Posted by: world_map February 7, 2008
के भाग्य साचै कोरिएकै हुन्छ?
Login in to Rate this Post:     0       ?        

प्रेरणा, 
साँच्चिकै शसक्त र सन्तुलित प्रस्तुति, निकै कलात्मक ढंगले कुँदिएको मूर्ति जस्तो छ कथा। पटकथाहरू जोडदार छन्।
कल्पनाशीलता र लेखन कुशलताको अनुपम समिश्रण।

तिम्रो कथाले जे चित्रण गरेको छ त्यो ठीकै छ, हामीले धेरैजसो देखे सुनेका कुराहरू हुन्, तर भाग्यको कुरामा चैं म अलि फरक मत राख्छु। 'भाग्यमा जे लेखेको हुन्छ त्यही हुन्छ' भन्ने भनाइलाइ धेरैले सही मान्छन्, तर म भन्छु 'जे हुन्छ
त्यसलाइ मानिसहरू भाग्यमा लेखेको' भन्छन्। यो अलि उल्टोबाट सोचेको जस्तो भयो, तर जे भयो वा भैसक्यो, जस्लाइ
हामी परिवर्तन गर्न सक्दैनौं, त्यसलाइ 'भाग्यमा लेखेको' भन्नु कुनै अनौठो कुरा हैन, यो मान्छेको असहायपना मात्र हो, किनकि
भैसक्या कुरालाइ कसैले बदल्न सक्दैनँ। 

अझ रामायण, महाभारत जस्ता पौराणिक कथाहरूमा पनि पछि हुने कुरा धेरै पहिले नै तय भइसकेको कुराहरू उल्लेख छन्। तर  
ती कुरा मलाइ कहाँ कहाँ ठीक लाग्दैन, भविष्यको कुरा पनि सबै अहिले नै फिक्स हुने हो भने त बाँच्नुको मजै रहेन नि। रामायणमा 
रामले यौटा राक्षसलाइ मार्छन् र मर्न लागेको राक्षसले भन्छ, 'म पूर्व जन्ममा देवता थिएँ, कुन्नी कस्को श्रापले गर्दा
जंगलमा राक्षस भएर बस्नु पर्यो। तर मलाइ उसैबेला कसैले भनेका थिए कि त्रेता युगमा रामले तिमीलाइ मारी मुक्ति
दिनुहुन्छ। अब म मुक्त भएँ!' लु भयो त अब? जे कुरा नि पहिले नै फिक्स हुने भए त के मजा भो रामायण पढ्या, 
फिलिम हेर्या अनि बाँच्या? 


त्यसैले मेरो विचारमा मान्छेले जे कुरा हुन्छ या भैसक्छ नि, त्यसलाइ बदल्न सक्दैनँ, अनि भन्छ, 'यो त भाग्यमै 
लेख्या रैछ!', आफ्नो लाचारीपनालाइ लुकाउनको लागि।
बिहेको कुरा नि त्यस्तै लाग्छ, भाग्यमा जो लेखिएको हुन्छ उहीसँग हुन्छ भन्छन् नि, बिहेपछि भैसक्या कुरा त बदल्न
सकिंदैन, त्यसैले त्यस्तो भन्ने हो, किनकि भाग्यको कुरा गर्न सबभन्दा सजिलो लाग्छ मान्छेलाइ र सबैभन्दा खतरारहित पनि।

हुनत म आफैं पनि कहिलेकाहीं भाग्यको शक्तिलाइ मान्न लाचार हुन्छु, किनभने मान्छेको वशमा सबै कुरा हुँदैन। तर 
सबै कुरामा भाग्यकै गुण वा दोष देखाउनु भनेको आफ्नो ईच्छाशक्तिलाइ तुच्छ देखाएर अतिरंजित भाग्यवादी उन्माद
प्रदर्शन गर्नु मात्र हो जस्तो मलाइ लाग्छ। 

मैले स्कुलको यौटा नेपाली किताबको कथामा पढेको थिएँ, 'मान्छेले आफ्नो भाग्य आफैं बनाउँछ।' यो कुरा सही हो तर  सधैं नहुन सक्छ, कहिले काहीं भाग्यले पनि मान्छेलाइ बनाउनसक्छ। अनि कुनै पामिस्ट्रीको किताबमा पनि लेख्या देख्या  छु, 'हातको रेखाहरूमा शत प्रतिसत विश्वास नगर्नुस्, किनकि रेखाहरू चेन्ज हुन सक्छ र मान्छेले आफ्नै कर्मले पनि ती रेखाहरूलाइ बदल्न सक्छ।'
त्यसैले म अधिकांश कर्ममा विश्वास गर्दागर्दै पनि थोरै अंश चैं भाग्यले हामीमा प्रभाव पारेको कुरा स्वीकार्छु। 

हरे! मपनि यो धागोमा आएर के के कुरा खोकेर बसेछु, मेरो मुड चल्यो आज! माइन्ड नगरम् है प्रेरू!अरू नि लेख्दै गरम्!

Read Full Discussion Thread for this article