[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari - XIII

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 128913 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-06 7:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You मामा। नेप्चे अब देख्यौ त मामा भान्जी पट्टी लाग्छन् की चेला पट्टी? :D :D :D :D :D :D :D
 
Posted on 04-06-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उ बेलाँ उसको त्यो ढ्याब्रे नकचरो मुटु मेरो घर वरी परी छ्याङ्ग फैलाएर मेरी सालीलाई “लिन्छौ?” भन्दै यो भेनाको कन्चेट तताउँथो यो भउते। अईले आ’र चईं आफ्नी भान्जी परेसि के के उपदेश दिंदो रैछ गाँठे! नियमापत्ति!!!!!!!!!!!!!!!!!!!!!!!

चेली आफ्नै परेसि कस्तो हुँदो रैछ त, बल्ल बुझ्या हो भउते काजी? सालीलाई लाईन मार्ने बेलाँ सोंच्या थियौ र सालीले भेनाकै चिटिक्क प-या, टिलिक्क टल्क्या, झिलिक्क झल्क्या मुटुलाई मिलिक्क बिलाउने अरी चपक्क समाई सकिन भनेर?

हेर नेप्चे, पिरती नानी फेरि मेरी बुईनी नपरे देखुन त केई भन्थिन के रे। बुईनी नै अन्माउन पर्ने भएसि अलिक बिचार अर्न पर्ला। हुन त यसको बिहे अर्नि बेला त भई सको। अझै कस्सेर टराई मारम्। मानिछ भुने साईपाटो मा भेनालाई साईको घडी, पान्सोनिक ट्राँसिस्टर, कालो चेस्मा, ३ प्रति पाल्पाली टोपी, ५ जोर दौरा, दुई दर्जन सुरुवाल (सुरुवाल सारै हराउने अर्छ मेरो!), अनि मेरी धोबिनीलाई एउटा नयाँ पेटिकोट हालेर पठाउने।

हरु, थर र गोत्र चईं अईले नै भन्दिम। तिम्रा ति गुरु को पिरै नमान। अईलेलाई भान्जी परेर अप्ठेरो मान्या मात्र हो के रे। जन्तीको बाख्री खाने बेलाँ हुत्तेर उई अघि अघि आई पर्छ। मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम्!

(पिरती बुईनी! चुप लाएर बसे है अईले! सुसससससससससससस! साईपाटोको माल झ्याप्प पारेसि नाई भन्दिम्ला के! अईले फकाको मत्रै हो तो बज्जेलाई! सानो चिटिक्क परेको छ भनेछ केरे, मौका आएसि जाबाको तो मुटुलाई दुई अम्लीले निमोठी दिम्ला!)
 
Posted on 04-06-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बा, गुरुले त सारै पो भने हौ, गायत्री मन्त्र नै बिर्स्यो भनेर।
:(
म त हैन बरु मेरा शिस्यहरुले गायत्री मन्त्र पाठ गरेको सुन्ने भए यहा क्लिक गरुम।

http://www.musicindiaonline.com/l/7/s/album.502/language.11/

:P
 
Posted on 04-06-06 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-06 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepche ! yo maile gayeko hai :)
 
Posted on 04-06-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

open garda copy paste garnu parne k

here you go
 
Posted on 04-06-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्ते दाई कस्तो स्मार्ट हुनुहुदोरैछ । हो प्रिती तेस्ताइ पुन्ते दाई ले भेने जस्तै गर । यो सैपाता झ्यप गर्नुपर्छ क्य अनि त्यो नाम्ची लाई ठीक पर्छ ।
 
Posted on 04-06-06 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahaha la ma chup chhu ahile.
 
Posted on 04-06-06 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la mama yaha antivirus free ma didai chha, ajai last day ho tara.
http://www.futureshop.ca home page mai chha link.
 
Posted on 04-06-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mastarni didi le ke "here u go" bhanya? kehi bujhiena.
 
Posted on 04-06-06 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pretty
here you go

- http://www.musicindiaonline.com/l/7/s/album.502/language.11/


ysto bhanna khojeko bhayen aghi

ahile chhai sikeko hai . huna ta nepche ji le rakhi saknu bhayeko chha. sarai manparyo ke
 
Posted on 04-06-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे दाई कता हराका थेउ? भाउते जता तेतै लाएओ जस्तो मानिचु मुइले त। सालि जोगाम्न खोज्दा मुटुमा फालीले घोच्ला है दाजू होश अर।
हे हे हे नेप्चेओ मुटुलाई माछापोखरिमा राख्ने कुरो भैरा रेछ! गजपको आएडिया पिरती र माष्टरनी नानी!

चित्रे-

आज र मैले घाँसै र काटेँ
सुन माया खोलिको चिलाउने
ए नौलो गामको नौलै छ भाका
ए सुन माया कसरि मिलाम्ने
छम छम नाचिदेऊ निउरेर
हातमा रुमाल कानमा फूल सिउरेर

 
Posted on 04-06-06 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्डर अर्डर।।

भौते गुरुको बहस सुनेर यो अदालत यो निस्कर्स मा पुगेको छ कि त्यो चिटिक्क परेको सानो मन राख्ने उचित ठाउ फेला न परेको ले हाललाइ कसैलाइ पनि न दिनु , आफै सङ राख्नु।

> अदालतको फैसला मान्नै पर्यो नि अब।

:)
 
Posted on 04-06-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हो पुन्टे दाइ, मलाइ आफै बसेको हागा मा बन्चरो हान्ने "कालि दास" सोचेको हो कि क्या हो?
अब त्यस्तो सबै षडयन्त्र था हुदा हुदै म किन पठाउथे नि तिमि लाइ साइपाटो अब?

:D
 
Posted on 04-06-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी त मेरा शिस्यहरुले गायत्री मन्त्र पाठ गरेको
सुनेर दङ पर्नु भए जस्तो छ नि।

:)
 
Posted on 04-06-06 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेओ घैँटोमा बल्ल घाम लाओ अस्तो छ।
खड्यन्त्र नै त अर्दैनन् पुन्टे दाईले अलि मुख छुच्चो मात्तै हो तिनको। तर सालिको कुरो आओ भुने चाइँ खडयन्त्रै अर्न पनि बेर लाम्दैनन् है। देखेओ, सुनेओ कुरो भन्देको मात्तै हो मुइले।
बरु तेस्ता कुराटी कसरि जोगिने हो भाऊते संअ बुझ्नु ठिक होला तिम्रा गुरु जो परे राम्रै कुरा सिकाउलान।
 
Posted on 04-06-06 4:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे साडु-दाइ, नमस्ते अरेँ है। :-)
आरामै हुनुहुन्छ होला के रे। यता पनि म र हजुरकी साली आरामै छम्। उचालिँदा उचालिदा सारै मुख छोडियो दाइलाई। धेरै रिसाउनु भो कि भनेर पिर परिराखेको थियो। बल्ल ढुक्क भो। :-)
अब साली लगिसके पछि साडु-भाइ सँग रिसाउने त कुरै भएन नि, हैन त?
अनि चेली र साली त एकदम फरक कुरा भए नि। चेली भनेकी चेली हुन्, साली भनेकी साली हुन्। :-)

अब त्यो भर्खरकी लाम्ला र खाम्ला उमेरकी सालीले त्यो कहिले चल्ने कहिले नचल्ने, कहिले हन-हनति तातो हुने कहिले म्याद सकि्किइसके झैँ चिसो हुने मुटु देखेर किन जान्थि उता। यता मेरो हेर्दै भर्भराउँदो, सँधै सधैँ हेरिरहुम जस्तो च्यान्टे मुटु छोडेर। :-)

पहिला त झुक्केर गइछ के रे। अनि यसो ढोका बाट हेर्दा त पुन्टेदाइको मुटु त धोबिनीले च्यात्तेको पेटीकोट लगाएर ढोकैमा कुरेर बसेकी रै'छ। अनि फरक्क फर्केर म तिर आएकी नि।
मैले देखाएको हैन, आफै देखेर झम्टिदै आ'की हो जुरेली। :-)

मयाँ त भान्जीको भन्दा चेलो कै बढी लाउछ। भान्जीले भन्दा चेलोले धेरै मायाँ गर्छन नि त। भान्जीहरु त खाली टिका लगाउने बेलामा मात्र आउछन के। :p त्यै पनि पैसा नदिए ठुसुक्क ठुस्किन्छन। कसैको मुटु भित्र बन्द भैसकेकी भान्जीलाई मुटु देखाएर फाइदा छैन है भनेर बेलैमा भनिदिनु पर्यो नि चेलोलाई। :p

नेप्चु-भाइ, चिन्ता नअर ! हाम्रो मुटु पुन्टेदाइको जस्तो हैन। थोरै ढोका खोलिदिन पर्छ, हररररर आउँछन भँमरीहरु। :-)

:-)
-भउते
 
Posted on 04-06-06 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो पुन्टे-दाई सँग भेट भा'को। "नमस्ते पुन्टेदाइ" भनेको त हनाआ राँगोले जस्तो हेर्छन के रे। अन्त्याँसी "साली राख्नि नै हो भने मेरा खुट्टाँ ढोउ अर्नु पर्छ भउते बज्जे, म साडु-दाइ भएसि" भन्दै धङ्धङाउदै खाल्टे तिर झरे। लु मास्टर्नी नानी, सम्झाइदिनु परो पुन्टेदाइलाई। :p

हुन त १२ बर्खमा पत्थर त पउलिन्छ भन्छन, यी कसो नपउलेनान। :-)
 
Posted on 04-07-06 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धारो आयो

महिनौदेखि सुकेको मेरो घरको धारो,
आज फेरि फोहोराहरु झार्न थालेछ,
कस्तो अचम्म !
कस्तो अचम्म, जबकि यो चैते खडेरीमा,
"काकाकुल! काकाकुल!!" एकनासे प्यासी स्वरको साथी म छु
कान्तिपुरका हरेक कलधाराअगाडिका सुख्खा गाग्रीका साक्षी पनि छु
तर मेरो घरको धारो किन आएछ?

बच्चीले हतपत फिर्का घुमाउदै धारो खोली
"ओहो अंकल, कस्तो धमिलो पानी!! किन यस्तो रातो?"
"हैन छोरी!" मैले भनें, "यो धमिलो पानी हैन"
"यो त सोझा दुखियाको सङ्ग्लो रगत हो,
ठुला ठुला साँढेहरु जुध्दा, बिचमै परेका निमुखाहरुको शरीरको फगत कञ्चन रगत हो।"
"ओहो, किन यस्तो नुनिलो अंकल?" उसले सोधी
"यसमा आँसु मिसिएको छ, छोरी, ती साना मानिसको
जसले जीवनभर चेपमा परेरपनि कालोलाई कालो भन्न सक्तैन
यसमा पसिना मिसिएको छ, तिनै श्रमिकको
जसले दिनभरि माटोमा डटेर पनि माटोलाई आफ्नो भन्न सक्तैन"

"उसो भए धारो बन्द गरौं अंकल?"
"हो छोरी, यो जनताको रगत आउने धारो,
आँसु र पसिनाको फोहोरा आउने धारो,
हामीलाई खोल्नु छैन,
आऊ हामी सबै मिलेर यो फोहोर धारोलाई
टम्म पारेर टालिदिऔं, सधैंलाई माया मारिदिऔं।"

अस्तु:
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters