनि त्यस्तै होला भन्ने सोच्न पुग्छन्।


रिठाराम रायमाझी ()


मदनवा महतो ()


खुसीनानी खतिवडा ()


निशान्त निरौला ()


नोट: समय पूर्वि, मध्य, पर्वतिय वा प्रशान्तिय जुनसुकै पनि हुन सक्ने छ। तर हाम्रो प्रयास सकेसम्म मध्य समयको ३ बजे पार्ने रहेको छ।


 


 
Posted on 01-28-10 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


Radio interview bhae ta beauty parlour nagae ni hunchha hola hai? khe khe khe


लोल खुशी लोल ।
 


 
Posted on 01-28-10 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hello!


paramatma crazy ko namaste swikarnus.


 
Posted on 01-28-10 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजी लोङ टाईम नो सी कहाँ हो तिमी ??
 
Posted on 01-28-10 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम क्रेजी,


कता बेपत्ता ??


 झन्डै गोर्खापत्रमा " पर्मात्मा हराएको सूचना " निस्क्याथ्यो। 


 
Posted on 01-28-10 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AACHI KHAAU SABJANAA!!!

nauste hai!
 
Posted on 01-28-10 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tapasya gardaichu!


poonte dai laai kasto aachi man parya.chyaa...


 
Posted on 01-28-10 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! महापातकी पुन्टे बुढा!


जदौ किरेजी! कता बेपत्ता? कता लापता?


 


श्रोताहरु, हामिले सकेसम्म पूर्वि समयको ३ बजे कार्यक्रम दिन खोजेता पनि सफल भएनौँ। तर धन्दा नमान्नुहोस, मध्य समय भन्दा निकै अगाडि नै कार्यक्रम आऊने भएको छ, अर्थात अबको ठिक पाँच मिनटपछि!


ढ्यानट्यार्यान.....ढुकचुक ढुक चुक...


 
Posted on 01-28-10 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

laa time bhaisakechha? ma ready hunu bhyakai chaina atleast 3 hrs ta dinuparchha ni... aba ke garnu hau

crazy haraeu timi ta maya marera
 
Posted on 01-28-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आउँला आउँला भनेर रिफ्रेश गरेको गरेइ छु । फ्रेश भएर आउनु पर्‍यो गाँठे।

 
Posted on 01-28-10 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के तिमी क्लोजअप गर्दछौ

दुनियासंग डर्दछौ

क्लोज अप किन गर्दछौँ


 

टिम्बा सिरक! टिम्बा सिरक!

यो टिम्बा सिरक भनेको के हो?

कपासलाई जालि बुनेको कपास नसर्ने सिरक हो

अनि कहाँ पाइन्छ नि?

पर्दर्शनीमार्गको पद्ध्मोदय हाइस्कुल संगै मात्र पाइन्छ


 

दोश्रो बच्चा कहिले पहिलो गाँजा तान्छ जहिले

पीवार नियोजनको अस्थायि साधन छाल

समुन्द्र समुन्द्रमा पाइन्छ 


 -----------------------------------------------------------------------------------------------------

  नमस्कार! क्लोज अप टुथब्रस, क्लोज अप तुथपेस्ट, क्लोज अप माउथवास, क्लोज अप नक्कलि दाँत, क्लोज अप नक्कलि गिजा, कल्लोज अप फलानो तथा क्लोज अप ढिस्कानो द्वारा संचालीत चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ता कार्यक्रममा यहाँहरुलाई यो संवाददाताको न्यानो अभिवादन्। श्रोताहरु सधैँ झैँ आज पनि हामि तपाइँ समक्ष प्रस्तुत भएका छौँ हाम्रा पहुनाहरुका साथ। हजुर! हामिले पहिले नै भने जस्तै आजका हाम्रा चार पाहुनाहरुलाई स्वागत गरौँ! 


संवाददाता- नमस्ते है यहाँहरुलाई, आफ्नो अमूल्य समय दिएर यहाँ सम्म पालिदिनुभएकोमा! 


रिठाराम- हे हे हे हे नमस्ते तपाइँलाई पनि!


मदनवा- जे राम जि कि, समय भन्नुहुन्छ भने हमरो समय पहेले अमुल् थियो पर अब छेन। अइब त हमि सुसरा हिरो भएछ, हम्रो समय जो छ अइबसे बहुमुल् छ पर अमुल छेन्।


खुसि- ईँखि ईँखि छ्या! नमस्ते! ईँखि ईँखि!


निशान्त- ल संवाददाता सोम मेरो पनि आन्द्रै देखि नमस्ते छ ल तिमिलाई र सsssब रेडियो टिभि सुनेर बसेको दाजुहरु, भाईहरु, सोमहरु र च्वाँकहरुलाई, आबो सुड्डाहरुले त यो फिल्मको प्रोगराम हेरेको हेरेइ हो कि, अन्त मो तिनेरलाई नमस्ते गर्दैन हौ!


संवाददाता- अब हाम्रो कार्यक्रम शुरु गरौँ है त! सवैभन्दा पहिला म प्रोड्युसरज्यू संग केहि सोध्न चाहन्छु। प्रोड्युसज्यू, तपाईँले कल्पना गर्नुभएको थियो कि फिल्म यति हिट हुन्छ भनेर?


रिठाराम- (गजक्क पर्दै) हेर्नोस, नराम्रो फिल्म त म बनाउँदै बनाउँदिन, अब राम्रो फिल्म बनाएपछि हिट नहुने त कुरै भएन नि। हेर्नोस, फिल्म हिट हुने र नहुने कुरा डाइरेक्टरमा भर पर्ने कुरा हो!


निशान्त- (छाति तन्काउँदै) ओ रिठ्स! फिल्म को डाइरेक्टर भईवरि हामिलाई देख्दैन सोम? बेसि खोक्ने हैन ल अनएयरमा? फिल्म खेल्ने हामि, लास्टमा लाsssस्ट बुट खाने मो, छब्कि उडाउने यो म्याड, मेरो दिल उडाउने खुसि! आबो हुँदा हुँदा क्रेडिट उडाउने रिठ्स? हद हुन्छन्त हौ, मेरो डिङ्गो देखेको छ? कच्याssक्क होला हौ त्यो डाइरेक्सन गर्ने फेस, भरै निशान्त दादाले वार्निङ दिएन नभन्नु ल?


मदनवा- बडो बढियाँ बात कर्नुभएछ रिठे दाजु? हँ? सला तेइल निकलनेको हालत तक सुटिङ कर्छ हमि। हँ? सुसरा कडि धुपपे २० टेक लिन्छ एक्टा सिनको लागि, और खुसियाको हाथ पकडनेको सिन एक टेकपे ओके कर्छ और हियाँ आईके भन्छ कि सनिमा जो छ, ऊ बढियाँ अफनो कारनसे भएछ! ऐसन धोका काहेको दिन्छ तपाइँ? हँ?


खुसि- छ्या रिट्ठे दाई छ्याsss! के भनेको होला उफ्! छ्या! कस्तो नाच्दा नाच्दा कम्मर दुख्या थ्यो मेरो, यो दाई त माया नि गर्दैन। पहिला चाहिँ खुसि तिमि जस्ति राम्रि भयो भने फिल्म हिट हुन्छ अझ राम्रि बन्नु पर्छ भनेर आफैँले मेरो मेकअप गरिदिने, कपाल मिलाईदिने कपडामा जताततै लाग्या धुलो झार्दिने गर्नुहुन्छ अहिले चाहिँ उसले गर्दा हिट भा रे उस् उस् छ्या! होइन संवाददाता दाई, फिल्म हिट त मेरो त्यो गानाले भाको हो, छ्या सम्झँदा नि लाज लाग्छ यो रिट्ठे दाईले हिट हुन्छ भनेर गानामा लाऊन देको लुगा सम्झेर! छ्या!


संवाददाता- शान्त हुनुहोस तपाईँहरु शान्त हुनुहोस! नरिसाउनुहोस! डाइरेक्टरज्यू, यसो भन्न त भएन नि। सबैले मिहिनेत गरेको हो नि!


रिठाराम- मैले भन्न खोजेको पनि त्यहि हो नि, डाइरेक्टर पनि राम्रो हुन पर्छ भनेको पो त!


खुसि- उस् होला नि खुबछ्या!


संवाददाता- खुसी जी तपाईँले छ्या भन्नु पर्दैन, त्यो लुगामा त्यस्तो केहि थिएन मैले पनि फिल्म हेरेको छु नि, त्यहि गाना हेर्नलाई त मान्छेहरु दोहोर्याएर तेहेर्याएर फिल्मको टिकट किन्दैछन्!


निशान्त-आम्बोSSS! ओ संवाददाता सोम! फिरि आफैँ ईन्टरभ्यूमा बोलाईवरि आफैँ बेसि खोक्स दिने? त्यो गानाले हिट भएको होइन ल! हलमा गएर हेर्नु कि, अन्त थाहा हुन्छ केमा बेसि तालि बज्छ भनेर। मेरो डिङ्गोको एन्ट्रिमा बज्छ हौ! मोइले त पहिले नै भनेको कि, आबो मो जस्तो ह्यान्सिलाई खुसिको अपोजिट राखेर बेसि रोमांस थप्नुपर्छ भनेर, सुनेनकि त्यसैले कम हिट भयो। आबो यस्तो लास्टै काsssलो सोमलाई हिरो दिएपछि धेरै हिट हुदैँनन्त!


मदनवा- कालो को हिरो दिएछ? सला दिएछ हिरो त पर ऊ सुसरा रोमान्सवाका एक्टा सिन रखेछेन। हँ? खुसियाको जो नचाएछ ऊ भि सला विलनवाके अड्डापे निशान्तके आगे। सुसरा हमि भन्यो कि हाथ पकडके हाँग करनेको सिन राख, रिठे दाजु भन्छ कि ऊ जो सनिमा छ ऊमा हिरोइन शरमिला छ सिरफ एक बार हाथ पकडनेको। पर वहि सुसरा दुसरा सिन रखेछ कि निशान्त भैया खुसियाको उठाइके किडनैप कर्छ। सला ऐसन हिरो बनने से त बेहतर छ कि हिरइनके बाप बनिहालुँ, कम से कम सला प्रेमसे सरपे हाथ फिरावनेको त पावँछ! ऊ से बेहतर त सला हिराइनके दाजु और डायरैक्टरवा बनिहालुँ कमसे कम हिराइनके बदनिया से धुल झाडनेको त पावँछ!


निशान्त- खित् खित् खित्….पर्न पनि के सारो पिर परेको हौ म्याड ब्रो लाई! आबो फिल्म को क्यारेक्टर नै त्यस्तो छन्त सोम के गर्छौ।


संवाददाता- हैन मदनवाजी, अब एक्टरले त फिल्म मा जस्तो क्यारेक्टर छ त्यस्तै गर्नु परिहाल्यो नि, हैन त डाइरेक्टर जि?


रिठाराम- त्यहि त भनेको कथाको माग अनुसारको सिन दिने त हो नि!


खुसि- खुब! उस्! छ्या कथाको माग केहि होइन यो सबै यो रिट्ठे दाई डाइरेक्टरको माग हो छ्या!


रिठाराम- खुसीss! के कुरा गरेको?


खुसि- छ्या अनि के त? खुब आफूले गर्दा हिट भा रे!


संवाददाता- हैन अब तपाइँहरु आफ्नो कुरा बाहिर गएर गर्नुहोस न। यहाँ सबै श्रोताहरुलाई भन्न पर्ने कुरा पो गर्ने त! ल फेरि प्रश्नतिर जाउँ, प्रोड्युसर जि भनिन्छ नि, यो फिल्म लाईनमा काम दिनको लागि एउटा फेज बाट गुज्रन पर्छ रे, कास्टिङ काउच के तपाईँले कहिल्यै यो फेज क्रिएट गर्नुभएको छ आफ्नो फिल्महरुको लागि? 


रिठाराम- हेर्नुहोस संवाददाता जि, यो सब असफल र केहि गर्न नसक्ने प्रोड्युसर र डाइरेक्टरहरुको मानसिकताको कुरा हो। म त सफल डाइरेक्टर हुँ, मलाई कास्टिङ काउच गरे पनि नगरे पनि मेरो इच्छ्या पुरा हुन्छ, मेरो काम पुरा हुन्छ। 


संवाददाता- हैन काम पुरा त हुन्छ, तर पनि मेरो प्रश्न कहिल्यै गर्नुभएको छ वा छैनमा छ?


रिठाराम- (अलि झोक्किँदै) तपाईँ के सोच्नुहुन्छ? म सानोतिनो अवसरवादि डाइरेक्टर हो? हँ? तपाइँ मैले अहिलेसम्म करिब ६०-७० वटा फिल्म बनाएँ होला, सबै फिल्मको हिरो हिरोइनदेखि लिएर स्पट ब्वाइसम्मलाई सोध्न सक्नुहुन्छ कि कहिल्यै कास्टिङ काउच भयो कि भएन भनेर। कहिले पनि भएन!


मदनवा- कथि बात कर्नुहुन्छ रिठे दाजु, हमरो भए थियो सुसरा कास्टिङकाआऊच!


रिठाराम- (झस्कँदै) हँ?


खुसि “: O ??”


निशान्त- डियाssssम्!


संवाददाता- ओहो! 


------------------------------------------------------------------------------------------------------


 के तिमी क्लोजअप गर्दछौ

दुनियासंग डर्दछौ

क्लोज अप किन गर्दछौँ


 -------------------------------------------------------------------------------------- 


श्रोताहरु समयसिमाको कारणले यो प्रसारण यहि रोक्न बाध्य भएका छौँ। भोलि यहि समयमा उत्तर आउने छ मदनवा कसरि कास्टिङ काउचमा परे। तब सम्मका लागि प्राबिधिक साथि सुइखुट्टे, साथि चरिनङ्ग्रे र म बिर्खे बिदा चाहन्छौँ, नमस्ते!


 

Last edited: 28-Jan-10 02:57 PM
Last edited: 28-Jan-10 02:59 PM

 
Posted on 01-28-10 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बिर्खे बा लोल ।
बडा अच्छा कार्जेकरम पेश गर्नु भएको मा। सला मदनवा जहिले पनि मर्का मा ? खेँ खेँ खेँ ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters