[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "बुझ्न नसकिएको कारण।"

[Please view other pages to see the rest of the postings. Total posts: 94]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 26563 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-11-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

(कथाको बिषयबस्तु, पात्र वा घटना कसैको जिबनसङ मेल खान गएमा त्यो संयोग मात्र हुनेछ।)


त्यो जाडोको बिदामा हामी सानुको मामाघर गएका थिंयौ। सानु मेरो काकाकी छोरी, सबैभन्दा सानी भएकीले उसलाइ हामी "सानु" भन्थ्यौं। उसको मामाघर निकै रमाइलो लाग्थ्यो हामीलाइ। त्यहाँ हामीहरुलाइ स्वतन्त्रताको आभाष हुन्थ्यो। हामीलाइ सानुको मामाले सधैं बाहिर घुमाउन लानु हुन्थ्यो। भने जति सबै अनुरोध पूरा गर्नु हुन्थ्यो। सानुको माइज्यु पनि असाध्यै माया गर्नु हुन्थ्यो हामीलाइ। उहाँको पनि दुइ छोरीहरु थिए, छुनु र मुनु, उनिहरु पनि हामीहरुलाइ त्यस्तै मन पराँउथे। सानुको हजुर आमाले चाहिँ मेरो भाइलाइ धेरै माया गर्नु हुन्थ्यो अरुलाइ भन्दा। त्यसैले भाइ झन खुशी हुन्थ्यो सानुको मामाघरमा। त्यहाँ हामीहरु आफुलाइ मन लागेको कुराहरु गर्न सक्थ्यौँ, फलफुलको रुखमा चडेर सक्दो खान सक्थ्यौं, नसकेको फाल्थ्यौं, कसैले हामीलाइ रोक्न सक्दैनथे। त्यो उमेरमा हामीलाइ खेल्नु र खानु सिबाय अरु कुराको मतलब हुन्थेन। तर हामी सामाजिक रीतिबारे प्रश्न गर्ने पनि भइसकेका थिंयौ। भाइलाइ बाहेक हामीहरुलाइ घरमा "छोरी भएर धेरै हाँस्नु हुँदैन" भन्ने कानुन मन पर्थेन। सानु र म कहिले कहिँ त्यही कुरामा सक्दो बिबाद गर्थ्यौँ अभिभाबकसङ। तर हाम्रो कुरा कसैले गम्भिरतापुर्बक बुझ्नु हुन्थेन, त्यो नियम परम्परा हामीहरुको बिद्रोहले परिबर्तन हुन्थेन। त्यसैले हामीमा पुरै बचपना  पनि थिएन, न त जिबनको गहिराइ बुझ्ने सामर्थ्य थियो। र पनि हामी रमाउथ्यौँ सानुको मामाघरमा। त्यहाँ हामी मन फुकाएर हाँस्थ्यौ सानुको मामा र माइज्यु सङ। हजुर आमाको अगाडी चाहि औपचारिकता धेरै गर्नु पर्थ्यो, हलुका हिड्थ्यौँ, सानो स्वरले कुरा गर्थ्यौं।


सानुको मामाघरमा हामी सुत्ने समय पनि आफ्नै हुन्थ्यो। घरमा जस्तो नौ बजे नैं खाटमा मन नलागी नलागी आँखा चिम्लेर सुतेको जस्तो नाटक गर्नु पर्थेन। एक रात हामीहरुमा फेरि नयाँ अनुभव गर्ने बिचार आयो, सानुको मामाघरमा सबै भन्दा अग्लो हलुवाबेदको रुख थियो। रुखै चडेर हलुवाबेद खानुको मज्जा अर्कै हुन्थ्यो। भाइ चड्थ्यो, अनि म, त्यसपछि सानु। राति रुख चड्नुको मज्जा अर्कै हुन्थ्यो, कसैले नदेख्ने र कसैलाइ भन्नु पनि नपर्ने। त्यस्तै ११-१२ बजेको हुँदो हो। रात चकमन्न अध्याँरो थियो। टाढा टाढा कतै कुकुरहरु रोएको सुनिन्थ्यो। हामी बिस्तारै तल आयौँ, चप्पल हातमा लिएर पदचापको आवाज सकेसम्म नआउने गरी बङैचामा पुग्यौं। हाम्रो मन डर र रोमान्चकताले भरिएको थियो। हलुवाबेदको रुखमा निस्फिक्री चड्ने र ओर्लिने बेलामा रुखको फेदमा हलुवाबेद दलि दिनु अर्को आनन्द थियो। ओर्लिनेको जिउभरी हलुवाबेद लाग्थ्यो, अनि मध्य रातमा चिसो पानीमा नुहाउनु पर्थ्यो।


बङैचामा पुग्नासाथै भाइ पहिले हलुवाबेदको रुख चड्यो, म भाइ माथि पुग्नासाथ चड्छु भन्ने पालो कुर्दै थिए, मेरो पछि सानु थि। तर भाइले माथि पुगे पछि हामी चड्ने ठाउ भरि हलुवाबेद दल्दै गयो। सानु र म तल बसेर भाइसङ झगडा गर्न थाल्यौँ। भाइले हलुवाबेदले हामीलाइ हान्न थाल्यो, हामी फेरि त्यही हलुवाबेद भाइ झर्ने बाटोभरि दल्दै थियौँ। अचानक "कुइँइीयssssssssss" बाहिरको ढोका खुलेको जस्तो आवाज सुनियो, हामीहरु सबै सतर्क भयौँ। भाइ रुखमै थियो। सानु र म ढोकातिर हेर्दै थ्यौँ। कसैले ढोका बिस्तारै खोल्यो, हामीलाइ आज पक्कै पनि हाम्रो बदमाशी पक्रिने भयो भन्ने डर लाग्यो। भाइ पनि रुखबाट बिस्तारै तल ओर्लिन थाल्यो। सडक बत्तिको मधुरो प्रकाशमा हामीले एउटा छाँया ठिङ उभिएको देख्यौँ हाम्रो ढोकामा। कुनै स्त्री शरीर बाहिर निस्किन लागेको थियो। पछाडीबाट हामी उस्को डाढमा फैलिएका छरप्रस्ट केशराशी मात्र देख्थ्यौं, रातो सारी कुर्कुच्चा छोप्ने गरी लगाएको जस्तो देखिन्थ्यो। त्यो छाँया एकछिन ढोकामा रोकियो। त्यसपछि हतार हतार ढोकाको दाँया गल्लीतिर मोडिदाँ हाम्रो मुटु ढुक ढुक गर्न थालिसकेको थियो। सानु मेरो हात समातेर काम्दै थी, भाइ रुखको फेदमा बसेर रुन थालेको थियो। हाम्रो पाइतालाहरु जमिनमा टाँसिएका थिए, हामी न घरभित्र जान सक्थ्यौँ, न त्यहाँ बाहिर बस्न सक्थ्यौँ। ढोका अझै आधा खुलेको थियो।


क्रमश:


 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-26-09 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो क्रेजीचा पनि वास्या वास्या कुमारी रेछ,


लोल लोल महा लोल



 
Posted on 10-26-09 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एकै चोटिमा सबै भाग पडियो। कथा संगै सगै बच्चाको कुराहरु पनि याद अयो। सानोमा भरङमुनी बाट कसैले खुट्टा तान्ला कि  भन्ने डरले  बेलुकी भयो माथितल्लमा नजाने र गयो भने पनि साथमा कोही जानु पर्ने कुरा याद अयो। अनी ओछायान मुनीबाट कसैले तान्ला कि भन्ने खुब डर लाग्थ्यो।  Story is very interesting. Its scary, funny and exciting.  खुब हसियो पनि। "खेत तिम्रो त्यो कोदालो खन्ने दाँत सबै झारेपछि तिमी पनि क्युट हुन्छौ। "    dialog त खतरा छ। Waiting for next part........
 
Posted on 10-27-09 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

The story is exceptional. On top of that, these guys really write good comments and crazy's replies make it more interesting. Good job crazy!!! I wish I could write in Nepali like others but my Unicode converter doesn't seem to work. Pardon me for that. 
 
Posted on 10-28-09 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

पुरे र लहरेलाइ पनि ट्वाँसङै एउटै लाइनमा राखेर क्युट बनाउने उपाय सोच्नु पर्ला जस्तो छ। ल को पहिला जाने हो सुमि को दाइ कहाँ?


NitiSa,


मैले त तिमीलै पनि ट्वाँले चिट्ठि पठाको छ भन्या सुन्या छु। के यो साँचो हो?


santosh1984


प्रशंसाको लागि धन्यबाद! सक्रिय पाठक हुनु भएकोमा बधाइ पनि।


 
Posted on 11-01-09 4:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाग-११


ट्वाँको कुरा सुनेर  उ प्रति सहानुभुति जाग्यो र दया लाग्यो। कठै लेख्न त खोज्दो हो तर उसको सफ्ट्वयर नैं "शून्य" भएपछि के गरोस् त जस्तो।  मैले उसलाइ अबदेखि जसलाइ पायो त्यसलाइ त्यस्तो छेउ न टुप्पाको चिट्ठि नदेउ है भनेर सम्झाए। त्यसपछि चम्पा र रुबिमा कसको धेरै माया लाग्छ त भनेर सोधेँ। "दुबैको" भन्यो। त्यसपछि चाहि मैले हार खाँए। गधालाइ धोएर गाइ बनाउन सकिदैन जस्तो लाग्यो। "जे सुकै गर, तर मलाइ तिम्रो पोस्ट- म्यान बनाउने काम नगर,  अबदेखि मेरो पछि पछि नलाग नि।" भन्दै थिँए, ठ्याक्कै रुबि त्यही आइपुगी। रुबि देख्नासाथै ट्वाँ त आकाशतिर पो हेर्न थाल्यो। रुबिले मलाइ अर्थपूर्ण तरीकाले हेरी, ट्वाँलाइ तिरस्कारपूर्ण नजर फ्याँकी। न म सङ बोली न ट्वाँसङ। मलाइ पो अप्ठ्यारो भयो। के गर्ने के भन्ने जस्तो। मैले रुबिसङ हाँस्ने प्रयास गरेँ, रुबि सरासर स्कुलतिर लागि। परिस्थितिले अर्कै रुप लियो, त्यो मोडमा ट्वाँ र मेरो बार्तालाप रुबिको लाइ सामान्य हुन सकेन, शायद त्यो समयको खेल थियो। रुबि गएपछि ट्वाँ मलाइ "पछि कुरा गरौँला है।" भन्दै अर्कै बाटो लाग्यो। त्यो दिन ट्वाँ स्कुल आएन। दिन भरी रुबि र सुमीको कर्के नजरले मेरो मन दुख्यो। उनिहरु मलाइ देख्नासाथै खुस खुस कुरा गर्थे, शायद मेरै कुरा काट्थे। अनि ब्यँग गरेर हाँस्थे।  मैले खाँदै नखाएको बिष पो लाग्यो। मैले चम्पालाइ सबै कुरा भने, तर त्यसले नि शुरुमा हजार  प्रश्न गरी। पछि मात्र कुरा बुझ्या जस्तो गरी। दिनभरी मेरो मुड अफ भयो ट्वाँको कारण, साथीहरु पनि पर भये।


स्कुल छुटेपछि म घर आँए, आउनासाथै खाजा खानु पर्ने। एक्छिनपछि  भान्छातिर उक्लेँ, भाइ र सानुले अघि नैँ खाजा खाइ सकेका रहेछन्। उनिहरु आँगनमा थिए। भान्छामा माँले मेरो भाग खाजा छोपेर राखि दिनु भएको रहेछ। माँ पनि हुनु हुन्थेन न त काकी (सानुको माँ)। मैले चियाको लागि कित्लीमा आफै पानी बसाये, अनि चिउरा र चना खान थाँले। मनमनमा आज माँ र काकी कहाँ जानु भएछ हामीलाइ केहि नभनी भन्दै चिया बनाँए। एक्लै चिया र खाजा खाँदै थिँए। भान्छाको झ्याल पछाडी कोहि सुँकसुँकाएको जस्तो लाग्यो। भान्छासङै जोडिएको सानो कौसी थियो। हामी जहिले पनि साँझमा त्यहाँ बसेर मिठो हावाको  स्पर्श अनुभुत गर्थ्यौँ। तर दिउँसो घाम हुने हुनाले कौसी शून्य हुन्थ्यो। प्राय त्यहाँकोहि हुँदैनथे। मैले सोचेँ, मलाइ भ्रम भएको हुनु पर्छ। त्यो कौसीमा को हुन सक्छ र? त्यहाँ बसेर को रुन सक्छ र? यस्तै सोच्दै चिया पिउन थाँले। नभन्दै केहि बेरमै फेरि अर्को नारी आवाज सुनियो।


"त्यसरी रोएर हुँदैन! आँसु पुछ ।" यो आवाज कता कता चिनेको जस्तो लाग्यो। माँको स्वर थियो। माँ घरमै भएर पनि मलाइ किन चिया नपकाइदिनु भाको होला भन्ने लाग्यो। माँ को सङ कुरा गरिरहनु भाको होला एक्लै भनेर कौसीमा जान मन लाग्यो। कौसीको ढोकामा नपुग्दै अर्को स्वर सुने फेरि।


"हिम्मत हार्नु हुँदैन, आफ्नो लोग्ने हो। सकेसम्म फकाउने कोशिश गर।" त्यो चाहि सानुको माँ अर्थात मेरी काकीको थियो। कौसीमा माँ र काकी बाहेक अरु तेस्रो कोही पनि रहेछ भन्ने कुरामा मलाइ शँका लागेन। त्यसैले मैले कौसीमा जानु भन्दा त्यही झ्यालनिर बसेर तेस्रो ब्यक्ति चिन्ने प्रयास गरेँ।

"के मात्रै गरिन मैले? आधा रातमा उठेर दोबाटोमा गएर पूजा गरेँ, फुक्ने "माँ" ले भने जस्तो उ सुतेको बेलामा खुट्टा टाउकोमा मन्तर फुकेको रातो अक्षता र फूल पनि राखि दिँए। कहिले के गरेँ कहिले के गरेँ। अझै पनि उ त्यहीसङ घुम्न जान्छ। आजकाल त अफिसबाट पनि ढिलो फर्किन्छ। छुनु र मुनु सङ नि झर्किएको मात्रै हुन्छ। म सङ बोल्दै बोल्दैन। लोग्ने हैन परचक्री जस्तो ब्यहार गर्छ।" हिक्क हिक्क गर्दै सुनिएको यो आवाज पक्कै पनि सानुको माइजुको हो भन्न मलाइ गार्हो भएन। सानुको माइजु आउनु भएको रहेछ। काकी र माँ उहाँलाइ सम्झाँउदै हुनुहुन्थ्यो।


"आफ्नो लोग्ने हो, जसरी पनि मन जित्ने कोशिश गर। त्यो नखरमाउली दुइ दिनको लागि मात्र हो। भाइसङ पैसा धुत्छे धुत्छे, अनि अर्कैसङ जान्छे। ल हेरौँ त, कसरी आँउन सक्छे हाम्रो घरमा?" काकीको स्वरमा रिस थियो।


"मैले पनि शुरुमा त्यस्तै सोचेकी थिँए। तर आजकाल त पर्समा पनि त्यसकै फोटो राखेको छ। जहिले पनि टोलाएर बस्छ। मैले केहि बोल्नु हुँदैन झनक्क झनक्क रिसाँउछ। हुँदा हुँदा मुमालाइ नि के के कुरा लाएर मुमा पनि म सङ टाढिन थाल्नु भएको छ।"

"मुमाको कुरा नगर, उहाँ बच्चा जस्तै होइसिन्छ। भाइले जे भन्यो त्यही पत्याइसिन्छ। मुमाको कुराले चित्त नदुखाउ तिमी।" काकीले माइजुलाइ सम्झाउनु भयो।


"छोरीहरुको मायाले पनि फर्किन्छ। त्यसै छोड्नु हुन्न तिमीले। बोलेन भनेर चुप लागेर बस्ने हैन। घरमा धेरै ब्यस्त बनाउ। हैन भने तिमीहरु दुइजना मात्र बाहिर जानु केहि दिनको लागि। अनि सकेसम्म सङै बस्नु, एक्छिन पनि नछोड्नु। झारफुकले हुन्छ भने अरु पनि छन् जान्ने मान्छे। पानी मात्र मन्तरेर खुवाए पनि एकोहोरो बनाउन सक्छन् रे। तिमी निराश नहोउ। म लान्छु तिमीलाइ एक ठाँउमा।" माँले नि सल्लाह दिन थाल्नु भयो।


"उसको मन नै अर्कैको  भइसकेपछि झारफुकले के गर्न सक्छ दिज्यु? अब त मैले आशा त्यागिसकेँ। मेरो भाग्य नैं त्यस्तो, अरुलाइ के दोष दिनु?" माइजुले थकित स्वरमा भन्नु भयो।


"म कुरा गर्छु त्यो सङ। त्यो केटी कहाँ बस्छे? तिमीलाइ थाहा छ?" काकीले सोध्नु भयो।


"त्यही कता बसुन्धारातिर एक्लै फ्ल्याटमा बस्छे रे। आफ्नै बिजनेस छ रे। बुटिक खोलेकी छे रे।" माइजुले भन्नु भयो।


"हामी गएर कुरा गरौँ न त? एकचोटि साबधान गर्नै पर्छ। समय मिलाएर हामी तिनै जना जाँउ त्यसका।" काकीले भन्नु भयो।


"जब आफ्नै मान्छे आफ्नो छैन भने पराइलाइ भनेर के हुन्छ र दिज्यु? छोड्दिस्यो, यदि भाग्यमा छ भने उ फर्केला, छोरीहरु हुर्किदैँ छन्। हैन भने अब त मेरो मन मरीसक्यो।" माइजु अझै निरुत्साहित हुनु हुन्थ्यो।


"त्यसो भये म कुरा गर्छु भाइसङ! यो शनिबार आँउछु म त्यहाँ। त्यसलाइ बाहिर जान नदेउ। म सम्झाँउछु।" काकी जङिनु भयो।


"शनिबार त उ बिहानै देखि बाहिर निस्कन्छ। कसैले नि रोक्न सक्दैन। जहिले पनि उसको ओवरटाइम परेको हुन्छ। हजुरलाइ दुख मात्र हुन्छ। हजुरले सम्झाए पनि नसम्झाए पनि उसले मलाइ माया गर्ला जस्तो लाग्दैन। हजुरहरुलाइ के भन्नु ? हाम्रो त कोठा पनि बेग्लै भै सक्यो। उ त्यही बैठक कोठामा गएर सुत्छ आजकाल।" माइजुको पीडा अरु दुखेको जस्तो लाग्यो मलाइ।


"म अहिले कुरा गर्छु त्यो सङ।" भन्दै काकी उठ्नु भयो।


"रिसमा कुरा गरेर हुँदैन, सिन्धु। पछि कुरा गर, अहिले हैन। " माँले काकीलाइ सम्झाउनु भयो। त्यसपछि काकी चुप लाग्नु भयो। फेरि माइजुको हिक्काहरु निर्बाँध छुट्न थाले। मेरो आँखामा त्यो केटीको हात समाएर हिंडेको मामाको तस्बीर नाच्न थाल्यो। मामाको हाँसो र माइजुको रोदन समानान्तर हुँदै पर परसम्म फैलिएको देखेँ मैले।


क्रमश:


 



 

Last edited: 01-Nov-09 04:31 AM
Last edited: 01-Nov-09 12:47 PM

 
Posted on 11-01-09 5:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hmm!!!!!! boksi ko story ta aba lovestory maa po change huna thalyo. Keep it coming crazy!!!!!
 
Posted on 11-01-09 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ! के भा यो? माइजु त रामरी थिन् भन्ने त मलाइ पैले नै थाहा थ्यो बै!

 
Posted on 11-02-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कुरो यस्तो पो रैछ,


माइजु बोक्सी होइन भनेर त पहिले नै थाहा थ्यो,


अब चन्डाल त मामा नै रैछ - अर्को बिहा गर्न दोष लगाको रैछ ल -


अनी अरु के भो त - लेखुम लेखुम


 
Posted on 11-02-09 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

bichara maejuu  mama sanga hidney tyo Namrata ta hoina ani mama chahi DJ Tantrik

P.S. Its just a joke

 
Posted on 11-03-09 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिचरी माइजु। Waiting for next part....


<<मैले त तिमीलै पनि ट्वाँले चिट्ठि पठाको छ भन्या सुन्या छु। के यो साँचो हो??>>
त्यो कुरा त पुरानो भाईसक्यो क्रेजी। ट्वाँले miss_sis लाई ढेखेर ट्वाँ भईसक्यो रे।


 
Posted on 11-09-09 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

भाग-१२


साँच्चै त्यो दिन देखि माँ र काकीको धेरै नैँ खासखुस कुरा हुन थालेको थियो। मलाइ भने माइजु र मामाको कुरा कहाँसम्म पुग्यो भन्ने चासो लाग्थ्यो। म माँ र काकीले थाहा नपाउने गरी सुन्न बस्थे। तर बेला बेलामा बच्चा भएर पनि ठुलो मान्छेको कुरा किन सुन्ने हँ भन्दै मलाइ धपाइ हाल्नु हुन्थ्यो। हरेक शनिबार काकी मामाघर जान थाल्नु भाकोथ्यो। तर सानु र मलाइ सङै लानु हुन्थेन। काकीको तवर हेर्दा केहि घटिरहेको छ भन्ने अनुमान गर्न सकिन्थ्यो। तर के भनेर मैले अड्कल गर्न सक्दिनथे। सानुलाइ सोध्थेँ, उसलाइ झन केहि थाहा थिएन। माइजु बोक्सी हो कि हैन होला भन्ने कुरामा मेरो रुचि बढेको थियो। तर म सङ पर्याप्त अबसर र उचित बाताबरणको कमी थियो।


स्कुल मेरो लागि अपरिहार्य तालिका थियो। चम्पा कम बोल्न थालेकी थि। धेरै जसो एकोहोरिएर बस्ने गर्थी। बोलाँउदा झस्किने गर्थी। कुनै सपनामा हराए झैँ गर्थी। उ अब मनका कुराहरु म सङ गर्दैनथी। उसको खासै कोहि साथी थिएन र पनि उ म बाट टाढिएको महसुस हुन थालेको थियो। स्कुलको दिक्क लाग्दो बातबरण मलाइ मन पर्दैनथ्यो। त्यही क्रममा एकदिन फेरि ट्वाँ मेरो बाटोमा देखा पर्‍यो। बहुलाउन नसकेको तर जिन्दगीदेखि हार खाइसकेको जस्तो ट्वाँको उदास अनुहार देखेर म छक्क परेँ। अब के हुन लाग्यो नि भनेर सोच्दैँथे, ट्वाँले भुमिका बाँध्न थाल्यो।


"क्रेजी, तिम्रो नजरमा म एउटा हुल्याहा र बेकामे केटो हुँ है?"


"कसरी थाहा पायौ?" मैले ट्वाँलाइ सोधेँ। उसले भनेको कुरा सत्य भए पनि मैले कसैलाइ भनेकी थिँइन।


"हेर ! मैले आफ्नो गल्तीको सजाँय पाइसकेँ। चम्पाको लब अर्कै सङ परिसक्यो, रुबिले त मलाइ फुट्या आँखाले नि हेर्दिन।" " ट्वाँले थकित पाराले भन्यो। रुबिले उहिले ट्वाँकै अगाडी उसले दिएको चिट्ठि च्यातेकी थिइ। चम्पा त ट्वाँ देख्नासाथै हतार हतार बाटो मोड्थी।


"ठिक छ! सुध्रिने चाह्यौ भने अझै मौका छ।" मैले अलिकति ठुलो भएर उपदेश दिँए।


"त्यो त छदैछ। तर मैले एउटा कुरा अझैसम्म बुझ्न सकेको छैन।" ट्वाँले सार्है नै दार्शनिक पारामा भन्यो।


"के ?" मैले भने।


"हेर न! जब हाम्रो मुटु यति ठुलो छ, हामी माया गर्न किन कन्जुस्याइ गर्छौ हँ?" ट्वाँको कुरा मैले केहि बुझिन।


"मतलब?" मैले ट्वाँलाइ उल्टै सोधेँ।


"जब मेरो मुटुमा धेरै जनालाइ माया गर्न सक्छौँ भने म किन एकै जनालाइ मात्र माया गर्ने हँ? तिमीले बुझ्यौ मेरो कुरा?" ट्वाँको कुराले मेरो टाउको भनन भयो। चक्कर लाग्यो। दिँउसै तारा देख्न थाँले।

"हो त! म चम्पा र रुबि दुबैलाइ चाहन्थे, तर उनिहरु एकजना सङ मात्र मैले माया गरोस् भन्ने चाहन्थे। कत्रो बिडम्बना! यत्रो बिशाल मुटुमा खालि एक्जनाको लागि मात्र माया ?" ट्वाँ नन्स्टप बोल्न थाल्यो।


"वाहियात!" मैले शब्दलाइ ठिक ठाँउमा प्रयोग गरेँ जस्तो लाग्यो।ट्वाँलाइ मैले आँखा तरेँ। ट्वाँ लुरुलुरु अर्कै बाटो लाग्यो।


ट्वाँको अन्तिम प्रश्न मेरो कानमा गुन्जिरह्यो, मैले मामालाइ सम्झेँ। शायद मामा पनि धेरैलाइ माया गर्ने सामर्थ्य राख्नु हुन्छ, माइजु अनि अर्को केटि, छुनु, मुनु। कति विशाल मुटु। हैन, हैन, त्यस्तो सम्भव छैन। समाजमा त एकजना सङ मात्रै बिहे गर्न मिल्छ। त्यो मोरो ट्वाँको कुरा मैले किन सोच्नु पर्‍यो। त्यो हुनै सक्दैन। तर यदि मामाले पनि त माइजु र अर्को केटि दुबैलाइ माया गर्छु भन्नु भयो भने के हुन्छ नि? मेरो मनमा प्रश्नहरु फेरि उब्जिए। साँच्चै एउटा मान्छेको मनमा कतिजनाको लागि माया हुन्छ हँ? मैले पनि ट्वाँको कुरा बुझिन। बुझ्ने कोशिश पनि गरिन।


दिनहरु कति छिट्टै बिते, पत्तै पाइएन। दशैंको लागि स्कुल बिदा पनि भयो। सानुको मामाघरमा पनि टिका लाउन जान पाइने भैयो बल्ल तल्ल कति पछि।  मनमा धेरै कौतुहुलता थियो। माइजुको कुरा, मामाको कुरा, छुनु, मुनुको कुरा सबै सुन्न मन थियो। दशैको नयाँ लुगा लाएर हामीहरु त्यो दिन बिहानै सानुको मामघर पुग्यौँ। हजुरामा हामीलाइ देखेर खुशी हुनु भयो। हामीमा अर्कै स्फुर्ति आयो। हामी तल माथि बाहिर भित्र सबैतिर दौडिन थाल्यौँ। टिका लाउने बेला भयो। दक्षिणाको लोभ थियो। मामाले जहिले पनि अरुले भन्दा धेरै दक्षिणा दिनु हुन्थ्यो। त्यसैले सानु, म र भाइ लाइन लागेर बस्यौँ। हजुरामा माथिबाट आउनुभयो, उहाँको पछि पछि अर्को महिला पनि आउनु भयो, त्यसपछि मामा एउटा फुच्चे बच्चाको हात समाउदै आउनु भयो।


"ल, माइजुलाइ दर्शन गर!" हजुरआमाले नयाँ महिलालाइ चिनाउनु भयो। सानु टक्क हेरीरही, उसलाइ पनि थाहा रहेनछ शायद। म झन अक्क न बक्क भएँ, भाइ सानु र मैले जे गर्छ त्यही गर्ने भनेर कुरीरहेको थियो।


"पर्दैन।" नयाँ माइजुले त्यति मात्र भन्नु भयो।


"यो सानु, यो --- " मामाले हामीलाइ नयाँ माइजुसङन चिनाइदिनु भयो। नजिकै आँउदा नयाँ माइजुलाइ मैले कहाँ देखेको, कहाँ देखेको जस्तो भयो। पक्कै पनि चम्पासङ फिलिम हेर्न जाँदा मामासन हात समाएर हिँड्ने नारी उनै थिइन्। मलाइ आफ्नै अगाडी अर्को फिलिम चलेको जस्तो भयो। मामाले फुच्चेलाइ काखमा राखेर फेरि भन्नु भयो।


"यो रुपेश! तिमीहरुको सबै भन्दा सानो भाइ।" रुपेश, सबैभन्दा सानो भाइ लजाएर मामाको काँधमा लुक्यो। भाइ दङ पर्दै" बल्ल मेरो साथी आयो।"उफ्रिदैँ रुपेशलाइ फकाउन गयो। केहि बेरमा नैँ रुपेश र भाइ साथी भए। रुपेशले आफ्नो स्कुलको चित्र भर्ने किताब ल्यायो र रङ भर्न थाल्यो। सानु र म आँखै आँखाले एक अर्कालाइ हेर्न थाल्यौँ। टिका लगाइयो, दक्षिणा पनि पाइयो। सानु र म तुरुन्तै बङैचामा आयौँ।


"तिमीले नि मलाइ केहि नभनेको सानु? हेर कस्तो छुच्चि तिमी।" मैले दुख पोखेँ।


"गड प्रमिस! मलाइ केहि थाहा थिएन। बल्ल आज त थाहा पाउदैछु। मामुले जहिले पनि मलाइ कुरा सुन्नु हुन्न भनेर गाली गर्नु हुन्थ्यो। अनि अर्को माइजुसङ कुरा गर्नु हुन्थ्यो। अहिले पो थाहा पाँए।" सानु उस्तै निर्दोष पाराले भन्दैथी।


"अर्को माइजु खोइ त?" मैले सानुलाइ सोधेँ।


"के थाहा?" उसले फेरि उस्तै गरी भनी।


"छुनु मुनु?" सानुले ओंठ लेब्र्याइ।


"मामाले यदि नयाँ माइजु बिहे गर्नु भएको भए पनि यति छिटै रुपेश कसरी जन्मियो? स्कुल जाने कसरी भयो?" मैले प्रश्न माथि प्रश्न गर्न थाँले।


"खोइ?" सानु अनभिज्ञ थी।


त्यसदिन पछि बिस्तारै थाहा पाइयो।  पुरानो माइजु र मामाको डिवोर्स भैसकेछ। छुनु मुनु पनि माइजुसङै गएछन्। मामाको नयाँ माइजुसङ धेरै पहिले देखि सम्बन्ध रहेछ। रुपेश त्यही सम्बन्धको परिणाम रहेछ। त्यति धेरै कुरा घटिसक्दा पनि पुरानो माइजु सहनशील भएर परिवारको लागि गर्नु पर्ने जिम्मेवारीहरु सम्हाल्दै हुनु हुन्थ्यो। सौभाग्यको खातिर पुजा आजा, अन्धबिस्वास सबै मानिरहनु भएको थियो। छरछिमेकतिर  मानिसहरु अझै मामाको दोस्रो बिहे गर्नुको  कारण पुरानो माइजु "बोक्सी" भएकोले भन्ने बिस्वास गर्थे। लोग्नेलाइ मार्नै लागि सकेकी थी रे भन्ने कुराहरु पनि सुनिन्थ्यो कतै कतै। जसले जे भने पनि मैले अझै पनि बुझ्न सकेकी छैन। आखिर माइजुलाइ बोक्सी नैँ किन बनाइयो ?

 

समाप्त।

Last edited: 09-Nov-09 03:23 AM

 
Posted on 11-09-09 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल गज्जब सँग गयो यो कथा


दोष मामा कै हो भनेर अड्कल त पहिले नै काटेको थिएँ


खै मैले पनि बुझ्न कुरा चाँही - बोक्सी कै आरोप किन लागेको त


तर जे भएपनी कथा एक्दमै राम्रो छ


अनी ट्वाँ त क्या बिशाल मुटु भा मान्छे है - त्यस्तो बिशाल मुटु मा दुई जना त के दश जना नै अटाउला - रुबी र चम्पा ले किन बुझ्न नसकेको


होला है - अर्को मैले बुझ्न नसकेको कुरा पनि एही हो के


 


 
Posted on 11-09-09 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

एकै सास मा पढियो , क्रेजी कथा एक दम राम्रो लाग्यो । बिचरा माइजु !!! अनी ट्वाँ को के भयो त ? क्रेजी र ट्वाँ को पर्‍यो कि क्या हो ??
 
Posted on 11-09-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

another great piece  from crazy..
I am great fan of writing of genius writer like you, Deep, राहुल भाई ,बैरे, Ramprasad Neupaune, AmitRaja, RajaHarischandra, FuchheKeto,A_P,Gautam B, Dyanamite, and many more..Hats Off to all of you for letting us to read ur writings.
You guys are true gems of this forum..And please dont quit writing in this forum and hope we will have many more  from you guys in future too.

हुन त मैले कहिले कमेन्ट लेख्ने गरेको छैन यो साझा फोरुममा । तर आज क्रजीको यो कथा पढेर केही लेख्ने दुस्साहस गर्दै छु, अन्यथा नसम्झी दिनु होला। अझै पनि नेपालको गाउँ घरमा मात्र नभएर शहरमा पनि बोक्सिको अन्धबिश्वास कायम नै छ र आफुलाई  शिक्षित र भलाद्मी भनाउन्दाहरुले नै यो अन्धबिश्वासलाई जलमल दिएर हुरकाइ राखेका छन। हुन त म बोक्सीको अस्तित्वनै छैन भनेर भन्न सक्दिन तर कुनै पनि निर्दोश महिलालाई बिना कुनै प्रमाण बोक्सी को आरोप लगएर उस्को मान्मर्दन गरिनु कदपी राम्रो होइन।

यस कथाको माइजु पात्रको सहनशिलता र  कर्तव्यनिस्थाको जतिपनी प्रशन्शा  गरेर पनि पुग्दैन । तर उनले आफु माथि लगाएको बोक्सीको दोशारोपनलाई प्रमाणित गर्न आफ्नो लोग्ने र सासुलाई चुनौती दिन सक्नु पर्थ्यो। हुन त उनी हाम्रो देशका येस्ता हजारौ महिलाहरुको प्रतिनिधि  मात्रै हुन जो अझै पनि बोक्सिको नाममा आफ्नो परिवार र समाजबाट अपहेलित छन। माइजुले आफ्नो नभए पनि आफ्नो  दुई छोरी छुनु र मुनुको अधिकारको लद्नु पर्थ्यो। एस्तो लाग्छ कि कथाका मामा र हजुर आमा पात्रले माइजुबाट दुई छोरी मात्रै भएको ले उन्लाई उपेक्ष्या गरेका हुन र उन्लाई बोक्सीको आरोप लगाई घरबाट निकाली छोराको आमा भईसकेकी  अर्को माइजुलाई घरमा भि्त्राउने सद्यन्त्र मात्र हो यो।

anyway thanks a lot to crazy for posting such a nice story here in sajha forum and for giving us chance to read.


 
Posted on 11-09-09 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Santosh1984 ज्यु,


बोक्सीको बहानामा प्रेम र बिछोड पनि भैसक्यो त यो कथामा। यस्तै रहेछ यहाँको चलन।


पुरे,


माइजु राम्री थिइन् रे? कहिले देख्या?
भनेपछि पुरे पनि सानुको मामा खलक हो कि क्या हो?



लहरे नि क्या स्मार्ट!


माइजु बोक्सी हैन भनेर पहिले नै थाहा थियो रे।


अनी ट्वाँ त क्या बिशाल मुटु भा मान्छे है - त्यस्तो बिशाल मुटु मा दुई जना त के दश जना नै अटाउला - रुबी र चम्पा ले किन बुझ्न नसकेको होला है - अर्को मैले बुझ्न नसकेको कुरा पनि एही हो के


योम्माssssssssssssssssssssss सा-- के भन्या लहरे त्यस्तो? लौ न लहरेको नि दाउ ट्वाँको जस्तै रैछ भनेर भन्नु मिलेन।


cosmo,


जोके पो गरेको! ठिकै छ साथी!


नितिसा,
ट्वाँ साझामा अैसक्यो रे! होस गर है!


बैरे,


धन्यबाद साथि! तिम्रो कथा कहाँ पुग्यो होला पढनै बाँकि छ। ट्वाँ र मेरो पर्‍या छैन। बरु ट्वाँले रियालाइ पनि चिट्ठि पठाउला नि होस गर्नु।


gurudevkoguru ज्यु,


प्रतिक्रियाको लागि धन्यबाद! साझामा तपाइँ जस्तै साथीहरुको हौसलाले गर्दा नैँ मलाइ अरु लेख्ने प्रेरणा दिन्छ। बास्तबमा भन्ने हो भने मलाइ सबैभन्दा ठुलो सन्तुष्टी नै कथा लेख्दा हुन्छ, अझ त्यो भन्दा धेरै खुशी साथीहरुको प्रतिक्रियाले दिन्छ। लेख्ने प्रयास गर्दै जाँदा कथा लेखन पनि एउटा नशा हुन पुग्यो। त्यसैले नलेखी बस्दा केहि अपुरो केहि अधुरो जस्तो हुदो रैछ जिबनमा।


बोक्सीको नाममा नेपाली समाजमा तपाइले भने जस्तै धेरै महिलाहरुमाथि अन्याय भएको छ। कथाकी पात्र माइजु त एक उदाहरण मात्रै हुन। धेरै जस्तो घटना त गरीबीले सताइएको महिलाहरु माथि घटेको देखिन्छ। बेला बेलामा संचारमा आउने बोक्सी आरोपित महिलामाथि गरीने अत्याचारको बिभत्स समाचारहरुले मन दुखी बनाँउछ पनि। शायद कुनै दिन हाम्रो समाजमा यो अन्धबिस्वास को पनि अन्त्य हुन्छ कि भन्ने आशा चाहि छ मलाइ।


 
Posted on 11-09-09 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Feel really bad for maiju. She is an epitome of the greatness of Nepalese woman and how helpless they are in our society.
Bajya twaale crazylai kehi sanket gare jhain lagyo. khai kura bujhya??
Very nice story. Waiting for more from you. 

 
Posted on 11-09-09 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नरमाइलो र ढु:ख लाग्यो माइजुको इस्थितीमा। छोरीहरुको पनि एकदम माया लाग्यो। तेही त कुरा बुझ्न नसकिने... किन माइजुको दोस्??   
 
Posted on 11-09-09 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

छोरा पाउन नसक्नु मात्र नै माइजुको दोश जस्तो लाग्छ मलाई। बुहारीलाई त घरबाट निकाले रे तर बिचरी छुनु र मुनुको के दोश थियो र? के हाम्रो समाजमा छोरी भएर नै जन्मिनु उनिहरुको दोश हो र ?
 
Posted on 11-09-09 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिचरी माइजु कती सोजी है , मेरी हर्किनी भको भए त कपाल र्याइ र्याइ पारेर टोल छिमेक घर परिवारमा बबाल गरेर जात्रा गर्थी होली ।


एक चोटि स्कुलमा सँगइ पढ्ने केटी सँग भेट भयो अनी चिया खान भनेर कफी सपमा छिरेको थिए , कुन चैनिले देखेछ र खबर पुराएछ हर्किनी पढ्केर जात्रा , घरमा पञ्चाएतिनै बसाउनु परेको थियो , गान्ठे सम्झेरनी हासो लाग्छ ।


जे होश माइजुले केही गर्नु पर्थ्यो , चुप चाप शहेर " जो भाग्यमा कोरिएका सुख दु:ख सुइकार्य छन " भनेर हिडिछन बिचरी ।


कथा बियोगान्त , हाम्रो समाजको झूर र वाक्क लाग्दो कुरोलाई क्रेजिले आफ्नै कथा जसरी मिलार पस्की, मिठो लाग्यो अनी कता कता मन पनि खिन्न भो ।


जे होश लेख निक्कै राम्रो , बेला बेला मा  ट्वा पात्रले हसाउन खोज्यो , दर्द भरिएको काहानीमा केही हासो पनि मिलार मिसाकी छे क्रेजिले ।


कथा लेख्न जानेकी छे क्रेजिले । "क्रेजिली वेटिङ फर नेक्स्ट स्टोरी सून "


 
Posted on 11-10-09 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

" एउटा मान्छेको मनमा कतिजनाको लागि माया हुन्छ हँ?"
ट्वाँ ले भन्नु र फुचची क्रेजी ले सोच्नु स्वोभाविक नै हो, रमाइलो लाग्यो।


सुरु देखी अन्त सम्म सलल बगेको छ सधैं झै।



अर्को ब्यन्जन कहिले पस्किने त ?


-क्रेजी रिडर


 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
नेपाली समुदायको भारी समर्थन Iowa caucus मा Bernie Sanders लाई - PHOTOS
Anyone renewed their passport through DC embassy lately?
W2 issue
is it good to marry girl who are already in US or go back to Nepal and do arrange marriage?
travel from nepal to US amid corona virus
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
पिउनको सम्पत्ति ९ करोड ७३ लाख
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
Question on getting advance parole for tps holder.
Room available
अमेरिकामा नेपालीलाई दुःख छ, सकभर नजानुस
पुन्टर पिन्कु र नाज ब्रो
Nepali Girl for a Mid 30's Nepali guy
need room at Kentucky
Send money in Nepal
TPS TO GC TO AOS INTERVIEW
Pete Buttigieg is the new Hillary Clinton
Wow ... सोनिकालाइ हिराको हार र चुम्बन
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters