[Show all top banners]

SurNaTal
Replies to this thread:

More by SurNaTal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

somewhereondearth
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यात्रामा तिमि...

[Please view other pages to see the rest of the postings. Total posts: 45]
PAGE: <<  1 2 3  
[VIEWED 16442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-27-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यात्रामा तिमि...

खन्ड १:

मंसिरको महिना थियो - मिठो घामले मन चन्चल बनिरहने। म सेतो घोडामा थिएँ, तिमि कालो मा। रातो सारी र सबैथोक रातो - अथाह सुन्दर र मनमोहक, घुम्टो भित्रै सुँक्क सुँक्क गरिरहेकि। धेरै मानिसहरु (जन्ति) अगाडि पछाडि लागेका, सिद्धकाली डाँडाबाट तल झरिरहेको।


पुष लाग्यो। दिनहरु छोटा भैसके र चिसो काफि बढिसकेको छ। विहान बाहिर कठांग्रिने जाडो छ। न्यानो अँगालोलाई छाडेर तिमि उठ्न विवस् थियौ। "मलाई पंधेरो सम्म साथि गैदिनुस् न - अंधेरो छ, डर लाग्छ।" म पनि उठेँ। घर पछाडिको पंधेरोमा मुख धुइरहदा औँलाहरु जम्लान झैं थिए। फर्किएर तिमिले आगो जोरेउ र दैलानो पोत्न लाग्यौ। म खोले पकाइरहेथे। दाजुले दुध दुएर ल्यउनु भयो। मैले चिया पकाइसक्दा तिमि भन्दै थियौ-"खाँदै गर्नुस् है, मैले भ्याएको छैन।" म भन्दै थिए - "तिमि त्याहा जाडोमा काम गरिर'छौ, म चाहिं खाइरहनु?"

फेरि माघ लाग्यो। विहानै कोदाको ढिंडो र दुध खाएर हामी दाउरा खोज्न निस्कियौं। पटुकामा मकै भटमास् र सुठुनी राखेर - खाजालाई। सेरा खोला पारी दामाको भिरमा पुग्दा नौ बजिसकेथ्यो। दाजु भिरका रुखहरुमा चडेर सुकेका हाँगा झारिरहनु भएथ्यो। म बटुली रहेथें। तिमि काउसो छल्दै काँडाघारीबाट स-साना सुकेका मुडाहरु तानिरहेथ्यौ। तर ध्यान मतिरै थियो तिम्रो - "धेरै भिर तिर नजानुस् है।" एक बज्न लाग्दा टुप्पीको चौतारोमा मैले कुर्सिंग भारि बिसाएथें - तिम्रो डोको संगै र एकैछिनलाई सुसेली हाल्दै थकाई मारेथ्यौं -

आलुदम चाना
लाई राखौं मायाँ नि लै लै
लामो सम्झना।

फागुनमा एकझर पानी पर्यो। दाजुले तल्लो टाहारमा बाझो फुटाइसक्नु भयो। डल्ला फुटाउंदा फुटाउंदै तिमि एक्कासी चिच्यायौ। कोदालोको पासोले खुट्टाको बुढी औँठो फोरिछौ। म बनमारा माडेर लगाइदिरहेथें।
"कत्तिवेर लगाएको भन्या, कस्तो दुखिसक्यो।"
"दुख पाइस मंगले, आफ्नै ढंगले। अलिक आँखा हेरेर पो काम गर्नु पर्छ"

मकै छर्ने वेला हुन लाग्यो। चैतको नि १० गते भैसकेछ। "ए बुढा, मल नबोक्ने कि कसो यसपाली।" तिमि छेडछडमा थियौ। "विहे गरेपछि पनि सबथोक आफैंले गर्नु पर्ने?"
अनि भैसी गोठको १५-१५ भारी मल बोक्दा डवली गरो भरिन लागेथ्यो।
"अलिक पातलो हालान राम पियारी, पछि पुग्दैन फेरि।"
"मलाई के थाहा पुग्छ कि पुग्दैन - हजुरको वारी।"
"कस्को वारी रे?" मैले तिम्रो दुबै कानमा समाएर सुस्तरी निधारमा चुमिदिदा रातो गाला पारिरहेथ्यौ -
"कस्तो छिल्लिएको होला - मान्छेले देखे भने।"

बैशाख जेठ पनि गयो। असार लाग्यो। मकै लह लह भैसके। पानी पनि परिरहेछ। आज रोपाईं। म वाउसे - तिमि रोपाहार। अरु पनि धेरै छन्। हिलो छ्यापा छ्याप - खुब रमाइलो छ। कामचोर बाहुसेहरु देखेर तिम्रो कन्सिरि तातेछ -
"गफ मात्रै गर्ने - वाउसे गरेको गति चाहिं सप्पै खाल्डै खाल्डा।"
"रोपाहार धेरै भएछन् - सप्पै छोपिसके - के गर्ने त" - म बाहाना बनाइरहेथें।

भदौको अन्तिमतिर होला - गैरी खेतमा धान गोडीरहेथ्यौं - सिम सिम सिम सिम पानिसंगै - घुम ओडेर। धानको पातले कस्तो नमाज्जा संग मेरो देब्रे आँखा पाछ्यो।
"मलाई मात्रै भन्नु हुन्छ - आफैं बेहोसी हुनुहुन्छ। छिट्टो घर हिड्नुस् - सेक्नु पर्छ।"
अनि फटाफट घर गएर सेतो टालोमा तातो भातको डल्लो राखेर मेरो देब्रे आँखा सेकिदिरहेथ्यौ।

असोज लाग्यो। आज दशैंको टीका। तिम्रो विहानै देखि फुर्ति नै बेग्लै छ - वर्षीको पोथ्रो नाघ्ने दिन। बुवाले सबैलाई टीका र जमरा लगाइदिनु भयो। मैले पनि तिमिलाई टीका लगाइदिएँ-

"आयु द्रोण सुते श्रीयम् च दशरथे सत्रु क्षय राघवे

ऐश्वोर्य लहुसे गतिस्च पवने मानम् च दुर्योधने

सुर्यो शान्ती वलम् च हलधरे शक्ति च कुन्ती सुते

सज्ञानी विदुरे भव ती भवतम् कृतिस् च नरायणे

जयन्ती मङलकाली भद्रकाली कपालिनिनवदुर्गाक्ष नमो नम।"

कति हतारो तिमिलाइ उकालो लाग्न! म भन्दा अगाडि अगाडि पिपलडाँडा पुगेर गाइरहेथ्यौ - "मैले के गरौंतिमि आऊँछौ किअर्कै बे गरौं।" 

"गर्ने लाई कस्ले छेकेको छ र - तर मेरै अगाडि रुएको चाहिं यो आँखाले देख्न नपरोस्।"
म आइपुग्नासाथ तिमि उठिहालेउ। मैले दाहिने हात समाएर तानें र सल्लघारीको चिसो सुसाइमा एक्छिन् थाकाइ मार्दै म देखाइरहेथें- "उ तेहिं हैन पुग्नु पर्ने। भन्ज्यांग भएर कि सोझै जाने हो - आधा घन्टा मा त पुगिहालिन्छ नि - के को हतार!"

कार्तिक महिना हो। धान पाक्न लागिसक्यो। पहिला खर नै काट्नु छ। विहानै मेलाम पस्यौं। "कुरै कुरो छ यता त" - तिमि दिक्क मन्दै थियौ।मैले मेरो मेलो तिमिलाई दिएर तिम्रो मैले लिएँ। "यता पनि कुरो र'छ" - तिमिलाइ मेरो मेलो पनि अप्ठ्यारै लाग्यो। "काफ्ले जाउ - कुरो छैन" - म रिसाएझैं गरें। काफ्ले तिम्रो माइति गाउँ, तिम्रो पारो तात्ने नै भो - "काफ्ले ले हजुरको के नै बिगारेको छ र?"
"जिस्काएको नि नबुझ्ने मेरी लाटी बुढि!", फकाउन कति गारो हुन्थ्यो तिमिलाई।

पुन: मंसिर लाग्यो। जाडो खुव रमाइलो हुन्छ। सबै खेतहरुमा कुन्यु बनिसके। आजा डुंड खेतमा दाईँ गर्ने दिन। बिहान निद्रामै हुंदा मधुर आवाज आयो - "ए कान्छा, उड बाबु। पुगेर कुखुरो भुत्ल्याउनु पर्छ। पराल छिरोल्ने मान्छे नि कम छन्।"  मेरि प्यारी आमाको कोमल स्वरले कता कता निद्रा पातलिएछ क्यारे। सायद कोल्टे फेरें हुंला - AIT Student Village 12 A 1 मा।

क्रमस्...

सुर् न ताल्।

Last edited: 27-Sep-07 05:00 PM
Last edited: 29-Sep-07 02:34 PM

 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-06-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुर् न ताल् ji,

kya khatara these lines ta!

 

म त्यहां धेरै पटक सुतेको छु, तेसै गरि।"
"डर लाग्दैन?"
"के को डर। साथिहरु पनि हुन्छन्। एउटा लाइट पनि बोकिन्छ।"
"केटिहरु पनि छन् त?"
"केहि हुदैन। परदेश हो। यात्रिहरु। भय पनि दुबैको इच्छले हुने हो। के पिर।"
I like your narration skill very much.

Thanks,

hope to read more............


 
Posted on 10-08-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

राम्रो चित्रण सुर न तालजी!

खाना खाए पछि टाँडमा सित्तैमा सुत्न पाइने चलन त्यो भेक कै रहेछ, मैले पनि भोगेको थिएँ, तर तपाइँ संग जस्तो जीवन साथि संगै गरेको यात्रमा भने हैन! सबै त्यस्तो भाग्यशाली कहाँ हुन्छन र हैन??


 
Posted on 10-11-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यत्रामा तिमि ५


..... ठुलो बा आमाको न्यानो मायाँ र आतिथ्यता मा त्यो एउटा स्मरणिय साँझ बितेथ्यो इनरुवामा। इनरुवा - मेरो अर्थमा हेला मा परेको रमाइलो बजार।

बिहानै हामी धरानको बस चडेथ्यौं। इटहरीमा एक्छिन् ओर्लन पाइयो। ओर्लेर पानी पुरी किनेथ्यौं। खासै खान मन लागेर हैन। तिम्रो रहरले। पीरो चटपटे पनि खाइयो। आखिर कति पिरो भनेकि खप्न नसकेर तिमि भन्दै थियौ
-"कोक किन्नुस् न, कत्ति पिरो भयो।"
-"खाने बेलामा पिरो खानु पर्ने, अब के को कोक। भ्रिकुटी मन्डपमा पो तिमि सोल्टिनि थियौ र कोक पायौ। अहिले त उहि हो।"
-"के भ्रिकुटी मन्डप, के कोक, के सोल्टीनि? म तपाइँको केहि कुरा बुझ्दिन। कहिले कहिले को के के कुरा संझिने हो कुन्नी।"
मैले २ वटा pepsi खोलेथेँ। तिमिले सासै नफेरि पिएथ्यौ।

आधा घन्टामा बस इन्जिनियरिङ क्याम्पस हुदै धरान बस पार्क पुगेथ्यो। घोपा क्याम्प जान भनेर रिक्सामा चडेथ्यौं। पानी पर्न थाल्यो। रिक्साको छानोले थोरै मात्र छेक्ने। धेरै आफ्नै जिउमा। रिक्सावालाले कुरा निकाल्यो-
"घर कहाँ दाइहरुको?"
"दाइको पहाडतिर, बहिनिको यतै कता हो।" कुरा बंग्याएं।
"अनि ....!" उ दोस्रो प्रश्न गर्न अक्मकियो।
"मेरो घर भोजपुर। गाउँमा २ वटा छोराहरु छन्। यिनको घर यतै धरानमै हो। एउटी छोरिकि आमा। हामी बिहे गर्न लागेको। यो दोस्रो बिहे। दुबैको।"
त्यो रिक्सा चालक अलमल्ल पर्यो। नहुने ठाउँमा हात हालेछु कि झै मान्यो होला। तिमि आँखा तरिरहेथ्यौ। कस्तो सुर न तालको मान्छे होला। जे मुखमा आयो तेहि बोल्यो। लाज सरम केहि छैन। किन बिचरालाइ उल्याउनुपर्ने होला। आदि इत्यदि। म तिर्मो मनको भाव पड्न सक्थें। तर के गरौं। म यस्तै छु, सुर् न ताल्।

पुरानो घोपा क्याम्प अहिले बि पि मेमोरियल हस्पिटल बनिसकेको छ। रिक्सा गेटमा पुग्यो। हामी ओर्लियौं। ४० रुपैयाँ तिर्यौं र होटलतिर लागेथ्यौं। क्याम्प भित्र सितल छहारिहरुमा घुमिरहंदा १-२ चिनजानकाहरु पनि भेटिएथे र हामिलाई संगै देखेर अलमल्ल परेथे - सायद निमेसभरलाई। आखिर सबै कुरा त छर्लंगै थियो। तिमि रातो टीका र रातो सिन्दुरमा सजिएकि।

हातिसार क्याम्पस हुंदै बिजयपुर पुगेर बुढा सुब्बाको दर्सन गरियो। तिमि थाकि सकेकि छौ। तर मन रमाइलो छ। यिनि तिनै बुढा सुब्बा थिए जस्को मट्याँग्राको कथा हामिले इस्कुलमा पढेथ्यौं। मैले मनमनै "मेरि प्रिया सदियौं सम्म खुसि रहुन" भनेर प्रार्थन गरें। तिमि पनि गुनगुनाउंदै थियौ। थाहा छैन के माग्यौ। चौतारीमा एकैछिन् बसेर हामि पुन: ओरालो लागेथ्यौं - होटल तर्फ।

एउटा अर्को दिन यात्राको। बस धरानलाई तल सतहमा छाडेर उकालो लागेथ्यो। सुन्दर डाँडा-काँडा र जंगलहरु हुदै। सुन्दर चिल्लो सडक। सुर्यबहादुर ले बनाएको। बेलायती पैसामा। झ्याल बहिर हेर्दाको संसार्। स्वर्हिय आनन्द। मलाई रहर लाग्यो-
"हामी पछि आफ्नै कारमा आउनुपर्छ यो बाटो। कस्तो रमाइलो हुदोहो।"
"तपाईंको कार होला र आउँला भन्दै बस्यो भने त जिवन बित्ला नि।" तिमिले वास्तै गरिनौ।
"नत्र अर्कै जुनिमा आउँला नि त।"
"किन अर्को जुनि पनि तपाईंकै भएर थन्किन्छे भन्ठान्नु भा कि कसो?"
"ल ल अर्को जुनिमा हामि साथि साथि मात्र, घुम्न त मिलि हाल्छ नि, तेसरि पनि।"
"यहि जुनि को जिवन बोर भै सक्यो, म त लिन्न अर्को जुनि।"

बसले उकालो काटेर भेडेटार चुमिसकेथ्यो। ओर्लिएर मान्छेहरु नित्य कर्म तर्फ लागेथे। तिमि केटीहरुको हुलमा, म केटाहरुको। खुल्ला शौचालय। आकासको छानोमा। जंगलतिर फर्किएर। म चुइगम किन्दै थिएं। तिमि बस चडिसकेकि। बस गुड्न थालिसकेछ। हतार हतार दौडदै बस पक्डिएथें। अव ओरालो थियो। आँखा लोलायछन्। धेरै दिनको यात्राले होला। तिमि पनि निन्याउरि देखियौ। कतिवेला हो वस त धनकुटा काटेर हिले पुगिसकेछ। कस्तो नमज्जा। धनकुटा हेर्नै पाइएन।

म पाख्रिवास जाउँ भन्दै थिएं। तिमि मानिनौ। गलियो। साफ्फि। आजा हिले मै बस्ने रे। होटल खोजियो। औसत। पिरो आलु तामा र भात खाएर तुरुन्तै ढलियो। एकैछिनमा भुस। थकानले। राति कता कता केले टोकेझैं लागेथ्यो। साच्चिनै लाम्खुट्टेले टोके हुन्, AIT का र म पुन: कोल्टे फिरें हुँला, SV12A1 मा।

क्रमश...

सुर् न ताल्


 
Posted on 10-11-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ल सुर न ताल जि गजब छ!

पाख्रिबास तिर त जानुभएन छ , अब अझै उकालो लागौँ न त, उस्तै परे चित्रे लेक तिर झरेर संगैको साथि संग केहि समय पनि बिताउने कि? साँच्चे त्यो सडक कहाँ सम्म पुर्याए हँ?


 
Posted on 10-11-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बिर्खे दाइ, मेरो यात्रा घर तिर नै जान खोजेको हो। भोजपुर। हिले वाट पाख्रिवास अनि फलाँटेको ओरालो, अंधेरि घाटको अरुन र दुम्मा, मान्डांडा हुदै भोजपुर। हिले भन्दा मास्तिर मलाइ तेति थाहा छैन। Sorry। मेरो आफ्नो राष्त्र को यात्र अब सकियो, यहि। अर्को एक् भाग वा दुइ राख्नेछु, सायद कुनै अरुनै यात्रा। 
 
Posted on 10-11-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ए भनेसि अन्धेरिघाट पुग्नुहुने रहेछ। म चाहिँ पल्लो पट्टि लेगुवा तिर झरेको थिएँ उहिले नै!
 
Posted on 10-13-07 12:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुर न ताल जी, नमस्कार। तपाईं को सुर र ताल राम्रो छ। अनी यो अलिकती खुसुक्क एुउटा कुरा तपाईं सँग चिन्जान गर्न मन लागो म पनि भोजपुरे हो। तपाईंको काहानी पढेर झल्झली गाउँ को  याद आयो।येसो सम्पर्क गरम न है।

 
Posted on 10-13-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हिमाल जि,

  खुसि लाग्यो, तपाइ नि भोजपुरे हुनु हुदो रेछ। अस्तिनै हामिले एउटा धागो सुरु गरेथेम्, भोजपुरको, घुम्नु भा छैन भने, यो लिन्क मा जानुस्।

http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=51303

हुन्छ नि, चिन्जान गार्न पए त रमाइलो हुन्थ्यो।

म mid west मा छु तपाइ कता नि?


 
Posted on 10-19-07 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

sur na tal jee,

 namaskar.  ma california ma ho sampark garam na 916 254 8220. fon uthena bhane khabar chhodam hai.

 


 
Posted on 03-11-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

surnatal ji,

its been almost  5 months you wrote anything on this thread....please give a continue to this your master piece ...we all will be glad, and i am sure so will you

 
Posted on 03-11-08 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

born to rule जि, धेरै धेरै धन्यवाद। यो थागो मैले अधुरै छोडेकोमा बेला बेलामा झस्किरहन्थें। तपाईंले सम्झाइ दिनु भयो। वास्तबमा continue गर्न गार्हो भयो, धेरै बेर छाडेकाले। पहिलाको र अहिलेको मनोभावना नै पनि बेग्लै भए झै। जे होस्, म १-२ वटा भाग तानेर समाप्त लेख्ने प्रयास गर्ने छु। एती पुरानो धागोमा माया कायमै राखी रहनु भएकोमा हार्दिक आभार।

हिमाल जि, क्षमा चाहन्छु, call गर्न बिर्सेंछु।


 
Posted on 05-27-08 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Repeated!

 

 

Last edited: 27-May-08 05:23 PM

 
Posted on 05-27-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सर्बप्रथम त सबै साझा बासिमा मेरो नमस्कार तथा जदौ। लामो समय सम्मको गयल पछी यो 'सुर न ताल' जिबितै छ र साझालाई बेहद र अबिरल माया गर्दछ भन्न देखा परेको छु।  फर्किदै गर्दा महिनौ अगाडि गरेको बाचालाइ निभाउने प्रयास स्वरुप यो धागोको अन्तिमा भाग प्रस्तुत गरेको छु। छिर्दै गर्दा देखेको छु, धेरै शाहीत्यिक खुराकहरु पस्कीइएका छन, जस्को म भोको छु, तर समए पाएको छैन, पढ्ने र प्रतिकृया ब्यक्त गर्ने, जो अरुका केही दिनहरुमा हुनेछ। र प्यारो साझा चौतारी सधा जस्तइ फैलिरहेको, झांगिएको र गाजिएको पाउदा हर्स बिभोर भएको छु। छिट्टै हाजिर जनाएर नयाँ चौतारीबासी संग परिचय गर्न आतुर छु। जय साझा। 

 

 

यात्रामा तिमी- अन्तिम भाग
------------------------------------


ताजमहल अगाडि उभिएर तिमी अचम्म मानिरहेथ्यौ - "कस्तो बादशाह थियो होला त्यो जस्ले यती बिशाल दरवार बनायो - आफ्नी रानी को सम्झनामा।" हामी हराइ रह्यौं, धेरैबेर, ति शाह जहान र मुम्ताज का काहानी अनी यो महलका अतुलनिय सुन्दरताहरु संग। आजै दिल्ली फर्कनु छ - दिदी भिनाजु नत्र रिसाउनु हुन्छ। भोली बिहानै त रेल समातेर निस्कनु छ। फेरी ड्राइभर पनि त कुरिरहेको छ। ४ घण्टा जतिमा उस्ले दिल्लिको तो बहिरी भागमा पुर्यायो जाहाँ मेरी दिदी बेचैनिका साथ हाम्रो प्रतिक्षा गरिरहनु भएको थियो। उहाँ यती खुशी हुनुहुन्थ्यो हामीलाई देखेर कि मानौँ यो नै उहाँको सबैभन्दा खुशीको पल हो।

छुकछुक छुकछुक रेल बिहानै दक्षिण तिर हुइकियो। गोआ - समुद्र किनारहरुले धनी गन्तब्य। पालोलेम बिचको बालुवामा घोप्टिएर मतिर टाउको फर्काउदै तिमी फुकेट र गोआका बिचहरुको तुलना गरिरहेछौ।
"यो भन्दा त मलाई प्याटोङ बिच नै राम्रो लागेको थियो।" तिमीलाई बिगत बर्तमान भन्दा रमाइलो लाग्छ। शायद मलाई पनि। र यो पनि तिमीले बुझेकी छौ - बिगत बन्नलाई बर्तमानमा घटनाहरु बुन्नु आवश्यक छ। अनी यात्रा जस्तो उत्क्रिस्ठ तान केही हुँदैन जस्ले भबिस्यको लागि एउटा सुन्दर ईतिहास बुनिदेओस। तेसैले हामी यात्रामा निस्कन्छौं, नयाँ अध्याय लेख्न, भबिस्याको ईतिहासको। तर मलाई बर्तमान प्रती अन्याय गर्न मन छैन। किनकी मैले बुझेको छु यो पल आज जती रमाइलो छ, भोली फर्किएर हेर्दा अरु सैयौ गुना रमाइलो बन्ने छ।

"खै मलाई त यही राम्रो लाग्यो। फेरी तिमी रिसाएकी थियौ फुकेटमा।"
"म रिसाएको कि हजुर?"
"तिमिनै त हो स्विमिङ नगएकी।"
"हजुर नै त हो पहिले फोटो खिन नमानेको।"
"ल ल छाड। फेरी यहाँ पनि उस्तै होला।"
"कस्ले पक्डिएको छ र?"

अनी हामी त्यो अरबिक सुमुद्र किनाराको बालुवा र पानीमा खेलेर औधी रमाएथ्यौं। सम्पूर्ण तनाबहरुलाई भुलेर, थकानहरुलाई बिर्सिएर। हजारौँ भारतीए, काला र गोरा हरुको बिचमा पनि आफु एक्लै जस्तो। कसैको पर्बाह बिना। मस्त। उन्मक्त। स्फुर्त।

र हाम्रो सिद्धान्त अनुरुप हामी उडिरह्यौं अनी गुडिरह्यौं ; एसिय, युरोप र अमेरिकाका आकाश र सडकहरुमा।

बेङ्लोरबाट भारतीय बिमान सेवाले बेइजिङ पुर्याएथ्यो। हामी हाम्रै धर्ती माथि उडीरहेथ्यौं होला, शायद। बेइजिङ रमाइलो थियो rectangle हरुमा बाडिएको शहर। अझै अबिस्मरानीय थियो १ घण्टा जतीको सडक यात्रा पछी पुगिएको आस्चर्य चकित पारीरहने बिशाल आस्चर्य - the Great Wall. चिनिया सम्राज्यको उत्तरी सिमाना जोगाउन भनेर सासकहरुले १ दसक लगाएर बनाएको त्यो बिशाल पर्खालहरुको स्रिंखला अबर्नानीय थियो। ६००० KM लामो त्यो पर्खाल ठड्याउने क्रममा लाखौं मान्छे मरेका थिए रे। ठाउँ ठाउँमा किल्लाहरु पनि थिए, सैनिकहरु पहरेदारी गर्न बस्ने किल्लाहरु। पहाडै पहाडबाट उठाइएको पर्खालमाथि सिडिहरु थिए। हामी ति सिडिहरुमा उक्लैदै सोच्दै थियौं कती दिन लाग्दो हो यो पर्खाल वारपार हिंड्न! मेरो बाबा २००१ साला तिर सैनीक हुनुहुन्थ्यो। उहाँले भन्नु भएको सम्झन्छु, पूर्व ४ नम्बर बाट नेपाल सम्म राणाहरुलाई राजास्वको सिक्कहरु पुर्याउन जांदा २२ दिन लाग्थ्यो रे। तेस हिसाबले यो पर्खालको पल्लो छेउ पुग्न २ बर्ष २ महिना लाग्ने रहेछ। २ घण्टामा तल नपुगे त्यो चिनिया भोटेले हामीलाई छाडेर जानेछ। तेसैले शायद जुनिभरको लागि हाम्रो ग्रेट वाल संगको भेटलाई बिसर्जन गर्दै ओरालो झरेथ्यौं , मनभरी अतुलनिय स्‍मृतिहरु संगालेर।

Buckingham र अरु दरवारहरु अनी Art Museum हरु घुमिरहंदा तिमी मेरो कांधलाई आफ्नो अढेस बनाइ रहेथ्यौ। हामी London र पश्चिमी संसकृतिमा घोलिएको छाडापनले अचम्मित भएथ्यौं। फोटो खिच्न पनि संकोच लाग्ने मुर्तिहरु। आइफल धरहराको तल बसेर माथि टुप्पो तिर नियाल्दा त्यो कहाँ हो कहाँ बिलाएको थियो। स्कुलमा पढेको "पेरिस मुस्काउँछ रंगै रंगमा" को बयानसंग हामी त्यो धरहरालाई दाँजी रहेथ्यौँ। माथि चड्ने शाहस गरिनौ तिमीले र हामी बाटो लागेथ्यौं। हाम्रो रहरमा परेका हिट्लरले एहुदीहरुको बिनास गर्न भनाएको भट्टी र इजिप्टको बिशाल पिरामिड लाई थाती राख्दै पानी जहाजको तालिका भेट्न हामी पोर्चुगल को लिस्बोआ पुगेथ्यौं। जहाज भोलिपल्ट छुट्ने थियो। ५० युरोमा त्यो अन्तिम रात बितेथ्यो युरोपको - एउटा मध्यम स्तरको होटल।

र अन्तत त्यो दिन पनि आयो, हाम्रो बर्शौं देखिको सपना। पानी जहाजमा Atlantic पार गर्ने। लिस्बोआ देखी न्यु योर्क सम्म ४ दिन हामीले जामिन संगको संबन्धलाई बिच्छेद गर्यौं। बिशाल पानी जहाजले लिस्बोआ को जमिन-पानी किनारा छाड्दा १ बजेको थियो। जमिन माथिको भर छुट्दा संगै कता कता नजानिदो त्रास पनि अल्झिदो रहेछ। पानी मेरो तौल थाम्न सक्दैन र तिम्रो पनि। तर पनि उमंगको बाढि यती ब्रिहत थियो कि त्रासले कुनै असर देखाउन पाएन। आन्ध्र महासागरको अथाह जलरासीलाई चिर्दै चिर्दै जहाज पश्चिम तर्फ पौडिरह्यो, ११ सय मानिषहरु बोकेर। पचासौं गोराहरु, कालाहरु, मंगोलियनहरु र भारतीयहरु संग घुलमिल हुँदै हामी यात्रारत रह्यौं।

तेस्रो दिन थियो। हामी लन्चमा थियौं। हाम्रो टेबलमा आज कोही उदाएको छैन। एक्लै छौं। त्यो धेरै जसो हामीसंगै खाने फिलिपिनो जोडी पनि आज देख्दिन। हाम्रो छिमेकी रसियन केटिहरुपनि आज हराएका छन। यता उता आँखा घुमाएको; एउटा हप्सी देखियो - तिमीलाई नियालिरहेको, मेरो आंखा छल्न खोजेर। ऊ तिर संकेत गर्दै मैले भनेथें-

"उ त्यो काले अघी देखी तिमीलाई हेरिरहेछ, खुब मन पर्‍यो क्यारे।"
"छी कस्तो काले!"
"के भो त, दिल वाले जस्तो छ! बिहे गर्छौ?"
"कोही नपाएर तेही काले संग? फेरी हजुर पनि कस्तो आफ्नी बुढीलाई अरुले हेर्दा बिहे गरेर जाउ भन्ने। अरुका बुढा भए ..."
"अरुका बुढा भए के?" मैले बिचैमा रोकेथें।
"गएर पिटिदिन्थे नि, अरु के।"
"काटमारको कुरा चाँही नगरुम साथी। फेरी यो पानी जहाजमा भाग्ने ठाउँ पनि छैन। हेरेर के बिग्रियो त। तरुनि केटीलाई जस्ले नि हेर्छ।"
"भैगो भैगो कातर माहासय।"
"म कातर? छाड तेस्लाई अहिल्यै बजाइदिन्छु।"
"मैले केही रोकेकी छैन। हेरौं न त हामी पनि!"
"कस्ती मान्छे तिमी, झगडा गर्न उस्काउने। अरुका बुढी भए ..."
"मेरो डाइलग किन चोर्नु नि? के त अरुका बुढी भए?"
"उ त्यसरी माया गरेर बस्थे नि।" - दाँयांतिर जहाजको पारापेटमा अंगालो हालेर बसेका युगल खैरेहरुलाई संकेत गरेथें।
"अरुको के मत्लब हजुरलाई। किन हेर्नु पर्ने जे गरेनी। त्यो त तपाईं जस्तो डरछेरुवा छैन होला। आउला नी फेरी बजाउन।"
"लगाम छैन त अगाडि मात्र हेर्न। एसो टाउको घुमाउन पनि नपाउनु?"
"खै आउनुस् म बान्दिउला लगाम।"
"लगाम हैन यो चेन बानिदेउ त" - मैले मेरो फुस्किएको घडी र देब्रे हात अगाडि बढाए। दाइनेमा फ्राइड स्रिम थियो, मिठो।
"जस्तो मान्छे, उस्तै घडी। खुस्केट।" तिमी अझै पेल्दै थियौ। मलाई पनि। स्रिमका टुक्राहरु पनि।

न्यु योर्क पुगेकै दिन हामी ग्राउण्ड जिरोमा पुगेथ्यौं। एउटा बिशाल जेट प्लेनले दोस्रो टावर छेड्दा अर्को तिरबाट आगोका बिशाल डल्लाहरु उछिट्टिएका द्रिस्याहरु मानसपटलमा घुमिरहे। कती छिट्टै हटाइ सकेछन स्टिल र कंक्रिटको त्यो ब्रिहत पहाड। पत्याउनै गाह्रो - हो येहिं ति गगनचुम्बी युगल टावरहरु थिए, अस्ती भर्खरसम्म।

अनी म हार्भर्ड स्क्यायर जान चाहें, तिमी निआग्रा फल्स। हार्भर्डको मुर्तिलाई तिमीले पनि छोयौ, मैले पनि। निएग्राको मनमोहकतालाई मैले पनि चुमे, तिमीले पनि। अनी हामी आन्ध्र महासागरको किनाराबाट सोझै प्रसान्त महासागरको कीनारामा पुगेथ्यौं। सान फ्रान्सिस्कोमा मामली दाजुहरु कुरी रहनु भएथ्यो। जिम्मु झानेको दाल, बासमती भात, खसिको मासु, गुन्द्रुकको अचार। कतै हामी उही पूर्व ४ नन्बर आफ्नै घर पुगेका त हैनौं झैं। आफन्तहरुको आत्मियता र मिठो नेपाली भोजनले धेरै दिनको यात्राको थकानलालाई उसै बिर्स्याइदियो। भोजपुर देखी कथामान्डु सम्म अनी यात्राका अरु धेरै थरी कुराहरुमा आधारात सम्म हामी जागै थियौं - दाई भाउजु संगै। कती बेला निदाइयो पत्तै भएन।

ढकढक ढकढक। ढोका ढक्ढक्याएको आवाजले आँखा खुले। यातायुती हिरें। तिमी थिइनौ। सम्झें; हिजो night duty छ भन्दै थियौ। रातभरी सबै निद्रा र थकान बिर्सेंर यो बिरामी र ऊ बिरामी बिच ओहोर दोहोर गरिरही हुन। अब त बिरामीलाई बिहानिको दवाइ खुवाउने बेला पनि भयो होला। उनले हस्पिटलको ड्युटिमा बिताएको एउटा अनिदो रातभरमा मैले सम्पूर्ण विश्व घुमिदिएछु, उनी संगै। ओछ्यानमै पल्टिएर सपनिको रमाइलोपनालाई बिपनिमा बोध गरिरहेथें; खुनहरु कोठा सफा गर्न आएका रहेछन। लुगा फेरे, तेही पुरानो साइकल पक्डिएं र सिधै क्याम्पस तिर बतासिएं। सपनाका झल्कोहरुले सताइरह्यो। कुनै काम गर्ने जांगर नै भएन। लन्च गएं, २५ भाटको दाल-भात। १ बजे कोठा फर्किएं र हिजोका सपनाहरुलाई यि पानाहरुमा उतारिरहें। अहिले ९ बजेर १० मिनेट गएछ। यसरी ८ घण्टा र १० मिनेट निरन्तर मैले मेरा सपनाहरुलाई यि पानाहरुमा उतारें मेरी राम प्यारीका लागि। म कामना गर्छु, मेरो सपना पुरा होस्। र म कामना गर्छु, मेरी राम प्यारी सदैब खुशी रहुन।

अबिरल स्‍मृति र न्यानो माया शाहीत, तिम्रै हजुर।

सुर न ताल।

Last edited: 27-May-08 05:22 PM

 
Posted on 05-29-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरो मामा घर पनि भोजपुर बजार हो।
सुमन अन्वर सुमन
 
Posted on 05-30-08 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

dai,
maile dherai nai kureko thiye.. yo thread kahile aagadi badaunu huncha. vanera...
arko euta utkritha bhawana, sapana thapnu vayo..dherai dherai dhanyabad..

tara kina beet mareko dai.... yi yesta bhawana rahechan, jun tapain sada sada lekhi rahanu .. hami sada sada padi rahanchau..
yi bhawana nai ta huna.. hamilai jivan bhogaune, hamilai sapana ma bachna lagaune!!

aasha cha feri yestai utkritha rachana aaucha.. tapain bata...
eso fursad milayera lekhne garnu hai....

-somewhereondearth

 
Posted on 06-02-08 4:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दाई धेरै दिनपछि आज साझा को ध्रुबतारा उत्तर आकाश मा देखियो ,खोइ बादल लागेको थियो होला।।।।।।।।यात्रामा तिमी बिश्वब्यापि भएर टुंगियो तर बिट मारेको मा नमज्जा पनि लाग्यो ।

तिमीलाई बिगत बर्तमान भन्दा रमाइलो लाग्छ। शायद मलाई पनि। र यो पनि तिमीले बुझेकी छौ - बिगत बन्नलाई बर्तमानमा घटनाहरु बुन्नु आवश्यक छ। अनी यात्रा जस्तो उत्क्रिस्ठ तान केही हुँदैन जस्ले भबिस्यको लागि एउटा सुन्दर ईतिहास बुनिदेओस। तेसैले हामी यात्रामा निस्कन्छौं, नयाँ अध्याय लेख्न, भबिस्याको ईतिहासको। तर मलाई बर्तमान प्रती अन्याय गर्न मन छैन। किनकी मैले बुझेको छु यो पल आज जती रमाइलो छ, भोली फर्किएर हेर्दा अरु सैयौ गुना रमाइलो बन्ने छ।

दाइका शब्दहरुको तारिफ गर्दा डर लाग्छ कतै शब्द हरु हलुका पो हुने हुन कि भनेर।।।।।सोम दाइले भने झैँ "तँपाई लेखीरहनुस हामी पढि रहन्छौँ ।"


 
Posted on 06-03-08 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुमन जि, बजार को कहाँ निर हो त मामा घर। म बजार भन्दा अलिक परको हुं, तर पनि बिध्योदय पढेको, तेही बजार हो आउ-जाउ को बाटो।

फूच्चे र सोमे भाईहरु, माया र सद्भावको लागि सदैव आभारी छु।
 


 
Posted on 06-03-08 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आहा क्या मजा आयो यो पढ्दा| एउटा संसार बाट अर्कोमा पुगेझै भयो, धेरै रमाइलो..

 
Posted on 06-03-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

surnatalji, dherai sundar lekhai --tara  khai ta arko bhojpur hoki  katako yatar pani suru gareko thiyo haina ra ? hinerai pugney bela bhaisakyo, katha aena ni 
 
Posted on 03-07-17 2:15 PM     [Snapshot: 10342]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

A beautiful deskription of Nepal . A beautiful use of "second person" to describe whats going on. Love it daai.
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
is it good to marry girl who are already in US or go back to Nepal and do arrange marriage?
अब नसुध्रि शुख - आस्था राउतले डण्ठे भन्दै गालि नगरेको भए कसैले सुन्थेन ....
How to Apply for International Drivers Permit in Nepal?
बिहे गर्न अगाडी प्रियांकाले आफ्ना शुभेक्छुकहरुलाई यसरी आफ्नो पोल्ने धुंवादार शरीर (smoking hot body) देखाईन
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
उमेर ढाटे पछि Nepal idol बाट रीमा बिस्वोकर्मा out
Presidential rights to assassination rights?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters