Posted by: metta September 28, 2015
निकम्मा नेताहरु
Login in to Rate this Post:     0       ?        
नाकाबन्दीको विकल्प खोज्न कोइराला सरकार असक्षम

असक्षम देखियो बालुवाटार

भारतले गरेको नाकाबन्दी र त्यसको विकल्प खोज्ने विषयमा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्व असफलजस्तै देखिएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि प्रमुख तीनदलले बिहीबार निर्णय गरे- भारतीय रातदूतलाई स्पष्टीकरण सोध्ने र दिल्लीमा विदेश दूत पठाउने ।


ठूला तीनदलले सरकारको तर्फबाट भारतमा विशेष दूत पठाउने निर्णय गरेको पाँचौं दिन पुग्दासमेत यसबारे प्रधानमन्त्री कोइरालाले कुनै अग्रसरता देखाएका छैनन् ।


दिल्लीको मामिलाबारे जानकारी दिन काठमाडौं आएका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सोमबारसम्म काठमाडौंमै छन् । http://www.onlinekhabar.com/2015/09/332214/

मरिचमानको जति ल्याकत देखिएन सुशील कोइरालाको

तेल आपूर्तिको विकल्प खोज्न सरकार उदासीन

११ असोज, काठमाडौं । भारतले यदि लामै समय तेल र ग्यास आउन रोक्यो भने के गर्ने ? दशैं-तिहार जस्ता ठूला चाड नजिकिएका बेला जनतामा छटपटी सुरु भइसकेको छ । तर, दुःखका साथ भन्नुपर्दा यो संकट समाधानका लागि सरकारसित कुनै कार्ययोजना छैन ।

तेस्रो मुलुकबाट इन्धन ल्याउने सम्भावनाबारे कुनै गृहकार्य नगरेको सरकारले तेल वितरणमा कोटा लगाएर तथा सवारी साधनलाई जोर-बिजोर खेलाएर काम देखाउन खोजिरहेको छ । ‘ढिलो-चाँडो भारतले नाकाबन्दी हटाउँछ’ भन्ने आशामा प्रतिक्षारत देखिन्छन् सरकार र राजनीतिक दलहरु ।

काठमाडौंबाट तेलको लाइन इन्डियाको बोर्डरसम्मै पुग्न लागेका बेला वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापा सोमबारै भारत भ्रमणमा गएका छन् । तपाईं सोच्नुहोला, मन्त्री थापा नाकाबन्दी खुलाउने जोडदार पहल गर्नका लागि गएका होलान् ।

तर, यो नाकाबन्दीसित उनको भ्रमणको कुनै लेनादेना छैन । उनी पू्र्वनिर्धारित ‘साउथ एसिया इकोनोमिक कनक्लेभ’ सम्मेलनमा भाग लिन गएका हुन् । मन्त्री थापाले यसक्रममा भारतका कुनै जिम्मेवार व्यक्तिहरुसित भेटघाट गरे भने त्यो कागताली मात्रै हुनेछ ।


त्तरको छिमेकी चीनले नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार छौं भनिरहेका बेला सरकारले वाणिज्य मन्त्रीलाई चीन भ्रमणमा पठाएको भए ठूलो अर्थ राख्थ्यो । अरु कसैलाई दूत बनाएर पठाएको भए पनि हुन्थ्यो । तर, त्यति पनि गरिएको छैन । प्रधानमन्त्री सुशील कोइराला के सोच्दैछन् सायद उनैलाई मात्र थाहा छ ।

राजनीतिक दलका नेताहरुसित पनि भारतले नाकाबन्दी जारी राखे भने के गर्ने भन्ने कुनै सोच देखिँदैन । उनीहरु त निरीहता देखाउँदै भनिरहेका छन्, ‘भारतले नदिए भोकै बस्छौं, गाडी चढ्न छोडेर साइकल चढ्छौं ।’

http://www.onlinekhabar.com/2015/09/332280/

Read Full Discussion Thread for this article