cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके...

[Please view other pages to see the rest of the postings. Total posts: 54]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 20212 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 02-26-08 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।

मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर ! ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!
उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश !

क्रमश:................................... ...
Last edited: 26-Feb-08 08:28 PM

 
Posted on 02-26-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहीले देखी, चेली को पनी लोप परेछ, हाम्लाई त पत्तै थीएन,
भनेकै हो नी मैले, गाउमै राख शहर नपठाउ भनेर मानेपो,
एस्तो बेला जिम्बाल नी छैन, बुढोले थाहा पायो भने

कस्तो इन्तेरेस्तिङ, सुरुवात नै कस्तो खतरा,
ल ल छीतो छीतो लेखु।
 
 
Posted on 02-26-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति छिटो क्रमश???

 
Posted on 02-26-08 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रमश????????

अरु खोइ। good start!!

 
Posted on 02-26-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा सोझी सोझी देखिने चेलीले पनि यती चाडो कल्पनामा सजाउनपुगिसकेंको?
ल ल बधाई छ है --कती चाडो  क्रमश:


 
Posted on 02-26-08 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चेली नानी दुई दिल लाई चाडो मिलायी हालम, छित्तै अर्को भाग नि जवोश है त।
 
Posted on 02-26-08 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब कुरा त ठिकै हो, हाम्री जिम्माल कि नातिनी मेरी भातिजी भर्खर ९ कक्षा सकेर १० गैन होली भनेको त बढीसकिछिन, स्नताक सकेर, जागिर खार, हाकिमा संग कुछ, कुछ होता हे भन्न थालिछन्।

उफ्।

कत्ती छिट्टै क्रमश हो। म धागो खोल्ने तर केही नलेखी क्रमश लेख्ने सुर मा थिए, तिमीले झन्डै भेटिछौ। लु छिट्टो छिट्टो पस्कुम, भोक लागि सको। 


 
Posted on 02-27-08 6:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।

मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर ! ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!

उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश ! शुरु शुरु मा म उसलाई फुटेको आँखाले पनि देख्न सक्दिनथें । खुब काम लगाउँथ्यो मलाई ! " चेली ! तिम्रो Design Portion  सकिन लाग्या छ हैन ! आज त्यो सकेर यो Data Analysis गरिदेउ न है , अलि  Important  छ  यो ।" म अफिस पुग्ने बित्तिकै धेरै जसो यस्तै यस्तै भन्ने गर्थ्यो उ । "माइक्रो बस नपाएर, कति दु:खले हिड्दै आउँदैछु, आउने बित्तिकै काम लाउँछ ; खुब हाकिम भइखाको " यस्तै सोचेर मुर्मुरिन्थें म । तर बिस्तारै उसको मीठो बोली र सहयोगी भावनाले मेरो मनमा छाप छोड्न थाले । मैले गल्तीहरु गर्दा पनि उ कहिल्यै रिसाउँदैनथ्यो, सँधै राम्रो सँग सिकाउँथ्यो, कहिल्यै झर्कोफर्को गर्दैनथ्यो  ।


"चेली ! तँ त क्या लक्की यार, रोशन सरको टिममा छेस्, त्यस्तो Soft, Understanding बोश पो पाउनु " साथीहरुले भन्ने गर्थे मलाई । हुन पनि हो, मेरा साथीहरु कहिल्यै टाइममा घर जान पाउँदैनथे । छुट्टिको दिन पनि आएर पेलिन्थे, मैले भने कहिले त्यस्तो पेलिनु परेको थिएन ।  यिनै  सब कुराहरुले होला शायद, उ मलाइ राम्रो लाग्न थालेको थियो ।


एक हप्ता जस्तो अगाडि मात्र त हो, रक्षाले " तर हाम्रो रोशन सरको नाक अलि कार्टुन छ है " भनेपछि केटीहरु गललल हाँसेका थिए ।  त्यस बेला मलाई भने झनक्क रिस उठ्यो " नाक जस्तो भए नि के त, बानी बेहोरा मा उ जति राम्रो यो अफिसमा अर्को छैन क्यारे, फेरि केहि  कार्टुन पनि छैन ल प्लीज ।"  प्वाक्क बोलेंछु म । त्यति पाए पछि केटीहरुलाई के चाहियो, मलाई जिस्काउनथाले उनिहरु । म रिसाए जस्तो गरेर त्यहाँबाट हिंडें । मेरो मनमा त्यसबेला एउटा आँधि नै जस्तो चलिरहेको थियो, आँधि खुशीको थियो, डरको थियो या अरुनै केहीको म भन्न सक्दिन तर त्यस्तो, मेरो मनमा पहिने कहिले भएको थिएन । कहाँ हिंड्दै थिएँ थाह छैन तर हिंड्दै थिएँ म अलि अलि होशमा अलि अलि बेहोशमा ।

क्रमश....

P.S:  यसकथाका घटना तथा पात्रहरु पूर्णतया काल्पनिक हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल कान गएमा संयोग मात्र हुनेछ ।

Last edited: 27-Feb-08 07:07 AM
Last edited: 27-Feb-08 08:51 AM

 
Posted on 02-27-08 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks a lot for the comments and enthusiasm to read for such a small starting ( I m sorry for that) . I am a bit busy today, so, I promise to post the remaining part in the upcoming days. Bholi nabhaye ni parsi ta sure, I promise.

 
Posted on 02-27-08 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good one...  goood going...

अरु भाग को पर्खाईमा !!

-somewhereondearth

 
Posted on 02-27-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" नाक जस्तो भए नि के त, बानी बेहोरा मा उ जति राम्रो यो अफिसमा अर्को छैन क्यारे,..............


good one !

 
Posted on 02-27-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो मनमा त्यसबेला एउटा आँधि नै जस्तो चलिरहेको थियो, आँधि खुशीको थियो, डरको थियो या अरुनै केहीको म भन्न सक्दिन

पक्कै उल्लासमय आँधी नै हुनु पर्छ जस्तो लाग्छ है मलाई
अली अनुभव भएन त्यस्तो कुरामा चाँही


राम्रो जादैछ, तन्काउ तन्काउ


 
Posted on 02-27-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Some, ALSON and ritthe.....

tankauna ta ahile nai man thyo ni rithhe daju, aba Roman ma lekhe ta ho !!! Unicode chhina


 
Posted on 02-27-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


yo katha kaalpanik haina jasto lagyo malai.. satya ghatanama adharit ho ho ki haina la bhanam bhanam..

sachhi bhanam jhutho naboli bhanam..

 
Posted on 02-27-08 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

harke dai, kalpanik ho hau kalpanik. Satya nabhandinu na please ba le yo thread padhnu bho bhane marnu hunchha malai.

 


 
Posted on 02-27-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho, Ho, malai pani testai lagyo bai

 

Cheli, dharodharma hoina bhanera kasam khau ta.


 
Posted on 02-27-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली त निक्कै प्रतिभाशाली रेछिन। कथा, कबिता र कुरा (3 Ks) सप्पैमा धुरन्धर। वा वा

salala bagirachha katha.


 
Posted on 02-27-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मैले त चेली नानी ले हिन्दी गाना साना टाल्या होल भनेर हेर्या थिन,एस्तो पो रछ मलाई पनि कता कता सत्य घट्नामै आधारित जस्तो लाग्यो है। :)
जे होस् राम्रो छ तर एत्ती छिट्टो छिट्टो ब्रेक लाउन भएन ...
 
Posted on 02-27-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो रेछ कथा!

 तर थोरै थोरै पस्किँदा पसलमा बेच्न राख्या ललिपप चाटेर फेरी फिर्ता राखिदेको जस्तै लाग्यो!
पूरै ललिपप पाइन्छ कि साहुनी?


 
Posted on 02-27-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cl sachhi hoina kya , it is not a real story.

Thanks norton. 3Ks re ha ha


 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
पाप न साप घोप्टो पारि थाप !!
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters