[Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
[Total Subscribers 19] :: VIEW ALL

harikancha

o@$!$....

bad man

lolitalover

ThahaChaena

liberty gal

बिस्टे

mysteryman2055

popeye
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 इलाहाबाद एक्स्प्रेस

[Please view other pages to see the rest of the postings. Total posts: 84]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 29884 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-16-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?         Liked by
 

इलाहाबाद एक्स्प्रेस


भाग १ -राष्ट्रिय अडान

(दुई दशक भन्दा अघी को केही स्मरणहरुलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । आग्रह- पूर्बाग्रह् नराखी शुद्ध संस्मरण को रुपमा ग्रहण गरी दिन हुन आग्रह गर्दछु ।)


सन १९८७ को जुलाई महिनाको पहिलो हफ्तामा   कोलम्बो प्लान अन्तरगत अध्ययनमा जानेहरुको कन्फर्मेशन आउने सुरु भएको थियो । ५ तारिख होला कहिलेइ हुलाकी न आउने घर मा "तार" बोकेर हुलाकी आयो । किन आएको के को आ वा बुझ्न गाह्रो भएन । दङ्ग पर्दै हुलाकीलाई २ रुपैया टिप्स दिएं । डर थियो, राजनैतिक कारण ले वा भित्र भित्रै अर्को मान्छे पठाउन कसै कसै को अकन्फर्मेशन न आएको रेकर्डमा आफ्नो पनि पर्ने हो कि , त्यो भएन ।  हर साल १-२ जना अभागीको को लिस्ट मा आफ्नी नाम न चढियोस् भन्ने कामना हुन्थ्यो , खुशीले खुट्टा भुइमा थिएन। अनेक करणले डाक्टरी पढ्न नदिए - न सकिए पनि तत्कालिन श्री ५ को सरकारबाटै छानिएर अध्ययनमा बिदेश जान पाउदा निक्कै खुशी थिएन।


छिटो संचार को माध्यम भनेको तार अथवा आकाश बाणी ( आ वा ) नै थियो । आ वा इलाहाबादको इन्जिनियरिङ्ग कालेजमा ३ अगस्ट भित्र पुग्नु पर्ने र त्यो भन्दा अगाडि आबश्यक प्रकृयाको लागि भारतीय दूतबासमा संपर्क राख्ने भन्ने आशय छोटकरिमा लेखिएको थियो । आ वा कै आधारमा सँग संगै इलाहाबाद जाने को को हुन भन्ने थाहा पाएं । शर्माजी पोखरा घर भाकोले संपर्क राख्न सकिने कुरा भएन । श्रीराम नजिकै टोलमा बस्ने तर चिनजान् न भाको। सुरेश सँग भने राम्रो चिनजान् भाको र फोन नम्बर समेत भाको पर्‍यो। झन खुशी भएं ।
 
इलाहाबाद कहाँ ? कुन प्रदेशमा केही थाहा थिएन । घरबाहिर नै स्टेशनरी पसल थियो । इण्डिया को नक्सा किनेर ल्याएं । नजिक नै रहेछ घर र इलाहाबाद को दूरी ।


त्यसको भोली पल्ट नै सुरेशजीलाई फोन लगाएं । त्यती बेला घरै पिच्छे कहाँ फोन हुन्थ्यो र । एउटा टोलमा १-२ घरमा फोन हुन्थ्यो । टोल भरिकै वासिन्दा को पब्लिक फोन जस्तो। संयोगले मेरो पुरानो घर ( हजुरबा र काकाहरु बस्ने घर ) मा दूरसंचार को पहिलो लट कै फोन थियो । त्यसरी नै  सुरेशको घर मा । शर्माले पोखराबाट फोन गरी सक्या रैछ । २ दिन पछी नै काठमाडौ आउँदै छ रे । अब रह्यो श्रीराम को खोजी गर्न बाँकी । टोल कै भए पनि त्रि-चन्द्र को भाकोले चिनजान् न भाको ब्यक्ती । खोज्दै जादा भेटियो । आ वा आएको हेक्का पनि रहेन छ । आ वा लाई कल्ले हो हावा मा उडाइ सकेको रैछ ।



शर्मा काठमाडौ आए, के गर्ने कसो गर्ने भनी छलफल गर्न भेटघाट को चाँजो मिलाइयो । अस्कलको अमृतमान सर को सालीक निर साँझ ५ बजे भेट्ने तय गर्‍यौं । निर्धारित समयमा हामी ३ जना भेला भयौं । श्रीराम को अत्तोपत्तो थिएन ।



एम्बेसी जानु अघी के कस्तो तयारी गर्नु पर्ने हो त्यसबारे छलफल गर्‍यौं । सुरेशको काकाहरु पनि कोलम्बो प्लान मै अध्ययन गर्न जानु भएकोले धेरै कुरा उनले घरबाट बुझेर आएको रहेछ । कोलम्बो प्लान को नियम अनुसार नजिक को एअर्पोर्टमा सम्मको हावाइ टिकेटको ब्यबस्था गरी दिनु पर्ने र कालेज सम्मको लोकल ट्रनस्पोर्ट खर्च को सोधभर्ना दिनु पर्ने ब्यबस्था रहेछ ।



एम्बेसी को तयारी बैठक मै बिहीवार एम्बेसी जाने मिती र समय निर्धारण गरियो र सो को खबर श्रीरामलाई खबर गर्ने जिम्मा मै मा आइपर्‍यो।


एम्बेसी जाने बेला नआइ हुँदैन नत्र पढ्न जान पाउदैन भने पछी बल्ल आउने भयो श्रीराम। निर्धारित समयमा हामी भारतीय दूतबास पुग्यौं । केही समयको प्रतिक्षा पछी नै एम्बेसिको कल्चर एन्ड एडुकेशनल एटैची प्रमोद मजुमदारजी ले बोलाउनु भयो । औपचारिक बधाई सधाइ को कुरा पछी सिधै कोलम्बो प्लान र भारतीय शैक्षिक संस्था बारे जानकारी दिनु भयो ।
कहिले जान्छौ टिकेट को लागि अहिलेऐ इण्डियन एअर्लाइन्स मा फोन गरी दिन्छु भन्नु भयो । हामी पूर्व तयारीका साथ गएकोले भनी हाल्यौ - "२ अगस्ट मा पुग्ने गरी टिकेट दिनुस् ।'"



एक छिन फोन मा हिन्दिमा कुरा गरी डेस्कमा फर्किनु भयो ।


 "लौ बधाई छ , २ अगस्ट कै दिनमा बनारस को फ्लाइट रहेछ , १ बजे काठमाडौ बाट  फ्लाइट छ  ३५ मिनेट को फ्लाइट ।"
 
शर्माले बीच  मै प्वाक्क दिइहाले - "बनारसबाट इलाहाबाद कसरी जाने त ?"  अंग्रेजीमा फरर दिहाले ?
मजुमदार - यु क्यान टेक आइडर ट्रेन अर बस । ड्याट   विल कस्ट ओन्ली २० रुपिज व्हिच वि विल  रिइम्बर्स ।



हामी चारै जना ले एकै स्वर मा भन्यौ ।


" नो , वि विल नट गो बारनसी "



"यु हाभ टु म्यानेज टिकेट्स टु  इलाहाबाद  "



मजुमदारजी ले सम्झाउन कोशीश गर्दै इलाहबादमा काठमाडौ बाट प्लेन जादैन । सबै भन्दा नजिक को एअर्पोर्ट भनेको बनारसको हो आदी भन्दै त्यही टिकेट बाहेक संभव न भाको कुरा गर्दै थिए।



 " बेटा इस से अच्छा दुसरा नही हो सकता , बारनसिका टिकेट ले लो " हिन्दी मा सम्झाउने कोशीश गर्नु भयो मजुमदारजी ले ।



"सरि सर, वि डु नट अन्डरस्ट्याण्ड हिन्दी ।"


 शर्माले तु जवाफ फर्काए ।



अक्कबक्क पर्दै मजुमदारले अंग्रेजीमै सम्झाउन थाल्नु भयो । हामी मान्दै मानेनौ । इलाहाबाद सम्मै प्लेनमा पुर्‍याइ दिनु पर्छ भन्ने अडान कायम थियो ।



"व्हाइ आर यु इन्सिटिङ नट तो गो भाय बारानसी ? डु यु हाभ एनी भ्यालिड लजिक ?" भन्न थाले बुढा त ।



सुरेश पनि काम थिएन " वि हेअर्ड ड्याट , ट्राभलिङ बाइ ट्रेन इन यु पी एन्ड बिहार इज नट सेफ , डु यु टेक रेस्पोन्सिबिलिटी इफ वि आर रबड ओर सोमथिङ् मिसहाबड ? "


अब भन्ने मजुमदार को माथिङल घुम्यो । कस्ता केटाहरु को फेला परेछ भन्ने सोच्यो होला त्यसले । रीस पनि उठ्यो होला ।



"वि क्यान नट प्रोभाइड एअर टिकेट नोन ओडर ड्यान बारनसी । दिस इज द फाइनल । आइडर टेक टिकेट टु   बारानसी अर म्यानेज योर्सेल्भस "


अझै हामीले कोलम्बो प्लान को नियम अनुसार नै हुनु पर्ने अबिचलित अडान लिरह्यौ । रीसको पारो निकै चढ्यो  मजुमदारलाई ।


"इफ यु टक इन दिस वे, आइहाभ टु रिपोर्ट टु हाइएर अथोरिटी  । इट मे क्यान्सिल योर कन्फर्मेशन ।"



थर्काउने भाषा मा भन्न थालए मजुमदारले।


युबा जोश थियो। कुनै प्रभुको कृपाले पढ्न जान लागेका थिएनौ । राष्ट्रले छनौट गरेर पठाएका हामी   । न त कोलम्बो प्लान भारत सरकार को थियो । मात्र भारत सरकारले पढ्ने ब्यबस्था गरिदिएको र सो बापत कोलम्बो प्लान कमिटीबाट निस्चित रकम पाउथ्यो ।
उसले थर्काए पनि हामी डराएनौ , झन राष्ट्रियता जाग्यो हामीमा । 



शर्माले पनि थर्काउने भाषा मै भने " इफ यु दू सो, वि नो व्हाट टु दू एन्ड व्हेर टु कम्प्लेन अगेण्स्ट यु "


अब भने मजुमदार लाइन आयो । जागिरको सवाल आयो । त्यसको बिरुद्ध उजुरी गरी दिन्छु भने पछी पट्लुन भिज्यो होला, याद गरेनौ ।


"ओके , यु सर्च फोर टिकेट, हाउ टु गेट इलाहबाद , आइ विल मेक पेयमेन्ट ।"



थ्यान्क यु भन्दै टिकेट खोज्न हामी दूताबास बाट निस्क्यौ । चारै जना को अनुहारमा बिजयी भाव देखिन्थ्यो । नियम कानून अनुसार को अडान लिन किन डराउनु ?


 मखुला ??


क्रमश:    
 
 

Last edited: 16-Aug-10 10:55 AM

 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-27-10 10:19 AM     [Snapshot: 3116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लु यो नि पढियो .......

अब यो वीकेन्ड मा सब्बै सिद्ध्याउनु हुन्छ भन्ने आश गरेको छु ......

आफ्नै स्वार्थ ले गर्दा भनेको हो है दाई ...... वीकेन्ड पछी घुम्न हिड्छु अनी पढ्न पायिन्न भनेर हो ....


 
Posted on 08-27-10 10:26 AM     [Snapshot: 3128]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ohho dai kasto thaun maa "kra:mah:sha" gardinu bhayeko... la aru bhaag haru pani chhi-ttai aaoon !!
 
Posted on 08-27-10 11:00 AM     [Snapshot: 3157]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"बडे स्मार्ट लग्ते हो, यु कम , यु कम , एन्ड यु"  भन्दै शर्मा , प्रबिण र मलाई संकेत गरे ।"


लौ न लौ ! त्यस्पछी के भयो भन्नुस् न दाई ! र्यागिङ त पक्कै भयो होला ! मुन्ना भाई
एम.बि.बि.एस. मा जस्तै "डोला रे डोला" गर्न लायो कि लाएन? तेत्ती सुन्नु छ


 
Posted on 08-27-10 11:21 AM     [Snapshot: 3169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

त्येस्पछि के भयो भन्नु त ठिकै हो ...... तर त्यो डोला रे डोला नै किन?

रिठ्ठे लाई ठुल्दाइले ..... डोरा कट्टु मात्र लगाएर डोला रे डोला रे नाचेको हेर्न मन लाग्यो कि क्या हो?

 
Posted on 08-27-10 11:29 AM     [Snapshot: 3170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल यो भाग पनि घच्ची को गयो ठुल्दाइ



अब र्‍यागिङ भाकै हो कि





ल अर्को भाग को प्रतिक्षामा


 
Posted on 08-27-10 12:02 PM     [Snapshot: 3209]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल मैले नि पढ़े सबै .दामी छ.... घच्ची को


 


ठुल्दाइ, अर्को भाग छिटो छिटो पोस्ट गर्नु प्लिज्ज्ज


 
Posted on 08-27-10 3:03 PM     [Snapshot: 3268]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हेरौ अब ठुल्दाइ ले " तोफा कबुल करो आका " भन्छन कि चम्चा मा पानी राखेर तुरतुरो मा करेन्ट लगाउछन !!!


 
Posted on 08-27-10 9:00 PM     [Snapshot: 3337]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ पढीयो, कस्तो ठाममा ल्याएर रोक्या हँ ए ठुल्दाइ ? ह्याँ बाट मै कन्टिन्यू हान्दिम् ?

कस्तो धुकचुक धुकचुक भइरा'छ कि, सस्पेन्स नै खोल्दिम खोल्दिम लाग्यो । लु लु छिटो छिटो राखम ।

नत्र -- नत्र

-- नत्र के?

-- नत्र चुपो लाएर कुर्छु , के नि?
  





भनेर भन्छ भन्ठान्या होला,






म त सस्पेन्स खोल्दिम्ला नि फेरी ----



हा हा सस्पेन्स खोलेर हिरो हुनुको मज्जा बेग्लै आम्छ क्या ---





 
Posted on 08-30-10 12:31 PM     [Snapshot: 3757]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अब यसो छाट हेर्दा रायगिङ चै खतरै होला जस्तो छ । 

२-४ दिन को पर्खाई मा क्रमस पस्कदै गर्नु भयकोमा rahulvai लाई साधुबाद । निरन्तरता रहोस् ..... आन्य भाग पनि खुसु खुसु हाल्दै जाम। 

 
Posted on 08-31-10 8:17 AM     [Snapshot: 3956]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धन्यवाद ज्ञापन


रामे,


विकेन्ड त छुट्टी। छुट्टी मा टाइप गर्न थाल्यो भने घरअको कम्पुटर समेत रिसाउछ ।


wtf,
कही न कहीं त क्रमश: राख्नै पर्छ नि , मखुला ??
 
रिट्ठे,
अब मुन्नाभाइ को जस्तो हुन्छ कि ३ इडियट्स मा जस्तो , आजै थाहा पाउनु हुने छ ।


लहरे,
झुठो के बोल्ने भाकै हो ।


पिया,


लोङ ट्याम नो सी, कता गयाप ??


ध्वासे,


अब के हुन्छ , एक छिनमा ढ्यानटरान् ।


चना दाई,
सस्पेन्स आजै खोली दिन्छु , हिरो हुने मौका कहाँ छोड्नु , मखुला ??


लुते बाहुन
धन्यवाद ।
 


 


 
Posted on 08-31-10 9:48 AM     [Snapshot: 3970]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

इलाहाबाद एक्स्प्रेस
अन्तिम भाग


यु कम , यु कम भन्दै बोलाए पछी नाइ नास्ती गर्ने कुरा आएन । डाकु जस्ता लाग्ने ३-४ जना थिए, उनीहरु संगै लागियो, निरह तीन प्राणी । फाइनल एअरका , अझ भनुं सुपर फाइनल एअरका ( एक पल्ट फाइनल एअर मै गुल्टिएर बसेका ) रिमाल दाइले रोक्नु पर्थ्यो । त्यो भारतीय अन्जान भलादमिले जिम्मा सुरक्षाको जिम्मा लगाएर गएको १५ मिनेट बितेको थिएन ।


कता लगे थाहा हुने कुरा भएन, पहिलो पल्ट् १० मिनेट अगाडि देखेको छिरेको होस्टल को संरचना थाहा हुने कुरा भएन । एउटा कोठामा लगे । अरु दुइजना थिए ।


कोठामा पुग्ने बित्तिकै तिनै जनालाई एक एक झाप्पु हाने। तिरिमिरी झ्याइँ भैहाल्यो । दिउसै ५ तारा देखें । यति दरो हात को पिटाइ पहिलो पल्ट् खाँदै थिए त्यो पनि बिदेशिको हातबाट । त्यो पहिलो झाप्पु स्वागत रहेछ । आँखालाई आशु बग्नबाट रोक्न सकिन । निरही उभिरहें, आशु टप्की रह्यो ।


"नाम क्या है बे ? "


शर्माले  थर्थराउदै हिम्मत गरे " वि डोन्ट नो हिन्दी सर "


"ओके ओके , टेल मी वन बाइ वन , व्हाट इज योर नेम ? "


हामीले क्रमश नाम भन्दै गयौं । हामीलाई थाहा थियो, त्यहाँ हर  गल्ती को एक अद्वितिय झाप्पु पाइन्छ भनेर । गल्ती नहोस् भनेर सोची सम्झी उलपट्याङ प्रश्नहरुको जवाफ दिदै थियौं । हर जवाफ पछी संभाबित झाप्पु पुरस्कारको लागि शारीरिक रुपमा तयार न भए नि मानसिक रुपमा तयार थिएं ।



मुण्टो निहुराइ बस्नु पर्ने । शर्ट को वटन को नाम याद गर्नु पर्ने । पहिलो बटन फस्ट बटन, दोस्रो सेकेन बटन, तेस्रो थर्ड बटन , चौथो आइ डोन्ट नो बटन, पाँचौं , यु डोन्ट नो बटन , छैठौं नो बडी नोज बटन रे ।



यसो आँखा यता उता गर्‍यो कि थर्ड बटन भनी थर्काइ हाल्थ्यो। त्यही भएर पनि ती गुण्डाहरुको अनुहार याद भएन ।


 
अनेक प्रश्न सोध्दै थिए , बीच बीच मा झाप्पु पुरस्कार । शर्माको अंग्रेजी खतरा, ट्याम ट्याम मा उल्टो तिनै सँग सोध्ने, अनी झाप्पु उत्तर पाउने । आफुलाई त अंग्रेजी न आउने , एस सर , नो सर भन्दा बढी न बोल्ने भाको ले तुलनात्मक रुपमा कम झाप्पु पाएं । शर्ट पाइण्ट भन्दा बाहिर निस्केको थियो , मिलाउन खोजेको एक अर्को झाप्पु। सिनियर को अगाडि केही गर्न लाई एक्सक्यूजमी भन्नु पर्दैन भन्दै ।



करीब आधा घण्टा को सघन चटाइ कार्यक्रममा एउटा प्रश्न आयो " व्हाट इज योर ड्याड डुइङ ?"
पिताजी को २ बर्ष अघी निधन भएको जवाफ दिएं । त्यो सुनेर झाप्पु मास्टर सिरियस भए छ , "सो स्याड सो स्याड , यु गो यु गो " भन्दै एक जना गुण्डाको पछी लगाइ त्यो यातना शिबिरबाट निकाली पुन: रिमाल दाई को कोठामा पुर्‍याइ दियो ।



शर्मा र प्रबिण जोशी को बाजा अझै बजी रहेको थियो । त्यो यातना शिबिर को क्रन्दन अरु लाई के थाहा ? रिमाल दाई ले " तिनीहरुले दु:ख त दिएन है ?" भनी सोध्नु भयो । भन्न मन लागेको थियो " हाम्रो ब्याण्ड बजी रहंदा त्यही ब्याण्ड को रिदम मा नाची रहनु भाको होला " भनेर । भनिन । अहं २-४ वटा कोइशन गरे , त्यती मात्र हो । टाउको पछाडि हठौडा जस्तो हात ले हानेको दाम रातो आँखामा स्पष्ट देखिन्थ्यो। तै पनि सोध्नु - दुख्या घाउमा खुर्सानी छर्केको जस्तो लाग्यो।



१० मिनेट पछी जोशी र १५ मिनेट पछी शर्मा पनि इस्कर्ट सहित आइपुगे ।
केही क्षण पछी अरु थर्ड एअर मा नेपालीदाइ हरु आउनु भयो । सामान्य परिचय पछी जाऔं समोसा खान भन्नु भयो थर्ड एअर का संजिब दाई ले । संजिब दाई को नामको पत्र मैले ल्याएको थिएं । मलाई नेपाली सिकाउने मिस को भाई उहाँ । पत्रमा मेरो बारेमा स्पष्ट लेखिएको र सहयोग गरी दिन दिदी को आग्रह थियो । समोसा खाने रहर थिएन, टन्नै झाप्पु ले पेट उकुस्मुकुस भैसकेको थियो । जाऔं भने पछी मान्नै पर्‍यो ।



समोसा खाइयो । त्यस पछी अर्को दाई को कोठा मा गैयो । दाई हरुको बीच छलफल भयो क्या रे । को कस्को कोठामा बस्ने भन्ने निर्णय सुनायो । भोली देखी त होस्टल दिहाल्छ , एक रात को सवाल न हो ।



मेस मै भात  खाइयो । राती फेरी एक जमात गुण्डाहरुले समाते । नचाए , डोला रे डोला भन्ने गीत बनेको थिएन त्यती बेला पो बचियो । लास्ट मा तिनीहरु सप्पै नेपाली निस्के । नेपाली सिनियर प्रती बचेँको केही सम्मान  र आदर पनि गयो ।



रात डराइ डराइ काटियो । भोलिपल्ट बिहानै ब्रेकफास्ट गरी रजिस्ट्रेशन काम सक्याइ होस्टलको पनि काम सक्याइयो । त्यसपछी कसैको झाप्पु खान चाँही परेन , क्लास सुरु भयो , भारतीय मित्रहरुको र्‍यागिङ त ३-४ महिने कुम्भ मेला जस्तो हुने रहेछ । "तोह्फा कबूल करो देखी डोला रे डोला"  सप हुन्थ्यो । तिनीहरुको पीडा हामी पनि बुझ्थेम। तिनीहरुले खाएको झाप्पु को गुन्जन हाम्रो कान मा बज्थ्यो ।


समय बित्दै गयो । र्‍यागिङ को सत्र नि सकियो ।हामीलाई पिट्ने गुण्डा को नेता भेट भयो बाटोमा । हामीलाई कुटेकोमा सरि भन्दै थियो । शायद अलिकती पश्चाताप थियो कि ?


"तिमीहरुलाई साप सँग पिट्नु भनेर तिम्रै सिनियर ले भनेको रे "। कुरा सुन्दा छाँगोबाट खसेको जस्तो भयो । अझ उ थप्दै थिए। तिमीहरुले ल्याएको त्यो सुशिल उपाध्याय को लेटरमा यिनिहरुलाई बेसमारी पिटाउनु भनेर लेखेको छ रे ।


वाह रे वाह , हामी कती महान हामीलाई पिटाउने पत्र हामीले बोकी आएको ।



सबै भन्दा महत्वपूर्ण कुरो त एक जना अपरिचित इण्डियन ले सुरक्षित ल्याइ दिइ , नेपाली को हातमा जिम्मेवारि दिएर गाएका थिए । तिनले कस्तो जिम्मेर्वारि निभाए , वाह रे वाह । नेपाली देखी हामीलाई कुटाउन निर्देशन दिने महान सपूत , वाह रे , वाह । राती फेरी तर्साएर , नचाएर आनन्द लिने अरु नेपाली दाईहरु , वाह रे वाह । नेपालीले नेपाली लाई संरक्षण दिने कि उल्टै यातना ? आज देश मा जे भैराखेको छ संभवत त्यसैको पूर्व रिहर्सल जस्तो लाग्यो ।


अस्तु !!!


समाप्त ।  


 
Posted on 08-31-10 11:09 AM     [Snapshot: 4043]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुन्न त पहिले नै सुनेको भए पनि फेरी पढ्न रमाइलो लाग्यो। 
 
Posted on 08-31-10 11:37 AM     [Snapshot: 4067]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कुमर बस्नेत दाईको 'नेपालीले नेपालीकै खान्छ है मुटु कलजो '  भन्ने गीत याद आयो, राहुलभाई। तपाईहरुको सिनियरले आफुले कुट्न नसकेपछि त्यो धोतिब्रो हरुलाई लगाएर कुट्न लगाए।
 
Posted on 08-31-10 11:54 AM     [Snapshot: 4077]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपाली हरुलाई कुटाउने चलन शायद पछी सम्मन चल्यो होला, तेस्ता ब्यक्ती हरु पछी आएर नेपाल मा नेता, अभिनेता , कर्मचारी, ब्यापारी  के के बनेहोलन, तिनीहरु ले तेस्बेला सिकेको आहिले नेपालमा देखौदैछन, म र्यग्गिङ मा कहिले पारीन तर  भारतीये हारुले चाँही सहयोग धेरै  गरेका छन।  मलाई लाग्छ आम् भारतीये नागरिकहरु  जो भारतीये सरकारको दुस्प्रचार बाट प्रभाबित छैनन हरुमा  नेपालीहरु प्रती  सहयोगि भावना छ.
प्रस्तुती को लागि राहुलभाइ लाई धन्यवाद

 
Posted on 08-31-10 1:14 PM     [Snapshot: 4121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"त्यो पहिलो झाप्पु स्वागत रहेछ । आँखालाई आशु बग्नबाट रोक्न सकिन । निरही उभिरहें, आशु टप्की रह्यो । "


कस्तो माया लाग्दो यो पढ्दा त !


आफ्नो धुलाई को निम्तो आँफैले बोकेर गको ठुल्दाइले? वाह रे वाह ! कस्तो चिल्लरहरु सँग फेला पर्नु भएछ


 
Posted on 08-31-10 1:18 PM     [Snapshot: 4121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अब झन सहयोग माग्न जाँदा त यिनिहरु लाई बेस्मारी कुट्नु भनेर चिट्ठी लेख्दिने यार थर्ड क्लास मान्छे रैछ त्यो सुशिल उपाध्याय भन्ने मान्छे त - फेरी त्यो अर्को नेपाली रिमाल भन्ने पनि के ताल को हो - अरु लाई दुख दिन कस्तो मन लाग्या होला - अरु ले पिटाइ खाको हेरेर मख्ख भाका होला के के न गरे भने झै -

ठुल्दाइ ले त्यो सुशिल उपाध्याय र रिमाल भन्ने लाई चाँही बाटो मा भेट्नु भो भने दुई दुई झापु मेरो तर्फ बाट पनि हन्नु होला

 
Posted on 08-31-10 1:26 PM     [Snapshot: 4123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो ठुल्दाई यो पढधा त घोर आस्चर्ये लाग्यो | रक्षक नै भक्षक  भए पछि के गर्नु ?? 
 
Posted on 08-31-10 2:47 PM     [Snapshot: 4169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Yasta senior bhanauda bhatuwaharu lai Ktm ma thik parnu parne ho...
Last edited: 31-Aug-10 02:47 PM

 
Posted on 09-01-10 9:31 AM     [Snapshot: 4361]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माभरिक
सुनेको कथालाई पनि बुनेको कथा पढि दिनु भएकोमा धन्यवाद ।


पिरे,


त्यै त कुमार सुब्बाको गीत जस्तो " नेपाली ले नेपालीलाई न चिने झैं गर्छ राजइ , नचिने झै गर्छ । सारङ्गि को ताले ले मेरो मन को गीत गाउछ ।"


तिमी मेरो साथी ,


भारतीयहरु खराब हुन्छन भन्ने म पनि मान्दिन, साउथ ब्लक अनी "र" ले भारतीय नागरिक को बोली बोल्दैनन । यहाँ नेपाली मानसिकता को कुरा हो। इन्जिनियर भैसकेको मान्छेले अरुलाई कुटन आदेश दिनु र त्यो आदेश पालना गर्ने अर्को हुन लागेको इन्जिनियर को बिबेक को कुरा गर्दै थिए। अहिले ती दुबै जना अमेरिका मै छन र ज्ञानगुण का कुरा गर्दै छन ।


रिट्ठे ,


पिटाइ मात्र खाएको कहाँ हौं र रात भरी नेपाली ले र्‍याग गरे नि धोती बनेर । असल इण्डियन को बदनामी गर्ने यिनै नेपाली हुन.  


लहरे,
भेटे त उहिलेइ ब्याज समेत दिहाल्थे नि । उपाध्याय तुरन्तै अमेरिका भास्सिए , रिमाल लाई इलाहाबाद मै राम धुलाई गर्ने कुरा आएन । सिनियरलाई  हात हाल्ने कुरा कालेज नि नियमा बिपरित भाको ले संभव भएन । इन्जिनियर भएर आउने बेला सम्म मा त्यो पनि अमेरिका गैहाले । अहिले आफु नि यहाँ छु , कुन दिन भेटिन्छ, हाकु छ लगाएर क्राइस्ट धुलाई गराउछु ।
 
भक्ते दाई ,


तिनै भक्षक हरुले रक्षक को कवच लार बसी राख्या छन ।


मिलियनडलर्स,


काठमाडौ मा चान्स मिलेन नि , अहिले यतै छन, चान्स मिल्ला कि ? 
 


 
Posted on 09-01-10 5:44 PM     [Snapshot: 4460]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दुई दिन देखिको अस्तव्यस्तताले गर्दा इलाहाबाद एक्स्प्रेस अन्तिम भाग पढ्न पाएको थिइन। बल्ल पढी भ्याएँ, मननै एक तमासको भयो। हामी यहाँ नेपाली नेपाली भनेर मर्न खोज्छौ, तर नेपालीहरुको पारा भने...  के भन्नु र? कथा पढ्ने बेला चिया खाँदै थिए, 'नचाए , डोला रे डोला भन्ने गीत बनेको थिएन त्यती बेला पो बचियो' यो वाक्य पढे पछी मुखमा हालेको चिया झन्डै बाहिर निस्केको थियो, हाँसो थाम्न नसकेर! बल्ल बल्ल रोके।


कथाको विषयवस्तु एउटा नमिठो अनुभव भए पनि ठुल्दाइको सटिक प्रस्तुति तारिफ गर्न योग्य छ, म त ठुल्दाइलाई यस्तो नमिठो अनुभवलाई पनि यस्तो मिठो शब्दमा पोख्नुभएकोमा धेरै धेरै धन्यवाद दिन्छु, आखिर सबैले थाहा पनि त पाउनु पर्‍यो, फुलै फुलमात्र पनि होइन रहेछ जीवन, काँडाबिच फुल्ने फुल रहेछ जीवन!


अब अर्को कथा पनि चाँडै आओस है ठुल्दाइ.....


 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Gemstones in Nepal
Finally tps extended (18 months) ( full statement)
होलीको नाममा यस्तो अश्लिलता देखियो
नेपालमा बढ्दै गरेको यौन बिकृति
Anyone questioning vaccines are getting banned
37 lies Americans tell themselves to avoid confronting reality
TPS Updates in Nepali Language by Adhikar
Dream and Promise Act chances in Senate
What does established doctor say about vaccination?
Corruption in medical field increases as pharmaceutical companies stress on profits
Finally tps extended (18 months) ( full statement)
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters