[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "बुझ्न नसकिएको कारण।"

[Please view other pages to see the rest of the postings. Total posts: 94]
PAGE:   1 2 3 4 5 NEXT PAGE
[VIEWED 41294 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-11-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

(कथाको बिषयबस्तु, पात्र वा घटना कसैको जिबनसङ मेल खान गएमा त्यो संयोग मात्र हुनेछ।)


त्यो जाडोको बिदामा हामी सानुको मामाघर गएका थिंयौ। सानु मेरो काकाकी छोरी, सबैभन्दा सानी भएकीले उसलाइ हामी "सानु" भन्थ्यौं। उसको मामाघर निकै रमाइलो लाग्थ्यो हामीलाइ। त्यहाँ हामीहरुलाइ स्वतन्त्रताको आभाष हुन्थ्यो। हामीलाइ सानुको मामाले सधैं बाहिर घुमाउन लानु हुन्थ्यो। भने जति सबै अनुरोध पूरा गर्नु हुन्थ्यो। सानुको माइज्यु पनि असाध्यै माया गर्नु हुन्थ्यो हामीलाइ। उहाँको पनि दुइ छोरीहरु थिए, छुनु र मुनु, उनिहरु पनि हामीहरुलाइ त्यस्तै मन पराँउथे। सानुको हजुर आमाले चाहिँ मेरो भाइलाइ धेरै माया गर्नु हुन्थ्यो अरुलाइ भन्दा। त्यसैले भाइ झन खुशी हुन्थ्यो सानुको मामाघरमा। त्यहाँ हामीहरु आफुलाइ मन लागेको कुराहरु गर्न सक्थ्यौँ, फलफुलको रुखमा चडेर सक्दो खान सक्थ्यौं, नसकेको फाल्थ्यौं, कसैले हामीलाइ रोक्न सक्दैनथे। त्यो उमेरमा हामीलाइ खेल्नु र खानु सिबाय अरु कुराको मतलब हुन्थेन। तर हामी सामाजिक रीतिबारे प्रश्न गर्ने पनि भइसकेका थिंयौ। भाइलाइ बाहेक हामीहरुलाइ घरमा "छोरी भएर धेरै हाँस्नु हुँदैन" भन्ने कानुन मन पर्थेन। सानु र म कहिले कहिँ त्यही कुरामा सक्दो बिबाद गर्थ्यौँ अभिभाबकसङ। तर हाम्रो कुरा कसैले गम्भिरतापुर्बक बुझ्नु हुन्थेन, त्यो नियम परम्परा हामीहरुको बिद्रोहले परिबर्तन हुन्थेन। त्यसैले हामीमा पुरै बचपना  पनि थिएन, न त जिबनको गहिराइ बुझ्ने सामर्थ्य थियो। र पनि हामी रमाउथ्यौँ सानुको मामाघरमा। त्यहाँ हामी मन फुकाएर हाँस्थ्यौ सानुको मामा र माइज्यु सङ। हजुर आमाको अगाडी चाहि औपचारिकता धेरै गर्नु पर्थ्यो, हलुका हिड्थ्यौँ, सानो स्वरले कुरा गर्थ्यौं।


सानुको मामाघरमा हामी सुत्ने समय पनि आफ्नै हुन्थ्यो। घरमा जस्तो नौ बजे नैं खाटमा मन नलागी नलागी आँखा चिम्लेर सुतेको जस्तो नाटक गर्नु पर्थेन। एक रात हामीहरुमा फेरि नयाँ अनुभव गर्ने बिचार आयो, सानुको मामाघरमा सबै भन्दा अग्लो हलुवाबेदको रुख थियो। रुखै चडेर हलुवाबेद खानुको मज्जा अर्कै हुन्थ्यो। भाइ चड्थ्यो, अनि म, त्यसपछि सानु। राति रुख चड्नुको मज्जा अर्कै हुन्थ्यो, कसैले नदेख्ने र कसैलाइ भन्नु पनि नपर्ने। त्यस्तै ११-१२ बजेको हुँदो हो। रात चकमन्न अध्याँरो थियो। टाढा टाढा कतै कुकुरहरु रोएको सुनिन्थ्यो। हामी बिस्तारै तल आयौँ, चप्पल हातमा लिएर पदचापको आवाज सकेसम्म नआउने गरी बङैचामा पुग्यौं। हाम्रो मन डर र रोमान्चकताले भरिएको थियो। हलुवाबेदको रुखमा निस्फिक्री चड्ने र ओर्लिने बेलामा रुखको फेदमा हलुवाबेद दलि दिनु अर्को आनन्द थियो। ओर्लिनेको जिउभरी हलुवाबेद लाग्थ्यो, अनि मध्य रातमा चिसो पानीमा नुहाउनु पर्थ्यो।


बङैचामा पुग्नासाथै भाइ पहिले हलुवाबेदको रुख चड्यो, म भाइ माथि पुग्नासाथ चड्छु भन्ने पालो कुर्दै थिए, मेरो पछि सानु थि। तर भाइले माथि पुगे पछि हामी चड्ने ठाउ भरि हलुवाबेद दल्दै गयो। सानु र म तल बसेर भाइसङ झगडा गर्न थाल्यौँ। भाइले हलुवाबेदले हामीलाइ हान्न थाल्यो, हामी फेरि त्यही हलुवाबेद भाइ झर्ने बाटोभरि दल्दै थियौँ। अचानक "कुइँइीयssssssssss" बाहिरको ढोका खुलेको जस्तो आवाज सुनियो, हामीहरु सबै सतर्क भयौँ। भाइ रुखमै थियो। सानु र म ढोकातिर हेर्दै थ्यौँ। कसैले ढोका बिस्तारै खोल्यो, हामीलाइ आज पक्कै पनि हाम्रो बदमाशी पक्रिने भयो भन्ने डर लाग्यो। भाइ पनि रुखबाट बिस्तारै तल ओर्लिन थाल्यो। सडक बत्तिको मधुरो प्रकाशमा हामीले एउटा छाँया ठिङ उभिएको देख्यौँ हाम्रो ढोकामा। कुनै स्त्री शरीर बाहिर निस्किन लागेको थियो। पछाडीबाट हामी उस्को डाढमा फैलिएका छरप्रस्ट केशराशी मात्र देख्थ्यौं, रातो सारी कुर्कुच्चा छोप्ने गरी लगाएको जस्तो देखिन्थ्यो। त्यो छाँया एकछिन ढोकामा रोकियो। त्यसपछि हतार हतार ढोकाको दाँया गल्लीतिर मोडिदाँ हाम्रो मुटु ढुक ढुक गर्न थालिसकेको थियो। सानु मेरो हात समातेर काम्दै थी, भाइ रुखको फेदमा बसेर रुन थालेको थियो। हाम्रो पाइतालाहरु जमिनमा टाँसिएका थिए, हामी न घरभित्र जान सक्थ्यौँ, न त्यहाँ बाहिर बस्न सक्थ्यौँ। ढोका अझै आधा खुलेको थियो।


क्रमश:


 
Posted on 09-11-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो भूतै हो त - राती १२ बजे त भूतै होला


क्या इन्टेरेस्टिङ भइराछ ल छिटो छिटो अर्को भाग नि हालौ


 
Posted on 09-11-09 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली हरर को पालो आएछ है क्रेजी?


कथा सलल बहेको छ ! अर्को भाग पनि ढिलो नगरि बग्न दिम है !


 
Posted on 09-11-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुईsss! अनि अनि???
 
Posted on 09-11-09 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुला मान्छे राती के गर्छन् कसो गर्छन् कहाँ जान्छन भनेर चियो गर्न हुन्छ केट्केटी मान्छे ले ? धत्!


 


 
Posted on 09-11-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली कथा पनि परमात्मा कै जस्तो छ । प्रेतात्मा हुन कि परमात्मा छिटो पर्दा खोल्नु पर्‍यो।



कथाको प्राबिधिक पक्ष सदा झै उत्तम -अतिउत्तम छ नै।


 
Posted on 09-11-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँडै उम्रियो बै पढ्दा त, सिरिङ्गग भो बै। ल आत्मा-पर्मात्मा, बधाम बधाम, मज्जाले बधाम। धन्न उज्यालो हुँदै पढियो, कस्सो राती पढिया भे निन्द्रै नपर्नी रेछ। लोल
 
Posted on 09-21-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्ट


 
Posted on 09-21-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेस्ट
 
Posted on 09-21-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले लेख्या त केइ नि छैन रेछ

ल न क्रेजी, कथा होला यो पक्कै पनि, अघी बढाउम बढाउम

 
Posted on 09-21-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-21-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-


 


हामीसङ ढोका लाउन जाने हिम्मत थिएन, तिनै जनाको आँखाहरु ढोकाबाट पर हट्न सकेको थियो। यस्तो लाग्थ्यो, कोहि फर्केर आँउदैछ, हामी त्यहि छाँयाको प्रतिक्षामा छौं। फर्किदाँ अबश्य पनि त्यो छाँयाको अनुहार देखिनेछ, यस्तै बिचार आयो मेरो मनमा। अनायासै फुपुले सुनाएको भुतको कथा सम्झे। फुपुहरु सानोमा यस्तै मध्य रातमा बारीतिर जानु भएको थियो रे नित्य कर्मको लागि, त्यहिबेला एउटा अग्लो अग्लो, जमिनदेखि आकाशसम्म छोएको छाँयाले उहाँहरुलाइ लखेट्न लाग्यो रे। घर पुगेर ढोका लाउन लाग्दा फुपुले छायाँको अनुहार देख्नु भयो रे। तर त्यो छाँयाको अनुहार समतल रोटि जस्तो थियो रे। नाक, मुख, आँखा केहि थिएन रे। त्यो कथा सुनाँउदा फुपु अझै रुनु हुन्थ्यो। मलाइ पनि त्यहि अनुहारको झझल्को आयो। यदि अहिले ढोकामा त्यस्तै अनुहार भएको भुत आयो भने के गर्ने होला? भनेर सोच्दै थिए, भाइले मलाइ झस्काँउदै भन्यो, "ठुलु, मलाइ एक्दम् च्याप्यो।"


 


"लङ कि शर्ट?" मलाइ रिस उठ्यो जहिले पनि अप्ठ्यारो बेलामा च्याप्छ भाइलाइ। जहाँ सार्हो त्यहीँ गार्हो।


 


"लङ।" भाइले रुन्चे स्वरले भन्यो। आपद पर्यो। शर्ट भएको भए यतै एकातिर फर्की भन्न हुन्थ्यो। लङ भनेपछि त्यो भरेङ पछाडीको कालो अध्याँरो कुनामा जानु पर्छ। बत्ति तर भित्र मात्र, हामी बाहिर बस्नेलाइ अध्याँरो, भित्र मात्रै उज्यालो। मलाइ रुनु हाँस्नु भएको थियो। सानु पनि रातो अनुहार पारीरहेकी थिइ। भाइ र्याप गाउन लाको जस्तो गरी जिउ बङाइरहेको थियो, हात हल्लाइ रहेको थियो। जानै पर्यो अध्याँरो कुनातिर। भाइ भित्र पस्यो। सानु एकै ठाँउमा गुजुल्टो परेर बस्यौं। हरेक मिनेटमा भाइले भित्रबाट बोलाउथ्यो, हामीले त्यही छौ भन्ने सुचना दिनु पर्थ्यो। नत्र भाइ त्यतिकै सफा नगरिकन बाहिर आउला भन्ने डर।


 


भाइको समस्या समाधान भएपछि हामी फेरि बिस्तारै हाम्रो कोठातिर लाग्यौँ। भरेङ अन्धकार थियो, काठको खुड्किलो को बिचमा प्वाल थियो, त्यहीँबाट कसैले खुट्टा तान्ला भन्ने डर मनमा नभएको हैन, तर सबै भन्दा ठुली भएकीले नडराएको जस्तो देखाउनु पर्यो अन्तिममा आफै भरेङ चड्नु पर्यो। कोठामा पुगे पछि हामीले सबैभन्दा पहिले ढोका लगायौँ। एकछिनपछि बल्ल कुरा गर्ने साहस आयो। निद्रा पटक्कै आउने वाला थिएन। सानुले अघिको छाँयाको कुरा निकाल्न थाली। भाइ ध्यान दिएर उसको कुरा सुन्न थाल्यौँ, उसको मामाघरमा उसलाइ नैं सबै कुरा थाहा हुने भइ हाल्यो।


 


"यहाँ भुत छैन।" सानुले हामीलाइ बिस्वस्त पार्न खोजी।


 


"अघिको चाहिँ को नि?" भाइले प्वाक्क सोधी।


 


"बोक्सी होला।" सानुले सामान्य तवरमा भनी।


 


"बोक्सी!!" भाइ मेरो स्वर एकचोटि ठुलो भयो।


 


"अँ, बोक्सी नैं होला।" सानुले त्यतिबेला स्वर अलि सानो गरी।


 


"होला रे। कसरी थाहा पायौ तिमीले?" मैले सोधें।


 


"कसैलाइ नभन है ?" सानुले भाइलाइ मलाइ हेरी, अनि भनी, "कसम खाने भये मात्र भन्छु।"


 


भाइ मैले सानुले भने भनेको देउताको नाम लिएर कसम खायौँ। त्यसपछि उसले बिस्तारै कुरा शुरु गरी।


 


"एकदिन हजुरआमाको कोठामा खाटमुनि लुकिरहेकी थिए, मैले कोठामा कोहि पसेको आवाज सुने। तर त्यो आवाज केहि बेर कोठामा यता उता केहि खोजे झै गर्दैथियो।मलाइ हजुर आमा पनि मलाइ खोज्न सुटुक्क आउनु भएको जस्तो लाग्यो। मैले हजुर आमालाइ तर्साउछु अब भनेर खाटमुनिबाट हेर्दै थिएँ। जब त्यो आवाज खाटनजिक आयो मैले त्यस्को खुटा समाउने कोशिश गरे। तर मेरो हातमा उसको सारी मात्र आयो, भित्र बाट तान्दै थिए, बाहिरबाट तान्दै थिइ। केहिबेरको तानातानपछि त्यस्ले सारी छुटाइ चाहि खाटमुनि जोडले बजारिए। "हजुर आमा, हजुर आमा" भनेर रुन थाँले, त्यो छिटो छिटो बाहिर गएको मैले ढोकामा त्यो ठोक्किएको आवाज सुनें। केहि बेर पछि हजुर आमा आउनुभयो, त्यसपछि मामा माइज्यु पनि। मैले सबैलाइ रुँदै सबै घटना बताँए। त्यस्पछि मेरो सातो गयो, मलाइ गुभाजु कहाँ लानु भयो। गुभाजुले त्यो बोक्सी हो भनेर भन्नु भयो। त्यसपछि हामी सबैले गुभाजुले मन्तर फुकेको बुटि लायौँ। घरमा पनि पुजा गर्यौं। त्यसपछि कहिल्यै पनि बोक्सी आएन।"


क्रमश:


 


 


 
Posted on 09-21-09 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बोक्सी!!" भाइ मेरो स्वर एकचोटि ठुलो भयो।


 


"अँ, बोक्सी नैं होला।" सानुले त्यतिबेला स्वर अलि सानो गरी।


 


"होला रे। कसरी थाहा पायौ तिमीले?" मैले सोधें।


 


"कसैलाइ नभन है ?" सानुले भाइलाइ मलाइ हेरी, अनि भनी, "कसम खाने भये मात्र भन्छु।"


 


भाइ मैले सानुले भने भनेको देउताको नाम लिएर कसम खायौँ। त्यसपछि उसले बिस्तारै कुरा शुरु गरी।


 


"एकदिन हजुरआमाको कोठामा खाटमुनि लुकिरहेकी थिए, मैले कोठामा कोहि पसेको आवाज सुने। तर त्यो आवाज केहि बेर कोठामा यता उता केहि खोजे झै गर्दैथियो।मलाइ हजुर आमा पनि मलाइ खोज्न सुटुक्क आउनु भएको जस्तो लाग्यो। मैले हजुर आमालाइ तर्साउछु अब भनेर खाटमुनिबाट हेर्दै थिएँ। जब त्यो आवाज खाटनजिक आयो मैले त्यस्को खुटा समाउने कोशिश गरे। तर मेरो हातमा उसको सारी मात्र आयो, भित्र बाट तान्दै थिए, बाहिरबाट तान्दै थिइ। केहिबेरको तानातानपछि त्यस्ले सारी छुटाइ चाहि खाटमुनि जोडले बजारिए। "हजुर आमा, हजुर आमा" भनेर रुन थाँले, त्यो छिटो छिटो बाहिर गएको मैले ढोकामा त्यो ठोक्किएको आवाज सुनें। केहि बेर पछि हजुर आमा आउनुभयो, त्यसपछि मामा माइज्यु पनि। मैले सबैलाइ रुँदै सबै घटना बताँए। त्यस्पछि मेरो सातो गयो, मलाइ गुभाजु कहाँ लानु भयो। गुभाजुले त्यो बोक्सी हो भनेर भन्नु भयो। त्यसपछि हामी सबैले गुभाजुले मन्तर फुकेको बुटि लायौँ। घरमा पनि पुजा गर्यौं। त्यसपछि कहिल्यै पनि बोक्सी आएन।"


क्रमश:


 


 


 
Posted on 09-21-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Frens, I am sorry for being late to post this part. But, I was facing some problems while posting from last week.


Hope this will work from next time onward.


Thanks!


 
Posted on 09-24-09 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाग-३

त्यो रात हामी बोक्सिको कुरा गर्दै बस्यौँ, निद्रा लागेन। कतै फेरी अघिको स्त्री फर्किन्छे कि भन्ने आशामा हाम्रो कानहरु बाहिर ढोकामा पनि केन्द्रित थियो। भरेङमा केही आवाज आयो कि हामी तीनै जना एकै डल्लो पर्थयौँ। भाई घर जाने भनेर जिद्दी गर्दैथ्यो, रातको बेलामा कसरी घर जाने। भोली बिहानै जाउला भनेर म सम्झाउदै बसे। सानुलाई डर पनि थियो तर त्यो उसको आफ्नै मामाघर थियो। त्यसैले पनि उसले घर जाने कुरा गरिन। झिसमिसे हुँदा सानु निदाइ तर भाई निकै तातो र रातो देखियो। उ ज्वरोले "हँ" "हँ" गर्न थालयो। मैले माइज्युलाई गएर भने, माइज्युले मामालाई त्यसपछी मामाले हजुरआमालाई भन्नु भयो। भाई बिरामी भएको देखेर हजुरआमा धेरै चिन्तित हुनु भयो र तुरुन्तै "मन्दिर नजिकैको माँ" का देखाउन जानु पर्छ भन्न थाल्नु भयो। मामाले सिटामोल ल्यायो दिनु भयो तर हजुरआमाले यो औषधी खायो भने झन ज्वरो बिग्रिन्छ। काँचो बायोले छोएको हुनु पर्छ। पहिले "माँ" का भाईलाई लानु पर्छ भनेर जिद्धी गर्न थाल्नु भयो। भाई हिँड्न नसक्ने भएकोले भाईको निधारमा तीन चोटी चामल छुवाएर त्यही चामल बोकेर माइज्यू र म हजुरआमाले भनेकाइ माँ का गयौँ। माँको घर मामाघरबाट १० मिनेट पर थियो, एउटै टोलमा। दुई तले रातो घरको ढोकामा पुगेपछी माइज्युले ढोकाको घन्टी थिच्नु भयो र ढोका खोल्दै एउटा पुरुषले हामीलाई भित्र बोलायो। भित्र हामी भन्दा पहिले नैँ अरु ३ जना मान्छेहरु "माँ" लाई कुरेर बसेका थिए। मैले "माँ" लाई त्यो भन्दा अघी कहिल्यै पनि देखेकी थिन। तर हजुरआमा "माँ" को धेरै विश्वाश गर्नु हुन्थ्यो, बिरामी भयो कि माँ का गएर माँले मन्तर फुकेको पानी मात्रा खानु हुन्थ्यो, डाक्टरका जान मान्नु हुन्थेन। "माँ" को धेरै सत छ भन्नु हुन्थ्यो, माँको शरीरमा सोमबार र बिहीवार "बङलामुखी माता" चड्नु हुन्छ र माँले त्यो बेलामा सबै सत्य कुरा भन्नु हुन्छ भन्ने कुरा हजुरआमाले अरु सँग गरेको मैले पनि सुनेकी थिँए। त्यतिखेर मलाई के साँचो के झुठो भन्दा पनि कुराहरु सुनेर अचम्म लाग्थ्यो। म अबिश्वास पनि गर्न सक्दिन थिए, विश्वाश गर्नलाई पनि मनमा धेरै प्रश्नहरु आँउथे।

हामी जुना कोठामा बसेर माँको प्रतिक्षा गर्दै थियौँ, त्यहाँ केही चकटीहरु थिए। हामी बसेको सिधै भित्तामा एउटा ठुलो गद्दा जस्तो रातो आसन थियो। त्यो पक्कै पनि माँको बस्ने ठाँउ हुनु पर्छ जस्तो लाग्यो मलाई। त्यसको ठीक माथि बङलामुखी माताको तसवीर झुन्ड्याएको थियो।

आसनको दाँया बाँया भगवानहरुको फोटो थियो। त्यही फोटोहरु हेर्दाहेर्दै माँ कोठामा आउनु भयो। गोरो बर्णकी उज्याली "माँ" देख्दा साँच्ची नैं हजुरआमाले भनेको सबै कुरा सत्य हो जस्तो लाग्यो। सबैले टाउको निहुराएर दुई हात जोडेर नमस्ते गरे, मैले पनि त्यही सिको गरेँ। माँको बस्त्र पनि रातो थियो, अनुहारमा केही श्रीङार थिएन। उहाँको अनुहार नैं धपक्क बलेको ज्योति जस्तो थियो। उहाँ आसनमा बस्दै आँखा बन्द गर्नु भयो र त्यसबेला अघि ढोका खोल्ने पुरुष आएर माँलाई नमस्ते गर्यो। मैले माइज्युलाइ बिस्तारै सोधेँ "त्यो मान्छे को हो?" माइज्युले मलाई सानो स्वरमा भन्नु भयो "माँको लोग्ने।" र आँखाको ईशाराले चुप रहन भन्नु भयो।

एकछिनपछी माँ काम्न थाल्नु भयो, माँ को लोग्नेले "बङलामुखी माता" भन्दै फेरी परैबाट माँलाई ढोग्नु भयो, सबैले त्यसै गरे, मैले गरिन तर माइज्युले फेरी ईशाराले मलाई "ढोग्न" लगाउनु भयो। म त्यती सानी थिइन र त्यती ठुली पनि भैसकेकी थिइन। मलाई लोग्ने र श्वासनीको सम्बन्ध "माँ" र भक्तको पनि हुन्छ भन्ने कुरा थाहा थिएन। मेरो प्रश्नबाचक मष्तिस्कमा के यो माँ को लोग्नेले सधैं आफ्नो श्वासनीलाई माता नैं भनेर आदर गर्ला कि लोग्नेले गर्ने माया पनि गर्ला? त्यसो गर्यो यसलाई पाप लाग्ला कि नलाग्ला भन्ने कुरा आइरह्यो। "माँ" कामिसक्नु भएपछी अगाडी बस्ने मान्छेले दुई हात जोड्दै "यो काम सफल होला कि नहोला भनेर सोध्यो। के, कस्तो काम भनेर मैले बुझिन तर "माँ" आधा आँखा खोलेर "हुन्छ, तर केही समय लाग्छ भन्नु भयो। त्यसपछी त्यो मान्छेले मलाई सय सयको २-३ वटा रुपियाँ चढायो र फेरी ढोग्यो। माँले अर्को हप्ता पनि आउनु, त्यसपछी राम्रो साइत कहिले छ म हेर्छु र भन्छु भन्नु भयो। त्यो मान्छे ,"हस, माता" भन्दै ढाढ कुप्र्याएर नमस्ते गर्दै फर्क्यो। त्यसपछी अरुले पनि त्यस्तै के के सोधे, मलाई उनिहरुको प्रश्न भन्दा पनि आज्ञाकारी सेवक जस्तो गरेर माताको दाहिने बसेको उहाँकै लोग्नेलाई हेरी रहन मन लाग्यो। के यो साँचो हो? वा नाटक मात्रै हो? भन्ने प्रश्न पनि मनमा आयो।

हाम्रो पालो आयो, माइजुले भाई अचानक बिरामी भएको कुरा बताउनु भयो र भाईको निधारमा छुवाएर ल्याएको चामल अगाडी राखिदिनु भयो। माँले चामलको गेडा केलाउनु भयो र हजुरआमाले जस्तै काँचो बायुले छोएको भन्नु भयो। अनी एउटा धागोमा एकछिन आँखा बन्द गरेर मन्तर फुक्नु फुक्नु भयो। नजिकैको कलशमा राखिएको जल छर्किनु भयो, अनी घाम अस्ताएपछी चामल, दाल, कुनी के के हो मन्छाएर दोबाटोमा फाल्नु भन्नु भयो। माइज्युले "हुन्छ" भन्नु भयो। माँले अघि मन्तर फुकेको काँचो धागो पनि माइजुलाई दिनु भयो। भाईको कम्मरमा बाँधिदिनु भन्नु भयो। माइज्युले टाउको निहुराएर "हस" भन्नु भयो। त्यसपछी माइज्युले सय रुपियाँ चढाउनु भयो। हामी माँलाई नमस्ते गरेर फर्किने बेला माँले फेरी माइज्युलाइ सोध्नु भयो।

"अस्तिको बुटीले काम गर्यो कि गरेन?"

माइज्युले मलाई हेर्नु भयो अनी माँतिर फर्केर भन्नु भयो।

"आजकाल अली मन फर्क्या जस्तो छ।" मैले माँ र माइजुको कुरा बुझ्न सकिन।

"रातिको पूजा नछोड्नु।" माँले उही लट्ठ आँखाले हेर्दै भन्नु भयो।

"हस" माइज्युले टाउको हल्लाउनु भयो।

"राती के को पूजा माइज्यु?" मैले माँ को घरबाट निस्केपछी माइज्युलाई सोधें।

"चन्द्रमाको।" माइज्युले त्यो भन्दा बढी भन्नु भएन।

क्रमश:
 
Posted on 09-24-09 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग- 4,5,5,6,7,8,9,10 n so on  please! 
 
Posted on 09-25-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ बिजया दशमी २०६६ को उपलक्ष्यमा सुस्वास्थ्य, दिर्घायु
र सम्मुनतीको हार्दिक मंगलमय
शुभ कामना


 
Posted on 10-04-09 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी माँलाई नमस्ते गरेर फर्किने बेला माँले फेरी माइज्युलाइ सोध्नु भयो।

"अस्तिको बुटीले काम गर्यो कि गरेन?"

माइज्युले मलाई हेर्नु भयो अनी माँतिर फर्केर भन्नु भयो।

"आजकाल अली मन फर्क्या जस्तो छ।" मैले माँ र माइजुको कुरा बुझ्न सकिन।

"रातिको पूजा नछोड्नु।" माँले उही लट्ठ आँखाले हेर्दै भन्नु भयो।

"हस" माइज्युले टाउको हल्लाउनु भयो।

"राती के को पूजा माइज्यु?" मैले माँ को घरबाट निस्केपछी माइज्युलाई सोधें।

"चन्द्रमाको।" माइज्युले त्यो भन्दा बढी भन्नु भएन।


भाग-४


मामाघर पुग्दा बुबा भाइलाइ लिन आइसक्नु भएको थियो। सानुले रातिको कुरा सबैलाइ बताइसकेकी रहिछ, हलुवाबेद चोर्न गएको बाहेक। हजुर आमा अब घरमा रुद्रि लाउनु पर्‍यो भनेर पुरोहितलाइ खोज्न थाल्नु भयो। मामा पुरोहित खोज्न निस्कनु भयो। बुबाले मलाइ पनि "घर हिँड" भन्दै हुनु हुन्थ्यो, तर सानुले रोएर मलाइ चाहि घर पठाउन दिइन। माइज्युले छुनु र मुनु पनि उनिहरुको मामाघर गएका छन्, घर शुन्य छ, सानु र मलाइ स्कुल शुरु नभएसम्म मामाघरमै बस्न दिनको लागि बुबासङ अनुरोध गर्नु भयो। माइज्युले भाइलाइ "माँ" ले मन्तर फुकेको काँचो धागो भाइको कम्मरमा बाँधिदिनु भयो। त्यसपछि बुबाले भाइलाइ लिएर घर जानु भयो।


दिँउसो मामाले एकजना  "पुरोहित" लाइ ल्याउनु भयो। पुरोहित बाजे र हजुरआमाको सल्लाह बमोजिम २-३ दिनमै रुद्रि लगाइने भयो। त्यतिन्जेल सानु र मलाइ राति बाहिर ननिस्किनु भन्ने आदेश पालना गर्नु पर्ने भयो। सानु र म धेरै बोक्सीको रहस्यबारे कुरा गर्न थाल्यौँ। हाम्रो मनमा एकप्रकारको डरले बास गर्‍यो। दिँउसै पनि हामी तल माथि जता गएपनि नछुट्टिने भयौँ। हाम्रो मनमा अनेक प्रश्नहरु उब्जिन थाले। सानु र मेरो गम्भिर अनुहार देखेर मामाले हामीलाइ साँझ फेरि बजारतिर लानु भन्यो। हामीले एक छिनलाइ हिजो रातिको घटना बिर्स्यौँ, बोक्सीको कथा पनि बिर्स्यौं


तर मामाघर आइपुगे पछि फेरि बिस्तारै बिस्तारै सबै कुराले हामीलाइ ब्युँझाए जस्तो भयो। माइज्युले भात पाकेपछि बुइगलमा खान बोलाउनु भयो। हजुरआमा, मामा, सानु र म लस्करै काठको पिर्कामा लाइन बसेर खाँदै थियौँ। अचानक बुइगलको कुनाबाट लुसुक्क केहि कालो बस्तु चलेको जस्तो देख्यौँ। मामाले त्यो अध्याँरो कुनामा हेर्‍दा त्यस्तै भ्रम हुन्छ भन्नु भयो। तर हजुर आमाको मुखमा तनाब देखिन थाल्यो। नभन्दै एकछिनपछि "म्याँउ" "म्याँउ" गर्दै कालो बिरालो त्यही कुनाबाट हामी सबैलाइ हेर्न थाल्यो। त्यसको आँखा अध्याँरोमा पनि टलक्क टल्किएको देखिन्थ्यो।


"कालो बिरालो!" मामा हाँस्नु भयो।


"बोक्सीको छौँडा हो यो त!" हजुरआमाले दालको कचौराले बिरालोलाइ झटारो हान्नु भयो। बिरालो भाग्यो, कचौरा कतै कुनामा हरायो। सानु र म एक अर्कालाइ हेर्दै बस्यौँ। माइज्युले हजुर आमाको लागि अर्को कचौरामा दाल राखिदिनु भयो।


"बोक्सीले पीर्ने भयो हामीलाइ यसपालि फेरि।" हजुरआमा चिन्तित हुँदै भात मुछ्न थाल्नु भयो।


"त्यसलाइ भोक लागेर आएको होला, बिचरा!" माइज्युले बिरालोप्रति सहानुभुति देखाउनु भयो।


"खाना दिने गर्या छौ कि के हो? नदेउ, है नदेउ। त्यो बोक्सीको छौँडा हो। मैले भन्द्या छु।" हजुरआमालाइ माइज्युको त्यो सहानुभुति मन परेन। उहाँ खाना बिचैमा छोडेर मुख चुठ्न जानु भयो। भान्छाको बाताबरण अलि बेग्लै भयो।


"आमाको अगाडी किन त्यसो भन्नु परेको तिमीलाइ चाहि?" मामाले माइजुलाइ गाली गर्नु भयो। माइजु नबोली चुपचाप बस्नु भयो।


खाना खाइ सकेर हामी आफ्नै कोठामा आयौँ। हाम्रो आँखामा हिजो रातिको स्त्री आक्रिति र बुइगलको कालो बिरालो झन झन छर्लङ हुन  थाल्यो। तैपनि हामी अरु बिषय हरु  खोज्दै कुरा शुरु गर्न थाल्यौँ। सानुले फेरि अघिकै कुरा झिकि।


"ठुलु, सुन न। तिमीलाइ माइजु मन पर्छ?"


"मन पर्छ। तिमीलाइ नि?" मैले सानुलाइ सोधेँ।


"कहिले मन पर्छ, कहिले मन पर्दैन।" सानुले सोच्दै भनी।


"कहिले मन पर्दैन त?" मैले फेरि सोधेँ।


"अघि हजुर आमालाइ रिस उठाउनु भयो नि माइजुले। त्यस्तो भन्न नहुने नि हैन?" सानुले पनि हजुर आमाको पक्ष लिइ।


"खोइ?" मैले कसैको पक्ष लिनु ठिक थिएन, तर मलाइ माइजुको माया लागेको थ्यो। सबैले उहाँको कुरा मन नपराए पनि, माइज्युले भन्नु भएको कुरा मलाइ गलत लागेको थिएन। त्यो कालो बिरालो भोक लागेर आएको हुन सक्थ्यो। बोक्सीकै बिरालो भए पनि भोक त त्यसलाइ पनि लाग्दो हो। यस्तै के के सोच्दै म सानु निदाएको धेरै बेरपछि भुसुक्कै भएछु।


अर्को बिहान हजुरआमा घाम तापेर बस्नु भएको थियो। सानु र म भर्खरै उठेर माइज्युले दिनु भएको चिया पिँउदै थियौँ। मामा पनि आँखा मिच्दै कौसीमा आउनुभयो। मामालाइ देख्नासाथै हजुरआमाले सोध्नु भयो।


"बिहानै कुन देउताथान गइस् आज?"


"भर्खर त ओछ्यानबाट उठेर आँउदैछु मुख त धोको छैन। यो आमा पनि के कुरा गर्नु हुन्छ बिहान बिहानै?" मामाले अलि अलि झर्को लागेको स्वरमा भन्नु भयो।


"तेरो कपालमा अबीर जस्तो त्यो के रातो त? यता आइज त। कि रगत आयो?" हजुरआमाले नजिकै बोलाउनु भयो मामालाइ। मामा को कपालमा अलि अलि अबीर सानु र मैले पनि देख्यौँ।


"लौ, तिमीहरुको आँखा तिखो हुन्छ। के छ भन त यसको कपालमा?" हजुरआमाले हामीलाइ सोध्नु भयो।


"यो मामा सधैँ झुठ बोल्नु हुन्छ। बिहानै मन्दिर गएर देउता ढोग्नु भाको होला अनि अबीर लागेको छ नि कपालमा।" सानुले हाँस्दै भनी।


"अबीर रे?" मामाले हातले टाउकोतिर छाम्दै फेरि हात हेर्नु भयो। हातमा पनि अबीर अलि अलि लाग्यो। मामा केहि बोल्नु भएन।


"अस्ति बिहान पनि यस्तै भएको थियो। तर मैले अघिल्लो दिन कतै देउताथान ढोग्दा लागेको होला भन्ठाने। तर हिजो त म कुनै मन्दिर गएको थिइन। साँझमा नुहाएको थिँए। कताबाट आयो यो अबीर?" मामा सोच्न थाल्नु भयो।


"बोक्सीले दुख दिने भइ।" भन्दै हजुरआमा उठ्नु भयो। भित्र जानु भयो र भित्र बाट जल ल्याएर "लौ माता रक्षा गर" भन्दै छर्किनु भयो, मामालाइ, सानुलाइ र मलाइ।


क्रमश:


 


 
Posted on 10-04-09 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-05-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE:   1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters