Posted by: Rahuldai August 31, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        

इलाहाबाद एक्स्प्रेस
अन्तिम भाग


यु कम , यु कम भन्दै बोलाए पछी नाइ नास्ती गर्ने कुरा आएन । डाकु जस्ता लाग्ने ३-४ जना थिए, उनीहरु संगै लागियो, निरह तीन प्राणी । फाइनल एअरका , अझ भनुं सुपर फाइनल एअरका ( एक पल्ट फाइनल एअर मै गुल्टिएर बसेका ) रिमाल दाइले रोक्नु पर्थ्यो । त्यो भारतीय अन्जान भलादमिले जिम्मा सुरक्षाको जिम्मा लगाएर गएको १५ मिनेट बितेको थिएन ।


कता लगे थाहा हुने कुरा भएन, पहिलो पल्ट् १० मिनेट अगाडि देखेको छिरेको होस्टल को संरचना थाहा हुने कुरा भएन । एउटा कोठामा लगे । अरु दुइजना थिए ।


कोठामा पुग्ने बित्तिकै तिनै जनालाई एक एक झाप्पु हाने। तिरिमिरी झ्याइँ भैहाल्यो । दिउसै ५ तारा देखें । यति दरो हात को पिटाइ पहिलो पल्ट् खाँदै थिए त्यो पनि बिदेशिको हातबाट । त्यो पहिलो झाप्पु स्वागत रहेछ । आँखालाई आशु बग्नबाट रोक्न सकिन । निरही उभिरहें, आशु टप्की रह्यो ।


"नाम क्या है बे ? "


शर्माले  थर्थराउदै हिम्मत गरे " वि डोन्ट नो हिन्दी सर "


"ओके ओके , टेल मी वन बाइ वन , व्हाट इज योर नेम ? "


हामीले क्रमश नाम भन्दै गयौं । हामीलाई थाहा थियो, त्यहाँ हर  गल्ती को एक अद्वितिय झाप्पु पाइन्छ भनेर । गल्ती नहोस् भनेर सोची सम्झी उलपट्याङ प्रश्नहरुको जवाफ दिदै थियौं । हर जवाफ पछी संभाबित झाप्पु पुरस्कारको लागि शारीरिक रुपमा तयार न भए नि मानसिक रुपमा तयार थिएं ।



मुण्टो निहुराइ बस्नु पर्ने । शर्ट को वटन को नाम याद गर्नु पर्ने । पहिलो बटन फस्ट बटन, दोस्रो सेकेन बटन, तेस्रो थर्ड बटन , चौथो आइ डोन्ट नो बटन, पाँचौं , यु डोन्ट नो बटन , छैठौं नो बडी नोज बटन रे ।



यसो आँखा यता उता गर्‍यो कि थर्ड बटन भनी थर्काइ हाल्थ्यो। त्यही भएर पनि ती गुण्डाहरुको अनुहार याद भएन ।


 
अनेक प्रश्न सोध्दै थिए , बीच बीच मा झाप्पु पुरस्कार । शर्माको अंग्रेजी खतरा, ट्याम ट्याम मा उल्टो तिनै सँग सोध्ने, अनी झाप्पु उत्तर पाउने । आफुलाई त अंग्रेजी न आउने , एस सर , नो सर भन्दा बढी न बोल्ने भाको ले तुलनात्मक रुपमा कम झाप्पु पाएं । शर्ट पाइण्ट भन्दा बाहिर निस्केको थियो , मिलाउन खोजेको एक अर्को झाप्पु। सिनियर को अगाडि केही गर्न लाई एक्सक्यूजमी भन्नु पर्दैन भन्दै ।



करीब आधा घण्टा को सघन चटाइ कार्यक्रममा एउटा प्रश्न आयो " व्हाट इज योर ड्याड डुइङ ?"
पिताजी को २ बर्ष अघी निधन भएको जवाफ दिएं । त्यो सुनेर झाप्पु मास्टर सिरियस भए छ , "सो स्याड सो स्याड , यु गो यु गो " भन्दै एक जना गुण्डाको पछी लगाइ त्यो यातना शिबिरबाट निकाली पुन: रिमाल दाई को कोठामा पुर्‍याइ दियो ।



शर्मा र प्रबिण जोशी को बाजा अझै बजी रहेको थियो । त्यो यातना शिबिर को क्रन्दन अरु लाई के थाहा ? रिमाल दाई ले " तिनीहरुले दु:ख त दिएन है ?" भनी सोध्नु भयो । भन्न मन लागेको थियो " हाम्रो ब्याण्ड बजी रहंदा त्यही ब्याण्ड को रिदम मा नाची रहनु भाको होला " भनेर । भनिन । अहं २-४ वटा कोइशन गरे , त्यती मात्र हो । टाउको पछाडि हठौडा जस्तो हात ले हानेको दाम रातो आँखामा स्पष्ट देखिन्थ्यो। तै पनि सोध्नु - दुख्या घाउमा खुर्सानी छर्केको जस्तो लाग्यो।



१० मिनेट पछी जोशी र १५ मिनेट पछी शर्मा पनि इस्कर्ट सहित आइपुगे ।
केही क्षण पछी अरु थर्ड एअर मा नेपालीदाइ हरु आउनु भयो । सामान्य परिचय पछी जाऔं समोसा खान भन्नु भयो थर्ड एअर का संजिब दाई ले । संजिब दाई को नामको पत्र मैले ल्याएको थिएं । मलाई नेपाली सिकाउने मिस को भाई उहाँ । पत्रमा मेरो बारेमा स्पष्ट लेखिएको र सहयोग गरी दिन दिदी को आग्रह थियो । समोसा खाने रहर थिएन, टन्नै झाप्पु ले पेट उकुस्मुकुस भैसकेको थियो । जाऔं भने पछी मान्नै पर्‍यो ।



समोसा खाइयो । त्यस पछी अर्को दाई को कोठा मा गैयो । दाई हरुको बीच छलफल भयो क्या रे । को कस्को कोठामा बस्ने भन्ने निर्णय सुनायो । भोली देखी त होस्टल दिहाल्छ , एक रात को सवाल न हो ।



मेस मै भात  खाइयो । राती फेरी एक जमात गुण्डाहरुले समाते । नचाए , डोला रे डोला भन्ने गीत बनेको थिएन त्यती बेला पो बचियो । लास्ट मा तिनीहरु सप्पै नेपाली निस्के । नेपाली सिनियर प्रती बचेँको केही सम्मान  र आदर पनि गयो ।



रात डराइ डराइ काटियो । भोलिपल्ट बिहानै ब्रेकफास्ट गरी रजिस्ट्रेशन काम सक्याइ होस्टलको पनि काम सक्याइयो । त्यसपछी कसैको झाप्पु खान चाँही परेन , क्लास सुरु भयो , भारतीय मित्रहरुको र्‍यागिङ त ३-४ महिने कुम्भ मेला जस्तो हुने रहेछ । "तोह्फा कबूल करो देखी डोला रे डोला"  सप हुन्थ्यो । तिनीहरुको पीडा हामी पनि बुझ्थेम। तिनीहरुले खाएको झाप्पु को गुन्जन हाम्रो कान मा बज्थ्यो ।


समय बित्दै गयो । र्‍यागिङ को सत्र नि सकियो ।हामीलाई पिट्ने गुण्डा को नेता भेट भयो बाटोमा । हामीलाई कुटेकोमा सरि भन्दै थियो । शायद अलिकती पश्चाताप थियो कि ?


"तिमीहरुलाई साप सँग पिट्नु भनेर तिम्रै सिनियर ले भनेको रे "। कुरा सुन्दा छाँगोबाट खसेको जस्तो भयो । अझ उ थप्दै थिए। तिमीहरुले ल्याएको त्यो सुशिल उपाध्याय को लेटरमा यिनिहरुलाई बेसमारी पिटाउनु भनेर लेखेको छ रे ।


वाह रे वाह , हामी कती महान हामीलाई पिटाउने पत्र हामीले बोकी आएको ।



सबै भन्दा महत्वपूर्ण कुरो त एक जना अपरिचित इण्डियन ले सुरक्षित ल्याइ दिइ , नेपाली को हातमा जिम्मेवारि दिएर गाएका थिए । तिनले कस्तो जिम्मेर्वारि निभाए , वाह रे वाह । नेपाली देखी हामीलाई कुटाउन निर्देशन दिने महान सपूत , वाह रे , वाह । राती फेरी तर्साएर , नचाएर आनन्द लिने अरु नेपाली दाईहरु , वाह रे वाह । नेपालीले नेपाली लाई संरक्षण दिने कि उल्टै यातना ? आज देश मा जे भैराखेको छ संभवत त्यसैको पूर्व रिहर्सल जस्तो लाग्यो ।


अस्तु !!!


समाप्त ।  

Read Full Discussion Thread for this article