[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निकम्मा नेताहरु

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 22128 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-27-15 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Did Foreign Minister Pandey had any balls to speak on behalf of nepali against Modi's sanctions?
कि मेरो मन्त्री पद जोगाई देउ भनेर दुष्ट मोदीको दर्शन गर्न line मा बस्दै छ ?

आँखा नदेख्ने र कानले नसुन्ने संचार मन्त्री
दोहा गएर संचारमन्त्री रिजालले भने- भारतले नाकाबन्दी गरेकै छैन - See more at: http://www.onlinekhabar.com/2015/09/331846/

Vision भएका ओली
Prime minister in waiting Oli
ओलीले भने-शुष्माले ३ घण्टामा समाधान गर्छु भनिन्, तर भएन - See more at: http://www.onlinekhabar.com/2015/09/331568/

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालका सीमा क्षेत्रमा आपूर्ति रोक्ने कदम चाल्छ भन्ने आफूलाई नलागेको बताएका छन् ।

केपी ओलीले दिए भारतले नाकाबन्दी नगर्ने तीन कारण

http://www.nepalipatra.com/news/detail/17016/14


जस्ता खाएर डकार्दै मन्त्री
तराई–मधेसको समस्या चाँडै समाधान हुन्छः अर्थमन्त्री महत - See more at: http://nagariknews.com/politics/story/46005.html#sthash.nuQIYF7z.dpuf


Raw agent
हामी आफू मिले नेपाल–भारत सम्बन्ध पुरानै रहन्छः पूर्वराजदूत बराल - See more at: http://nagariknews.com/politics/international/story/45953.htm

 
Posted on 09-27-15 9:16 AM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एउटा शब्दमा घमण्ड गर्ने तर मोदीको खुट्टा ढोग्न पछि नपर्ने सिटौला, ओली र देउवा

जितेन्द्र देव रोए, अरूका आँखा रसाए तर सहमति हुन सकेन

छलफल सकियो, संविधानमा सभासदहरुले हस्ताक्षर गर्ने समय हिजो साँझसम्म थियो। फोरम-लोकतान्त्रिकका सभासदहरू त्यो अवसरबाट बन्चित भए। मधेसको सबै भन्दा ठूलो दललाई संविधानसभामा ल्याउने अवसरबाट मुख्य दलहरु चुके।

तीन मुख्य पार्टी भित्रकै केहि सभासदले सिटौला, ओली र देउवाको अडानलाई  ‘अनावश्यक अहंकार’ भनेका छन्।

तर शुक्रबार साँझ संविधानसभा परिसरमा पत्रकार माझ सिटौलाले सगर्व घोषणा गरे-  ‘तराई-मधेस’ भन्ने शब्द मैले राख्न नदिएको हो। ‘तराई-मधेसमा मात्रै समस्या छ भनेर देखाउन खोजिएको हो, त्यसको के अर्थ लाग्छ?’




काला ब्यापारीलाई नाकाबन्दीमा फाइदा

भारतले नाकाबन्दी गरे पनि हामीलाई केही फरक पर्दैनः प्रचण्ड

http://setopati.com/raajneeti/34251/


 
Posted on 09-27-15 9:19 AM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परधान मन्त्री भए पछि धेरैलाई कारबाही गरि सकेको नेपालको इतिहासका सबै भन्दा निकम्मा परधान मन्त्री अझै कारबाही गर्ने धम्कि दिंदै

अमरेशहरुकै कारण टिकापुर घट्ना भयो, उसलाई कारबाही हुन्छ : प्रधानमन्त्री - See more at: http://annapurnapost.com/News.aspx/story/19753

 
Posted on 09-27-15 9:32 AM     [Snapshot: 44]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिंसा बाट नै सबै समाधान खोज्ने गृह मन्त्री र वाहि वाहि गर्ने ओली

सभासद प्रभु साहले अनलाइनखबरसँग भने, ‘गृहमन्त्री असाध्यै नेगेटिभरुपमा प्रस्तुत हुनुभयो । उहाँले बल प्रयोग गरेरै ठीक हुन्छ भन्नेजस्तो कुरा गर्नुभयो ।’

- See more at: http://www.onlinekhabar.com/2015/09/324961/


एमाले अध्यक्ष ओलीले गरे गृहमन्त्री गौतमको प्रशंसा

http://setopati.com/raajneeti/33880/

 
Posted on 09-27-15 9:34 AM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


होइन = हो

मधेश आन्दोलन भारतको लगानीमा भएको होइन् : कर्ण

http://setopati.com/raajneeti/34241/

 
Posted on 09-27-15 9:36 AM     [Snapshot: 74]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भबिष्य वक्ता ओली र देउबा

ओलीले भने-भारतले नेपाललाई नाकाबन्दी लगाउन सक्दैन

http://setopati.com/raajneeti/34252/

भारतले पनि छिट्टै स्वागत गर्छ: देउवा

http://setopati.com/raajneeti/34275/

 
Posted on 09-27-15 12:01 PM     [Snapshot: 162]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

We Neplease are donkey .... The last blockade was 27 years back and we learnt nothing.. Elected same corrupted , dishonest old face leaders... Madhesi leaders want their vote bank to be strong ... The only thing we have learnt is RANTING and being corrupted parties BHAKTA..
 
Posted on 09-28-15 7:29 AM     [Snapshot: 399]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाकाबन्दीको विकल्प खोज्न कोइराला सरकार असक्षम

असक्षम देखियो बालुवाटार

भारतले गरेको नाकाबन्दी र त्यसको विकल्प खोज्ने विषयमा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्व असफलजस्तै देखिएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि प्रमुख तीनदलले बिहीबार निर्णय गरे- भारतीय रातदूतलाई स्पष्टीकरण सोध्ने र दिल्लीमा विदेश दूत पठाउने ।


ठूला तीनदलले सरकारको तर्फबाट भारतमा विशेष दूत पठाउने निर्णय गरेको पाँचौं दिन पुग्दासमेत यसबारे प्रधानमन्त्री कोइरालाले कुनै अग्रसरता देखाएका छैनन् ।


दिल्लीको मामिलाबारे जानकारी दिन काठमाडौं आएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सोमबारसम्म काठमाडौंमै छन् । http://www.onlinekhabar.com/2015/09/332214/

मरिचमानको जति ल्याकत देखिएन सुशील कोइरालाको

तेल आपूर्तिको विकल्प खोज्न सरकार उदासीन

११ असोज, काठमाडौं । भारतले यदि लामै समय तेल र ग्यास आउन रोक्यो भने के गर्ने ? दशैं-तिहार जस्ता ठूला चाड नजिकिएका बेला जनतामा छटपटी सुरु भइसकेको छ । तर, दुःखका साथ भन्नुपर्दा यो संकट समाधानका लागि सरकारसित कुनै कार्ययोजना छैन ।

तेस्रो मुलुकबाट इन्धन ल्याउने सम्भावनाबारे कुनै गृहकार्य नगरेको सरकारले तेल वितरणमा कोटा लगाएर तथा सवारी साधनलाई जोर-बिजोर खेलाएर काम देखाउन खोजिरहेको छ । ‘ढिलो-चाँडो भारतले नाकाबन्दी हटाउँछ’ भन्ने आशामा प्रतिक्षारत देखिन्छन् सरकार र राजनीतिक दलहरु ।

काठमाडौंबाट तेलको लाइन इन्डियाको बोर्डरसम्मै पुग्न लागेका बेला वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा सोमबारै भारत भ्रमणमा गएका छन् । तपाईं सोच्नुहोला, मन्त्री थापा नाकाबन्दी खुलाउने जोडदार पहल गर्नका लागि गएका होलान् ।

तर, यो नाकाबन्दीसित उनको भ्रमणको कुनै लेनादेना छैन । उनी पू्र्वनिर्धारित ‘साउथ एसिया इकोनोमिक कनक्लेभ’ सम्मेलनमा भाग लिन गएका हुन् । मन्त्री थापाले यसक्रममा भारतका कुनै जिम्मेवार व्यक्तिहरुसित भेटघाट गरे भने त्यो कागताली मात्रै हुनेछ ।


त्तरको छिमेकी चीनले नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौं भनिरहेका बेला सरकारले वाणिज्य मन्त्रीलाई चीन भ्रमणमा पठाएको भए ठूलो अर्थ राख्थ्यो । अरु कसैलाई दूत बनाएर पठाएको भए पनि हुन्थ्यो । तर, त्यति पनि गरिएको छैन । प्रधानमन्त्री सुशील कोइराला के सोच्दैछन् सायद उनैलाई मात्र थाहा छ ।

राजनीतिक दलका नेताहरुसित पनि भारतले नाकाबन्दी जारी राखे भने के गर्ने भन्ने कुनै सोच देखिँदैन । उनीहरु त निरीहता देखाउँदै भनिरहेका छन्, ‘भारतले नदिए भोकै बस्छौं, गाडी चढ्न छोडेर साइकल चढ्छौं ।’

http://www.onlinekhabar.com/2015/09/332280/


 
Posted on 09-28-15 7:32 AM     [Snapshot: 400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oli and Makune have time for musical entertainment:

नेपाली संगीत विश्वमै उत्कृष्टः ओली २०७२ असोज ११ गते काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले एकै दिन दुई बेग्लाबेग्लै गिति एल्बम बिमोचन गरेका छन् । 
http://www.onlinekhabar.com/2015/09/332206

 
Posted on 09-28-15 7:35 AM     [Snapshot: 411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुकम्प देखि बन्द चीन संगको नाका खोल्न नाकाबन्दी पश्चात पनि सरकार पहल गर्न अनिक्षुक

चीनसँग नाका खोल्न वार्ता थाल्न आग्रह
28 Sep २०१५
http://nagariknews.com/main-story/story/46251.html
 
Posted on 09-28-15 7:39 AM     [Snapshot: 418]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नालायक र असक्षम राजदूत दीपकुमार उपाध्याय
मोदीको वक्तव्य नआउन्जेल धैर्य गरेर बस्नुपर्छ : भारतका लागि नेपाली राजदूत
म अलिकति व्यस्त नै थिएँ, तैपनि व्यवसायी साथीहरुले अनुरोध गर्नुभयो र नाइँ भन्न नसकेर आएको…
http://www.pahilopost.com/content/-8314.html

 
Posted on 09-29-15 3:55 PM     [Snapshot: 555]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिनेन्द्र रिजाल पनि इंडिया कै agent जस्तो काम गर्न थाल्यो:

भारतीय च्यानल बन्दगर्नेलाई कारवाही गर्ने मिनेन्द्र रिजालको २४ घण्टे अल्टिमेटम
कतार पुगेर भारतले नेपालमाथि नाकाबन्दी नगरको भन्दै भारतको बचाउ गरेको भनिएका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले भारतीय टिभी च्यानल बन्द गरेका केवल सञ्चालकहरुसँग स्पष्टिकरण मागेका छन् । कोइराला सरकारमा कृष्ण सिटौलाको सिफारीस र भारतीय आशिर्वादमा मन्त्री पाएको विश्वास गरिने मन्त्री रिजालले मंगलबार साँझ नेपालमाथि नाकाबन्दी गर्ने भारतीय दादागिरी बिरुद्ध केवल सञ्चालकहरुले गरेको प्रतिकात्मक बिरोध स्वरुप भारतीय च्यानल बन्द गर्दा स्पष्टिकरण मागेर भारतीय पक्षको पक्षपोषण गर्न खोजेका छन् । २४ घण्टे अल्टिमेटम दिंदै कारवाहीको धम्कीपूर्ण भाषा प्रयोग गर्दै मिनेन्द्र रिजालले सम्हालेको मन्त्रालयबाट शाखा अधिकृतको हस्ताक्षर गरेर केवल टेलिभिजन सञ्चालकहरुसँग जवाफ मागेका छन् ।
 
Posted on 09-29-15 4:13 PM     [Snapshot: 563]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप रास्ट्रपति, संचार मन्त्रिले त बोले भने खुल्ला रूपमा इंडिया संगै तलब बुझ्नेले किन यसो नभनोस 

नेपाली टीभी च्यानल प्रशारणमा रोक लगाउने मधेशी मोर्चाद्वारा चेतावनी

http://setopati.com/raajneeti/34513/

 
Posted on 09-29-15 5:04 PM     [Snapshot: 595]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमरेशको कारबाही रोकियो

कुलचन्द्र न्यौपाने , काठमाडौं
सदस्यहरुमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मिना पाण्डे छन ।
समितिका सदस्य पाण्डे बाहेक अन्य सदस्यहरु तत्काल कारवाही गर्न नहुने पक्षमा उभिएपछि बैठक बस्न नसकेको स्रोतले बतायो ।

http://kantipur.ekantipur.com/news/2015-09-29/20150929192105.html

 
Posted on 09-30-15 3:48 PM     [Snapshot: 674]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन्त्रीकै सम्पर्कमा छैनन् प्रधानमन्त्री, कुटनीतिक भेट शून्य

नाकाबन्दी भएदेखि क्याबिनेट नै बसेन


१३ असोज, काठमाडौं । भारतको नाकाबन्दीका कारण जनजीवन कोलाहलपूर्ण बनिरहेको छ । तर, के तपाई पत्याउनुहुन्छ, नाकाबन्दी सुरु भएयता एकपटक पनि मन्त्रपरिषद बैठक बसेको छैन ।

मंगलबार मन्त्रालयमै भेटिएका मन्त्री बस्नेतले भने, ‘प्रधानमन्त्रीले किन हो, क्याबिनेट डाक्नुभएको छैन । नाकाबन्दीको विषयमा अहिलेसम्म मन्त्रीहरु बसेर एकचोटि पनि छलफल गर्न पाएका छैनौं ।’

क्याबिनेट बैठक नबस्दा र प्रधानमन्त्रीबाट कुनै नीति निर्देशन पनि नआउँदा मन्त्रीहरु कुहिरोको कागजस्तै बनेका छन् । अहिलेको संकट टार्न सरकारले के गर्दै छ भनेर कुनै मन्त्रीलाई सोधियो भने ‘कुटनीतिक पहल हुँदैछ’ भन्नेबाहेक उनीहरुसित कुनै जवाफ छैन । क्याबिनेट नबसेका अवस्थामा प्रधानमन्त्रीसित अधिकांश मन्त्रीहरुको सोझो सम्पर्क पनि हुँदैन ।

प्रधानमन्त्रीको कुटनीतिक भेटघाट शून्य

नाकाबन्दी हटाउन सरकारले कुटनीतिक पहल गरिरहेको भने पनि ठोस रुपमा केही भएको छैन । पछिल्ला दिनमा प्रधानमन्त्रीको कुटनीतिक भेटघाट शून्य छ ।

http://www.onlinekhabar.com/2015/09/333301/


 
Posted on 09-30-15 7:31 PM     [Snapshot: 723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ali qualified manche haru thaun ma baseko bhaye po kehi hope huncha. Marna lageko budho prime minister cha, bihari dalal, corrupt manche vice president cha, gunda haru udhyog mantri, griha mantri, kohi cycle chadhchu bhanera guff laucha, kohi india le nakabandi gareko chaina bhandai hidcha.
Sad but true these are nepali leaders mostly elected by people.
 
Posted on 09-30-15 8:09 PM     [Snapshot: 751]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, education is the key. The public is uneducated, that's why they elect such leaders. Unfortunately, educated have been one of the most corrupted in the current prime ministerial cabinet.

1) Ram Sharan Mahat, PhD 
- abused power to transfer most of earthquake relief funds to his relief; 
- caught stealing zinc roof materials donated by Bank for earthquake victims (through his assistant)
- he is accused of denying funds to clear the roads to Tatopani. After five months, border with China has not opened.

2) Narayan Khadka , PhD
- corruption scandal (crores of rupees) on buying tents at very high price at the time earthquake

3) Minendra Rijal, PhD
- says India has not placed any bans.
- hasn't spoken a single word when Madheshi Morcha banned nepali channels in Terai region.
- gave 24 hours ultimatum to resume hindi channels in Kathmandu
- abused his power to appoint three of his relatives at NTC (see past sajha threads)

 
Posted on 09-30-15 8:18 PM     [Snapshot: 759]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्रीले दुई मन्त्री हटाउन गरेको आग्रह ओलीद्वारा अस्वीकार 

१४ असोज, काठमाडौं । अख्तियारले कारबाही सिफारिस गरेका एमालेका दुई मन्त्रीलाई हटाउने प्रधानमन्त्रीको प्रस्ताव एमाले अध्यक्ष केपी ओली अस्वीकार गरेका छन्।

कोइरालाले मंगलबार ओलीलाई टेलिफोन गरेर अख्तियारको निर्देशनका पालना गर्नुपर्ने भन्दै बुधबार साँझसम्म खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र ऊर्जामन्त्री राधा ज्ञवालीलाई फिर्ता बोलाउन आग्रह गरेका थिए।

http://www.onlinekhabar.com/2015/10/333415/

 
Posted on 09-30-15 9:55 PM     [Snapshot: 802]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well nothing surprises me anymore. Lets stop talking about nepal. Nepal has become भिड बाट खस्न लागेको गोरु in the hands of these leaders. And feels like india is getting ready to give a final kick on this mission.

 
Posted on 10-02-15 7:03 AM     [Snapshot: 932]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टि

काठमाडौं- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको भूमिकाप्रति प्रमुख दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल–भारत सम्बन्ध जटिल मोडमा पुगेका बेलामा दुई देशबीचको तनाव कम गर्न उनी चुकेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। नेपालको भन्दा पनि भारतीय स्वार्थअनुरूप बोल्ने गरेको आरोप उनीमाथि लागेको छ। 
'हिजो (मंगलबार) एक सार्वजनिक कार्यक्रममा उहाँ (उपाध्याय) ले जे भन्नुभयो मैले बु‰न सकिनँ,' सत्तारूढ नेकपा एमालेका केन्द्रीय सदस्य राजन भट्टराईले भने।

राजदूत उपाध्यायले मंगलबार भारतले नेपालमाथि नाकाबन्दी नै नलगाएको बताएका थिए। उनले नाकाबन्दी लगाएको कुनै आधार आफूसँग नभएको पनि जनाएका थिए।

'कानुनी आधार मात्र खोज्ने हो कि परिणामलाई हेरेर पनि राजदूतज्यूले कुरा गर्ने हो? परिणामले त भारतले नाकाबन्दी लगाएको स्पष्ट देखाउँछ,' भट्टराईले भने।

सरकारले नै भारतले नाकाबन्दी लगाएको भन्दै यो मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा लैजाने प्रयास गरिरहेका बेला राजदूत उपाध्यायले भारतीय पक्षको बोलीलाई जस्ताको त्यस्तै सार्वजनिक कार्यक्रममा राखिदिँदा सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ। सीमामा भएको यथार्थ विवरणसमेत नबताई 'नाकाबन्दी गरेको छैन' भन्ने भारतको भनाइलाई नै आफ्नो धारणा बनाएको भन्दै टि्वटर र फेसबुक पयोगकर्ता उनीमाथि खनिएका हुन्।
राजदूत उपाध्यायको भूमिकाप्रति परराष्ट्र मन्त्रालय पनि खुसी छैन। संकटका बेला भारतमै बसेर त्यहाँको सरकार र शीर्ष नेताहरूसँग निरन्तर सम्पर्कमा रही सरकारको पक्षमा माहोल बनाउनुपर्नेमा उनी काठमाडौं आएर बसेकोमा परराष्ट्रको असन्तुष्टि रहेको छ। संकट चुलिएका बेला दूतावासलाई धेरै दिन राजदूतविहीन बनाउन नहुने परराष्ट्र स्रोतले बतायो।

'राष्ट्रसंघबाट भारतीय प्रधानमन्त्री फर्किसकेका छन्। त्यसपछि अवस्था के कस्तो भइरहेको छ, त्यो बुझ्नु पर्दैन?' परराष्ट्र स्रोतले भन्यो, 'दिल्लीबाट ८० भन्दा बढी देशले नेपाललाई हेर्छन्। उनीहरूका प्रतिनिधिलाई अहिले नेपालमा के भइरहेको छ बताएर अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्थ्यो। त्यो पनि भएको छैन।' प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न केही दिनअघि काठमाडौं आएका उनी दिल्ली फर्केका छैनन्। http://nagariknews.com/politics/party-politics/story/46386.htm

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Sajha has turned into MAGATs nest
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters