Posted by: Birkhe_Maila January 28, 2010
चौतारी-१७४
Login in to Rate this Post:     0       ?        


के तिमी क्लोजअप गर्दछौ

दुनियासंग डर्दछौ

क्लोज अप किन गर्दछौँ


 

टिम्बा सिरक! टिम्बा सिरक!

यो टिम्बा सिरक भनेको के हो?

कपासलाई जालि बुनेको कपास नसर्ने सिरक हो

अनि कहाँ पाइन्छ नि?

पर्दर्शनीमार्गको पद्ध्मोदय हाइस्कुल संगै मात्र पाइन्छ


 

दोश्रो बच्चा कहिले पहिलो गाँजा तान्छ जहिले

पीवार नियोजनको अस्थायि साधन छाल

समुन्द्र समुन्द्रमा पाइन्छ 


 -----------------------------------------------------------------------------------------------------

  नमस्कार! क्लोज अप टुथब्रस, क्लोज अप तुथपेस्ट, क्लोज अप माउथवास, क्लोज अप नक्कलि दाँत, क्लोज अप नक्कलि गिजा, कल्लोज अप फलानो तथा क्लोज अप ढिस्कानो द्वारा संचालीत चौतारी क्लोजअप तारारम्पम अन्तरवार्ता कार्यक्रममा यहाँहरुलाई यो संवाददाताको न्यानो अभिवादन्। श्रोताहरु सधैँ झैँ आज पनि हामि तपाइँ समक्ष प्रस्तुत भएका छौँ हाम्रा पहुनाहरुका साथ। हजुर! हामिले पहिले नै भने जस्तै आजका हाम्रा चार पाहुनाहरुलाई स्वागत गरौँ! 


संवाददाता- नमस्ते है यहाँहरुलाई, आफ्नो अमूल्य समय दिएर यहाँ सम्म पालिदिनुभएकोमा! 


रिठाराम- हे हे हे हे नमस्ते तपाइँलाई पनि!


मदनवा- जे राम जि कि, समय भन्नुहुन्छ भने हमरो समय पहेले अमुल् थियो पर अब छेन। अइब त हमि सुसरा हिरो भएछ, हम्रो समय जो छ अइबसे बहुमुल् छ पर अमुल छेन्।


खुसि- ईँखि ईँखि छ्या! नमस्ते! ईँखि ईँखि!


निशान्त- ल संवाददाता सोम मेरो पनि आन्द्रै देखि नमस्ते छ ल तिमिलाई र सsssब रेडियो टिभि सुनेर बसेको दाजुहरु, भाईहरु, सोमहरु र च्वाँकहरुलाई, आबो सुड्डाहरुले त यो फिल्मको प्रोगराम हेरेको हेरेइ हो कि, अन्त मो तिनेरलाई नमस्ते गर्दैन हौ!


संवाददाता- अब हाम्रो कार्यक्रम शुरु गरौँ है त! सवैभन्दा पहिला म प्रोड्युसरज्यू संग केहि सोध्न चाहन्छु। प्रोड्युसज्यू, तपाईँले कल्पना गर्नुभएको थियो कि फिल्म यति हिट हुन्छ भनेर?


रिठाराम- (गजक्क पर्दै) हेर्नोस, नराम्रो फिल्म त म बनाउँदै बनाउँदिन, अब राम्रो फिल्म बनाएपछि हिट नहुने त कुरै भएन नि। हेर्नोस, फिल्म हिट हुने र नहुने कुरा डाइरेक्टरमा भर पर्ने कुरा हो!


निशान्त- (छाति तन्काउँदै) ओ रिठ्स! फिल्म को डाइरेक्टर भईवरि हामिलाई देख्दैन सोम? बेसि खोक्ने हैन ल अनएयरमा? फिल्म खेल्ने हामि, लास्टमा लाsssस्ट बुट खाने मो, छब्कि उडाउने यो म्याड, मेरो दिल उडाउने खुसि! आबो हुँदा हुँदा क्रेडिट उडाउने रिठ्स? हद हुन्छन्त हौ, मेरो डिङ्गो देखेको छ? कच्याssक्क होला हौ त्यो डाइरेक्सन गर्ने फेस, भरै निशान्त दादाले वार्निङ दिएन नभन्नु ल?


मदनवा- बडो बढियाँ बात कर्नुभएछ रिठे दाजु? हँ? सला तेइल निकलनेको हालत तक सुटिङ कर्छ हमि। हँ? सुसरा कडि धुपपे २० टेक लिन्छ एक्टा सिनको लागि, और खुसियाको हाथ पकडनेको सिन एक टेकपे ओके कर्छ और हियाँ आईके भन्छ कि सनिमा जो छ, ऊ बढियाँ अफनो कारनसे भएछ! ऐसन धोका काहेको दिन्छ तपाइँ? हँ?


खुसि- छ्या रिट्ठे दाई छ्याsss! के भनेको होला उफ्! छ्या! कस्तो नाच्दा नाच्दा कम्मर दुख्या थ्यो मेरो, यो दाई त माया नि गर्दैन। पहिला चाहिँ खुसि तिमि जस्ति राम्रि भयो भने फिल्म हिट हुन्छ अझ राम्रि बन्नु पर्छ भनेर आफैँले मेरो मेकअप गरिदिने, कपाल मिलाईदिने कपडामा जताततै लाग्या धुलो झार्दिने गर्नुहुन्छ अहिले चाहिँ उसले गर्दा हिट भा रे उस् उस् छ्या! होइन संवाददाता दाई, फिल्म हिट त मेरो त्यो गानाले भाको हो, छ्या सम्झँदा नि लाज लाग्छ यो रिट्ठे दाईले हिट हुन्छ भनेर गानामा लाऊन देको लुगा सम्झेर! छ्या!


संवाददाता- शान्त हुनुहोस तपाईँहरु शान्त हुनुहोस! नरिसाउनुहोस! डाइरेक्टरज्यू, यसो भन्न त भएन नि। सबैले मिहिनेत गरेको हो नि!


रिठाराम- मैले भन्न खोजेको पनि त्यहि हो नि, डाइरेक्टर पनि राम्रो हुन पर्छ भनेको पो त!


खुसि- उस् होला नि खुबछ्या!


संवाददाता- खुसी जी तपाईँले छ्या भन्नु पर्दैन, त्यो लुगामा त्यस्तो केहि थिएन मैले पनि फिल्म हेरेको छु नि, त्यहि गाना हेर्नलाई त मान्छेहरु दोहोर्याएर तेहेर्याएर फिल्मको टिकट किन्दैछन्!


निशान्त-आम्बोSSS! ओ संवाददाता सोम! फिरि आफैँ ईन्टरभ्यूमा बोलाईवरि आफैँ बेसि खोक्स दिने? त्यो गानाले हिट भएको होइन ल! हलमा गएर हेर्नु कि, अन्त थाहा हुन्छ केमा बेसि तालि बज्छ भनेर। मेरो डिङ्गोको एन्ट्रिमा बज्छ हौ! मोइले त पहिले नै भनेको कि, आबो मो जस्तो ह्यान्सिलाई खुसिको अपोजिट राखेर बेसि रोमांस थप्नुपर्छ भनेर, सुनेनकि त्यसैले कम हिट भयो। आबो यस्तो लास्टै काsssलो सोमलाई हिरो दिएपछि धेरै हिट हुदैँनन्त!


मदनवा- कालो को हिरो दिएछ? सला दिएछ हिरो त पर ऊ सुसरा रोमान्सवाका एक्टा सिन रखेछेन। हँ? खुसियाको जो नचाएछ ऊ भि सला विलनवाके अड्डापे निशान्तके आगे। सुसरा हमि भन्यो कि हाथ पकडके हाँग करनेको सिन राख, रिठे दाजु भन्छ कि ऊ जो सनिमा छ ऊमा हिरोइन शरमिला छ सिरफ एक बार हाथ पकडनेको। पर वहि सुसरा दुसरा सिन रखेछ कि निशान्त भैया खुसियाको उठाइके किडनैप कर्छ। सला ऐसन हिरो बनने से त बेहतर छ कि हिरइनके बाप बनिहालुँ, कम से कम सला प्रेमसे सरपे हाथ फिरावनेको त पावँछ! ऊ से बेहतर त सला हिराइनके दाजु और डायरैक्टरवा बनिहालुँ कमसे कम हिराइनके बदनिया से धुल झाडनेको त पावँछ!


निशान्त- खित् खित् खित्….पर्न पनि के सारो पिर परेको हौ म्याड ब्रो लाई! आबो फिल्म को क्यारेक्टर नै त्यस्तो छन्त सोम के गर्छौ।


संवाददाता- हैन मदनवाजी, अब एक्टरले त फिल्म मा जस्तो क्यारेक्टर छ त्यस्तै गर्नु परिहाल्यो नि, हैन त डाइरेक्टर जि?


रिठाराम- त्यहि त भनेको कथाको माग अनुसारको सिन दिने त हो नि!


खुसि- खुब! उस्! छ्या कथाको माग केहि होइन यो सबै यो रिट्ठे दाई डाइरेक्टरको माग हो छ्या!


रिठाराम- खुसीss! के कुरा गरेको?


खुसि- छ्या अनि के त? खुब आफूले गर्दा हिट भा रे!


संवाददाता- हैन अब तपाइँहरु आफ्नो कुरा बाहिर गएर गर्नुहोस न। यहाँ सबै श्रोताहरुलाई भन्न पर्ने कुरा पो गर्ने त! ल फेरि प्रश्नतिर जाउँ, प्रोड्युसर जि भनिन्छ नि, यो फिल्म लाईनमा काम दिनको लागि एउटा फेज बाट गुज्रन पर्छ रे, कास्टिङ काउच के तपाईँले कहिल्यै यो फेज क्रिएट गर्नुभएको छ आफ्नो फिल्महरुको लागि? 


रिठाराम- हेर्नुहोस संवाददाता जि, यो सब असफल र केहि गर्न नसक्ने प्रोड्युसर र डाइरेक्टरहरुको मानसिकताको कुरा हो। म त सफल डाइरेक्टर हुँ, मलाई कास्टिङ काउच गरे पनि नगरे पनि मेरो इच्छ्या पुरा हुन्छ, मेरो काम पुरा हुन्छ। 


संवाददाता- हैन काम पुरा त हुन्छ, तर पनि मेरो प्रश्न कहिल्यै गर्नुभएको छ वा छैनमा छ?


रिठाराम- (अलि झोक्किँदै) तपाईँ के सोच्नुहुन्छ? म सानोतिनो अवसरवादि डाइरेक्टर हो? हँ? तपाइँ मैले अहिलेसम्म करिब ६०-७० वटा फिल्म बनाएँ होला, सबै फिल्मको हिरो हिरोइनदेखि लिएर स्पट ब्वाइसम्मलाई सोध्न सक्नुहुन्छ कि कहिल्यै कास्टिङ काउच भयो कि भएन भनेर। कहिले पनि भएन!


मदनवा- कथि बात कर्नुहुन्छ रिठे दाजु, हमरो भए थियो सुसरा कास्टिङकाआऊच!


रिठाराम- (झस्कँदै) हँ?


खुसि “: O ??”


निशान्त- डियाssssम्!


संवाददाता- ओहो! 


------------------------------------------------------------------------------------------------------


 के तिमी क्लोजअप गर्दछौ

दुनियासंग डर्दछौ

क्लोज अप किन गर्दछौँ


 -------------------------------------------------------------------------------------- 


श्रोताहरु समयसिमाको कारणले यो प्रसारण यहि रोक्न बाध्य भएका छौँ। भोलि यहि समयमा उत्तर आउने छ मदनवा कसरि कास्टिङ काउचमा परे। तब सम्मका लागि प्राबिधिक साथि सुइखुट्टे, साथि चरिनङ्ग्रे र म बिर्खे बिदा चाहन्छौँ, नमस्ते!


 

Last edited: 28-Jan-10 02:57 PM
Last edited: 28-Jan-10 02:59 PM
Read Full Discussion Thread for this article