Posted by: Geology Tiger September 1, 2010
Login in to Rate this Post:
0
?
दुई दिन देखिको अस्तव्यस्तताले गर्दा इलाहाबाद एक्स्प्रेस अन्तिम भाग पढ्न पाएको थिइन। बल्ल पढी भ्याएँ, मननै एक तमासको भयो। हामी यहाँ नेपाली नेपाली भनेर मर्न खोज्छौ, तर नेपालीहरुको पारा भने... के भन्नु र? कथा पढ्ने बेला चिया खाँदै थिए, 'नचाए , डोला रे डोला भन्ने गीत बनेको थिएन त्यती बेला पो बचियो' यो वाक्य पढे पछी मुखमा हालेको चिया झन्डै बाहिर निस्केको थियो, हाँसो थाम्न नसकेर! बल्ल बल्ल रोके।
कथाको विषयवस्तु एउटा नमिठो अनुभव भए पनि ठुल्दाइको सटिक प्रस्तुति तारिफ गर्न योग्य छ, म त ठुल्दाइलाई यस्तो नमिठो अनुभवलाई पनि यस्तो मिठो शब्दमा पोख्नुभएकोमा धेरै धेरै धन्यवाद दिन्छु, आखिर सबैले थाहा पनि त पाउनु पर्यो, फुलै फुलमात्र पनि होइन रहेछ जीवन, काँडाबिच फुल्ने फुल रहेछ जीवन!
अब अर्को कथा पनि चाँडै आओस है ठुल्दाइ.....