Posted by: metta October 2, 2015
निकम्मा नेताहरु
Login in to Rate this Post:     0       ?        

राजदूत उपाध्यायको भूमिकाप्रति असन्तुष्टि

काठमाडौं- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको भूमिकाप्रति प्रमुख दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। नेपाल–भारत सम्बन्ध जटिल मोडमा पुगेका बेलामा दुई देशबीचको तनाव कम गर्न उनी चुकेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। नेपालको भन्दा पनि भारतीय स्वार्थअनुरूप बोल्ने गरेको आरोप उनीमाथि लागेको छ। 
'हिजो (मंगलबार) एक सार्वजनिक कार्यक्रममा उहाँ (उपाध्याय) ले जे भन्नुभयो मैले बु‰न सकिनँ,' सत्तारूढ नेकपा एमालेका केन्द्रीय सदस्य राजन भट्टराईले भने।

राजदूत उपाध्यायले मंगलबार भारतले नेपालमाथि नाकाबन्दी नै नलगाएको बताएका थिए। उनले नाकाबन्दी लगाएको कुनै आधार आफूसँग नभएको पनि जनाएका थिए।

'कानुनी आधार मात्र खोज्ने हो कि परिणामलाई हेरेर पनि राजदूतज्यूले कुरा गर्ने हो? परिणामले त भारतले नाकाबन्दी लगाएको स्पष्ट देखाउँछ,' भट्टराईले भने।

सरकारले नै भारतले नाकाबन्दी लगाएको भन्दै यो मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा लैजाने प्रयास गरिरहेका बेला राजदूत उपाध्यायले भारतीय पक्षको बोलीलाई जस्ताको त्यस्तै सार्वजनिक कार्यक्रममा राखिदिँदा सामाजिक सञ्जालमा पनि विरोध भइरहेको छ। सीमामा भएको यथार्थ विवरणसमेत नबताई 'नाकाबन्दी गरेको छैन' भन्ने भारतको भनाइलाई नै आफ्नो धारणा बनाएको भन्दै टि्वटर र फेसबुक पयोगकर्ता उनीमाथि खनिएका हुन्।
राजदूत उपाध्यायको भूमिकाप्रति परराष्ट्र मन्त्रालय पनि खुसी छैन। संकटका बेला भारतमै बसेर त्यहाँको सरकार र शीर्ष नेताहरूसँग निरन्तर सम्पर्कमा रही सरकारको पक्षमा माहोल बनाउनुपर्नेमा उनी काठमाडौं आएर बसेकोमा परराष्ट्रको असन्तुष्टि रहेको छ। संकट चुलिएका बेला दूतावासलाई धेरै दिन राजदूतविहीन बनाउन नहुने परराष्ट्र स्रोतले बतायो।

'राष्ट्रसंघबाट भारतीय प्रधानमन्त्री फर्किसकेका छन्। त्यसपछि अवस्था के कस्तो भइरहेको छ, त्यो बुझ्नु पर्दैन?' परराष्ट्र स्रोतले भन्यो, 'दिल्लीबाट ८० भन्दा बढी देशले नेपाललाई हेर्छन्। उनीहरूका प्रतिनिधिलाई अहिले नेपालमा के भइरहेको छ बताएर अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्थ्यो। त्यो पनि भएको छैन।' प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न केही दिनअघि काठमाडौं आएका उनी दिल्ली फर्केका छैनन्। http://nagariknews.com/politics/party-politics/story/46386.htm
Read Full Discussion Thread for this article