[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मुग्लान भास्सिँदाका सम्झनाहरु

[Please view other pages to see the rest of the postings. Total posts: 159]
PAGE: <<  1 2 3 4 5 6 7 8  
[VIEWED 64580 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-22-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 


पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्‍यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए।

सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए।  उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो।

हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्‍यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ।  

सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ।

यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्‍यो।

क्रमश:          

         

     
                
                     

 

 
The postings in this thread span 8 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-23-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

<<<शायद अनिश्चित कालको लागि अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो।>>>>


चिप्लेपाट , ज्यादै भावुक बनायो यार। गलाबरुद्ध भयो हात अबरुद्ध भएको भए टाइप पनि हान्न सकिन्नथ्यो। मन छोयो तन छोयो।



अझ एक शब्द थप्न मन लाग्यो- शायद अनिश्चित कालको लागि, अनिश्चित भबिष्य खोजिमा  अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो।


 


 
Posted on 03-23-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिप्ले ले सक्क्याएरै छाड्यो,लेख्दै जाने हो भने कहिले नसक्केल्ला जस्तो लागेर हो,कि के हो गुरु ?
जोक्स अपार्ट, जसरी पहिलो भाग (घर छाड्दाको भाग)ले भाबुक बनाएको थियो,तेसरी नै यो भाग ले  मनमा चसक्क घोच्यो,
शायद आफुपनी तेही बाटो बाट गुज्रिएको भएर होला। म आएकोपनि ९ दिन पछी एक्जना मेरै कलेजमा आउने साथी को हातमा तेसै गरी मेरो नेपाल छाड्दा को फोटोहरु र चिट्ठी आउँदा,  चिट्ठी पुरै पढ्न नपाउदै म रेस्ट्रुम तिर दौडिएको थिए,मन थाम्न नसकेर। र झन तेतिबेला २ बर्ष नि नपुगेको भान्जो (जो म सँग एकदमै रत्तिन्थ्यो) बिस्टे मामा त हुइय गयो भनेर लेखेको पढेर त झनै गाह्रो भएर आएको थियो,केही दिन्पछी मात्र पुरा गरे त्यो चिट्ठी। अहिले उ नै १५ बर्षा पुगी सको अनी बिस्टे मामा झनै बुढो।


ल है गुरु यो लेख चाइ प्रिन्ट ठोकेर राख्नु भोली पर्सी छोरा छोरी लाई सुनाउन अनी आँफै पढ्न नि रमाइलो हुन्छ।
हुन त तिम्रो त दिमाग्मै पुरै एक एक कुरा जस्ता तस्तै राइछ तेही पनि। 
झन्डै ७ महिना देखी हरेक भाग उत्तिकै मजा लिदै पढ्दै आए आज समाप्ती ठोक्दिएर चै अली खल्लो लाग्यो।
ल गुरु अब अर्को लेख्न कम्मर कसम है।


 

Last edited: 23-Mar-09 02:53 PM

 
Posted on 03-23-09 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

समाप्त? जिस्क्या? चिप्ले? के गर्या? सकिनी बेलै भा थिएन नि, ह्याSSSSSSSS हुन्न

एस्तो रमाइलो भैरा बेला, क्रमस: लेख्नी ठाउँमा मैले अर्कै देखें, typing मिस्तेक है? हो भन्देउ न चिप्ले, अझ थप्दै जाने नि, कहाँ सकिनु एती छिटो, लौ चिप्लु, एस्तो अन्याय मगरौम न

 
Posted on 03-23-09 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


पर्वत्या माड्साब, सिद्ध्याइहालियो अब के थप्नु खोइ। मेरा अनुभवहरु पढिदिनुभएकोमा धन्यवाद।
ठुल्दाइ, म पनि एकदमै भावुक भएँ संस्मरणका अन्तिम हरफहरु लेख्दा। हरेक भाग जस्तोमा आफ्ना प्रतिकृयाहरु लेख्दै प्रोत्साहन दिनु भएकोमा धेरै धन्यवाद।
बिष्टे, तिमीले पनि हरेक भाग जस्तोमा नै प्रतिकृया दिंदै प्रोत्साहन दिएकोमा धेरै धन्यवाद छ। पहिलो चिठ्ठी पाउँदाको तिम्रो अनुभव पनि एकदमै मन छुने रहेछ। आउने दिनहरुमा अवश्य अरु अनुभवहरु बाँड्ने नै छु।
पूरे, सिद्धिएकै हो साँच्ची नै। अरु पनि लेख्दै गर्छु नि। तिमीलाई पनि धेरै धन्यवाद छ पढेर केही लेखिदिएकोमा।        

 
Posted on 03-23-09 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हैन क्या मैले सिरियसली भनेको चिप्ले माद्साप, त्यो त सुरु को दिनको पो बयान भो नि, अझ नयाँ नयाँ कुराहरु सिक्यौ होला, जान्यौ होला, त्यो पनि त याद होला नि, त्यो नि लेख न। यो पढेर आफ्नो दिन्हरु याद आइरछ। लौ न यसरी नसकाइदेउ

 
Posted on 03-23-09 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिप्लु सिध्याइनैदिनु भएको? हुन त लेख्ने हो भने अझै छन है धेरै कुराहरु। धेरै लाई  घटेका होलान यस्ता कुराहरु तर एक एक घटना सम्झेर कमैले लख्न सक्छन। हजुरको यो खुबिलाई मेरो प्रणाम।


अन्तिम हरफ पढ्दा चाँही मन नै ढुक्क फुलेको जस्तै भयो


 लेखै गर्नुस् है अरु पनि।


 
Posted on 03-24-09 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


पूरे, तिमीले भने झैं बिदेश बसाइको क्रममा धेरै कुराहरु सिकिए अनि धेरै घटनाहरु घटे। तथापि मेरो यो संस्मरणको लक्ष भने शुरुका केही दिनहरुलाई मात्रै समेट्ने थियो। यो संस्मरण मनपराइदिएर केही शब्द कोरेकोमा धेरै धन्यवाद छ। तिमीहरु जस्तै पाठकहरुको प्रतिकृया अनि सुझावले त हो नि हाम्रो हाम्रा औंलाले किबोर्डमा बास गर्ने।      
दीपू, सिद्धियो हेर न। प्रारम्भ देखि नै नियमित पाठक (पाठिका, यदि त्यस्तो शब्द छ भने) भएर साथ दियौ, त्यसको लागि धेरै धन्यवाद छ।
यस संस्मरणको शुरु देखि अन्त्यसम्ममा धेरै जनाले सकृय एवं मौन पाठकका रुपमा मलाई साथ दिनुभएको छ। यहाँहरु सबै प्रति म आभार प्रकट गर्न चाहन्छु र आउने दिनहरुमा अरु कोशेलीहरुका साथ फेरि उपस्थित हुने नै छु।   

 
Posted on 03-24-09 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिप्ले दाई ,  सकियो??  ला कती  छिटो!!!
 तपाईं को    संस्मरणलाई  पढ्न  पाउदा   एक्दम  रमाइलो  लाग्यो
तपाईंले  नेपाल छोड्नु  भएको  पनि  तेत्रो बर्ष  भएछ  है,
समप्ती को  लस्त  हरफ हरु  पद्दा  त  कस्तो कस्तो  लाग्यो,
सुरु देखी  इन्दिङ सम्म नै  सबै कुराहरु  सान्दर्भिक, मनोरन्जन ,, र एमोस्नल ले भरिएको छ!!! WOW.....


 


    

Last edited: 24-Mar-09 04:40 PM

 
Posted on 03-24-09 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


केली, ७ महिना लगाएर सिद्ध्याएकोलाई पनि छिटो भनिदिने भनेको? संस्मरणलाई पढी केही शब्द लेखिदिएकोमा धन्यवाद छ तिमीलाई।   

 
Posted on 03-27-09 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कयौँ भागहरु छुटेको थियो, यो पनि हिजो पढेँ! हिजो साझामा मजाले खोजि खोजि पढियो छुटेका कयौँ लेखहरु!


चिप्ले ब्रोको सम्झना गर्न सक्ने कला र त्यसलाई अक्षरमा उतार्न सक्ने कलाको त कति तारीप गराई भो र!


""श्रीलंकाको एक जनाले मलाई एक चोटि hey you Himalayan tiger भनेर बोलायो। उसले टाइगर भनेकै भरमा मैले झन्डै उसलाई श्रीलंकन टाइगर भनिसकेको थिएँ तर झल्याँस्स सम्झिएँ तामिल टाइगरहरुसँगको गृहयुद्ध। ""


हेहेहे त्यसो भनेको भए त त्यो इजरायली रिसाएको भन्दा पनि रिसाउने थियो कि, वा खुसि भएर तमिलहरुमा भएको दमनको व्याख्या गर्ने थियो।


 
Posted on 03-30-09 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जिम्मालबा, धेरै पछि साझाका धागाहरुमा देख्न पाउँदा खुशी लाग्यो है। त्यो लंकेलाई टाइगर भन्नु त अलि खतरै थियो होला साँच्ची नै। इजरायलीसँगको घटना पछि अलि सतर्कै हुने गर्दथें। तामीलहरुलाई कम्ती पेलेको होइन लंकेले। हुन त तामीलहरुलाई उकास्ने पनि हाम्रै दूष्ट छिमेकी हो। आमा चाँहीको सरकारले उकासेको थियो, पछि छोरो नै बाघको शिकार भयो।  
 
Posted on 08-24-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मैले अमेरिकी भूमि टेकेको आज ठ्याक्कै सोर्ह बर्ष पुगेछ। त्यसै बेलाका सम्झनाहरु समेटी बिगतमा केही केरकार गरेको थिएँ, जसलाई अहिले फेरि अगाडि ल्याएको छु। शुरुका भागहरु त archive मा पुगिसकेका रहेछन्। प्रारम्भिक भागहरु पढ्न Check Archived entries on this thread


 
लेखिएको लिन्कमा जानु होला।     

 
Posted on 08-24-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।


ठुलदाई परिवार


 
Posted on 08-24-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।


-सोबर रिट्ठे


 
Posted on 08-24-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।



लहरे


 
Posted on 08-24-09 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।


~पुरे~ 


 
Posted on 08-25-09 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुल्दाइ, ओरिजिनल प्रतिकृयाको लागि धन्यवाद। ठुल्दाइको प्रतिकृया कपि-पेस्ट गर्नेहरुलाई पनि धन्यवाद।   
 
Posted on 08-25-09 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 08-25-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अमेरीकामा सोह्रवर्षे जवानीमा प्रवेश गरेकोमा शुभकामना छ! जोबन सम्हाल्नुहोला! लोल!
 
Posted on 08-25-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

 

सोह्र बर्षे लहलहाउदो जोबन मा प्रबेश गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना।



 



PAGE: <<  1 2 3 4 5 6 7 8  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
What stocks to buy -- Any recommendation
❤️ चिक्नी चमेली ❤️
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
ॐ श्री स्वस्थानी ब्रत कथा
Conservative discussions
Love Letters From The Past--SITARA
Ushering in new era of communism ...
सुष्मा ले 'कामी' भनेपछि यस्तो बबाल भएछ
Madhu Malati Ko Katha, इबुक बनाए बिक्रि होला ?
Miss Nepal Shrinkhala Khatiwada goes to Harvard for grad school!!!
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
KP and PK
The Great Himalayan Cable Car
Kroor singh ra uska dui chamcha
दुर्लभ पुराना गीतहरु !!
ग्रीनकार्डमै किन ज्यान फल्छन नेपाली नायिका ?
डर लाग्न थालेको छ |
Speak life
मनोज गजुरेल कि कृष्ण बहादुर महरा ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters