[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "बुझ्न नसकिएको कारण।"

[Please view other pages to see the rest of the postings. Total posts: 94]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 40973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 09-11-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

(कथाको बिषयबस्तु, पात्र वा घटना कसैको जिबनसङ मेल खान गएमा त्यो संयोग मात्र हुनेछ।)


त्यो जाडोको बिदामा हामी सानुको मामाघर गएका थिंयौ। सानु मेरो काकाकी छोरी, सबैभन्दा सानी भएकीले उसलाइ हामी "सानु" भन्थ्यौं। उसको मामाघर निकै रमाइलो लाग्थ्यो हामीलाइ। त्यहाँ हामीहरुलाइ स्वतन्त्रताको आभाष हुन्थ्यो। हामीलाइ सानुको मामाले सधैं बाहिर घुमाउन लानु हुन्थ्यो। भने जति सबै अनुरोध पूरा गर्नु हुन्थ्यो। सानुको माइज्यु पनि असाध्यै माया गर्नु हुन्थ्यो हामीलाइ। उहाँको पनि दुइ छोरीहरु थिए, छुनु र मुनु, उनिहरु पनि हामीहरुलाइ त्यस्तै मन पराँउथे। सानुको हजुर आमाले चाहिँ मेरो भाइलाइ धेरै माया गर्नु हुन्थ्यो अरुलाइ भन्दा। त्यसैले भाइ झन खुशी हुन्थ्यो सानुको मामाघरमा। त्यहाँ हामीहरु आफुलाइ मन लागेको कुराहरु गर्न सक्थ्यौँ, फलफुलको रुखमा चडेर सक्दो खान सक्थ्यौं, नसकेको फाल्थ्यौं, कसैले हामीलाइ रोक्न सक्दैनथे। त्यो उमेरमा हामीलाइ खेल्नु र खानु सिबाय अरु कुराको मतलब हुन्थेन। तर हामी सामाजिक रीतिबारे प्रश्न गर्ने पनि भइसकेका थिंयौ। भाइलाइ बाहेक हामीहरुलाइ घरमा "छोरी भएर धेरै हाँस्नु हुँदैन" भन्ने कानुन मन पर्थेन। सानु र म कहिले कहिँ त्यही कुरामा सक्दो बिबाद गर्थ्यौँ अभिभाबकसङ। तर हाम्रो कुरा कसैले गम्भिरतापुर्बक बुझ्नु हुन्थेन, त्यो नियम परम्परा हामीहरुको बिद्रोहले परिबर्तन हुन्थेन। त्यसैले हामीमा पुरै बचपना  पनि थिएन, न त जिबनको गहिराइ बुझ्ने सामर्थ्य थियो। र पनि हामी रमाउथ्यौँ सानुको मामाघरमा। त्यहाँ हामी मन फुकाएर हाँस्थ्यौ सानुको मामा र माइज्यु सङ। हजुर आमाको अगाडी चाहि औपचारिकता धेरै गर्नु पर्थ्यो, हलुका हिड्थ्यौँ, सानो स्वरले कुरा गर्थ्यौं।


सानुको मामाघरमा हामी सुत्ने समय पनि आफ्नै हुन्थ्यो। घरमा जस्तो नौ बजे नैं खाटमा मन नलागी नलागी आँखा चिम्लेर सुतेको जस्तो नाटक गर्नु पर्थेन। एक रात हामीहरुमा फेरि नयाँ अनुभव गर्ने बिचार आयो, सानुको मामाघरमा सबै भन्दा अग्लो हलुवाबेदको रुख थियो। रुखै चडेर हलुवाबेद खानुको मज्जा अर्कै हुन्थ्यो। भाइ चड्थ्यो, अनि म, त्यसपछि सानु। राति रुख चड्नुको मज्जा अर्कै हुन्थ्यो, कसैले नदेख्ने र कसैलाइ भन्नु पनि नपर्ने। त्यस्तै ११-१२ बजेको हुँदो हो। रात चकमन्न अध्याँरो थियो। टाढा टाढा कतै कुकुरहरु रोएको सुनिन्थ्यो। हामी बिस्तारै तल आयौँ, चप्पल हातमा लिएर पदचापको आवाज सकेसम्म नआउने गरी बङैचामा पुग्यौं। हाम्रो मन डर र रोमान्चकताले भरिएको थियो। हलुवाबेदको रुखमा निस्फिक्री चड्ने र ओर्लिने बेलामा रुखको फेदमा हलुवाबेद दलि दिनु अर्को आनन्द थियो। ओर्लिनेको जिउभरी हलुवाबेद लाग्थ्यो, अनि मध्य रातमा चिसो पानीमा नुहाउनु पर्थ्यो।


बङैचामा पुग्नासाथै भाइ पहिले हलुवाबेदको रुख चड्यो, म भाइ माथि पुग्नासाथ चड्छु भन्ने पालो कुर्दै थिए, मेरो पछि सानु थि। तर भाइले माथि पुगे पछि हामी चड्ने ठाउ भरि हलुवाबेद दल्दै गयो। सानु र म तल बसेर भाइसङ झगडा गर्न थाल्यौँ। भाइले हलुवाबेदले हामीलाइ हान्न थाल्यो, हामी फेरि त्यही हलुवाबेद भाइ झर्ने बाटोभरि दल्दै थियौँ। अचानक "कुइँइीयssssssssss" बाहिरको ढोका खुलेको जस्तो आवाज सुनियो, हामीहरु सबै सतर्क भयौँ। भाइ रुखमै थियो। सानु र म ढोकातिर हेर्दै थ्यौँ। कसैले ढोका बिस्तारै खोल्यो, हामीलाइ आज पक्कै पनि हाम्रो बदमाशी पक्रिने भयो भन्ने डर लाग्यो। भाइ पनि रुखबाट बिस्तारै तल ओर्लिन थाल्यो। सडक बत्तिको मधुरो प्रकाशमा हामीले एउटा छाँया ठिङ उभिएको देख्यौँ हाम्रो ढोकामा। कुनै स्त्री शरीर बाहिर निस्किन लागेको थियो। पछाडीबाट हामी उस्को डाढमा फैलिएका छरप्रस्ट केशराशी मात्र देख्थ्यौं, रातो सारी कुर्कुच्चा छोप्ने गरी लगाएको जस्तो देखिन्थ्यो। त्यो छाँया एकछिन ढोकामा रोकियो। त्यसपछि हतार हतार ढोकाको दाँया गल्लीतिर मोडिदाँ हाम्रो मुटु ढुक ढुक गर्न थालिसकेको थियो। सानु मेरो हात समातेर काम्दै थी, भाइ रुखको फेदमा बसेर रुन थालेको थियो। हाम्रो पाइतालाहरु जमिनमा टाँसिएका थिए, हामी न घरभित्र जान सक्थ्यौँ, न त्यहाँ बाहिर बस्न सक्थ्यौँ। ढोका अझै आधा खुलेको थियो।


क्रमश:


 
Posted on 10-23-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्रेजी ले हाराँ ख्वों लाई अर्कै बुझे छ, मर्कै परेछ । तारेमाम।



कथा पढ्दै छम।


अकबरी सुनलाई कसी लगाउनु पर्दैन। मैले केही भनिरहनु पर्दैन । मखुला ???


 
Posted on 10-23-09 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अकबरी सुनलाई कसी लगाउनु पर्दैन। मैले केही भनिरहनु पर्दैन । मखुला ???


मैले लेख्न लागेको चिज ठुल्दाइ ले एक घण्टा अगाडि नै चोरेर लेखिसक्या रेछ


के गर्‍या ठुल्दाइ - एस्तो नि हो धत्


 
Posted on 10-23-09 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ कथा , अर्को भागको क्रेजी पर्खाइमा ।
 
Posted on 10-23-09 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो क्रेजी को भाग नौ पनि पदियो, एक्दम मज्जा आयो ल

क्रेजी क्या हसौने के तिम्ले। मलाई त त्यो   ट्वाँ     भन्ने को होला जस्तो लाग्यो कस्तो राइछ  हगी त्यो ट्वाँ   त सबै लाई त्यस्तो लेटर लेख्ने?


 
Posted on 10-25-09 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१०


त्यो दिन सिनेमा हलमा सानुको मामालाइ त्यसरी अरु कोहि महिलाको हात समातेर फिलिम हेर्न गएको देखेपछि फेरि मेरो मनमा थरि थरि कुराहरु खेल्न थाले। मामाले माइजुलाइ माया गर्नु हुन्न कि जस्तो लाग्यो। छुनु र मुनुलाइ त्यस्तो माया गर्ने मान्छेले माइजुलाइ चाहि किन माया नगरेको होला जस्तो भन्ने पनि लाग्यो। तर घरमा त मैले कहिले पनि मामा र माइजुको झगडा भएको देखेकी थिइन। माइजु पनि राम्री हुनु हुन्थ्यो, मामा र माइजुको जोडी सुहाँउथ्यो। दुबैजनाको कुराहरु मिल्थ्यो जस्तो लाग्थ्यो। मनमुटाब त कहिले नि भएको जस्तो लाग्दैनथ्यो। अब मैले मात्र सबै कुरा कसरी थाहा पाउनु होला जस्तो नि लाग्थ्यो? मैले सानुको मामालाइ देखेको कुरा घरमा कसैलाइ बताइन, सानुलाइ पनि भनिन। कसरी देख्यौ भन्दा त्यसको जवाफमा मेरो करतुत पनि खुल्ने डर थियो। त्यसैले मैले बुझ्न नसकिएका कारणहरुलाइ प्रश्न चिन्ह राखेर सधैं जस्तो सानुलाइ "मामाघर कहिले जाने?" भनेर सोँध्थे। उ अब बिदाभएपछि भन्थी। मलाइ फेरि सानुको मामाघर जान मन लागेको थियो। माइजुको हालखबर बुझ्न मन लागेको थियो। तर स्कुल खोलेदेखि हामीलाइ मामाघर जाने फुर्सद नैं मिलेन।


एक दिन स्कुल जाँदा बाटोमा मेरो पछि पछि कोहि आइरहेको थियो। मैले पछाडी फर्केर हेरिन। तर बाटोभरि नै मेरै पछि कोहि छ भनेर चाहि आभाष भैरहेको थियो। त्यो दिन म एक्लै थिँए, भाइ र सानुबिहानै गैसकेका थिए। स्कुल पुग्ने मोडमा पुगेपछि पछाडीबाट कसैले बोलायो।


"क्रेजी।" कस्तो माइक जस्तो ठुलो स्वर। म झस्केँ र पछाडी हेरेँ। ट्वाँ पो रैछ। मेरो सातोपुत्लो उड्यो। लौ नानी अब यो मोरो ट्वाँले मलाइ पनि चम्पा र रुबिलाइ जस्तो लेटर दिने हो कि भन्ने डर लाग्यो।


"के?" मैले रुखो स्वरमा सोधेँ।


"छ नि, तिमी कस्तो सिरियस छौ?" ट्वाँले कोदालो खन्ने जस्तो दाँत ङिच्चाएर भन्यो। यस्तो देखेर पनि रुबि किन भुतुक्क भएकी होली, मैले मनमनै सोचे।


"मलाइ तिम्रो बकम्फुसे कुरा सुन्ने फुर्सद छैन।" भन्दै अगाडी बढेँ।


"सुन न, प्लिज।" रुन्चे स्वरले ट्वाँ मेरो अघि अघि आइपुग्यो।


"मेरो पछि नलाग है। मैले भन्द्या छु।" भन्दै म अघि बढ्न थालेँ।


"चम्पालाइ मैले सरी भनेको छु, भन्देउ है।" ट्वाँले नरम भएर भन्यो।


"म सक्दिन। तिमी आफै गएर भन।" मैले ट्वाँलाइ हेर्दै नहेरी भनेँ। अब मलाइ ट्वाँ मेरो पछि हैन, चम्पाको लागि सन्देश दिन आएको रैछ भन्ने पक्का बिस्वाश भयो।


"छ नि है? त्यो सुमि छ नि कस्ति क्युट छे है। तिम्रो साथी है।" ट्वाँको त फेरि सुमिपट्टि पो रैछ दाउ। यो कहिले तरह लाग्ने भएन।


"सुमि क्युट छे, उसको दाइ झन क्युट छ। तिम्रो त्यो कोदालो खन्ने दाँत सबै झारेपछि तिमी पनि क्युट हुन्छौ।" मैले एकै स्वाशमा भने।


"हँ ? के भन्या तिमीले? म छ नि त्यस्तो छिटो छिटो बोलेको बुझ्दिन क्या। फेरि भन त।" ट्वाँले कनि कनि अड्कि अड्कि बोल्यो। फेरि एकचोटि मलाइ रुबि प्रति दया लाग्यो।


"हेर तिमी जो केटीलाइ पनि चिट्ठी लेख्दै किन हिँड्छौ। एकजना पो मन पराउनु पर्छ त, उसैलाइ दिए पुगिहाल्यो नि। तिमी त हाम्रो कक्षाभरि सबैलाइ त्यै "पानी बिना माछा बाँच्न सक्दैन, तिमी बिना म बाँच्न सक्दिन" भनेर लेख्दै दिदोँ रैछौ। तिमीलाइ अलिकति लाज लाग्दैन?" मैले ट्वाँलाइ केहि महसुस हुन्छ कि भन्ने हिसाबले सोधेँ।


"के गर्ने त?" ट्वाँले कपाल कन्याउदैँ भन्यो।


"के रे? के गर्ने त रे।" मलाइ झन रिस उठ्यो।


"एउटा कुरा भन्छु, तिमी कसैलाइ नभन है त।" ट्वाँले अनुनय पूर्ण भावले मलाइ हेर्‍यो।


"भन्न नमिल्ने रैछ भने भन्दिन।" मैले उसलाइ भने।


"छ नि। मलाइ पहिलो चिट्ठि दिए पछि दोस्रो कसरी लेख्ने भनेर आँउदैन। अनि फेरि त्यहि पहिलो चिट्ठि फेरि लेखेर नै अर्को केटिलाइ दिन्छु क्या। क्या प्रोब्लम भन्या ?" ट्वाँ फेरि कोदालो जस्तो पहेँलो  दाँत देखाएर हाँस्न थाल्यो।

म ट्वाँको कुरा सुनेर ट्वाँssssssssssss भएँ।


क्रमश:


 


 

Last edited: 25-Oct-09 08:13 PM

 
Posted on 10-25-09 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ट्वाँलाई त क्रेजी जस्तै गफ गर्न नआउने राइछ, क्रेजिले नै सिकाइ दिनु पर्ला जस्तो छ। ज्ञानी छ जस्तो छ ट्वाँ, झुठो पनि बोलेन, क्या सिधै भन्दिएछ है! लोल लोल

अर्को भागको प्रतिक्षामा

 
Posted on 10-25-09 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

           यो क्रेजी ले नि  कैले तर्साएर मार्ने, कैले हसाएर,


<<<"सुमि क्युट छे, उसको दाइ झन क्युट छ। तिम्रो त्यो कोदालो खन्ने दाँत सबै झारेपछि तिमी पनि क्युट हुन्छौ।" मैले एकै स्वाशमा भने।>>>

जे होस्  ट्वाँ   ले चै साह्रै हसायो ल,    धन्न त्यो ट्वाँ  ले तिम्लाई पनि   तेइ   लेटर   देन   नत्र.........

ल ल अब भाग ११ नि छिटो थप् है


 
Posted on 10-25-09 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<जे होस्  ट्वाँ   ले चै साह्रै हसायो ल,    धन्न त्यो ट्वाँ  ले तिम्लाई पनि   तेइ   लेटर   देन   नत्र.........>>>

द्या भे त्यो ट्वाँको खैर हुन्थेन होला, क्रेजिले तबला बजाइ दिन्थ्यो होला नि है! क्रेजी से पँगा?

 
Posted on 10-25-09 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Connection Failure
 
Posted on 10-25-09 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होला! होला!!
 
Posted on 10-25-09 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ड पो
Last edited: 25-Oct-09 11:35 PM

 
Posted on 10-26-09 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्वाँ त खतरा नै मान्छे रैछ बाबै


एउटै ग्रुप को केटी हरु लाई एकै प्रकार को लोप लेटर दिनु भनेको हिम्मत को कुरा होइन र


ब्राभो ट्वाँ ब्राभो


लास्टँ मा बाँकी रह्यो क्रेजी - अर्को एउटा लेटर पनि लेख्छ होला ट्वाँ ले क्रेजी को लागि


क्या रिस उठिरा होला क्रेजी लाई उसको सबै साथी हरु लाई चाँही लोप लेटर पठाउने तर क्रेजी लाई चाँही नपठाउने


पठाए हुन्छ नि जस्तो लागिरा होला क्रेजी लाई -


आएगा क्रेजी तिम्रा दिन भि आएगा - ट्वाँ तिमीलाई पनि एउटा लोप लेटर लेखेर दिएगा


 
Posted on 10-26-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे नि आजकाल निकै नेवारी जान्ने भएछ। लहरेले तालिम प्रसस्त दिएको जस्तो छ।


ठुल्दाइ, त्यो "हाराँ ख्वो" भन्या के हो प्रष्ट पारिदिनु पार्यो, हैन भने हामी चर्को आन्दोलन गर्दैछौँ। अकबरी सुन भन्या २२ कि २४ क्यारेट सुन दाइ। १४ क्यारेट नि राम्रो हुन्छ सुन त।


लहरे ले त ठुल्दाइको समेत चोरेर लेख्न भ्याएछ। ट्वाँको सपोर्ट गर्ने लहरे पनि ट्वाँ भन्दा कम छैन जस्तो छ। एट्लिस्ट एउटै ग्रुपको केटिहरुलाइ सेम लेटर लेख्नु हुदैंन भनेर त था रैछ।


हर्के ह्यानसम नि पर्खाइमा बस्नु भएकोमा धन्यबाद छ।!


केलि चा!


ट्वाँले तिमीलाइ पनि लेटर पठाको छ रे हो? नढाँटिकन भन त त्यसमा के लेखेको छ? म कसैलाइ भन्दिन क्या।

Last edited: 26-Oct-09 03:11 PM

 
Posted on 10-26-09 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

का: स्वो:! कथा आयो भनेर कुद्दै कुद्दै हेर्न आ त, रिप्लाई पो दिन आ रेछ, त्यो पनि यो भाग भन्दा पैलेको रिप्लाई पो रेछ, टुट्!!! यो क्रेजीचा पनि वास्या वास्या कुमारी रेछ, कुरो बुझियो अब। शोर्त कटमा भन्न पर्दा, वास्याँङ्री परिछिन् 
 
Posted on 10-26-09 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो क्रेजीचा पनि वास्या वास्या कुमारी रेछ,


लोल लोल महा लोल



 
Posted on 10-26-09 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै चोटिमा सबै भाग पडियो। कथा संगै सगै बच्चाको कुराहरु पनि याद अयो। सानोमा भरङमुनी बाट कसैले खुट्टा तान्ला कि  भन्ने डरले  बेलुकी भयो माथितल्लमा नजाने र गयो भने पनि साथमा कोही जानु पर्ने कुरा याद अयो। अनी ओछायान मुनीबाट कसैले तान्ला कि भन्ने खुब डर लाग्थ्यो।  Story is very interesting. Its scary, funny and exciting.  खुब हसियो पनि। "खेत तिम्रो त्यो कोदालो खन्ने दाँत सबै झारेपछि तिमी पनि क्युट हुन्छौ। "    dialog त खतरा छ। Waiting for next part........
 
Posted on 10-27-09 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The story is exceptional. On top of that, these guys really write good comments and crazy's replies make it more interesting. Good job crazy!!! I wish I could write in Nepali like others but my Unicode converter doesn't seem to work. Pardon me for that. 
 
Posted on 10-28-09 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे र लहरेलाइ पनि ट्वाँसङै एउटै लाइनमा राखेर क्युट बनाउने उपाय सोच्नु पर्ला जस्तो छ। ल को पहिला जाने हो सुमि को दाइ कहाँ?


NitiSa,


मैले त तिमीलै पनि ट्वाँले चिट्ठि पठाको छ भन्या सुन्या छु। के यो साँचो हो?


santosh1984


प्रशंसाको लागि धन्यबाद! सक्रिय पाठक हुनु भएकोमा बधाइ पनि।


 
Posted on 11-01-09 4:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-११


ट्वाँको कुरा सुनेर  उ प्रति सहानुभुति जाग्यो र दया लाग्यो। कठै लेख्न त खोज्दो हो तर उसको सफ्ट्वयर नैं "शून्य" भएपछि के गरोस् त जस्तो।  मैले उसलाइ अबदेखि जसलाइ पायो त्यसलाइ त्यस्तो छेउ न टुप्पाको चिट्ठि नदेउ है भनेर सम्झाए। त्यसपछि चम्पा र रुबिमा कसको धेरै माया लाग्छ त भनेर सोधेँ। "दुबैको" भन्यो। त्यसपछि चाहि मैले हार खाँए। गधालाइ धोएर गाइ बनाउन सकिदैन जस्तो लाग्यो। "जे सुकै गर, तर मलाइ तिम्रो पोस्ट- म्यान बनाउने काम नगर,  अबदेखि मेरो पछि पछि नलाग नि।" भन्दै थिँए, ठ्याक्कै रुबि त्यही आइपुगी। रुबि देख्नासाथै ट्वाँ त आकाशतिर पो हेर्न थाल्यो। रुबिले मलाइ अर्थपूर्ण तरीकाले हेरी, ट्वाँलाइ तिरस्कारपूर्ण नजर फ्याँकी। न म सङ बोली न ट्वाँसङ। मलाइ पो अप्ठ्यारो भयो। के गर्ने के भन्ने जस्तो। मैले रुबिसङ हाँस्ने प्रयास गरेँ, रुबि सरासर स्कुलतिर लागि। परिस्थितिले अर्कै रुप लियो, त्यो मोडमा ट्वाँ र मेरो बार्तालाप रुबिको लाइ सामान्य हुन सकेन, शायद त्यो समयको खेल थियो। रुबि गएपछि ट्वाँ मलाइ "पछि कुरा गरौँला है।" भन्दै अर्कै बाटो लाग्यो। त्यो दिन ट्वाँ स्कुल आएन। दिन भरी रुबि र सुमीको कर्के नजरले मेरो मन दुख्यो। उनिहरु मलाइ देख्नासाथै खुस खुस कुरा गर्थे, शायद मेरै कुरा काट्थे। अनि ब्यँग गरेर हाँस्थे।  मैले खाँदै नखाएको बिष पो लाग्यो। मैले चम्पालाइ सबै कुरा भने, तर त्यसले नि शुरुमा हजार  प्रश्न गरी। पछि मात्र कुरा बुझ्या जस्तो गरी। दिनभरी मेरो मुड अफ भयो ट्वाँको कारण, साथीहरु पनि पर भये।


स्कुल छुटेपछि म घर आँए, आउनासाथै खाजा खानु पर्ने। एक्छिनपछि  भान्छातिर उक्लेँ, भाइ र सानुले अघि नैँ खाजा खाइ सकेका रहेछन्। उनिहरु आँगनमा थिए। भान्छामा माँले मेरो भाग खाजा छोपेर राखि दिनु भएको रहेछ। माँ पनि हुनु हुन्थेन न त काकी (सानुको माँ)। मैले चियाको लागि कित्लीमा आफै पानी बसाये, अनि चिउरा र चना खान थाँले। मनमनमा आज माँ र काकी कहाँ जानु भएछ हामीलाइ केहि नभनी भन्दै चिया बनाँए। एक्लै चिया र खाजा खाँदै थिँए। भान्छाको झ्याल पछाडी कोहि सुँकसुँकाएको जस्तो लाग्यो। भान्छासङै जोडिएको सानो कौसी थियो। हामी जहिले पनि साँझमा त्यहाँ बसेर मिठो हावाको  स्पर्श अनुभुत गर्थ्यौँ। तर दिउँसो घाम हुने हुनाले कौसी शून्य हुन्थ्यो। प्राय त्यहाँकोहि हुँदैनथे। मैले सोचेँ, मलाइ भ्रम भएको हुनु पर्छ। त्यो कौसीमा को हुन सक्छ र? त्यहाँ बसेर को रुन सक्छ र? यस्तै सोच्दै चिया पिउन थाँले। नभन्दै केहि बेरमै फेरि अर्को नारी आवाज सुनियो।


"त्यसरी रोएर हुँदैन! आँसु पुछ ।" यो आवाज कता कता चिनेको जस्तो लाग्यो। माँको स्वर थियो। माँ घरमै भएर पनि मलाइ किन चिया नपकाइदिनु भाको होला भन्ने लाग्यो। माँ को सङ कुरा गरिरहनु भाको होला एक्लै भनेर कौसीमा जान मन लाग्यो। कौसीको ढोकामा नपुग्दै अर्को स्वर सुने फेरि।


"हिम्मत हार्नु हुँदैन, आफ्नो लोग्ने हो। सकेसम्म फकाउने कोशिश गर।" त्यो चाहि सानुको माँ अर्थात मेरी काकीको थियो। कौसीमा माँ र काकी बाहेक अरु तेस्रो कोही पनि रहेछ भन्ने कुरामा मलाइ शँका लागेन। त्यसैले मैले कौसीमा जानु भन्दा त्यही झ्यालनिर बसेर तेस्रो ब्यक्ति चिन्ने प्रयास गरेँ।

"के मात्रै गरिन मैले? आधा रातमा उठेर दोबाटोमा गएर पूजा गरेँ, फुक्ने "माँ" ले भने जस्तो उ सुतेको बेलामा खुट्टा टाउकोमा मन्तर फुकेको रातो अक्षता र फूल पनि राखि दिँए। कहिले के गरेँ कहिले के गरेँ। अझै पनि उ त्यहीसङ घुम्न जान्छ। आजकाल त अफिसबाट पनि ढिलो फर्किन्छ। छुनु र मुनु सङ नि झर्किएको मात्रै हुन्छ। म सङ बोल्दै बोल्दैन। लोग्ने हैन परचक्री जस्तो ब्यहार गर्छ।" हिक्क हिक्क गर्दै सुनिएको यो आवाज पक्कै पनि सानुको माइजुको हो भन्न मलाइ गार्हो भएन। सानुको माइजु आउनु भएको रहेछ। काकी र माँ उहाँलाइ सम्झाँउदै हुनुहुन्थ्यो।


"आफ्नो लोग्ने हो, जसरी पनि मन जित्ने कोशिश गर। त्यो नखरमाउली दुइ दिनको लागि मात्र हो। भाइसङ पैसा धुत्छे धुत्छे, अनि अर्कैसङ जान्छे। ल हेरौँ त, कसरी आँउन सक्छे हाम्रो घरमा?" काकीको स्वरमा रिस थियो।


"मैले पनि शुरुमा त्यस्तै सोचेकी थिँए। तर आजकाल त पर्समा पनि त्यसकै फोटो राखेको छ। जहिले पनि टोलाएर बस्छ। मैले केहि बोल्नु हुँदैन झनक्क झनक्क रिसाँउछ। हुँदा हुँदा मुमालाइ नि के के कुरा लाएर मुमा पनि म सङ टाढिन थाल्नु भएको छ।"

"मुमाको कुरा नगर, उहाँ बच्चा जस्तै होइसिन्छ। भाइले जे भन्यो त्यही पत्याइसिन्छ। मुमाको कुराले चित्त नदुखाउ तिमी।" काकीले माइजुलाइ सम्झाउनु भयो।


"छोरीहरुको मायाले पनि फर्किन्छ। त्यसै छोड्नु हुन्न तिमीले। बोलेन भनेर चुप लागेर बस्ने हैन। घरमा धेरै ब्यस्त बनाउ। हैन भने तिमीहरु दुइजना मात्र बाहिर जानु केहि दिनको लागि। अनि सकेसम्म सङै बस्नु, एक्छिन पनि नछोड्नु। झारफुकले हुन्छ भने अरु पनि छन् जान्ने मान्छे। पानी मात्र मन्तरेर खुवाए पनि एकोहोरो बनाउन सक्छन् रे। तिमी निराश नहोउ। म लान्छु तिमीलाइ एक ठाँउमा।" माँले नि सल्लाह दिन थाल्नु भयो।


"उसको मन नै अर्कैको  भइसकेपछि झारफुकले के गर्न सक्छ दिज्यु? अब त मैले आशा त्यागिसकेँ। मेरो भाग्य नैं त्यस्तो, अरुलाइ के दोष दिनु?" माइजुले थकित स्वरमा भन्नु भयो।


"म कुरा गर्छु त्यो सङ। त्यो केटी कहाँ बस्छे? तिमीलाइ थाहा छ?" काकीले सोध्नु भयो।


"त्यही कता बसुन्धारातिर एक्लै फ्ल्याटमा बस्छे रे। आफ्नै बिजनेस छ रे। बुटिक खोलेकी छे रे।" माइजुले भन्नु भयो।


"हामी गएर कुरा गरौँ न त? एकचोटि साबधान गर्नै पर्छ। समय मिलाएर हामी तिनै जना जाँउ त्यसका।" काकीले भन्नु भयो।


"जब आफ्नै मान्छे आफ्नो छैन भने पराइलाइ भनेर के हुन्छ र दिज्यु? छोड्दिस्यो, यदि भाग्यमा छ भने उ फर्केला, छोरीहरु हुर्किदैँ छन्। हैन भने अब त मेरो मन मरीसक्यो।" माइजु अझै निरुत्साहित हुनु हुन्थ्यो।


"त्यसो भये म कुरा गर्छु भाइसङ! यो शनिबार आँउछु म त्यहाँ। त्यसलाइ बाहिर जान नदेउ। म सम्झाँउछु।" काकी जङिनु भयो।


"शनिबार त उ बिहानै देखि बाहिर निस्कन्छ। कसैले नि रोक्न सक्दैन। जहिले पनि उसको ओवरटाइम परेको हुन्छ। हजुरलाइ दुख मात्र हुन्छ। हजुरले सम्झाए पनि नसम्झाए पनि उसले मलाइ माया गर्ला जस्तो लाग्दैन। हजुरहरुलाइ के भन्नु ? हाम्रो त कोठा पनि बेग्लै भै सक्यो। उ त्यही बैठक कोठामा गएर सुत्छ आजकाल।" माइजुको पीडा अरु दुखेको जस्तो लाग्यो मलाइ।


"म अहिले कुरा गर्छु त्यो सङ।" भन्दै काकी उठ्नु भयो।


"रिसमा कुरा गरेर हुँदैन, सिन्धु। पछि कुरा गर, अहिले हैन। " माँले काकीलाइ सम्झाउनु भयो। त्यसपछि काकी चुप लाग्नु भयो। फेरि माइजुको हिक्काहरु निर्बाँध छुट्न थाले। मेरो आँखामा त्यो केटीको हात समाएर हिंडेको मामाको तस्बीर नाच्न थाल्यो। मामाको हाँसो र माइजुको रोदन समानान्तर हुँदै पर परसम्म फैलिएको देखेँ मैले।


क्रमश:


 



 

Last edited: 01-Nov-09 04:31 AM
Last edited: 01-Nov-09 12:47 PM

 
Posted on 11-01-09 5:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmm!!!!!! boksi ko story ta aba lovestory maa po change huna thalyo. Keep it coming crazy!!!!!
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters