Posted by: cheli February 27, 2008
दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके...
Login in to Rate this Post:     0       ?        

" दो दिल मिल रहें है, मगर चुपके चुपके, सबको हो रही है खबर चुपके चुपके........" टिभीमा यो गीत बजिरहेको थियो । गायकको स्वर सँगसँगै मिलाइ मिलाइ ठूलो स्वरमा मेरो भाइपनि गीत गाउँदै थियो । यो उसको सँधैको बानी थियो, तर मलाई भने खुब झर्को लागीरहेको थियो, उसको स्वर सुन्नपनि ! " कति हल्ला गरेको होला गधाले, यहाँ आफूलाई कस्तो टेन्सन भइरा'बेलामा! " मनमनै भाइलाई गाली गरें मैले । तर मुखले केही भनिन, मेरो मनको कुरा फेरि बा आमाले थाहपाउनुहोला भनेर, म चुप लागेर बसें ।

मैले सोचेकीपनि थिइन कहिल्यै, मेरो जिन्दगीमा पनि यो दिन आउला भनेर ! ब्याच्लर्स सम्म गरिसकेर जागिर पनि खानथाले पछि त झन् आफूलाई निकै परिपक्व ठान्थें म ! तर पनि थाहै नपाइ, एउटी सोह्र वर्षे किशोरीले झैं उसलाई आफ्नो सपना, कल्पनामा सजाउनपुगिसकेंछु !!!

उ अर्थात् रोशन मेरो टिमको म्यानेजर, मेरो बोश ! शुरु शुरु मा म उसलाई फुटेको आँखाले पनि देख्न सक्दिनथें । खुब काम लगाउँथ्यो मलाई ! " चेली ! तिम्रो Design Portion  सकिन लाग्या छ हैन ! आज त्यो सकेर यो Data Analysis गरिदेउ न है , अलि  Important  छ  यो ।" म अफिस पुग्ने बित्तिकै धेरै जसो यस्तै यस्तै भन्ने गर्थ्यो उ । "माइक्रो बस नपाएर, कति दु:खले हिड्दै आउँदैछु, आउने बित्तिकै काम लाउँछ ; खुब हाकिम भइखाको " यस्तै सोचेर मुर्मुरिन्थें म । तर बिस्तारै उसको मीठो बोली र सहयोगी भावनाले मेरो मनमा छाप छोड्न थाले । मैले गल्तीहरु गर्दा पनि उ कहिल्यै रिसाउँदैनथ्यो, सँधै राम्रो सँग सिकाउँथ्यो, कहिल्यै झर्कोफर्को गर्दैनथ्यो  ।


"चेली ! तँ त क्या लक्की यार, रोशन सरको टिममा छेस्, त्यस्तो Soft, Understanding बोश पो पाउनु " साथीहरुले भन्ने गर्थे मलाई । हुन पनि हो, मेरा साथीहरु कहिल्यै टाइममा घर जान पाउँदैनथे । छुट्टिको दिन पनि आएर पेलिन्थे, मैले भने कहिले त्यस्तो पेलिनु परेको थिएन ।  यिनै  सब कुराहरुले होला शायद, उ मलाइ राम्रो लाग्न थालेको थियो ।


एक हप्ता जस्तो अगाडि मात्र त हो, रक्षाले " तर हाम्रो रोशन सरको नाक अलि कार्टुन छ है " भनेपछि केटीहरु गललल हाँसेका थिए ।  त्यस बेला मलाई भने झनक्क रिस उठ्यो " नाक जस्तो भए नि के त, बानी बेहोरा मा उ जति राम्रो यो अफिसमा अर्को छैन क्यारे, फेरि केहि  कार्टुन पनि छैन ल प्लीज ।"  प्वाक्क बोलेंछु म । त्यति पाए पछि केटीहरुलाई के चाहियो, मलाई जिस्काउनथाले उनिहरु । म रिसाए जस्तो गरेर त्यहाँबाट हिंडें । मेरो मनमा त्यसबेला एउटा आँधि नै जस्तो चलिरहेको थियो, आँधि खुशीको थियो, डरको थियो या अरुनै केहीको म भन्न सक्दिन तर त्यस्तो, मेरो मनमा पहिने कहिले भएको थिएन । कहाँ हिंड्दै थिएँ थाह छैन तर हिंड्दै थिएँ म अलि अलि होशमा अलि अलि बेहोशमा ।

क्रमश....

P.S:  यसकथाका घटना तथा पात्रहरु पूर्णतया काल्पनिक हुन्, कसैको व्यक्तिगत जीवनसँग मेल कान गएमा संयोग मात्र हुनेछ ।

Last edited: 27-Feb-08 07:07 AM
Last edited: 27-Feb-08 08:51 AM
Read Full Discussion Thread for this article