[Show all top banners]

pjna007
Replies to this thread:

More by pjna007
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 के भाग्य साचै कोरिएकै हुन्छ?

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 20116 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-07-08 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                के भाग्य साचै नै कोरिएकै हुन्छ?

 

पाहुना हरुको हल्ला खल्ला, हल्का म्युजिक, खानेकुरा को बास्ना रुमलिएको हावा,  अनि सबै खुसिले उज्यालिएर अनुहार हरु अनि त्यो चहल्पहल घर भित्र केटि हरु को खास्खुस्स -  "ल हेर कस्तो जुङे रैछ केटा, तैले कसरि मन पराइस ह त्यस्तो जुङे लाइ? तैले त फुट्या आखा ले नि हेर्थिनस् जुङा पाले को केटा हरुलाइ होइन र ? " सुनयना।
 
यस्तै थींइन  सुनयना दिदि, अरु रोएको देख्न नसक्ने, दिदि ले एउटा  आखा हामि तिर झिम्क्याउदै सोधिन प्रिया दि लाइ ।
हुन त मन परापर भएरै बिहा को कुरा चलेको थियो तैपनी भाबुक भएकी थींइन प्रियादिदी  त्यों दिन - भिजी सक्या थे परेली , उनी प्रत्युत्तर मा "त चुप लाग!" भनेर रुंचे हासो  हासिन । खास्म सुनयनादिदि ले त्यो प्रश्न हसाउनलाइ नै सोध्या थियो क्यारे - नत्र के थाह कति खेर ति रोकेर राखेका आशु खसाएर अरुलाइ पनि रुवाउने हुन।  दुलहि झै सिंगारिएर बसेकि प्रिया दि को नजिक कहिले यता  कहिले उता सारि,ज्वेलरि,मेक अप आदि मिलाइदिदै हामि कत्ति न काम गरेको जस्तो गर्दै बस्या थियोउ।
 
सुनयना मेरि ठुलि फुपु र प्रिया कन्छि फुपु कि छोरि हरु,  सबै कुरा प्रिया दि को इङेज्मेन्ट को दिन भैरख्या थियो। इङेज्मेनट कार्यक्रम सकिएर पाहुना हरु खानपिन मा मस्त थिये- प्रियादि दिदिबहिनि र साथि हरुले घेरिएर बसेकि थिन।
 
"त्यस्तै हो नि कसैलाइ जुङे, कसैलाइ जुङे नभाको चिल्ले, कसैलाइ डल्ले, कसैलाइ के,  जे भाग्य मा लेखिएको छ त्यहि पर्छ- आफुले भनेर हुने होइन।" यो रुखो स्वोर थियो मेरि कान्छि फुपु (हुने वला दुलहि कि आमा को) खै कति खेर आएर सुनयन दि ले ठट्टा गर्दै सोधेको कुर सुनि रनुभा रैछ - भाग्य को ब्याखा गर्नुभयो।

 कोठा मा एक प्रकारको शुन्यता छायो।
 
मेर आखा ले अनयसै चोरेर सुनयना दिदि लाइ हेर्न पुगे-- सुनयना दि आखा लुकाएर यता उता भुइ मा केहि खोजेझै गर्दै थिन।
 
म अलि सानै थिए भन्नु पर्ला शायद, यस अर्थ मा कि  "आफु भन्दा ठुला बडा बोलेको बेला बिच मा प्वाक्क बोल्नु हुन्न, बोलेको कुरा काट्नु हुन्न!" भन्ने  नियम अझै लगाउथे मलाइ - यसका बाबजुद पनि मेरो मुख ले बिद्रोह गर्न खोज्दै थियो । तर म चुप लागे; म भन्द ठुला दिदि हरु चुप थिए त्यसैले म पनि चुप रहनु पर्थ्यो, नियमानुशार   ।
 
अहिले मलाइ लाग्च त्यो दिन म नबोलेर ठिक गरिछु - म शायद चिच्यएर भन्थे हुला "फुपु भाग्य कोरिएको हुदैन!" अनि फुपु ले भन्थिन होला "चुप लाग! तलै कस्ले सिकायो आफु भन्दा ठुला...................!"
 
त्यति बेला को मेरो त्यो आत्मबिस्वास ऐले आएर मैले खोजनै पर्ने गरि हराएको छ -- मलाइ ऐले कसैले भन्दैन " चुप लाग ठुला मान्छे ले बोलेको ठाउमा केटा केटि भएर प्वाक्क बोल्नु हुदैन! " तै पनि जब  भाग्य को कुरा उठ्छ म आफै चुप हुन्छ। 
                                                                                                     
                                                                                               =======
 
 
सुनयनादिदि, बाईस बर्षे बिधवा । आइ एस सि सम्म को पढाइ पुरा गर्न के पाएकि थीन---"असाध्यै राम्रो घर...!,यति मन पराएको छ केटा ले, उस्को परिवार ले खालि हात फर्काउदा पाप लाग्छ....!, अ, केटा को परिबार ले पढाइ कन्टिन्यु राख्ने भन्या छन........!" भनि भनि बिहे गरेर पठाइ दिए ठुलो फुपाजुले, भर्खरै १९ कि भएकि थीन दिदि त्यति बेला।
 
राम्रै थिये भिनाजु, प्रतिस्ठित एन जि ओ मा काम गर्थे, असल शिक्षित परिवार परिवार को छोरा। अनि  सुनयना दिदि "भगवान् ले फुर्सद ले बनाएको" भन्या जस्ति। असध्य सुन्दर!  सुन्दर आखाहरु भएरै नाम पनि सुनयना राखेको रे-- कुरा चल्दा आमा भन्नु हुन्थ्यो, कैले काहि मलाइ पनि लाग्थ्यो, म पनि सुनयना दिदि जस्तै हुन पाए।  
 
भन्चन, सुन्दरता कसैलाइ बर्दान  कसैलाइ श्राप हुन्छ रे - उन्लाइ के थियो कुन्नी त्यों त आउने दिनहरु ले नै देखाउथे, त्यों भनेर मान्छे हरु कहा पर्खिंथे  र,   ख़ास खुस गर्थे-  उनि भाग्यमानि रे, भाग्यले दिएको ठुलो भाग उन्ले सम्हाल नु पर्ने रे,  किन कि भाग्य फेरि फेरि आउदैन रे इत्यादी। दिदि अहिल्यै बिहे गर्न चाहन्न थिन,  उनि सङै का साथि हरु  बिहे त के बिहे को सुर्सार सम्म भ थिएन। तर उनको केही लागेन -
 
एकदिन सुनयना दिदि दुलहि बनेर गैइन-- बिहे भरि उफ्रि उफ्रि नाचेर अन्माउने बेला मा भने खुब रोएका थियोउ हामि।
 
बिहे गरेको आठमहिना  नबित्दै एक दिन आफिस को काम ले फिल्ड भिजिट मा गा भिनाजु उनि चडे को हेलिकप्टर सहित कुनै अनकन्टार पाहड को खोच मा हराए सुनयना दिदि को सिन्दुर, खुशि, भाग्य सबै आफु सङै लिएर।
 
उनको घर तिर का मान्छे असलै रहेछन - भाग्य लाइ भन्दा संयोग लाइ दोस दिये र सुनयना दि लाइ जहा खुशि हुन्छिन त्यहि बस्ने छुट। सुनयना दिदि माइत मै बस्न थालिन। शर्म को कुरा, बरु यता का हरुनै खास्खुस गर्न थाले, मान्छे हरु को बोली फेरियो सुनयना दिदि र उन्को भाग्य दुबै लाइ  दोश लाउथे; भंथे- "मान्छे मात्र सुंदर, भाग्य  सारे नराम्रो लिएर आए की रहीछे!"  अनी  त्यस्तई परे चाड़ पर्ब र शुभाअबसर हरुमा बन्देज लाउथे। त्यो दिन पनि प्रिया दि को इङेज्मेन्ट मा सुनयना दि को उपस्थिथि कान्छी फुपू लाइ पटक्कै मन परेको थियेन  ।
 
                                                                                             
                                                                                                ========
 
 
र  त्यस्तै भएको थियो प्रिया दि को बिहेको दिन पनि। कान्छि फुपु कतै चहनु हुन्थे न सुनयना खास गरि स्व्यम्बर को बेला प्रिय को छेउ मा  बसोस- खै के को अपसगुन हुन्च रे।
बिहे को दिन त्यो पनि स्व्यम्बर हुन ला बेला को काह छ, को के गर्दै छ, त्यो भिडभाड मा कस्लाइ मत्लब-- सबै आ आफ्नै धुनमा थिये-- सुनयना दिदि ले भर्सक आफुलाइ टाढै राखिन।
मान्छे को हुल्मुल मा बिचबिच बाट छिर्दै म भने दुलहि दिदि को नजिक पुग्न खोज्दै थे, सजिलो हुन्थ्यो त्यों  बेला - सानै भएको ले  लाज लाग्थ्येन त्यसरि भिडभाड मा घुस्रिन-  अनयासै कसैले मेरो खुट्टा  टेक्यो। मेरा साना औलाहरु त्यो दर्हो जुत्ता को हिल मुनि परेर कर्याक् कुरुक् भाचिये सरि दुख्न थल्यो- म चिच्याए-  त्यो जुत्तावाल मान्छे ले मेरो हात मा समाएर मलाइ भिड बाट बाहिर निकाल्यो , म दुखेर भुइमै थचक्क बसे,
 
उ सोध्न थाल्यो "सार्हो टेकियो? आम सोsss सरि! खै हेरौ औला भाचियो कि?  तिम्रो नाम के हो?"  उ बोलेको बोलै थियो । म दुखेर रुदै थिये।
 
" के भयो?" सुनयन दिदि आत्तिदै कराइन माथि बाटै,  उनि झ्याल बात हेर्दै रहिछन। हेर्दाहेर्दै दिदि दौडेर तल आइन।
 
"खुट्टा टेकियो" कस्ले टेकेको नभनि मैले भने।
 
"तपाइ को बहिनि हो? ल सानो बहिनि लाइ छोडेर त्यसो भिड भाडमा।" एकोहोरो सुनयना दिदिलाइ नियाल्दै गरेको त्यो जुत्तावाल आफ्नै कुरा माथि पार्दै बोल्यो ।
"अनि टेक्ने र्चै यहा होला होइन?" दिदि ले ठाडो प्रश्न गरिन।  जुतावाल अलामल्ल पर्यो केही बोलेन।

" हिड् माथि म आइस  राखिदिन्छु,
अनि अलि कम दुक्छ , नरो लss गाजल साजल लत्पतिये र छ्याssss कस्तो नराम्रो देखिएछ ल ल चुप् लाग।" म लाइ माथि लिएर गैइन दिदि।
 
अलि सन्चो भएपछि कहा माथि नै बसिरहन सक्थे र  म फेरि -  कुद्देर यता र उता गर्न थालि हाले। दिदि बेला बेला मा कराउथिन "अब अर्को खुट्टा टेकाएर आउने होइन भन्द्या छ, खुरक्क लाएर म सन्सङै हिड्ने।"
 
अचम्म को कुरा त्यों जुत्तावाल को ध्यान अन्त कतै नगएर जति बेला हेरे पनि सुनयना दिदि तिरै मात्रै थियो ।
 
हुन पनी नाचिनेका मान्छे हरु ले त्यती  अंदाज गर्न सकथेनन, उनी बिहे गरि सकेकी केटी हुन भनेर - बिधवा त परै जावोस।  औठि बिना का औलाहरु, साधा कलर को सारि, बिना सज्धज पनि दिदि उस्तै थीन- जस्को आखा लाइ पनि अल्झाउन सक्ने-- सुन्दर!

 
" hey थाइकट! " जुत्ता वाल ले मलाइ सुस्तरि बोलायो। मलाइ बोलाएको भन्ने थाहा हुदा हुदै पनि म गैन हेरे मात्र।
 
उस्लाइ के लाग्यो कुन्नि, फेरि कन्फर्म गर्या झै गरि बोलायो "तिमि लाइ भनेको या आउ त प्लिज!" म सुस्तरि उस्को छेउ मा गए।
तिम्रो नाम के हो ?  उस्ले सोध्यो।
"pjna"
"अनी तिम्रो अघि को दिदि को नाम के हो?"
"किन?"
"त्यसै भनन?"
"सुनयनादिदि!" भन्दै म भागे।
 
जुत्तावाल अरुकोहि नभएर दुल्हा को भाइ रहेछ ; प्रिया दिदि को देवर।
 
                                                                                                 =========
 
 
 
प्रिया दिदि को बिहेको केहि समय पछि उन्को देवर ले घरमासुनयना दिदि को कुरा चलाएछन, सबै कुरा बुझिसकेर पनि। साचै भन्ने हो भने सुनयना दिदि को भर्खर बिहे गर्ने उमेर हुदै थियो-  प्रियादि भन्दा थोरै महिना ले बहिनि नै थीन।
 
"केहि नराम्रो भयो भने प्रिया लाइ पनि अपजस आउछ, मैले अइले नै भन्द्या छ" त्यस्तो कुरा मा कान्छि फुपु सधै अगाडि।
 
"सधै नराम्रो कहा हुन्छ र!" मेरि आमा दबेको स्वोर ले बिरोध गर्नु भयो। ठुलो फुपूफुपाजु त्यो घटना पछि आफ्ना निर्णय हरु सुनयना दिदि माथि थोपर्न छोडिसक्या थे। उता सुनयना दिदि को घर का हरुले पनि भित्र के भने कुन्नि, बाहिर स्विक्रिति दिये रे भन्ने गाइगुइ सुनिन्थियो घरमा कुरा हुदा।
 
सुनयना दिदि ले  पनि साचो अर्थ मा मन पराएकि थीन, बिहे गर्न चाहेकि थीन, जस्तो लाग्छ मलाइ ऐले सम्झिदा। घन्टौ सम्म फोनमा कुरा गर्थे। कतै जादा मलाइ लिएर जान्थिन, कुरा हरु सुनाउथिन, भिनाजु बितेपछि पहिलो पल्ट सुनयना दिदि फेरि पहिले कै सुनयना दिदि जस्तै लाग्न थालेकि थीन।
 
 दिदि फेरी एक पटक  दुलहि बनेर गैइन-- तर घर बाट हैन कुनै मन्दिर को प्राङण बात-- हल्ला खल्ला नगरिएको सानो कुनै लाखबत्ति बाल्ने कार्यक्रम जस्तो बिहे थियो । अनी मान्छे हरुले एक्पटक फेरी मुख खोले " उस्तई परे जिंदगी एतिकै सेतो सारी मै बिताउनु पर्थ्यो,  राम्रो मान्छे भेटी सुनयना ले , सबै लाइ त्यस्तो  काहा  जुर्छ र भाग्यामानी नै रहिछे! " 
 
                                                                                                          ==========
              
 
नौ बर्श। हो नौ बर्श बितिसक्या थियो, बर्श बितेको पत्तै नहुने। कहिले लामो समय जस्तो पनि लाग्छ- होइन हिजै जस्तो पनि लाग्छ, धेरै परिबर्तन हरु भए यि नौ बर्स मा। को कहा पुगे, कोहि कता गए, आफै कहा पुगियो।  तर म यहाँ कथा सुनयना दीदी तिरै मोड्दै छू -
 
सुनयना दिदि दुइ छोरि कि आमा भैसकेकि थिन, राम्रो परिवार्, उन्लाइ बुझ्ने, अति माया गर्ने असल भिनाजु थिए। मास्टर्स सिध्याएर राम्रै ठाउ मा पढाउथिन। भाग्य, लाग्थ्यो उन्लाइ डोरयाउदै हैन, उन्ले कोरेर हिन्दैछिन। अनि म निस्चित थिये "भाग्य कहा कोरिएको हुन्छ र ?!"
 
 
तर, होइन रहेछ, सुनयना दीदी को "भाग्य" साध्य को हिसाब अझै प्रमाणित भैसक्या रहेन छ ।
 
 
त्यो दिन  बिहान एउटा "अर्जेंट" लेखिएको इमेल ले मेरो आखा तान्यो,  हतारेर खोले इमेल मेरो भाई को थियो - " दिदि,  सुनयना दिदि को भिनाजु हिजो राति बित्नु भयो,  मोटर्साइकल एक्सिडेन्ट मा परेर। एक्सिडेन्ट मात्र भएको भए त कुन्नि के हुन्थ्यो, त्यस्तो नराम्रो हुने थिएन  होला तर ...त्यो ड्राइभर ले ब्याक गरेर किचेछ ।........................"
 
" सधै नराम्रो कहा हुन्छर?..... केहि भयो भने? ......भाग्यमा ले लेखेको छ त्यहि हुन्छ.... ब्याक गरेर किचेछ .....भाग्य?! ....सन्योग्?! " हतप्रभ म, मेरा कान मा यि सब्द हरु रिंगीइन थाले । उता मन र मस्तिस्क दुबै चिच्याई चिच्याई  मलाई एउटई  प्रश्न सोध्दै  थिए  " के भाग्य साचै नै कोरिएकै हुन्छ?"
                                           
                                                                               
 
                                                                                   The End!
 
(Note:All characters in this story are fictitious, any resemblance to people living or dead is purly coincidental.)

 
Posted on 02-07-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

power writing..
keep on...

 
Posted on 02-07-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा कस्तो दरो कथा प्रस्तुत गर्यौ। भाग्य र भाग्यमानी दुइटै शब्दहरु नचाहेर पनि विश्वाश गर्नु पर्ने।बच्चा देखी सुनेर होला या ठुला बडाहरुको तेहि रट कानमा सधै गुन्जिएर होला।

धेरै पछि कोशेलि लिएर आयौ र धेरै नै राम्रो लिएर आयौ।  अरु पनि लख्दै गर है।

 


 
Posted on 02-07-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखाइ आती उत्कृष्ट लाग्यो मुलाई त। तपाईंले यो कथा कल्पनिक भने पनि, मैले चिनेको कसैको वास्तविक जिबन  सँग ७५ प्रतिशत मिल्न आउन्छ।

Like you said it might just be a coincidence.

 

Great job.


 
Posted on 02-07-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रेरणा, 
साँच्चिकै शसक्त र सन्तुलित प्रस्तुति, निकै कलात्मक ढंगले कुँदिएको मूर्ति जस्तो छ कथा। पटकथाहरू जोडदार छन्।
कल्पनाशीलता र लेखन कुशलताको अनुपम समिश्रण।

तिम्रो कथाले जे चित्रण गरेको छ त्यो ठीकै छ, हामीले धेरैजसो देखे सुनेका कुराहरू हुन्, तर भाग्यको कुरामा चैं म अलि फरक मत राख्छु। 'भाग्यमा जे लेखेको हुन्छ त्यही हुन्छ' भन्ने भनाइलाइ धेरैले सही मान्छन्, तर म भन्छु 'जे हुन्छ
त्यसलाइ मानिसहरू भाग्यमा लेखेको' भन्छन्। यो अलि उल्टोबाट सोचेको जस्तो भयो, तर जे भयो वा भैसक्यो, जस्लाइ
हामी परिवर्तन गर्न सक्दैनौं, त्यसलाइ 'भाग्यमा लेखेको' भन्नु कुनै अनौठो कुरा हैन, यो मान्छेको असहायपना मात्र हो, किनकि
भैसक्या कुरालाइ कसैले बदल्न सक्दैनँ। 

अझ रामायण, महाभारत जस्ता पौराणिक कथाहरूमा पनि पछि हुने कुरा धेरै पहिले नै तय भइसकेको कुराहरू उल्लेख छन्। तर  
ती कुरा मलाइ कहाँ कहाँ ठीक लाग्दैन, भविष्यको कुरा पनि सबै अहिले नै फिक्स हुने हो भने त बाँच्नुको मजै रहेन नि। रामायणमा 
रामले यौटा राक्षसलाइ मार्छन् र मर्न लागेको राक्षसले भन्छ, 'म पूर्व जन्ममा देवता थिएँ, कुन्नी कस्को श्रापले गर्दा
जंगलमा राक्षस भएर बस्नु पर्यो। तर मलाइ उसैबेला कसैले भनेका थिए कि त्रेता युगमा रामले तिमीलाइ मारी मुक्ति
दिनुहुन्छ। अब म मुक्त भएँ!' लु भयो त अब? जे कुरा नि पहिले नै फिक्स हुने भए त के मजा भो रामायण पढ्या, 
फिलिम हेर्या अनि बाँच्या? 


त्यसैले मेरो विचारमा मान्छेले जे कुरा हुन्छ या भैसक्छ नि, त्यसलाइ बदल्न सक्दैनँ, अनि भन्छ, 'यो त भाग्यमै 
लेख्या रैछ!', आफ्नो लाचारीपनालाइ लुकाउनको लागि।
बिहेको कुरा नि त्यस्तै लाग्छ, भाग्यमा जो लेखिएको हुन्छ उहीसँग हुन्छ भन्छन् नि, बिहेपछि भैसक्या कुरा त बदल्न
सकिंदैन, त्यसैले त्यस्तो भन्ने हो, किनकि भाग्यको कुरा गर्न सबभन्दा सजिलो लाग्छ मान्छेलाइ र सबैभन्दा खतरारहित पनि।

हुनत म आफैं पनि कहिलेकाहीं भाग्यको शक्तिलाइ मान्न लाचार हुन्छु, किनभने मान्छेको वशमा सबै कुरा हुँदैन। तर 
सबै कुरामा भाग्यकै गुण वा दोष देखाउनु भनेको आफ्नो ईच्छाशक्तिलाइ तुच्छ देखाएर अतिरंजित भाग्यवादी उन्माद
प्रदर्शन गर्नु मात्र हो जस्तो मलाइ लाग्छ। 

मैले स्कुलको यौटा नेपाली किताबको कथामा पढेको थिएँ, 'मान्छेले आफ्नो भाग्य आफैं बनाउँछ।' यो कुरा सही हो तर  सधैं नहुन सक्छ, कहिले काहीं भाग्यले पनि मान्छेलाइ बनाउनसक्छ। अनि कुनै पामिस्ट्रीको किताबमा पनि लेख्या देख्या  छु, 'हातको रेखाहरूमा शत प्रतिसत विश्वास नगर्नुस्, किनकि रेखाहरू चेन्ज हुन सक्छ र मान्छेले आफ्नै कर्मले पनि ती रेखाहरूलाइ बदल्न सक्छ।'
त्यसैले म अधिकांश कर्ममा विश्वास गर्दागर्दै पनि थोरै अंश चैं भाग्यले हामीमा प्रभाव पारेको कुरा स्वीकार्छु। 

हरे! मपनि यो धागोमा आएर के के कुरा खोकेर बसेछु, मेरो मुड चल्यो आज! माइन्ड नगरम् है प्रेरू!अरू नि लेख्दै गरम्!


 
Posted on 02-07-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Very sad story Prerana,

Bhagya is very imp as well as karma. Sometimes coincidence makes bhagya strong sometimes not.

I am still not clear kun ramro kun naramro.

Bottomoline is that life moves on whether bhagya works or not.

 


 
Posted on 02-07-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो छ! केहि सत्यता कतै देखेर लेखेको जस्तो छ!

मलाई चाहिँ माथिल्लो अनुक्षेद लेखेर अन्त्यमा लेखेको यो वाक्यले छोयो, साँच्चिकै कथा हैन लेखकको आफ्नै अन्तरमन बोल्या जस्तो-

"त्यति बेला को मेरो त्यो आत्मबिस्वास ऐले आएर मैले खोजनै पर्ने गरि हराएको छ -- मलाइ ऐले कसैले भन्दैन " चुप लाग ठुला मान्छे ले बोलेको ठाउमा केटा केटि भएर प्वाक्क बोल्नु हुदैन! " तै पनि जब  भाग्य को कुरा उठ्छ म आफै चुप हुन्छ।" 

गुड!

 

फेरि म बुढो बोल्या ठाउँमा प्वाक्क नबोल्नु नि

 

 


 
Posted on 02-07-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोरिएको त हैन, लेखिएको हुन्छ होला हौ साथी।

तर के ले लेख्छ चाहि थाहा भएन। गोलले कि मसिले कि सिसाकलमले?
अब त्यो त चित्रगुप्तलाइ सोध्न पर्छ।
चित्रगुप्तको इमेल आइडी छ?


 
Posted on 02-07-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यो चित्रगुप्त भन्ने चैं को नि? 
मलाइ त भन्या हैन है! (चोरको खुट्टा काट् पो भो कि क्या हो?)

नाम मिल्यो भने नि कस्तो अप्ठ्यारो पर्ने भन्या!
ल ठीक छ, म त भाग्य हैन कर्ममात्र लेख्न सक्छु।


 
Posted on 02-07-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

WOW !!

I was not attracted to the Title - thinking that just another thread.

 

It is indeed a power writing - an elaborative and detailed piece of work.

A very good analytical and critical piece.

 

I do not think all of this is "just imaginative"

- If it is you are an awesome imaginatively 

If it is not you are awesome observer and great transcribe.

 

I have no idea how to pronounce your ID, pjna007


 
Posted on 02-07-08 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pjna को नाम प्रनाउन्स गर्न गाह्रो छ शिरीष गुरु, मैले त ट्राई गर्दा गर्दा थाकेको, बल्ल बल्ल नाम लिन सक्ने भएँ! यहि सिलसिलामा बरु आफ्नो न्वारन भयो कुन्नि के लाल भनेर!


 
Posted on 02-07-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चै हाम्रो माइला दाई लाई है
माइला दाई खोइ हजुर जम्मा एउटा खुराक पस्किने अनी टाप दिने। भएन है त्यस्तो त। त्यो बस स्टप पछी लौ मेरो कलमको मसी सिध्यो है भन्न पाइदैन थाहा छैन हजुरलाई?
हामी चै कुरेको कुरै अनी हजुर चै पछाडिको ढोकाबाट फरार दिने। लौ अब म बुढो-सुढो भनेर बस्ने होइन, अर्को खुराक पस्किने तिर लागौं न माइला दाई, हुँदैन?
Last edited: 07-Feb-08 02:16 PM

 
Posted on 02-07-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब कुरो के भने दिप्पु नानि, हेरि बुडो भ'सि बुडो भन्नै परो के रे। तो खुराउ सुराउ पस्किने कुरो त छँदैछनि चाइन्जो अरु नि पस्किने हुम, यो जाडोले मेरो बाथको बेथा च्यापेर मात्रै हो नत्र उइलेइ पस्किसक्थेँ! उइलेइ ज्यानमा ताकत छँदा त छिट्छिटो पस्क्या हो, अब फेरि कुरो उइ आओ बुडो भ'र ढिलो भा हो!


 
Posted on 02-07-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई गफाडी, हजुरको गाउँको गर्मी र जाडो त हामीले पनि चिनेका छौ नि। त्यस्तो बाथ नै हुने त केही जाडो छैन है। अनि घरि घरि म त्यो डाँडा माथिको जून भनेको छ बसेको छ है ? केही कुरा गरी साद्धे भए त के? सोजो हिसाबले त केही सोध्न पनि नहुने बाबै। घुमिफिरि रुम्झाटार भने झैं यसो उसो गर्यो म बुढो भन्यो बस्यो
 
Posted on 02-07-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SWOE ji, Thanks for your kind words. एउटा कुरा भनि हालौ जस्तो लाग्यो म पनि यहa को राइटिङ को फ्यान हो है 

दिप्पु,  हो भन्या त्यही भएर नै होला म यस्ता कुरा हरु मा सधैं दोधार मा पर्छु। I am so happy that you liked it, Thanks.  ए  ए अनि तिम्रो अर्को कहिले नि? कुर्दा कुर्दा मेरो आखा थाकिसक्यो
 

तोरिकोफुल "...मैले चिनेको कसैको वास्तविक जिबन  सँग ७५ प्रतिशत मिल्न आउन्छ।.."   हो र ?  यो काल्पनिक कथा हो, ढाट्या भए मरिजाम।    Thanks for reading.

म्याप्पि, एक राज कि बात बताँउ - मलाइ लामो कमेन्टस पढ्न कस्तो रमाइलो लाग्छ भन्या           "जे भयो वा भैसक्यो, जस्लाइहामी परिवर्तन गर्न सक्दैनौं, त्यसलाइ 'भाग्यमा लेखेको' भन्नु कुनै अनौठो कुरा हैन, यो मान्छेको असहायपना मात्र हो, किनकि
भैसक्या कुरालाइ कसैले बदल्न सक्दैनँ। [ तर पनि ] कहिलेकाहीं भाग्यको शक्तिलाइ मान्न लाचार हुन्छु----"
  Bingo!!  Ambiguity isn't always bad  ni haina ?  आफ्नो अनुकुलता हेरेर अर्थ लगाइदिए भयो नि Thanks for your inspiring words.

क्रेजिसाथि, तिम्रो कुरा मा मेरो पुर्ण समर्थन।  कमेन्ट को लागि धन्यबाद स्विकार गर है

Rosaline,खै साथि के हो के हो।कोर्दै मेट्दै फेरि लेख्दै पो गर्छकि ? धन्यबाद है साथि क्रियेटिभ कमेन्ट का लागि। 

Birkhemailaji,

Shirishdai,  मेरो धागो मा आएर यो धागोकै शोभा बढाइदिनु भएको मा धेरै धेरै धन्यबाद! I feel so honored and thanks for your sweet comment ! This is absolutely an imaginative story.

  Is Pjna really hard to prononuce  ?

Birkhamaildai (maikelaalji) माथि प्वाक नबोल्नु भनेको भएर धन्यबाद भन्न नि डर लाग्यो। धन्यबाद "गुड!!"  का लागि अन्तर्मन बोलेको भनेको के भनेको कुरा बुझे मर्दिनु।

हो हो दिप्पु कराम कराम जैले पनि म बुढो म बुडो माछे भनेर पाइन्छ कि के हो? ल कथा सुन्ने--- दिप्पु र मैले सुन्ने भने पछि सुन्ने 

Thank you all.


 
Posted on 02-07-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pjna, touching story and written in simple yet classic style. Enjoyed your writing but felt really sad after story. Im sure its not 100% story. Somehow somewhere it should be true.......Khai malai ta tyastyai lagchha hai

Sunaynaa is a wonderful name, I wish her all the best...and you keep writing
 
Posted on 02-07-08 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pjna,

प्रतिक्षा को फल मिठो हुन्छ रे भन्थे, हो रहेछ। धेरै दिन पछी अर्को राम्रो कथा पढ्ने मौका देकोमा धन्यवाद छ। मार्मिक कथा रहेछ, भाग्य अनी कर्मको लुकामारी खेलेको एउटा बियोगान्त बर्णन। हुन त म भाग्य भन्दा कर्ममा विश्वाश गर्ने मान्छे, तर कहिले काही घट्ने अप्रत्यासित घटनाहरु ले भाग्य भन्ने कुरा पनि हुने रहेछ भनेर बेला बेला मा झस्काउने चाइ गर्छ। हरेक कथा पिच्छे तिम्रो लेखाइ झन झन खारिदै गएको आभाश मैले पाए। लेख्दै गर, पढ्न लाई हामी जस्ता धेरै पाठकहरु छन। 

Last edited: 07-Feb-08 04:06 PM

 
Posted on 02-07-08 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pjna007 जी,
समय लिएर पढें। भावबिह्वल भएं। कति राम्रो लेख्न सकेको भने? इर्ष्याले जलेर मर्छु कि क्या हो।
मान्नुस् य न् मान्नुस्, भाग्य-नियति भन्ने अद्रिश्य शक्ती हुंदो रैछ। भाग्यले साथ नदिए पनि दोष भाग्यलाई दिए पनि अझै बिश्वास गर्छु। यो मेरो ब्यक्तिगत धारणा हो। नेपालकी (पहिलो) महिला विमानचालक रक्षा राणाले  कथाकी सुनयनाकै नियति भोगिन। पहिलो पति पाइलट बिनोद  हो क्या र बांनिया थर की संग बिबाह् गरिन्, बिधवा भइन् । फेरि गिरी थरका टेलिफिल्ममा खेल्ने पाइलट संग दोस्रो बिबाह् गरिन्, फेरि पनि........................................... । भाग्य भन्ने अजिबको चिजहुंदो रैछ।

 
Posted on 02-07-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amazing, Although my plot and characters are based on complete imagination, I agree with you in this “not 100%” thing. Imagination does not form in vacuum , it need something - abstract or concrete idea, to conjure up a desired shape and that abstract idea of my writing might hold few degrees of reality, I sud say.  After all we see countless wired things that are still exist in our society haina?  oh arko kura  I scared to drop in your thread since that day , you kw wht I'm saying, but lemme tell you I am reading it ------great going !   thanks for your comment.

NKchora,धेरै धरेइ धन्यबाद मिठो शब्दहरुका लागि। हो सबैलाइ कन्फ्युजिङ नै हुदोरहेछ यो कुरा नि।  खै अजकाल तिम्रो कथा कबिता मा के को बाध लाग्यो? झन धारा प्रबाह आउनुपर्ने जस्तो पो लाग्थ्यो।

Rahuldai, ...इर्ष्याले जलेर मर्छु कि क्या हो।... सुन्दा अचम्म लाग्ला, म भने यो कमेन्ट सुनेर फुर्किएर भुइमा न भाडा मा जस्तो भए। धन्यबाद धागोको शोभा बडाइदिनु भएको र मिठो कमेन्ट का लागि। अब छोरि लाइ अर्को कथा कैले सुनाउने?  सुनाउने  बेला भएन ? 


 
Posted on 02-07-08 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters