के तिमी क्लोजअप गर्दछौ
दुनियासंग डर्दछौ
क्लोज अप किन गर्दछौँ
(टुङ्SSSSSS......)
"आज दिनको ठिक ३ बजे चौतारि क्लोज अप तारारम्पम रेडियो अन्तरवार्ता कार्यक्रम सुन्न नभुल्नुहोला। सधैँ झैँ यसपाली पनि हामि तपाइँको घरमा, अफिसमा, कारमा जताततै रेडियो सुनेर बस्नुहुने औतारीहरुमाझ आइपुग्ने छौँ। श्रोताहरु, आज हामिले एकजना हैन, दुईजना हैन, तीनजना हैन चार-चार जना अतिथीहरुलाई निम्त्याएका छौँ।"
के तिमी क्लोजअप गर्दछौ
दुनियासंग डर्दछौ
क्लोज अप किन गर्दछौँ
"हजूर! यहाँहरुलाई थाहा नै छ, फिचर फिल्मको ईतिहासमा नै सबैभन्दा हिट र सबैभन्दा बढि मुनाफा आर्जन गर्ने फिल्मको रुपमा ‘मदनवा चले लडकि ढुँढने’ फिल्म स्थापित भैसकेको छ। हामिले यस कार्यक्रममा निम्त्याएका छौँ, यहि फिल्मका प्रोड्युसर/डाइरेक्टर रिठाराम रायमाझी र कलाकारहरु; मदनवा महतो, खुसी नानी खतिवडा र निशान्त निरौला लाई! प्रतिक्षा गर्नुहोस। आज दिनको ठिक ३ बजे! केवल रेडियो चौतारीमा!"