rhishi
Replies to this thread:

More by rhishi
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KAVITA -RHISHI

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 41689 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-24-06 3:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"साहित्य समाजको दर्पण हो" भनेर कुनै साहित्यकारले भनेका थिए रे । तर यो उद्गारले मलाई साहित्यमा सम्मोहन गरेको भने हैन । आज भन्दा १४-१५ वर्ष अघि हाई-स्कूलको बिद्यार्थी छँदा नेपाली पढाउने एकजना गुरुले भन्नु भएको रमाइलो कुरो मेरो कविता लेखनको कारक बन्न पुग्यो । गुरले यौवनावस्थामा प्रेम-पत्र वा कविता नलेख्ने ब्यक्ति मानसिक रुपमा असन्तुलित हुन्छ रे भन्नु भएको थियो। मेरो युवा दिमागमा गुरुका यी उद्गारहरु ब्रह्मास्त्र भै बज्रिए, फलत: म कविता अनि प्रेम पत्र दुवै लेख्न थालें ।मेरा कुनै पनि प्रेम पत्रहरु आदर्णिय डा. दिपक खडकाको 'च्यात्न नसकेको' चिठी बन्न सकेनन्‌ । विचरा सारा का सारा चिठीहरु फक्रन नपाई च्यात्तिए । पछि-पछि त मैले कल्पनामा पनि त्यस्ता पत्रहरु कोरिंन । तर कविता लेख्नु चैं मेरो शौख बन्दै गयो।
मेरो अघिल्लो धागो जुन मैले जन-आन्दोलन २०६३ र लोकतन्त्रका लागि समर्पण गरेको थिंए, त्यसमा म पछि पछि पनि त्यहि विषयमा कविताहरु टाँस्ने नै छु । यो धागो चैं मैले अन्य कविताहरु, जसले प्रेम, विरह, वैराग आदि भावहरु प्रतिबिम्बित गर्छन्‌ तेस्का निम्ति प्रस्तुत गरेको हुँ । यस धागोमा मेरा सवै कविताहरु क्रमश: टाँस्दै जाने जमर्को गरेको छु ।
कविता पढ्ने आदर्णिय बिद्वान पाठक महानुभाव हरुबाट समालोचनात्मक हौशला को अपेक्षा पनि गरेको छु । हाललाई मेरो पुरानो कविता शिर्षकको कविता:

 
Posted on 05-24-06 4:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिको कवितामा अक्षरको साइज अपेक्षाकृत ठूलो भएको मा क्षमा प्रार्थी छु । मेरो आर्को कविता जुन शार्दूल बिक्रिडीत छन्दमा छ, यहाँ टाँसेको छु । धन्यवाद

 
Posted on 05-24-06 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषिजी, राम्रो शुरुवात र राम्रा कविताहरु।
अहिलेलाई यतिनै गरौँ, कविताको रसपान गर्न तपाईँको यो धागोमा पसिरहनेछु।

अनि, छन्दमा लेख्न हामीलाई पनि सिकाउनुस्।
 
Posted on 05-24-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho Rishi jee

You reminded me of my days in Nepalgunj.

Damn, dhumboji ko sekuwa !!
 
Posted on 05-24-06 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीश जी ।
धन्यवाद साथै स्वागत पनि ! यहाँले नेपालगंज सम्झिदिनुभो, दिल गार्डेन-गार्डेन भयो मेरो त । अनि धुम्बोजीको सेकुवा मात्र खाइयो त ? त्रिभुवन चोकमा चाट चाट्नु भएनछ । अरे एकबार चाटके देखा होता भुलेक् चान्सै नारहत् । क्षमा पाउँ अवधी बोल्न आइहाल्छ । अनि टाँगा चढेर रुपैडिहा गइएन त । तपाईंले फेरी मेरो सम्झनालाई नेपालगंज पुराइदिनुभयो, धन्यवाद । सेकुवा, चाट, टाँगा, गर्मी आदि राखेर फूर्सदमा एउटा कविता लेखौंला पछि ।
गौतम जी । धन्यवाद । साथै यहाँलाई स्वागत पनि छ यो धागोमा ।
नेपाली पद्य-साहित्यमा मौलिक शास्त्रिय छन्दको प्रभाव हिन्दीमा भन्दा बढी भएको जस्तो लाग्छ मलाई। हिन्दि कविताहरु उर्दू साहित्यको गजल बिधाबाट बढि प्रभावित देखिन्छन्‌ । संस्कृत भाषाबाटै जनीत अन्य भाषाहरु जस्तो मैथिली वा अवधि भाषामा हिन्दिमा भन्दा बढी शास्त्रिय छन्दको प्रयोग भए जस्तो लाग्छ मलाई । यस बिषयमा बढी ज्ञान नभएको हुँदा यसलाई यहिं थाँती राख्‍नु नै वेश होला।
वास्तवमा छन्द भनेको कविताको लय हो, flow हो। यसर्थमा सबै कविताहरु छन्दबद्ध हुन्छन्‌ । अत: छन्द बिना कविताको कल्पना नै गर्न सकिंदैन । शास्त्रिय वा लोक छन्द प्रयोग नगरिएका कविताहरुले मौलिक छन्द बोकेका हुन्छन्‌ जुन कविको सृजनशिलतामा भर पर्छ र यस्ता कविताहरु लेख्‍न गाह्रो पनि हुन्छ र यिनीहरु बढि ससक्त पनि हुने गर्छन्। कवि भूपी शेरचनका थुप्रै कविताहरु आफ्नै मौलिक छन्दमा छन्‌ अनि तपाईंका कविताहरु मौलिक छन्द मै भएको पाउँछु म त ।
खैर शास्त्रिय छन्दका बारेमा जिज्ञाशा राख्‍नु भएकोमा धन्यवाद । म आँफै पनि भर्खर सिकारु भएको हुनाले मैले जानेका छन्दहरुका बारेमा बिस्तारै यो धागोमा बयान गर्दै जानेछु । मलाई सबै भन्दा सजिलो लाग्ने छन्द शिखरिणी छन्द हो। कविशिरोमणीको चरीको बिलाप यहि छन्दमा लेखिएको छ । छन्द परिचयको शुरुआत यसैबाट गरौं ल ।
शास्त्रिय छन्दमा कविता लेख्दा बिशेष ध्यान पुर्याउनु पर्ने कुरा हो श्‍लोक (STANZA) । हरेक श्‍लोक चार लाइनले बनेका हुन्छन्‌ । अन्य प्राविधिक शब्दहरु पनि प्रयोग गरिन्छ क्यारे लाइन र यसका छुट्टा-छुट्टै भागहरुलाई । त्यस पछिको महत्वपूर्ण कुरो हो स्वर जसलाई मात्राले नियन्त्रण गर्छ । छन्दका परिभाषाहरुमा स्वरलाई ऽ, ।, र x ले denote गरिन्छ । यहाँ ऽ ले लामो स्वर अर्थात ‘गुरु’ जनाउँछ भने । ले छोटो स्वर अर्थात ‘लघु’ जनाउँछ । तेस्तै x ले ‘गुरु’ वा ‘लघु’ जे भए पनि हुने जनाउँछ ।
अब जाँऊ शिखरिणी छन्दमा । यसमा हरेक लाईनमा १७ अक्षरका हुन्छन् अनि श्लोक बाचन गर्दा ६-६ अक्षरमा हल्का रोकिंदै बाचन गर्नु पर्ने हुन्छ । यसको composition निम्नानुसार हुन्छ:
।ऽऽ ऽऽऽ, ।।। ।।ऽ, ऽ।। । ऽ
यसलाई उदाहरण स्वरूप लेखनाथ पौडेल को चरीको बिलापको पहिलो श्‍लोकको पहिलो लाइनसँग दाँजेर हेरौं:
शिकारी कोझम्टा तनबि चपरेथ्‍ योजब अ नि
।।ऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
माथिको लाइनको पहिलो चरण ‘शिकारी’ दोस्रो चरण ‘कोझम्टा’ तेस्रो चरण ‘तनबि’ चौथो चरण ‘चपरेथ्‍’ पाँचौ चरण ‘योजब’ तेसपछि ‘अ’ लघु र ‘नि’ गुरु । ध्यान दिनु पर्ने कुरो के भने हरेक लाइनको अन्तिम ‘पद’ लघु लेखे पनि गुरु हुन्छ । तेस्तै आधा अक्षर जस्तो माथिको चौथो चरण को अन्तिम को ‘थ्‍’ को ध्वनी त्यो भन्दा अघिल्लो पुरा अक्षरसँग मिसिंदा यदि अघिल्लो पद लघु हो भने तेसलाई गुरु बनाउँछ ।
यसरी माथिको लाइनलाई शास्त्रिय छन्द अनुसार वाचन गर्दा:
‘शिकारीको झम्टा’ (स्यानो ब्रेक) ‘तनबिच परेथ्‍’ (स्यानो ब्रेक) ‘यो जब अनि’ हुन आँउछ ।
अब सरसर्ती पुरा श्लोक हेरौं
शिकारी कोझम्टा, तनबि चपरेथ्‍, योजब अ नि
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
चरीबोल्‍ योचींचीं, गरिक नकठैव्‍, याकुल ब नी
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
ममर्ने बेलाभो, तरम नुजतिम्‌ , रोमनु ज ता
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ
कताभाग्‍ योत्यस्को, भरस कबुझे, हैतिमि प ता ॥
।ऽऽ ऽऽऽ ।।। ।।ऽ ऽ।। । ऽ

तल यहि छन्दमा लेखेको मेरो एउटा कविता टाँसेको छु ।

 
Posted on 05-24-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकी यता

 
Posted on 05-24-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकी यता

 
Posted on 05-24-06 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको कविता उल्टो पाल्टो भएछ
stanza no अनुसार सच्याएर पढिदिनु हुन अनुरोध गर्दछु ।
 
Posted on 05-24-06 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रिषी जी, मलाई सारै मनपर्ने छन्दबद्ध कविताहरु लेख्नुहुँदो रे'छ। मलाई छन्दमा लेख्न सारै मनलाग्छ, तर सक्दिन। तपाईँ लेख्दै जानुस, म हेर्दै जाउँला, सिक्दै जाउँला। :-)
 
Posted on 05-24-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beautiful...
keep on writing.


It's long time since I have read kabita in chand. Nobody does that nowadays. Keep on writing.
 
Posted on 05-24-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॠषि जि, धन्यवाद!

चित्त बुझ्ने कबिता पढाउनु(सुनाउनु) भो। तपाईका शब्दहरुमा मिठास छ- हुनत साहित्य रचना मेरो बिषय होइन तर मिठास युक्त शब्द सयोजन भएका सबै गद्य तथा पद्य रचनाहरुको पाठक चाहि पक्कै हु म । मिठा मिठा रचनाहरु सुन्नपढन पाए मेरो पनि दिल बाग बाग हुनेथियो ।
बागेश्वरी, खजुरा परिचित् ठाउहरु को नाम सुन्दा घरै गए जस्तो भो (म त्यहा को होइन) तर परिचित् छु यि ठाउहरु सित।

ल तपाइ को धागो लामै तन्कियोस्, मिठा मिथा कबिता पढन पाइयोस
सफलताको शुभ कामना
 
Posted on 05-29-06 5:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते ज्यु, ग्रिन म्याप्पल ट्रि ज्यु अनि इन्सा ज्यू, साथै सम्पूर्ण आदरणिय पाठक हरुमा, मूरी-मुरी धन्यवाद, कविता पढिदिनुभएकोमा र मुन पराइदिनुभएकोमा। मेरो आर्को शालिनी छन्दको कविता :

 
Posted on 05-29-06 5:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो फुटो बनाएर टाँस्दा घरि ठूलो साइजको घरी पढ्न नमिल्ने हुँदो रै छ अत: कपी पेस्ट अरेको छु तल:

मेरी छोरी
२०६३-०२-०४
मेरो स्यानो जिन्दगीमा खुशीको,
छर्दै मीठो वासना पालुवाको-
सानी – सानी अप्सरा वर्लिएर,
सज्जा दिंदा जिन्दगी भो बिभोर ॥
॥१॥
इन्द्रेणी झैं सप्‍त – रंगी खुसीको-
चढ्यो‌ लाली आज मेरो धरामा,
नौला – नौला स्वप्न उद्‌घोषसाथ-
झुल्क्यो मेरो जिन्दगीमा प्रभात ।
॥२॥
मोती जस्ता दन्तमाला उघारी-
हाँस्छे मीठो छन्दमा फुट्छ लोली
केस्रा – केस्रा ओठ ती लाल – लाल-
फर्फर्राई निस्कने प्यार साथ-
॥३॥
तोते – बोली ! साथमा सासको त्यो-
मीठो – मीठो वासना जिन्दगीको,
मेरो बासी जिन्दगी भो सुनौलो,
पाई ताजा प्रेमको कान्ति नौलो ॥
॥४॥
रंगी – चंगी कल्पनामा बहँदै
मीठा – मीठा स्वप्नका नूर छर्दै-
पोती मेरो नीर आकास सारा-
चन्द्रिकाले । दूर नाचे सितारा ॥
॥५॥
ठूला आँखा ज्योत्सनाको मुहान
वैसाली त्यो नित्य चुम्दा बिहान-
तोते बोली, ओठ खोली मुसुक्क-
‘बाबा !’ भन्दै छेउ बस्छे टुसुक्क ॥
॥६॥
‘मामू !’ भन्दै खुर्र दौडेर जान्छे
लड्छे उठ्छे मन्द मुस्कान छाड्छे,
आमा बोक्दै काखमा चुप्प – चुप्प-
माया गर्छिन्‌ छातिमा ली लुपुक्क ॥
॥७॥
देखाउँदै रीस गाला फुलाई
घुर्काउँदा बाल – हठ् त्यो जताई-
लोला साना नाकका ती अमोल-
शोभा बन्छन्‌, रूप झन्-झन्‌ कमाल ॥
॥८॥
प्यारो उस्को आकु लाई सिंगारी
साना – साना हातले त्यो मुसारी,
‘हाऽ ! हाऽ !’ भन्दा काखमा ली फुरुक्क-
नाच्छन्‌ थुँगा ओठमा ती सुटुक्क ॥
॥९॥
हेर्दा उस्को बाल लीला अपार
जाज्वल्य त्यो सौम्यगन्धी मुहार,
हृत्तन्त्रीका तार झंकृत हुन्छन्‌
ब्यथा सारा दूर भै दूर जान्छन्‌ ॥
॥१०॥
१) आकु- जापानी शब्द आकाच्यान(स्यानो मानव शिशु) बाट ‘स्यानो पुतली (गुडिया)’ लाई स्नेहपूर्वक कविकी छोरीले राखेको उपनाम।

अस्तु, धन्यवाद!
 
Posted on 05-29-06 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rishi ji..your poems are really nice...you are a true poet by heart and mind...keep it up...That poem "Meri Chori" is so cute...as cute as your daughter i guess....i wonder if you have dedicated that poem to your daughter for any special occasion like Birthday...If it is so...Wishing her a very very happy happy sweet birthday....
 
Posted on 05-29-06 5:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त भावपूर्ण छ ऋषिजी!

एउटा कुरा, ऋषिजी जापानमा कुन ठाउँ हो?
 
Posted on 05-29-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब छ गुरु गज्जब।

अरु नि जाओस्। छोरीलाई योरोसिकु है।
 
Posted on 03-08-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bah Rishi ji bah.

Ali frequency badhaunu paryo !
 
Posted on 03-08-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महेन्द्र मालाको कविताहरु पढेको याद आयो!!
धेरै राम्रो छ लेख्दै गर्नुहोला!! :)
 
Posted on 03-08-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

keep on writing. enjoyed reading them.
 
Posted on 03-17-07 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरिश जी, जग्गी जी तथा npl2us जी;
धन्यवाद कविता पढिदिनुभएकोमा !!
एउटा सानो कविताको खेस्रा (साफी गर्न बाँकी भएकोले) यहाँ पस्कने जमर्को गरेको छु !!


जीवनशाला

यसको उद्‍गम - उद्‍गत ‌देखिन‌
अमूर्त – शूक्ष्म बिन्दु देखिन‌
माया रूपी भ्रमको प्याला
प्युनु नै यो जीवनशाला ॥
॥१॥
चर्म चक्षु यो यत्र - तत्र
खोजी हिंड्छ क्षितिज ‌बिचित्र
बुभुक्षित यो चर्म - पट्टिका
भर्नु अहो ! यो जीवनशाला !!
॥२॥
हर स्पन्दन ‌दिल‌को धडकन
जुग-जुग ज्युने कामना गर्छन्‌
साक्षात्‍कारमा मृत्‍युसँग
लाचार अनि कुण्ठित ‌हुन्छन्‌ ॥
॥३॥
सुसुप्‍ता देखि चैतन्य सम्म
जिजीविषाको भावना टम्म
अस्विकार्य सत‌ मृत्यु - माला
परम अस्थायी जीवनशाला !!
॥४॥
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters